Tag Archives: nepali sahitya

लघुकथा : अतिरिक्त नासो

~कात्यायन~ – ऊ सान्ता-बारबराको सामुद्रिक पार्श्वमा सारा संसार भुलेर एंग्लो-मेक्सिकन सुन्दरीको कम्मरमा दुवै हातले बेर्दै माइकल ज्याक्सनको तालमा नृत्य गर्दै थियो | मोबाईलको चर्को रिंग-टोनले उसको एकाग्रतालाई भंग गर्छ | औपचारिक वार्तालाप पछि कोही उसको आफन्तले फेरि पनि उसलाई अप्रिय … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बस्तीको व्यथा

~प्रकाश सुनुवार ‘निराकार’~ थिलोथिलो पारिएका वस्तीहरु स्वतन्त्रताको नामसंगै अनुहार कोपरिनु परेका छन् बलात्कृत हुनु परेका छन् रस चुसेर खोस्टा पारिएका छन् बिनासिएका छन् आँसु चुहाउनुको विकल्प छैन सवै रोएका छन् म अपबाद होइन म पनि बेस्कन रोएको छु । मैले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : रुवायो गजलमा !

~शेखर ‘अस्तित्व’~ हँसायो गजलमा रुवायो गजलमा ! यो शेखरले पागल बनायो गजलमा ! सुन्दासुन्दै सबैमा भन्थें रे श्रोताहरूले ! सुन्यो जस्ले त्यो नै हरायो गजलमा !

Posted in गजल | Tagged | Leave a comment

कथा : महानगरभित्र

~मातृका पोखरेल~ बिहानको करिब दस बज्दै थियो । म दरबारमार्गमा सडक पार गर्ने मौका कुरिरहेको थिएँ । त्यसैबेला कसैले पछाडिबाट मेरो पाखुरामा च्याप्प समातेपछि म झस्किंदै पछिल्तिर फर्किएँ । ‘हजुर, नमस्कार !’ एउटा युवक मुसुक्क मुस्कुराइरहेको थियो । परिचित जस्तो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सन्तरे

~पुष्कर रिजाल ‘पुष्प’~ कठै ! विचरा । सन्तरेलाई देख्ने बित्तिकै जो कसैको जिब्राले यही फट्कार्थ्यो । ऊ किन सबैको विचरा बन्यो त । को हो सन्तरे ? करिब १० वर्ष पहिले मेरा मनमा यस्तै प्रश्नले डस्थे । नेपालको उच्च पहाडी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उस्तै उस्तै लाग्छ

~रेखा पन्त~ बर्षौ देखी मान्छे बस्न छोडेको रित्तो घर चियाईरहन्छ आफन्त बस्न छोडेको रित्तो मनले । त्यो घर एक्लो अनि एक्लो म । लिपपोत विना फुस्रो र धुलोमैलो घर

Posted in कविता | Tagged | Leave a comment

कविता : डेनभरको प्रभात

~निर्मला अर्याल~ आज बिहान मैले देखें कस्तो राम्रो डेनभर हेर्दा हेर्दै म त भएँ अति नै गदगद

Posted in कविता | Tagged | Leave a comment

कथा : फेरि नफर्कने गरी

~उषा अधिकारी (घिमिरे)~ नेपाली समय अनुसार साँझको ठीक ६ बजे अबुधाबी विमान स्थलबाट काठमाडौँका लागि विमानले भुइँ छोड््यो । अब हामी चार घण्टामा काठमाडौँ उत्रने छौँ । सम्भावित प्रश्नहरू जस्तै— अब कहिले फर्कने र नफर्कने किन ? आदिको उत्तर के … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : उदास भएकी छु

~तारा पराजुली~ केही खुशी केही उदास भएकी छु अचेल तिम्रै प्रेमकी दास भएकी छु। तिमीले उपहारमा शिशिर पठायौ र त म आफैं मधुमास भएकी छु।

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : बहुआयामिक सामाजिक उपन्यास ‘वादी’

~ऋषिराम पाेख्रेल~ काल्पनिक घटनालाइ पनि वास्तविक जीवनमा घटित घटनाको अनुभूति दिलाउन सक्ने सिद्धहस्त साहित्यकार एवं प्रत्येक न्यायका उपभोक्तालाइ न्यायको मर्म बुझेको अनुभूति दिलाउन सक्ने दक्ष विद्वान न्यायकर्मिद्वारा लिखत एउटा सशक्त बहुआयामिक सामाजिक उपन्यास पढ्ने अवसर मिल्यो । झण्डै आधा दशकको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : मानवअधिकारवादी

~फडिन्द्र अकिञ्चन~ गायत्री मन्त्र, राष्ट्रगान, एफएम रेडियो र टेलिभिजनका लामा स्टेशन आइडी टोनले शहरलाई ब्युझाउने क्रम शुरू भएको थियो । पूर्वमा स्पष्ट हुँदै थियो माघको दिन प्रारम्भ हुने संकेत। बाक्लो तुवालोले पुरै बस्ती ढाकेको थियो । डाँडातिर हिउँ परेकोले चिसो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नेपाली को सान

~सुभाष भण्डारी~ हिमाल पहाड तराइका ति पाखा पखेरामा खोला झर्ना बस्ती अनी नेपाली आकाश मा मेरो प्राण भन्दा प्यारो देश नेपाल लुकेको छ डाफे मुनाल शान्तिको

Posted in कविता | Tagged | Leave a comment

युद्ध कथा : फेरिएको सम्बन्ध

~सरल सहयात्री पौडेल~ प्लाष्टीकले वेरेकै भएतापनि ढाडमा गह्रौं गरि वोकेको झोला भिषण वर्षातको कारण भिजी सकेको थियो, चेर्दुङ लेकको चाम्रो माटो चिप्लो न चिप्लो भएको थियो । लेकमा हुने भिरालो वारिको वीचमा वनाइएको गोरेटोमा पानी परेपछि दश मिटर माथी उग्लीने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनुसन्धान लेख : नेपाली लोकबाजा, विनायो–मुर्चुङ्गा : एक चर्चा

~नारदमणि हार्तम्छाली~ नेपाली लोक बाजाहरूको सांगीतिक चर्चा उठाउँदा त्यो परापूर्वकालीन (दुई–अढाई लाख वर्षअघि देखिकै) समाजको सांस्कृतिक बिम्ब र सांङ्केतिक भावभाषासँगै अर्मूत सांस्कृतिक सम्पदाको झलक–झिल्काहरू पनि साँझको जुनकिरीझैँ देखिन्छ । जसले एकातिर, विश्वमा नेपाली सांगीतिक पहिचानको स्वअस्तित्वलाई दर्ता गरिरहेको छ भने … Continue reading

Posted in लेख, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

निबन्ध : पहाड काम, वीर काम

~इन्द्रबहादुर राई~ मलाई हाम्रो प्रतिष्ठानले दार्जिलिङबाट डाकिएकोमा मेरो मनमा संशय प¥यो । मलाई किन उहाँहरूले डाक्नुभयो मनमनै विचार आइहाल्यो । मभन्दा धेरै अधिकार पाउने धेरै अरू लेखकहरू छन्, नेपाली साहित्यको निम्ति मैले भन्दा धेरै बढ्ता योगदान दिनु भएका साहित्यिकहरू यहाँ … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : सम्बन्ध

~सुमित्रा न्यौपाने~ साउनेझरी झमझम परिरहेको थियो । पानी कहिल्यै बन्द हुने छैन झैं लागिरहेको थियो । मन्द उज्यालोमा छाता ओडेर गन्तव्यतर्फ अगाडि बढेका बटुवाहरूको आधा शरीर भिजेको देखिन्थ्यो । झिसमिसे साँझमा चारैतर्फ भ्यागुताहरू कराइरहेका सुनिन्थे । झ्यालमा बसेर म टोलाइरहेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रामेश्वरको घर दरबारे झुपडी

~रामेश्वर पौडेल~ कसैले महल भन्छन् कसैले घर घाम पानीबाट बच्ने एकै छ भर कसैका भवन त दर्वार कसैका शान्तिःले निदाउछन् झुपडी घरका नाम जस्ले जे राखे नि काम एकै गर्ने

Posted in कविता | Tagged | Leave a comment

गजल : उसका लागि

~भुवन निस्तेज~ आफ्नै छायाँ साढेसात भा’छ उसका लागि ऐना भित्रैबाट घात भा’छ उसका लागि मध्यान्ह नै मध्यरात भा’छ उसका लागि आशामा तुषारापात भा’छ उसका लागि

Posted in गजल | Tagged | Leave a comment

कथा : सकस

~महानन्द ढकाल~ कचहरी दोस्रो दिन पनि जारी थियो । तुलसीको मोठ अगाडि गाईको गोबरले लिपिएको भुँइ सुकिसकेको थियो । सतीदेवीको पार्थिव शरीर न त मोठनजिकै थियो न त लिपिएको ठाउँमा नै । आँगनको दुई कुनामा अन्तिम संस्कारका लागि तयार पारिएका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कार्यपत्र : रापतीको गजल साहित्य र सङ्गीतको सिंहावलोकन

~सन्तोष श्रेष्ठ~ विषय प्रवेश नेपालका १४ अञ्चलमध्ये एक रापती अञ्चल हो । रापती अञ्चलमा पाँच जिल्ला पर्दछन् ती हुन् दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुम । भौगोलिक बनोटअनुसार रापती अञ्चलमा रहेका यी पाँच जिल्ला एक हातका पाँच औँलाजस्तै भावनात्मक रूपले … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : म वेश्या रे ?

~मुस्कान बोध~ म वेश्या रे ? मलाई कसले बनायो वेश्या ? के यही समाज अनि समाजका ठेकेदारहरू नै होइनन र ! मलाइ यो उपाधि दिने तिनीहरू नभइदिए के यो वेश्याको जन्म हुन्थ्यो होला र ? देख्नेहरूले मलाई नै गलत अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : चिरा

~रुमानी राई~ धने र मने बिचको मित्रता बाल्यकालदेखी नै सुरु भएको हो । धने धनी बाउको छोरा-उसको लवाइख्वाई र फाँइफुट्टी अलिक माथ्लै स्तरको हुने नै भयो । मने गरिब किसानको छोरा-अर्थात ऊ मनको धनी तर धनको गरिब । अझ,धने सहरिया । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मुक्तक : दुखीहरु

~यान प्रकृति~ यहाँ देशमा विकासको गति उस्तै छ बिग्रेका नेता ज्यूहरुको मति उस्तै छ हुने खानेहरुको

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : जुध्नुपर्छ भन्छन्

~जय गौडेल~ यसैगरी जीवनसँग जुध्नुपर्छ भन्छन् पैला खुट्टा बाँध्छन् अनि कद्नुपर्छ भन्छन् आफ्नो पक्ष बनाउनलाई षडयन्त्रमा पारी पैला जेल हाल्छन् पछि छुट्नुपर्छ भन्छन्

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : पिकीओतोको

~मनुजबाबु मिश्र~ पश्चिमी तटवर्ती महानगरको कार्यक्रम सकेर ‘मुनिराज’ सोझै आफ्नो भाइकहाँ आएर बसेको थियो । कामबाट छुट्टी लिएर भाइ चाहिँले दाजुलाई केही दिन त महानगरीका केही दर्शनीय स्थान, कला सङ्ग्रहालय आदि घुमाइदिएका थिए तर के गर्नु हेरेर नसकिने, घुमेर नसकिने, … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘वादी’ उपन्यास र मेरा अनुभूतीहरू

~डा‍.घनश्याम डाँगी~ डा.राजेन्द्र कुमार आचार्यको प्रस्तुत वादी उपन्यास पड्ने सुअवसर पाएँ । उपन्यासकारप्रति आभारी छु । पुनरावेदन अदालत तहका पूर्व रजिष्ट्रार माननीय जिल्ला न्यायाधीश पदमा बहाल रहनु भई न्याय सम्पादनको क्षेत्रमा दशकौंदेखि निष्पक्ष तटस्थ प्रस्ट र न्यायप्रेमी राष्ट्रसेवकको विशिष्ट पहिचान … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : सरकारका नाममा

~किरण दहाल~ बसेर नयाँ आलीको डिलमा चोबलेर एउटा खुट्टा पानी भरिएको खेतमा म हेरिरहेछु– भर्खरै जोतेका आफ्नै गोरूका थकित मुहार र, आफैले कोरेका हलोका धमिला धर्साहरू फलाउनुछ यसपालि अलि बढि धान

Posted in कविता | Tagged | Leave a comment

कथा : सन्तवीर गाउँमा छैन

~गणेश रसिक~ सारजन्नी भाउजू पल्टन जानुभयो । त्यस दिनदेखि नून खाएको कुखुरो भएको छ सन्तवीर । आज – भोलि साँझपख बज्ने जोरमुरली पनि सुनिदैन गाउँमा । जुन दिन सारजन्नी भाउजूले गाउँ छोड्नु भयो त्यसै दिन सन्तवीरको हर्ष, खुसी र आनन्दहरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पृथ्वीसँग प्रेम

~मिरा आचार्य~ आउ पृथ्वी यो तिमीले मन पराएको शहर म यस शहरकी किशोरी तिम्रा बारेका कथा र किस्साहरु सुन्दा सुन्दै मेरो किशोरी मन तिमीलाई प्रेम गर्न पुगेछ एक अमिट प्रेम !

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : परिहासका गजलहरु

~बद्री पलिखे~ पान्थर यासक ४ सुब्जनी बाट २०६४ सालमा परिहास नेपाली साहित्यमा सूत्र-मंगल-धुन गजल संग्रह लिएर देखा परेका छन । यो संग्रह पढ्दा परिहास गजल बिधामा जुनकिरिको पिर्लिक पिर्लिक उज्यालो र्छर्दै हाम्रा सामु गजलको शुयाङमा उडिरहे झैं लाग्छ । सूत्र-मंगल-धुन … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : समय दुख्छ यहाँ बाट

~पूर्ण विराम~ यो समय चितुवाले चिथोरेको आभास लिँदै घाउ हेर्दै हिँड्नुपर्ने समय घाम फर्केको इतिहास नाङ्गा आँखा लिएर दुःखी हुँदै पढ्नुपर्ने समय तिमी आज पनि मेरा आँखामा लुक्यौ केवल बतास पोखेर दिन पनि लुक्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन कविताजस्तो किन हुँदैन ?

~प्रमोद प्रधान~ म फूललाई हेर्छु र, फूलसँग जीवनलाई दाँज्छु; मभित्र एउटा प्रश्न उम्रन्छ— जीवन फूलजस्तो सुन्दर किन छैन ? नदी प्रवाहपूर्ण वेगमा बगिरहेको छ म जीवनलाई त्यही नदीजस्तै बाँचेको हेर्न खोज्छु;

Posted in कविता | Tagged | Leave a comment