Tag Archives: nepali sahitya

कविता : अझै अघि बढ शुभकामना तिमीलाई

~दिपक अभिमन्यू~ अझै अघि बढ शुभकामना तिमीलाई | पुरुषले मेरी प्यारी अर्धाङ्गीनी मेरी प्यारी जीवन सङ्गीनी वा मेरी प्यारी ममतामयी आमा प्यारी दिदी वा प्यारी बहिनी वा मेरी रानी महारानी दिलकी रानी वा हृदयकी रानी मेरी प्रेमिका वा मेरी प्यारी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता: अर्को भ्यालेन्टाइनमा तिमलाई चुम्बन

~सविता सापकोटा~ वर्षाै भइसकेछ प्रिय तिमी बिदेशियकाे तिम्रै हातमा हात समातेर भ्यालेन्टाइनमा सँगै दुनियाँ नघुमेकाे जहाजमा उडेर तिमी गएजस्तै म तिमीसँग उड्न सकिन् यसमा मेराे के दाेष प्रिय ? याे भ्यालेन्टाइनमा पनि तिमीलाई चुम्न सकिन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लिम्वुवान

~टंक सम्वाहाम्फे~ लिम्वुवान युगौ देखि थियो नेपाली मानचित्र भित्रै काहा मेटिएको छ र? छ अहिले पनि उस्तै र रहिरहने छ धरतीको अस्तित्व रहुन्जेल

Posted in कविता | Tagged | Leave a comment

कविता : बाल मजदुर

~प्रकाश सुनुवार ‘निराकार’~ आज श्रमिक दिवस जताततै हार्षोल्लास छाएको छ सारा दुनियाँका मजदुरहरु रमाइरहेका छन् संसार निर्माण गर्न सफल भएकोमा नाचगान गरिरहेका छन् संसारलाई अझ सुन्दर वनाउने संकल्पहरुका साथ एकआपसमा शुभकामनाहरु वाँढिरहेका छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बेपत्ता

~रमेश क्षितिज~ अझै मेटिएका छ्रैनन् ब्ल्याकबोर्डमा लेखिएका अक्षरहरू पढाइरहेको थियो ऊ विद्यार्थीहरूलाई नैतिक शिक्षा अचानक आएर हतियारधारीले बलजफ्ती घिसार्दै लगेपछि फर्केको छैन ऊ स्कुल र कलिला आँखाहरूमा अझै व्याप्त छ त्रास गाउँमा – चाडपर्व, उत्सवहरूमा

Posted in कविता | Tagged | Leave a comment

गजल : रट्दैछ यहाँ

~सन्तोष रोकाया~ सानो नाबालक, तिम्रा सिद्धान्त, रट्दैछ यहाँ अनि तिम्रै, भोजभतेरको कहानी, पढ्दैछ यहाँ तिमी भन्छौं मात्र, सर्वसुलभ अनि गुणस्तरीय शिक्षा

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : सुब्बिनी बज्यै

~चूडामणि खनाल~ दम्पतीको शयनकक्ष एउटै भए पनि ओछ्यान भने छुट्टाछुट्टै छन् । एकले अर्काको घुरेको आवाज पनि सुन्छौँ अनि अन्टसन्ट बर्बराएको पनि थाहा पाउँछौँ । हाम्रो रात्रिकाजस्तो दैनिकी भने हुँदैन । उनी दिनभरि घरमै बस्छिन् र गृहिणी हुन्छिन् म भने … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एक टूक्रा घाम

~प्रेमा शाह~ सुन फुल्ने देशमा एक टुक्रा घाम छुनै डर लाग्ने कोपिला घाम वरीपरी फैलिएको पातलो घाम पछी पछी लाग्दा लाग्दै कता हराउछ घाम कस्तुरीको बास्ना झै छोप्ला जस्तो घाम

Posted in कविता | Tagged | Leave a comment

समालोचना : थारू साहित्यको अवस्था

~कृष्णराज सर्वहारी~ बिभिन्न इतिहासकारहरूले थारू जतिलाई नेपालको सबैभन्दा पुरानो आदिवासी जनजाति मानेका छन् । ‘यस जातिका कृषिमा समर्पित परिश्रमी मानिसहरू नेपालको मेचीदेखि महाकालीसम्मका तराई र भित्री मधेशका समथर भूभागमा वसोवास गरेका छन् र आफ्नो जीवनलाई हिलो धुलोमा घोलेर खेतीवारी लहलह … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : सिता वाणी

~प्रणिका कोयु~ सिता वाणी सदियौंसम्मको मौनता तोडेकी छु मेरो जिवनगाथा तपाईको जानकारी जाँच्दैछु शिवधनु? राम बलशाली थिए, वा हतियारले लडाकु चिन्यो? कि मैले खुसुक्क थाहा दिए आखिर पूजा त म गर्थें नि दिनानुदिन वनवास? कहाँ दरबारिया किचलोभित्रको बुहार्तन

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : हाम्रो छाती र लिलामको बहादुरे

~आन्विका गिरी~ जगदिश घिमिरेको लिलाम उपन्यास पढिसकेपछी मैले मार्च २००९ तिर यो लेख लेखेको थिए! भावना बगेर लेखे जस्तो लाग्छ, तर मेरो देशप्रतिको मेरो भावनामा हिजो, आज र भोलीमा फरक यति मात्र हुनेछ कि हिजो भन्दा आज र आज भन्दा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : यो जिवनको सार भो

~शालिकराम मुसाफिर~ तिक्तता र रिक्तता नै, यो जिवनको सार भो लुकिछिपि धाउदा नै, यो जिवनको हार भो । कछुवा र खरायोको, कथा सुनि थाकि सके यथार्थलाई नबुझ्दा नै, यो जिवनको हार भो ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्तर

~ बिना थिङ तामाङ ‘सुनगाभा’~ मन त लागेकै हो कालो गाउन र दोहोरो त्रिकोणिय घेराको स्काफ कहिल्यै नलम्बिएको यो घाँटीमा सर्लक्क भिरेर बडेमानको तस्वीर खिचाउँ त्रि.बि.को दिक्षान्त समारोहमा रंगशालाको प्राङ्गणमा इच्छाहरुको पहाड छैन म संग

Posted in कविता | Tagged | Leave a comment

महावीर विश्वकर्माका पाँच मुक्तकहरु

महावीर विश्वकर्मा १) न आगोले रुवायो, न पानीले रुवायो । मलाई त मेरै जीन्दगानीले रुवायो । । जसलाई परेलीले ढाकेर राखेँ पछि त्यही आँखाको नानीले रुवायो । । । २) नदी बनायो कसले अनि डुङ्गा कसले बनायो ? डुङ्गा जस्तै … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाँस्नु कि रूनु

~टंक आचार्य~ औँलो दिँदा डुँडुलो निल्नु ‘सु’ गर्ने बाहेक केहीमा मन नमिल्नु । कर छल्नु , नतिर्नु विदेश पुगेछि घर नफिर्नु ऋण लिनु तिर्ने कुरै नगर्नु

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अनौठो सजाय

~विश्वराज अधिकारी~ अंकितले भने “मैडम, म एक किसिमले पागल जस्तो भएको छु। न त ठीकसँग बाँच्न सकि रहेको छु, न त मर्न सकेको छु, आत्म हत्या गरेर। तपाँईले मलाई केही पनि नगरेकोले त झनै विचलित तुल्याएको छ मलाई। मैले त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छन्द कविता : छन्द र म

~डा. लेख निरौला~ छन्द : उपजाति हो छन्द बुझ्ने क्षमता भएन बुझ्दै नबुझ्दा ममता भएन सिकेर झट्टै पनि जानिएन… गाह्रो हुनाले अनि मानिएन ।। बुझेर भित्री जब मर्म सारा लेख्ने ममा छैन कुनै इसारा के छन्द कस्तो कसरी रचिन्छ

Posted in छन्द कविता | Tagged | 1 Comment

कविता : गणतन्त्र

~पशुपति कर्माचार्य~ जनआन्दोलनको आलो घाउबाट जन्मेकी, रजस्वला नभएकी, कलिलो बालिकाको घाँटी थिची-थिची सामुहिक बलात्कारको शिकारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : शेरको काँधमा प्रचण्ड

~कृष्णराज खनाल~ अब हामी सुन्न चाहान्नौँ बन्दूकको नाद तिमी ढाडमा चढेर टाउकोमा नहान ! प्रिय प्रचण्ड, तिमी अहिले शेरको काँधमा सवार छौ ढलिमली गर त्यसमाथि लगाम कस उसलाई कुन्दा हान यो ‘बहादुर’ छ किनकि यो बुद्धु छ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : बिधिको बिधान

~मीरा मन थापा~ समर्पण अरु केटाहरु भन्दा अलि फरक थियो उ अरु झैँ सबलाङ्ग थिएन सानैमा पोलियोले एउटा खुट्टा कमजोर भएको रे उसकी बहिनी यसै भन्थिन्। किशोरावस्थामा हुने सबैखाले स्वाभाविक चंचलता भने उसमा पनि विद्यमान थिए, जसरी अरु युवाहरुमा हुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : झरिको दिन याद आयो!

~अशोक ‘खलानको मान्छे’~ हिजो संगै भिजेको झरिको दिन याद आयो! भिर पाखा हिंडेको पशिना को स्वाद आयो!! चौतारानी उस्तै ह्रैछ बर पिपल नि उस्तै! स्‍मृति मा छरिएर झझल्कोको नाद आयो!!

Posted in गजल | Tagged | Leave a comment

गीत : फूल फुल्यो

~यशोदा अधिकारी~ फूल फुल्यो काँडाबीच टिप्न गाह्रो भो निष्ठुरीको याद आउँछ मेट्न गाह्रो भो जति जान्छु परपर आउँछिन् उनी वर सम्झाउँछ हल्लिएर पीपलु र बर फूल फुल्यो…॥

Posted in नेपाली गीत | Tagged | Leave a comment

पौराणिक कथा : हिरण्यक ताम्रचूड

~उमाशङ्कर द्विवेदी~ चित्रग्रीव परेवाको बन्धन हिरण्यक मुसाको जहान परिवारका सदस्यहरूले सजिलैसित काटी मुक्त गरिदिएको घटना हेरेर लघुपत्तनक काग छक्क पर्‍यो । उसले मनमनै विचार गर्‍यो–हिरण्यक मुसो आपत आइपरेको बेला धेरै उपयोगी छ । अत: जसरी भए पनि यस मुसासँग मैत्री … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

गीत : आँखैभरि दुई ओठै भरि

~बच्चु कैलाश~ आँखैभरि दुई ओठै भरि मायालुको माया बस्यो छातिभरि रातैभरिऔ दिनैभरि दर्शनको प्यास बस्यो जिन्दगी भरि

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : रहर परदेशीको

~बिमला शर्मा ढुङ्गाना~ पुरा नभै मर्छन् यहाँ, रहर परदेशीको । अनौठा छन् यस्ता कति,खबर परदेशीको। मातृभूमि छाड्नु पर्दा बन्छन् यति बेहाल , नठान्नु है हुन्छ मुटु,पत्थर परदेशीको।

Posted in गजल | Tagged | Leave a comment

गजल : बाच्ने आधार देखिन

~रिता खड्का ‘त्रिलता’~ सिन्दुर मैले पाएकै थिएँ बाच्ने आधार देखिन पलपल मेरो जस्तो उनको मन बारबार देखिन समाजले हेर्दा हकअधिकार पाए जस्तै देखिने बिडम्बना नारीलाई साथ दिने कारागार देखिन

Posted in गजल | Tagged | Leave a comment

कविता : आफैलाई चिट्ठी

~प्रमोद अधिकारी~ आँखा चिम्म गर्दा संसार सुन्दर देख्छु म निस्पट्ट अन्धकारमा सबै एकै रङ सबै समान सबै एकैनाश । आँखा खोल्न तर्सिन्छु

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : कहाँ खाेजिएन ?

~जीवराज बुढाथोकी~ सवै ठाउँ माया, कहाँ खाेजिएन ? जहाँ खाेजुँ भन्थें, कहीं भेटिएन । अधूराे रह्याे त्याे, अपेक्षा सधैंकाे, नभेटे नि चित्त, बुझेकाे थिएन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : माया गरे हुन्थ्यो

~निर्मला अवस्थी~ मैले जस्तै तिमीले पनि माया गरे हुन्थ्यो कहिले काहीं साँझपख बेसी झरे हुन्थ्यो।। स्थीर छैन यो मनलाई कति डुलाई राखु त्यो मन पनि बरु अब यतै सरे हुन्थ्यो।।

Posted in गजल | Tagged | Leave a comment

कथा : डा.सी-फुडको पुनर्जन्म

~रुमन न्यौपाने ‘अमन्त’~ समय । त्यस समय भित्रको एउटा लामो समय । त्यस लामो समय बिचको धेरै पलहरु भित्रबाट छुट्टिएको एउटा छोटो समय । अनगीन्ती भ्रमहरु । अनगीन्ती सपनाहरु । अनि असिमीत जन्महरु जसलाई समयको त्यहि छोटो बाटोमा रेखाङ्गन गरिएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : उही छ !

~राजुराम मुनंकर्मी~ चुनावकाे कदर नगर्ने नेताकाे जात उही छ ! अझै पनि सत्ता माेहकाे बात उही छ ! अब त घैंटामा घाम लाग्ने अाशा थियाे गजबै भयाे अझै पनि मात उही छ!

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : रक्सी

~विवेक दुलाल क्षेत्री ‘दमक’~ लेप्चा बाजे र लेप्चिनी बज्यैका सन्तान नभएका होइनन् .एक छोरा र एक छोरी भएकै हुन् .छोरोचाही सानैमा कालोज्वरले लगेपछि एउटी छोरी सानी मात्र थिइ .सानीलाई पोखराको केटासित विवाह गरी दिएकोमा कहिलेकाही उ पनि नाती च्यापेर आउने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment