Tag Archives: nepali sahitya

गीति कविता : लेखिदिएँ तिम्रो नाम

~कृष्ण वस्ती~ अर्कै कुरा खेलेको पो ,थ्यो कि तिम्रो मनमा । लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।। नबोल्दा’नि दुख्छ्यौ अरे, बोल्नखोजे लुक्छ्यौ । छोयो कि त लाजवन्ती, झारजस्तो सुक्छ्यौ ।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : जीतबहादुरका बच्चाहरुको अनुहार

~बिमल गुरुङ~ लाटोकोसीरो पनि गाइरहेछ काठको अग्लो खाँबामा उभिएर ! आकाशलाई कालो मासी परेको छ पृथ्वी पाइखाना हो शायद हिजो आकाशले रक्ति थुप्रै पिए जस्तो छ कालो मासी हो कालो मासी

Posted in कविता | Tagged | Leave a comment

गीत : झुम्के चुरा…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ झुम्के चुरा बजाउदै अलिकति लजाउदै आए म त तिम्रा सामू सानो संसार सजाउदै । चोरीदेउ लुकाइदेउ षोडसी यो जोवन तिम्रै आशमा धरमरिदै बांचेको चोखो मन । तिम्रै लागि टिपी हेर आकाशको जून पनि चाहिदैन बरु मलाई एक … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : अनुभब

वैकुण्ठ ढकाल- राजनीति र वकालतलाई संगै अघि बढाईरहेका शंकरको देशमा नाम, ईज्जत चुलिएको छ । राजधानी काठमाण्डौंमा एकै कम्पाउण्डमा जुम्ल्याह महल पनि ठडिएको छ । श्रीमान श्रीमतीको सम्बन्ध पनि फेबिकोलले टाँसेर बाहिर नदेखिने काँटी ठोकिएको जस्तै छ । गहिरोसंग नियालेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : शहिद र युवा

~पशुपति कर्माचार्य~ शहिदहरू देशको लागि मरेर गए “ल, हान् !” भन्दै हाँसी-हाँसी गोली खाएर गए शहिदहरूको सपना पुरा गर्न नसके यो जन्म खै के जन्म ! सहयोग त देशमा बालुवाको पानी भो

Posted in कविता | Tagged | Leave a comment

गजल : सार्है धोको रै’ छ

~मनु ब्राजाकी~ भागीको ढुङ्गालाई ढोग्ने सार्है धोको रै’ छ । ढोग्दाढोग्दा निंधारमा निस्क्या ठुलो फोको रै’छ । बगरेले हाम्रालागि ठूलो खसी ढालेको छ, दुर्गालाई कुभिण्डोको चारखुट्टे बोको रै’छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : दु:ख-पीड़ा पगाले’छु,

~शेखर ‘अस्तित्व’~ पहिले आँसू बनाउनलाई, दु:ख-पीड़ा पगाले’छु, फेरि जल्दै मुटु माथी, जम्मै आँसू उमाले’ छु ! तिम्रा बाचा-बन्धन सबै, बाफ बनी उड़े पछि, बचेका ती याद हरू, गजलमा नै संगाले’ छु !

Posted in गजल | Tagged | Leave a comment

कविता : करुणा, अहिंसा र प्राणी अधिकार

~रमेश भट्टराई ‘सहृदयी’~ १. यो पृथ्वी कसैको जिजुबाको दाइजो भए लाखौँ निरीह जीवसँग कर उठाइन्थ्यो होला तिम्रो सर्वश्रेष्ठताको माप के हो मान्छे ? अहिंसा परमो धर्म ठूलो या जिब्राको तृष्णामा मांसाहार ? विज्ञानलाई सोध… बुद्धलाई सोध…. तिम्रो र तिनको शारीरिक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

नेपाली उपन्यास : दुई घुम्ती

~सञ्जीवनी शर्मा~ दुई घुम्ती | नेपाली उपन्यास | सञ्जीवनी शर्मा ‘ति निष्ठुरी हेमन्त अंकल नआएर के भो त अन्टी ? म पालिहाल्छु नि तपाईंलाई । किन फिक्री मान्नुहुन्छ हजुर ? तपाईं त मेरो सर्वथोक हो । आवश्यक पर्‍यो भने तपाईंलाई … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : अपहृत बिपना र जमदारनी बाेजू

~रुमानी राई~ जब जसबहादुरले पल्टनमा गाेराकाे हातबाट जम्दार पदकाे फुली र फित्ता पायाे सिन्दुर र टीका लायाे तब जसमाया पनि जम्दारनी भई । दुश्मनसित लड्दालड्दै युध्द मैदानमा जब दुश्मनकाे एम्बुसले जम्दारलाई टुक्राटुक्रा पार्याे तब िवधवा जम्दारनी बाेजूकाे जीवन अाेह्रालाे लाग्दै गयाे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : डायस्पोरा साहित्य चिन्तन र मन्थन

~दयारत्न शा.भि.~ मानवीय उन्नतिलाई वर्तमान परिपेक्षमा उन्नति भन्दा अवन्नतितिर ढल्केको तर्क ग्लोबल वार्मिङ, डिइन्डष्ट्रीलाइजेशन र अर्गानिक उत्पादन समूहले प्रस्तुत गर्दै आइरहेका लक्षोन्मुख समाज कतातिर लागेको छ भन्ने अनुमान गर्न सकिन्छ । नेपालको सन्दर्भमा ‘विकासे’ शब्दले केहि वर्ष यतादेखि मात्र जग … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

नियात्रा : खप्तडको क्षितिजमा गरिबीको छाँया

~भेषराज रिजाल~ बझाङे तमेल कटेर सेती पारिपुग्दा तिर्कुलो रोप्दै थिए केही महिलाहरू । नदीमा बेपत्ता आफन्तको खोजीमा बाटैभर अलपत्र थिए केही मान्छेहरू । ढल्कँदो घामको रापले ओइलाएको तिर्कुलोको बोट र नदीको भुमरीमा बेपत्तिएको मान्छेको आकृति तौलिन्छु मनमनै । तिर्कुलो शीतको … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

संक्षिप्त समालोचना : महाकवि देवकोटा र श्रीमद्भगवद्गीता

~विष्णुरुद्र शर्मा~ महाकबि देवकोटाका साहित्यिक महासागरबाट केही हरफहरु लिएर वहाँको अध्यात्मबादलाई हाम्रो ब्यवाहारिक जीवनमा अति सार्थक मार्ग दर्शक बनेको श्रीमद्भगबद्गीताका केही श्लोकहरुसङ्ग तुलनात्मक रुपले हेर्न सकिन्छ । गीताजीको यो श्लोक र देवकोटाको “यात्री” कवितामा अन्तरनिहित भाव भिजेर निचोरिएको वस्त्रमा ओसिलोपन … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कार्यपत्र : नेपाली भाषाको मानकीकरणको प्रयासका घुम्तीहरू

~हेमाङ्गराज अधिकारी~ नेपाली भाषा छापाखानामा प्रवेश गरेपछि नै यसको मानकीकरण विशेष चर्चाको विषय बनेको हो। छापाखानाले लेख्य भाषाको प्रयोगको विस्तारमा व्यापक स्थान ओगटेको हुन्छ। प्रकाशनका गतिविधिमा जे जति विस्तार हुँदै गयो उति मानक प्रयोगप्रति पनि भाषाका प्रयोक्ताको चासो बढ्नु स्वाभाविक … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

युद्ध कविता : खण्डहर सिरिया

~अनुपम “नवोदित”~ यतिखेर म यो गोल भूगोलको एउटा कुनामा युद्धविजय नहुँदै रन्थनिएको सिपाही जस्तै बारुदले रंगिएको जिन्दगी बोकेर गोलीले छेडिएका जिन्दगी घिसार्दै फेरि, नयाँ जीवन पाउने आशामा उत्कट-उत्कट अभिलाषामा अर्को कठोर युद्ध लड्दै गर्दा अनायास,

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो गाउँले जीवन

~गेहेन्द्र अधिकारी~ गाउँले केटो सहर छिर्यो त सहरिया भइदियो, एक दुई अङ्ग्रेजी बोल्यो त बिदेशी भइदियो, एक दुई पङ्ती कविता लेख्यो त

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यर्थ

~अमृत सिङ थिङ~ सादा तस्बिरमा रङ्गीन आँखा खोज्ने तिमीलाई कसरी भनु अन्धको तस्बिर भनेर सागरमा डुबेर मोती बटुल्ने तिम्रो चाहाना सकेनौं पौडिन अाँखाको नानी बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~आविष्कार कला~ देशको खबर वर्तमानको\विगतका एउटै छ बेहाल जनताको पीडा मनमा समाधानका विकल्प सपना र कल्पनामा समय उत्तर हो कि शासकको व्यवस्था ?

Posted in कविता | Tagged | Leave a comment

कविता : गलैंचा बुन्नेहरूको गीत

~अविनाश श्रेष्ठ~ आङ्निमा जब तान छुन्छे सबैभन्दा पहिले ऊ परिवारको भात बुन्छे, दाल बुन्छे आङ ढाक्ने थोरै कपास बुन्छे । अनि आकाश बुन्छे, बतास बुन्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : राजकुमारी

~स्वप्निल आचार्य~ एकाको देशमा, दूर आकाशमा, राजकुमारी थिइ, मुख लुकाएर अलिकति लजाउँथी अलिअलि मुस्काउँथी । घुम्तो उघार्दा उसको मुहार देखेँ हेरेको हेर्‍यै भएँ । कल्पनाको देशमा उ बस्दथी

Posted in कविता | Tagged | Leave a comment

कथा : सरको घडी

~दिनमान गुर्मछान~ बिहानै मोबाइलमा आएको मेसेजले अक्क न बक्क बनायो। घनश्याम सर बित्नुभएछ! मैले तुरुन्त वीरेलाई फोन गरेर सोधें, “साँच्चै हो?” “घनश्याम सर रहनुभएन…”, उसले रुन्चे आवाजमा भन्यो। पक्का भएको खबरले मनलाई उद्वेलित बनायो। आँखा रसाए। स्कूलमा राष्ट्रिय गानको बेला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेटामोर्फोसिस

~राजेन्द्र पराजुली~ आठ कक्षामा पढ्दा विज्ञान शिक्षकले पढाएको ‘झुसिलकीराको जीवनचक्र’ पाठले राम उपाध्यायलाई अचम्ममा पारिदिएको थियो। “अङ्ग्रेजीमा यसलाई मेटामोर्फोसिस भन्छन्”, शिक्षकले भनेका थिए, “एग, लार्भा, प्युपा र एडल्ट गरी चार चरणमा यसका चक्र पूरा हुन्छन्।” रामलाई ‘मेटामोर्फोसिस’ शुद्ध उच्चारण गर्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ल्याम्पपोस्ट

~मनु मन्जिल~ निभेर दिनभर उभिन्छु अचेल सडक किनारामा बाँच्नै नहुने धेरैजसो दिनहरु बाँचेर मात्र आयु नाघ्न नसकेर उभिएजसरी । यति खराब जिन्दगी पनि अभिनय होइन । यो विनाअर्थ उभिनु पनि सपना होइन । सिसाको यौटा आँखाले बिहानको प्रत्येक रातो गुलाबमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जादुगर सरकार

~प्रदीप लोहागुण~ जब देशको मानचित्रबाट अचानक हराउँछ दलबहादुरको देशभक्त गान्धीटोपी जंगवीरको खद्दरको अहिंसक कोट जब देशको राष्ट्रिय गीतबाट अचानक हराउँछ रामसिंहको सुसेलिरहेको चुच्चो ओठ अथवा हराउँछ अचानक जब यो देशको अनुहारबाट इन्द्रेणी–सावित्रीका क्रान्तिकारी आँखाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : चाखण्डीको खोंच

~युद्धप्रसाद मिश्र~ लहलह पल्लव हरित लताको, छाया स्वर्गिक शीतल रुखको, कुञ्ज छ मन्दिर चिडियाहरुको, कलकल गान छ निर्मल जलको । १ गिरिको गहिरो-अन्तर-तट छ, जल यो छलबल छलबल चलछ, यो छलबलमा रुखको हरियो, छाया तिरिमिरि तिरिमिरि छरियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्षा-वियोग

~गोपालसिंह ‘नेपाली’~ झिरमीर- झिरमीर पानी पर्छ झिरमीर- झिरमीर पानी पर्छ ।।१।। बादल मा बिजुली चम्किन्छ यो दुनिया झन्-झन् गम्किन्छ तिम्रो बाटो हेर्दा हेर्दा, आँखा तिरमिर-तिरमिर गर्छ झिरमीर- झिरमीर पानी पर्छ ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : मोते साहिँलो

~एकु घिमिरे~ होलीको सडकलाई टिपेर भकुण्डोको आवरणमा गाँसेको अस्कोट आपैंmले सिलाएको कपाल नछोप्ने टोपी बर्षाको खरुकीजस्तै झप्प आँखिभूइँ तराइको इनारजस्तो आँखा माटोजस्तो दाँत अचारमा पलाउने ढुसीजस्तो दारी काँधमा हातेकलको भारी

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम गोबिन्द

~शान्ति प्रियवन्दना~ सलाम गोबिन्द फेरी भिज्यो माटो होनहार सन्तानको रगतले पुछियो सिन्दुर नवयौवनाको हुर्किदै गरेका सन्तान टुहरा हुन पुगे छिनियो आमाको ममता

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~शारदा पौडेल~ ढिकी जातो गर्नु पर्छ पकाएर खान नत्र भने घरमा अन्न हुन्न एक माना इन्धन छैन पकाउनलाई दाउरा खोज्न जान्छु त्यहीबेलामा वस्तु भाउ सँगै जङ्गल लान्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : केही केही केही केही

~सुमन पोखरेल~ आऊ हामी मिलेर बाँचौँ एउटा केही। जिन्दगी हैन । जिन्दगी हो भने, अरू केही गरौँ बाँच्नुबाहेक । तिमी र म एकअर्काको होऔँ केही नयाँ । यसरी गरौँ एउटा केही नयाँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु

~भवानी भिक्षु~ गरे चरितार्थ नेत्रमा ‘भाद्र’ यिनीहरुले सीके ‘सावन’ हृदयको पश्चाताप-सँदेश, सुनाए सँधै यही, पावन । ०० ०० ०० भावना थाले हृदयमा उम्लन, विवशताहरु असीमित उरमा भए,

Posted in कविता | Tagged | Leave a comment

गजल : के छ मेरो कसुर

~जीवराज बुढाथोकी~ नागरिक भै जन्मे म यो देशमा, के छ मेरो कसुर, राखे उचित कुरा यो परिवेशमा, के छ मेरो कसुर !! लोकतन्त्रको फल चाख्ने, मेरोपनि त हक छ हजुर, हिड्नु पर्ने सधैं दुःखी यो भेषमा, के छ मेरो कसुर … Continue reading

Posted in गजल | Tagged | Leave a comment