Tag Archives: nepali sahitya

गजल : हजार पटक कती समझाउनु

~मोतिराम भट्ट~ दिनको पचास त के हजार पटक कती समझाउनु । म गरीबका घरमा हरे तिमिले यसोरि न आउनू ।। रिसमा थियौ कि खुशी थियौ मत केही जान्दिन के थियौ । कि यसो थियौ कि उसो थियौ मनमा कसोरि बुझाउनू … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : दोभानहरु भेट्न

~नाकारा~ तिमी र म फरक फरक ठाउमा नजन्मेको हो भने कसरी बन्थ्यो र यो दोभान !? र , तयार हुन्थ्यो साझा लक्ष्य चुम्ने महान यात्रा !? भेट भएको छ – चलिरहने हावासङ्गै हिडिरहने बाटोसङ्गै बगिरहने नदिसङ्गै ए कान्छी ! नथाक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : हिमालका कुरा गर्यौं, गुराँसका कुरा गर्यौं

~दिनेश अधिकारी~ हिमालका कुरा गर्‍यौँ, गुराँसका कुरा गर्‍यौँ देशभक्ति देखाउन सहिदका कुरा गर्‍यौँ बेला भयो आऊ अब इमानका कुरा गरौँ बिरामी छ देश अहिले निदानका कुरा गरौँ लुकीचोरी देशको भाग आफैँले पो खायौँ कि ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : एउटा अन्तर्वार्ता

~सीताराम नेपाल~ सङ्कटकालको वेला थियो । एक दिन एक वरिष्ट प्रजातन्त्रवादी कम्युनिस्ट नेताको अन्तर्वार्ता लिन बिहान छ बजे नै उनको निवासमा पुग्नु पर्ने समय मिलाएको थिएँ । यी नेता भनाउदासँग भेटवार्ताको समय मिलाउनु पनि हामी जस्ता मझ्यैाला पत्रकारका लागि कहिलेकाँही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आर्यघाटमा केही लेखिरहेको छैन

~सुमन पोखरेल~ यस्तो बेलामा मान्छे आम मान्छे भए झोक्राएर बस्ने थियो कुनामा वा फाल हाल्ने थियो भीरबाट खोल्सामा वा एक गिलास पानी खाने थियो, धारामा थापेर । तर सबै म विशिष्ट हुन्छ त्यसैले म त्यसो गरिरहेको छुइनँ । यो बेलामा, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : जलपरी

~विजय महर्जन ‘श्रीजय’~ पौडी खेल्नु पनि गजबको रमाइलो हो। आनन्द पनि आउने, शरीरलाई कसरत पनि राम्रै हुने। झन टेलिभिजनमा देखिने पौडिबाजहरुको आकर्षक जिउडाल, आहा! अब त म पनि नसिकी छोडदिन, ज्यान गए जाला। यस्तै कुराहरु खेलाउँदै त्यस दिन म हान्निएँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अरुणबहादुर खत्री “नदी”का चार मुक्तकहरु

~अरुणबहादुर खत्री “नदी”~ १ चिठी लेख्दा आज कविता भयो किन किन यो हृदय चञ्चल रह्यो प्रकृतिको प्रेमी म प्रकृतिसँगै रमाउँछु सुन्दरताको प्रतिबिम्ब मेरो मन बग्यो । २ बिदेसिनु भो देश छोडी सलाम हजुरलाई सञ्चै छ या बिसञ्चो के छ हजुरलाई

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : यो हाम्रो बर्दिवास

~प्रकाश खतिवडा~ चुरेको काख तराईको माथ, यो हाम्रो बर्दिवास स्थायी शान्ति, सामाजिक न्याय, विकासको गर्छ आस । पुर्व र पश्चिम, उत्तर र दक्षिण, दौडन्छन यातायात जनताले पाका, ध्वाँ र धुला, केही छैन अरु खास ।

Posted in गजल | Tagged | Leave a comment

गजल : उनी यस्ती

~कृष्ण वस्ती~ सन्सारको ‘स्वर्ग’ तिमी, पाऊँपाऊँ जस्ती । हिर्दयको ‘तीर्थ’ सधैँ, धाऊँधाऊँ जस्ती ।। गाईबस्तु हेर्न जाँदा, मौका मिलाएर । वैशाखको ‘काफल’ टिपी, खाऊँखाऊँ जस्ती ।।

Posted in गजल | Tagged | Leave a comment

कथा : अनएक्सपेक्टेड लभ

~सविता सापकोटा~ ‟केटो कस्तो लाग्यो सवि ?” पानी बिनाको माछा छटपटाएजस्तै मलाई केटा हेर्ने आउँदै छ भन्ने थाहा हुदाँ देखि नै छटपटीमा बसेको मेरी प्रेमी अर्थात राजको म्यासेज थियो । केशुले हेर्न आएको दिनदेखी मनमा व्यग्लै चन्चलता पलाएको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : स्वाभिमान

~विश्वराज अधिकारी~ मैले उसलाई सोधें– बाबू तिमीलाई शहर लाने अंकलले खाने लगाउने राम्रो व्यवस्था मिलाइदिएका थिए, होइन? उसले उत्तर दियो–एकदमै राम्रो व्यवस्था गरिदिनुभएको थियो । आफ्नै सन्तानजस्तो गरेर राख्नुभएको थियो, मलाई । आफ्ना सन्तानहरू र मबीच उहाँबाट कुनै किसिमको भेद … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : म र मेरी बैनी

~मनोहर काफ्ले~ “पेटमा छदा देखिनै तिमीहरु झगडालु स्वभाब का थियोउ । भोक लाग्दा मलाइ लात्तले हान्थेउ , म बुझ्थे , मैले पौस्टिक आहार अलि बढिनै खानु पर्ने हुन्थ्यो  ,किनकि तिमीहरु दुइजना मेरो पेटमा थियेउ । यस्तो लाग्थ्यो, तिमीहरु भित्र पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : गाजलु आँखा

~केशर देवकोटा~ गाजलु आँखाले हेर्छ्यौ नि मधुर मुस्कान तिम्रो लै गाजलु आँखाले हेर्छ्यौ नि सधैँ म त्यसमा खुसी छु ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : आमा

~रेखा पन्त~ सन्तानको निम्ति परेली, रुझाउँछिन् आमा !! हाँसो सुम्पिएर पीडा, लुकाउँछिन् आमा !!! घाम पानी झरी बादल् , पर्वाह नगरी जसोतसो दिन्मा दुई छाक् ,जुटाउँछिन् आमा !

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : मेरो सभ्य सभ्यता र सँस्कृती

~दीपक कुमार ज्ञवाली~ म मानव सभ्यता र सँस्कृतीको पक्षधर हूँ । सभ्यता मेरो अलङ्कार हो । सभ्यता मेरो पहिचान हो । म सभ्य समाजमा मेरो सभ्य सभ्यता र सँस्कार बोकेर रमाऊन चाहान्छु । मेरो सभ्यता सँगै म जिउन चाहन्छु । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : पसिना बगाउँ

~अमृत सिङ थिङ~ बाँजो खेतमा खसाउ तिम्रो पसिना सुनको वाला लहकिनेछ त्यहाँ भिर पाखामा पोखाउ तिम्रो पाैंरख लहरा बनि झाँगिने छ त्यहाँ जहाँ पसिनाको थोपा खस्नेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : जवानीको मात थियो

~निर्मला अवस्थी~ बैंशालु त्यो यौवनमा जवानीको मात थियो तिमी एक्लै म नि एक्लै त्यो जुनेली रात थियो।। चकमन्न भएपछि मेरो छेउ आयौ तिमी उस्तै उस्तै दूई आत्माको मिलनको बात थियो।।

Posted in गजल | Tagged | Leave a comment

कथा : ब्लो-अप

~घिमिरे युवराज ‘कर्जुना’~ नायिका रञ्जना शिवाकोटीको फिल्मी करिअर उत्सर्गमा थियो । उनी टीभीमा नाचेको देखेर म फुर्किन्थेँ । त्यसो त उनी फिल्ममा भन्दा बढी टीभी विज्ञापनमा देखिन थालेकी थिइन् । ‘रूपमती चामल खानाले तपाईंको त्वचामा नयाँ ताजगी ल्याउँछ ।’ उनीप्रति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नाम :गंगामाया, उमेर: ५३ बर्ष

~योगेन पौडेल~ म गङ्गामाया बर्ष ५३, बेहोशीमै बर्बराउछु, आँशुले लेखेको मेरो कहानी आज तिमीलाई सुनाउछु। यो चीसो बेड भन्दा अली पर यो अस्पताल भन्दा अझै पर यी चीसा मनहरु भन्दा धेरै पर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : डेरा सर्नुपर्‍यो

~समीर पाख्रिन~ पोखरा निवासी एकजना श्रष्टा मित्र वीरगंज आउनुभएको उहाँको फेसबूक स्टेटस्बाट थाहा पाएँ । म उनीसित पहिलैदेखि नै भेट्न किनकिन लालायित थिएँ । उनको वीरगंज आगमनले मलाई उनीसित भेट्ने, साक्षात्कार गर्ने सुनौलो अवसर जुराइदियो । उहाँ दिनभरिजसो नै अनलाइनमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : विश्वास

~उपेन्द्र सुब्बा~ देउरालीमा सिन्दुरले रातै पोतिएर फूलपातीले छ्याप्पै छोपिएर एउटा ढुङ्गा देउता भएर बसेको छ। देउता ढुङ्गा पनि हुन सक्छ ढुङ्गा देउता पनि हुन सक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षर

~विधान आचार्य~ १ अक्षरहरूको जुलुस विचारको ब्यानर र नीबका प्लेकार्ड लिएर आएपछि अक्षर नरुचाउने भाषण र शब्दहरू हाहाकार गर्दै दौडिरहेको दृश्य हेर । २ देश सधैँ झूठको फसल खाँदैन देश सधैँ रगतको टीका लगाउँदैन देशमा मानिसहरू छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ कुनै नाम छान्दैन

~श्यामल~ बुस, गोर्भाचोभ, तेङ वा राजीव गान्धी अहँ, ऊ कुनै नाम छान्दैन कुनै पनि नाम सद्दाम होस् चाहे कुवेतको अमीरको नाम होस् या अली खमेनीको

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्वामित् यस् गिरिधारिले

~भानुभक्त आचार्य~ ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी, यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी। ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ, मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ।। बीस् साल् सम्म त ज्यान त्यान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दाहिनेशक्ती

~विक्रम सुब्बा~ भ्यालेन्टाइनको रातो थुंगाका ओँठले मेरो निँधारको स्वाभिमान चुमेर तिमीले मायाको वीउ छरिदिएपछि मेरा मनका पातहरूमा टेकेर जवान मायाको भुवैभुवा फुलेकोछ ओँठका किरणहरू चुमेर तिमीले मेरो मुस्कानमा प्राण हालिदिएपछि दुई अधरका तरंगहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी कविता अनशनमा छे

~बद्री पलिखे~ १. मेरी कविता पर्चाबाँड्दा र पोस्टर टाँस्दाटाँस्दै भागदौडमा पक्राउ परी । २. मेरी कविता हातमा प्लेकार्डबोकेर जुलुसमा नारा लगाउँदालगाउँदै पुलिसको लाठीचार्जमा सख्त घाइते भई।

Posted in कविता | Tagged | Leave a comment

कविता : विद्रोह

~किरण दहाल~ बरालिँदा साँझपख यो सहरमा नदेखियोस् तिमीलाई ढल्न आँटेको कुनै राणाकालीन पुरानो घरजस्तो सम्झिराख्नु हरहमेसा– सहर आधुनिकता मन पराउँछ कुनै ब्रान्डेड स्प्रे छरेर बास्नादार फूलजस्तै

Posted in कविता | Tagged | Leave a comment

गीत : ढुङ्गा मैन बन्दछ

~एम सि सुमित~ साहस यो अटल बोके ढुङ्गा मैन बन्दछ पटक हारेर त के भो शत्रु आँफै ढल्दछ लडेरै लक्ष भेट्नु छ त पछी किन सरौँला र ! ? नजलाए क्रान्तिको ज्वाला कहाँँ मुक्ती मिल्छ र !? छातीमा गोली लागे … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लु त जवाफ देउ

~बी .पी. बजगाईँ~ ए राज्य सत्ता! मलाई थाहा छ, तिमी हाम्रो मृत्युको उत्सव मनाउने तयारीमा लागेको छौ, यहाँ भेला भएर हामी तिमीलाई नयाँ आकार दिने तयारीमा लागेका छौं| हामीलाई कँज्याउन भनेर भरौटे मार्फत तिमीले तर्कको चुनौतीको कुतुब मिनार नै यहाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : काल नआर्इ मरिन्न

~दण्डपाणि जैसी~ त्यतिबेला म जनकपुरमा कार्यरत थिएँ। म र भगवान जी एउटा योजनाको नापी लिन बिहानै साइट जाने कार्यक्रम थियो त्यसैले हाम्रो ड्राइभर जनकलार्इ विहानै बोलाएका थियौं। बिहानको करीब पाँच बजे तिर चिया नास्ता तयार गर्न भनेर देवी म भन्दा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लोक दन्त्य कथा : ससुराली जाँदा चट्टु ज्वाईंको गफगाफ

~अज्ञात~ एकदिन चट्टु् ससुराली गएछ । ससुरोले चट्टु ज्वाईंको मानमनितो गरे । दिउँसोतिर खाजासाजा खाइसकेर ससुरोले चट्टुलाई भनेछ, “ज्वाईं, अब एकछिन यस्सो गफगाफ गरौं‌न ।” चट्टुले भनेछ- “गफसफ त गर्नहुन्थ्यो, मलाईचाहिँ दिसा च्याप्यो । म दिसा बसेर आउँछु ।” यति … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

संस्मरण : ‘झिङ्गेलाला हो झिङ्गेलाला’

~भूमि भण्डारी~ म यहां आएको भोलिपल्ट केन्याबाट आएकी सहकर्मीले सोधेकी थिइन् -‘तंलाई यहांका केटीहरु कस्तो लाग्यो’ भनेर । केटी देख्न पाएको छैन, कस्तो लाग्यो भन्दिनू । मैले त्यसै ‘राम्रा रहेछन्’ भन्दिएको थिएं । उनको अर्को प्रश्न थियो-‘नेपाल र यहांका केटीमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment