Tag Archives: nepali sahitya

गीत : लैजा चरी मेरो खबर

~दिनेश अधिकारी~ कुरा सुन्छु नानाथरी, गाँठो पर्छ छातीभरि बह पोख्ने ठाउँ छैन, बसेकी छु बाटो हेरी लैजा चरी मेरो खबर, जहाँ होला उसको सहर हातमाथि हात राखी, देवी–देवता सबै भाकी लाएको यो चोखो माया कतै बिर्सिदिने हो कि ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रत्युत्तरमा व्यक्त इच्छाहरू

~उषा शेरचन~ सगरमाथाझैँ शिर उचाल्न सिक भन्छौ तिमी… हिटलरले उचालेको शिरले विश्वयुद्ध जन्मायो सम्पूर्ण विश्वलाई त्रसित पार्यो म चाहन्नँ, मैले उचालेको शिरले मानवता ओइली झरोस्।

Posted in कविता | Tagged | Leave a comment

कथा : नाङ्गो

~अविनाश श्रेष्ठ~ कवि-लीला : नाङ्गै नुहाउने सनक सङ्क्रमणकालबाट गुज्रिरहेको देश दर्ुदशा भोग्न बाध्य । जनता दुःख पाउन विवश । चारैतिर हाहाकार । जताततै आतङ्क । हत्या । अपहरण । बम-विस्फोट । आगजनी । लुट । धम्की । जबरजस्ती चन्दा । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भतेर र आँखाहरू

~कणाद महर्षि~ हरेक मान्छेको काँध काँधमा एक एक मुर्दाको अवतार थियो र त्यो भिड क्रमशः दुब्लाउँदै कुनै सभामा परिणत हुने आशंका थियो खप्परहरू उसिनेर सुरुवा बनाऊ गिदीहरू साँधेर अचार बनाऊ मुटुहरू कुहाएर जाँड बनाऊ र त्यसपछिको भोजमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको घाउ

~कृष्णभुषण बल~ कुन बतासले उडायो यसरी, पत्करझैँ पानीमा तैरिएको छु कुन हतारको बाढीले बगायो यसरी, आफन्तहरू हेर्दै बगेको छु। सानो लहरले पनि बगाउन सक्छ मलाई, छाल नैकिन चाहियो र जसले पनि घाँटीमा बल्छी अल्झाउन सक्छ मलाई, जाल नै किन चाहियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नभेटिए जाती भन्दाभन्दै

~तीर्थ श्रेष्ठ~ नभेटिए जाती भन्दाभन्दै कुनै सुदूर टापुमा र त्यसको एकान्तमा तिमी भेटिएका छौ । उस्तै छौ तिमी गुलाफी तिम्रो ओठ उस्तै छ चाक्लो फराकिलो निधारमाथि कालो गुलाफ जस्तो केशराशि उस्तै छ

Posted in कविता | Tagged | Leave a comment

गजल : जसको दरबार हुँदैन

~शालिकराम मुसाफिर~ इज्जत उसलाई नि गर, जसको दरबार हुँदैन भरोसा उसलाई नि गर, जसको घरबार हुँदैन । अमिर त अमिर नै छन्, फकिर मनको ख्याल गर मन उसको गङ्गाजल हो, त्यो कहिल्यै तरबार हुँदैन ।।

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : घरबेटी बा

~गोपाल बराल~ होचो होचो, भँुडी ह्वात्त बाहिर निस्केको, तिघ्रा सुकेको, कपाल फुलेको, तालु खुइलिएको मान्छेको बारेमा कसैले जान्न चाह्यो भने सबैले अड्कल काटिहाल्छन्, त्यो मान्छे हाम्रो घरबेटी बा भनेर । उनको हुलिया बताएपछि यो टोलका मान्छेले नचिन्ने भन्ने कुरै हुँदैन … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : बगेन आँसु चोटले

~सरोज घिमिरे ‘कर्कट काश्यप’~ सुकेछ आँत घातमा, बगेन आँसु चोटले । कठोर प्रेम मातमा, बगेन आँसु चोटले । । भएन बोल्न फोनमा, खराब काम के भयो, मनुज मित्र जातमा, बगेन आँसु चोटले ।

Posted in गजल | Tagged | Leave a comment

लेख : बोलीमै वाङ्मय

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ साहित्यको संसार छुट्टै हुन्छ। कसैको यसले मनै हर्छ तर कसैले यसलाई एक रत्ति मन पराउँदैनन्। कृति निकालेरमात्र कुनै पनि साहित्य आमपाठकमाझ पुग्छ भन्ने छैन। त्यसलाई आमपाठकसम्म पुयाउनु छ भने आमसञ्चार माध्यमको सहारा लिनैपर्छ। चाहे त्यो छापा होस् … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गीत : झुपडीकी रानी

~शान्ता गौतम~ चौबन्दीमा सजेकी झुपडीकी रानी आइदेउन मनभरि सबै आफ्नो ठानी । पर्खिरहेछु तिम्रो बाटो ईश्वरलाई भाकी धुपी दुबो गाँसी माला स्वयंबरका लागि ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चोखो माया तिमीलाई दिउँला

~विपिन किरण~ सागर सरी चोखो माया तिमीलाई दिउँला यो ज्यानले साथ दिए तिमीसँगै जिउँला तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला आऊ बस न छेवैमा मिठामिठा कुरा गरूँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : यो देश नै स्वर्ग छ है मलाई

~कृष्णशरण उपाध्याय~ कृष्णा र कोशी पहरा फुटाई, मेची र राप्ती छहरा छुटाई । निर्भिक बन्दै बहने रमाई, यो देश नै स्वर्ग छ है मलाई । कस्तुरी या बांदर कृष्णसार, अर्ना र हात्तीहरु छन् हजार । गैंडा र भालु डुल्ने रमाई, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्व खवरदारी

~मथुरा सैंजु~ नखाने चिज खाएर बरबाद परें आफै नै, नगर्ने काम गरेर धोका खाएँं आफै नै । नबोल्ने बोली बोलेर शत्रु भएँं आफै नै, झुठको यो दुनियाँमा झुठा भएँ आफै नै ।

Posted in कविता | Tagged | Leave a comment

गीत : सम्झी सम्झी रुनु भन्दा

~नरेशदेव पन्त~ सम्झी सम्झी रुनु भन्दा बरु पागल बनाइदेऊ तड्पी तड्पी बाँच्नु भन्दा बरु मृत्यु मलाई देऊ मुटु साटेकै किन माया प्रीति बसेकै किन साथ हिडेकै किन हत्ते गरी चाहेकै किन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गाई र उत्तरआधुनिक चितुवा

~हरिहर तिमिल्सिना~ सँगै अंकमाल गर्दै चितुवा र गाईले एउटै पोखरीको पानी पिए भने चितुवा, चितुवा नहुन सक्छ गाई, गाई नहुन सक्छ । गाईले दूध दिन्छ चितुवाले दूध दिँदैन

Posted in कविता | Tagged | Leave a comment

कथा : भ्रमको बाटो

~मीरा प्रसाईं~ एकदिन फेसबुक चलाइरहेका बेला एउटा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल नहेरी हतपत अक्सेप्ट गर्ने बानी थिएन मेरो । तर त्यो बेला खै किन हो ? उक्त रिक्वेस्टलाई अक्सेप्ट गरिदिएँ । केही क्षण नै उताबाट स्माएलको इमोटिकेसन आयो अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धोको

~उमालाल आचार्य~ म सरकारी कार्यालयको कारिन्दा, महँगीको मारमा गरिखानु न मरिजानुको अवस्था । खासमा मेरो तलब म एक्लैलाई पनि अपुग छ भने चारजनाको परिवारमा त्यो चटनीबाहेक केही होइन । यही चटनीमै झुण्डेको छ अधकल्चो यो जिन्दगी । तलबको अंक गणित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हिंडिरहेछन् हिउँमा

~तारा पराजुली~ खाली खुट्टा हिंडिरहेछन् हिउँमा न त एक आङ लुगा छ जिउमा। के उब्जाउलान् यी किसानहरुरु घुन पुत्ली सरी छन् बिउमा।

Posted in गजल | Tagged | Leave a comment

गजल : के गर्नु

~अनुपम ‘नवोदित’~ घुर्मैलो सगरबाट जहाज, झर्‍यो के गर्नु सुनबुट्टे सपनाहरू त्यतिकै, मर्‍यो के गर्नु हजार-हजार मक्सदहरु, पूरा नहुदै

Posted in गजल | Tagged | Leave a comment

कविता : म देश खोज्न जान्छु

~दिपा धिताल~ पुगेर चौतारी, कहिले देउराली र कहिले भँञ्ज्याङमा लेख्नु प्रिय, तिमीले प्रकृतिका कविताहरु पुगेर बुढा आमा र बाबाको छहारीमा लेख्नु प्रिय, ओइलाउन लागेका जीवनका गाथाहरु विवशतामा चाउरिएका कथाहरु म देश खोज्न जान्छु । घुमेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म

Posted in कविता | Tagged | Leave a comment

पत्र : अस्तित्वको खोजि

~लक्ष्मी मैनाली~ प्रिय ममतामयी आमा, सम्झना आमा आज म चिठी लेख्दैछु अहिलेसम्म मैले आफ्ना मनमा लुकाएर राखेका पिडाहरु तपाईलाई सुनाउन, आफ्ना मनभरिका व्यथाहरु पोख्न जुन मैले भोग्दै आएकी छु र अगाडि पनि भोग्नेछु सायद त्यतिन्जेलसम्म जबसम्म यि सास रोकिदैनन्, यि … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

गजल : यो कस्तो जिवन

~सन्तोष थापा~ रूदै रूदै बाच्नु पर्ने यो कस्तो जिवन रूदै रूदै हास्नु पर्ने यो कस्तो जिवन उनकै यादमा आंसुको बर्षाले परेली भिज्दा रूज्दै भिज्दै बाच्नु पर्ने यो कस्तो जिवन

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : आ-आफ्नो खेमा

~कात्यायन~ – तिनीहरू जेलमा सडिरहेका थिए | तिनीहरूको ठूलो भीड थियो, खेमा थिएन | – वरिष्ठ पत्रकारहरू प्रहरी-हिरासतमा परे; आई.सी.यू.मा पुस्तक पढ्दै बसे, छुटे | – भिक्षु-संतहरू जेलमा परे, छुटे |

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : वितृष्णा

~दीपक कुमार ज्ञवाली~ कृष्ण,श्याम,कन्हैया नाम अनेक । बन्यौ तिमी द्धापर युगका नायक । प्रकट होऊ बिनाश गर्न दुष्टता । हरण गर्‍यो ब्यभिचारले सदाचार ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हार्दिक श्रद्धाञ्जली

~महेश शाह~ महान आत्माहरु! क्षितिज पारिको दुनियाबाट आँखा चिम्लेर त हेर दुखी छौ हामी ,दुखी छन तिनी दुखी छन आज , सारा नेपाली नेपालदेखि बङ्लादेश मौन छन् यिन्नै तितो याद सँगाली छड्के नजरले पनि त हेर

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरी आमालाई

~अमृत सिङ थिङ~ के ल्यायौ र ? दिवस तिमीले, मेरी आमालाई मिठो भाषणमा भुलाउदै ,फेरि आमालाई पहाडको कुना कन्दारामा पनि छन् नारीहरु

Posted in गजल | Tagged | Leave a comment

कविता : यसबेला

~हिरा आकाश~ यसबेला घडीको सियो एकआपसमा जोल्ठिएर ठीक बाह्र बजेको छ र मान्छेका छायाहरू पुड्का भएका छन्। यसबेला पर्यावरण नै चकमन्न छ वातावरण नै सुनसान छ पानीको प्रवाह पनि माथिसम्म आइपुग्दैन र डिल ओभानो छ

Posted in कविता | Tagged | Leave a comment

गजल : साँझकी हौ शशी

~शशीकला थापा सुब्बा~ चिसो बिहानीको रवि हौ कि साँझकी हौ शशी . कि कस्तो नाम दिउ तिमीलाई मेरी प्रियेशी .. निदाएको पल होसकि बिउझियेको क्षण . हासिरहन्छौ तिमी मेरो परेलिभित्र बसी ..

Posted in गजल | Tagged | Leave a comment

कविता : भ्यालेण्टाइन रोज

~प्रकाश सुनुवार ‘निराकार’~ युगान्तकारी इतिहास संगालेको हाम्रो मिलनले कहिल्यै अन्त्य नहुने हाम्रो प्रेमलाई एउटा भ्यालेण्टाइन रोज साँचेको छ शक्तीशाली छ त्यो रोज संबेदनशील पनि त्यत्तिकै छ हामी माझका उतारचढाबहरुलाई समथर उर्बरभुमि बनाइदिन्छ क्षणिक बिछोडमा उर्लेर उठेका ज्वालामुखिहरुलाई शितल बनाइदिन्छ मनमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : बिर्सन होइन

~बच्चु कैलाश~ बिर्सन होइन हामीले पिेरती लाएको वचन खाएको दुईजना मिलेर संसार हामीले पाएको । मनले मनलाई बाँधेको छ तनले तनलाई बाँधेको छ एउटाले अर्कोलाई चिनेको छ चाहना चाहना मिलेको छ तिमी आँखा नखोल सपना बोकेर म आउँछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सम्झौता

~नारायण पोखरेल~ यहाँ कसैको छोरी , कसैको दिदि, कसैको बहिनि बिहे गरेर अपरिचित घरमा गएर कसैको बुहारि कसैको भाउजु त कसैलाई आफ्नो जिवन साथिको रुपमा मान्ने चलन छ । त्यहि चलनलाई पछ्याउदै मैले पनि स्मारिका सँग बिहे गर्न बिहे मण्डपमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment