Tag Archives: nepali literature

गजल : म त हाँस्न पुगेछु

~नेत्रबहादुर श्रेष्ठ ‘बिवस’~ आँशुको सागरमा डुबेर पनि म त हाँस्न पुगेछु छाती भरी चोट बोकेर पनि म त बाच्न पुगेछु । मनको व्याथा भन्न खोज्दा सुन्ने कोही पाईन आखिर मर्न खोज्दा यो जीन्दगी किन बाँच्न पुगेछु

Posted in गजल | Tagged | Leave a comment

गजल : भ्रष्टचारमा नाम आयो

~श्रीबाबु कार्की ‘उदास’~ उद्घाटन भन्दा पनि भ्रष्टचारमा नाम आयो त्यसैले त अख्यितायरको बडालामो खाम आयो ।। सबै कुरा ठीकै थियो केबल भुडी बढेको हो सुत्केरीको भत्ता खाँदा अति धेरै दाम आयो ।।

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमी बिनाको जिन्दगी

~सम्झना लामा~ तिमी बिना यो जिन्दगीको न कुनै सार भो आशा सारा निराश भए चारैतिर अन्धकार भो बाटो हेरी बसेकी छु फर्की आउछ्यौं भनी कति बसौं अब मैले सधैं निराश बनी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नारीको आवाज

~सपना श्रेष्ठ~ नारीलाई घरभित्रको चुलो चौको गर्ने साधन मात्र नसम्झ ऊ पनि आफ्नो देशको लागि केही गर्न सक्छे नारीलाई बेहुली भएर पराइघर जाने मात्र नसम्झ ऊ पनि देश चलाउन सक्छे नारीलाई केवल सन्तान जन्माउने यन्त्र मात्र नसम्झ ऊ पनि राष्ट्रको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई सम्झिरहनेछु

~उपेक्षा श्रेष्ठ श्रेया~ धमिला साँझहरु पटयारलाग्दा दिनहरु तिमिले थपिदिएका घटनाक्रमहरु हरेक एकान्त हरेक साँझ सम्झिरहनेछु । तिम्रो चन्चले मन

Posted in कविता | Tagged | Leave a comment

कविता : के भो जिन्दगी

~आबेश~ के भो जिन्दगी भावना बुझ्न पाइएन के भो जिन्दगी तृष्णा मेरो मेटाउन सकिएन । के भो जिन्दगी आशुँ झारेर म रोइन के भो जिन्दगी मुस्कान छरेर म हाँसिन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : जुनहरुको माझमा

~सञ्जिव खड्का~ रातभरी कल्पी बस्छु जुनहरुको माझमा कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा । रातभरी कल्पी बस्छु जुनहरुको माझमा कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो जन्मभूमि दोलखाको सम्झनामा

~हिरा तिमिल्सना~ अखण्डताको परिचय दिने यी मेरा शब्दहरु सायद परिवेशमा गएर अड्किनेछन् । परिस्थतीमा रुमल्लिएका यी मेरा वाक्यहरु पूर्णविरामको खोजीमा भौतारिरहेछन् , दोलखा को शब्द बोकेर स्प्नसिलमा रमाउने यी परिवेश त्यसैले हो यो अर्थहिन प्रकृतिमा जगमगाउने यी परिकल्पनाहरु स्वप्न को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नयाँसडक

~ओशिला~ बर्दली सम्म उक्लिएको कुहिरे बिहानी दोकानदारले बेच्न राखेको कुनै स्वादिलो पुष्टकारी झैं मेरो नयाँसडक । हेर्ने आँखाहरुको लागि,

Posted in कविता | Tagged | Leave a comment

कविता : भानुभक्त बाँचेको भए …

~डीग बहादुर तामाङ्ग~ यदि आज भानुभक्त बाँचेको भए भानुभक्तजीले हामीलाई सोध्नु हुन्थ्यो । किन गछौं आलोचना गाउँ फर्केकोमा यदि तिमी त्यसको प्रयोगशालमा बाँच्छौ भने । किन गछौं विरोध पञ्चायतको यदि तिमी त्यसको दासी बन्छौं भने । निर्दलीय गए कागजमा, बहुदल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिनको मृत्युपछि

~अनिलचन्द्र श्रेष्ठ~ जव दिनको मृत्यु हुन थाल्दछ मानव वस्तीभित्रको एकान्तमा एकाएक कोलाहल र्कर्कस अनि मृत्यु उस्सवमा रमाउनेहरुको वथान हा……..हा र हु..हु गर्दे छिर्न थाल्छन् देहात त्यसमाथि अज्ञानताका

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरी भेट्न आउँला नी म

~शंकरहरि खालिङ्ग राई~ यस्तै यस्तै माया पाए, फेरी भेट्न आउँला नी म । प्रतिगामीको गला रेट्न, तिमी सँगै जाउँलानी म । तिर्खा लाग्यो भनि रह्यौ, लागी रहोस तिर्खै–तिर्खा अन्यायले सिमा नाघे, जंगलवाटै धाउला नी म ।

Posted in गजल | Tagged | Leave a comment

मनोन्यास : जलेको हृदयमा फूलेको प्रेम

~हस्त गौतम “मृदुल”~ आदरणीय मित्र गीताजी, मेरो नमस्कार। तपाइको परम कुशलतालाई म आफनो कुशलता ठान्दछु। तपाइलाई पहिलोपल्ट यो पत्र लेख्दै छु। मलाई थाहा छ अब यो पत्र हेर्ने चासोमा कमी आई सकेको छ ’cause मेरा जीवनका अक्षरहरु निकै गरिब भइसके। … Continue reading

Posted in पत्र साहित्य, मनोवाद / स्वगत | Tagged , , | Leave a comment

कविता : महत्व

~आचार्य प्रभा~ तिमी सूर्य प्रत्येक बिहान उदाउनु अनी हर साँझ अस्ताउनु तिम्रो दैनिकी हो तिम्रो नियम हो तिम्रो स्वधर्म हो धर्तिको साथ चाहदाचाहदै पनि

Posted in कविता | Tagged | Leave a comment

कथा : लर्के र निरुको

~आनन्द पौड्याल~ नेपाल राज्यको कुनै प्रदेशको कुनै एउटा गाउँमा पाँचजनाको परिवार छ । त्यो परिवारका सदस्यहरुमा बाबु लर्के, आमा निरु, जेठो छोरा सुरे, कान्छो छोरा सम्फे र एक छोरी चमेली वस्दछन् । पाँच जनाको सो परिवार आर्थिकरुपले निम्न वर्गीय परिवार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सङ्क्रमित मन

~लक्ष्मी गाइजू~ चारैतिर मेरै खोजी भइरहेको थियो । रेडियो, टेलिभिजन, अनलाइन समाचारहरूबाट मेरै बारेमा बोलिरहेका थिए, खोजिरहेका थिए, । मानौँ म कुनै आतङ्कारी हुँ । बाहिर पुलिस बुट बजाउँदै आएका थिए । तिनीहरू पनि मेरै खोजीमा थिए । “म कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : छाडेर गाउँ सब पो गुमाएँ

~डा.मेघराज ढकाल~ छन्द: उपजाति छन्दैहरूमा उपजाति यौटा ती इन्द्रवज्रा र उपेन्द्रवज्रा मिलाइ लेख्दा सहजै यो फुर्छ मिठास पढ्दा मनभित्र पर्छ । १ साहित्य संसारभरै त चल्छ

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : लकडाउनमा न्याय !

~दिपक अभिमन्यू~ जय बिक्रमको मुद्धामा सर्बोच्चले अन्तिम फेसला सुनायो । शुरु अदालतले गरेको ५ बर्ष कैद बिगो बराबरको जरीवाना र दाबी बमोजिमको बिगो भराउने गरि गरेको शुरु  फैसलामा आँशिक उल्टी गरेर एक बर्ष मात्र कैद र रु ५०००००। अक्षेरुपी पाँच … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरोना त्रासद

~जीतबहादुर कटुवाल~ आज लक डाउन भएको तेह्रौ दिन । घरमै क्वारेन्टाइन सरहको बसाइ छ । बिहान र बेलुका समान्य घरायसी काम गरेर समय बित्दैछ । दिउँसो र राती टिभी र रेडियोमा समाचार हे¥यो ,सुन्यो । अनलाइन समाचार पढ्यो ,पुस्तक पढ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अन्तिम मौका

~यकिना अगाध~ सर्पले भ्यागुतोको आधी जीउ निलिसकेको थियो । अब कसैगरी आफू बाँच्न सकिन्न भन्ने भ्यागुतोलाई थाहा थियो । यसकारण सबैसँग विदाई माग्दै ऊ कारुणिक स्वर निकाले क्याँक क्याँक रोईरहेको थियो । त्यो दर्दनाक समयमा एउटा फटिङग्रो उच्छिटिएर भ्यागुतोको मुख … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : नरेन्द्रकुमार नगरकोटीको ‘सन्नाटाको लय’ कविता

~शेखरकुमार श्रेष्ठ~ १. विषयपरिचय नरेन्द्रकुमार नगरकोटी (जन्म : २०४१) नेपाली साहित्यको कविता विधाको उदयमानकवि हुन् । काभ्रे जिल्लाको पनौती–१ मा जन्मिएका नगरकोटीको सन्नाटाको लय कवितासङ्ग्रह २०७६ भाद्र महिनामा प्रकाशित कवितासङ्ग्रह हो । यस कवितासङ्ग्रहमा आवरणसमेत गणना गर्दा ९२ पृष्ठ रहेको … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : आत्मिय साथिको अनुत्तरित प्रश्न

~आदर्श प्रधान~ कहाँबाट शुरु गरु अनि सम्बोधन नै के गरु अह मलाई थाहा छैन उसको बारेमा भन्नको लागी सायद यहाँ कोरीएका शब्दले मेरो मनको शब्दसग भिडन्त गर्न सक्दैन भनौ हार खानु पर्छ वा यस्ता शव्दहरुमा मात्र सिमीत छैन । त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : यथार्थ

~लक्ष्मण ओझा~ रामे एउटा गरीब केटो हो ता पनि उसको पढ्ने चाहनालाई वुवा आमाले नकार्न सक्दैनन् । वुवा आमाले उसलाई ऋण गरेर अनेक दःुख कष्ट परि समस्या खपेर अनि उसलाई काठमाण्डांै वातावरणसंग उ त्यति परिचित हुदैन । उसको संगत विस्तारै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : रानी पोखरी

~प्रेम राई परिक्षित~ घण्टाघरका सुमधुर घण्टिहरुले रानीपोखरी ब्युझाईरहन्थ्यो स्निग्ध तरङ्गहरुमा डल्फिन झैं घन्टिका तालहरुमा रङ्गिन माछाहरु लोक भाकामा गरिरहन्थे कला प्रदर्शन छेवैमा त्रीचन्द्र कलेज

Posted in कविता | Tagged | Leave a comment

कविता : करोना सन्देश

~शोभा गुरुङ्ग~ जन्मिएर वुहानमा गर्दैछ यात्रा बिश्वभरिको सर्बत्र फैलिएकोछ महामारी कोरोनाको । घरभित्रै बसौ, भिडभाडमा नजानु है संकमणको त्रास झनझन बढ्दैछ कोरोनाको । मास्क लगायौ, हाछ्यु गर्दा रुमालले मुख छोपौ

Posted in कविता | Tagged | Leave a comment

कविता : तेरो अन्त्य हुन्छ हुन्छ

~कल्पना मगर~ तैले मलाई कैदी किन बनाइस ? चिन्छु म राम्ररी तलाई कैदी हुँ म कैदी अपराध विहिन कैदी जन्मदै कैद गरिस मलाई खोल्दै छु म आँखा कस्दै छु म मुठी अब सामाजिक अन्धविश्वास मेरो नेल

Posted in कविता | Tagged | Leave a comment

गजल : आँधी चल्छ अब

~जेवी थुलुङ~ आकाश कालो कालो भयो आँधी चल्छ अब थाहा छैन यो आँधीमा के के ढल्छ अव हेर आज छितिज पारी आगो सल्कीएको त्यही आगोमा रावणको लङ्का जल्छ अब

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : धनुषदाइको धोको

~नगेन्द्र शर्मा~ गएसालको मंगसिर १९ गते मंग्लबार मेरो निम्ति अलच्छिना रहेछ । लच्छिन, अलच्छिन भन्नेजस्ता कुरा अन्धबिश्वास हुन् भनिटोपल्ने मेरा धारणा गलत रहेछन् कि जस्तो पनि लाग्यो । किनभने, बहान राम्ररी उठ्न पनि पाएको थिइनं, टिरिर्र फोनको घन्टी बज्यो । … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

कविता : देशको सबभन्दा ठूलो ठग को हो ?

~राजव~ जनतालाई थाहा छैन सामान्यज्ञानमा उल्लेख छैन म प्रश्न सोध्दै जवाफ माग्दै हिँडिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कथा : रशिदा

~दिलिप पौड्याल~ रसिदा। जस्तो नाम उस्तै रुप। हल्का काली काली, चिल्लो अनुहार, इवोरी जस्तै चम्किला सेता दात टम्म मिलेका केराउका दाना जस्तै। न लामो न छोटो सलक्क परेको नाक र ठुलो निधार। कर्लि कपालमा हल्का रातो कलर लगाएकी। इस्टायलिस। हाँस्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : समाजको ऎना

~भरत खत्री~ तपाईंलाई कतिको याद छ, हामी बच्चा हुदा हजुरबुबा, हजुरआमा, बुवा, आमा वा समाजको हरकोहीले केही न केही कुराहरु गर्न बाट हामीहरुलाइ रोक लगाएको हुन्थ्यो । जस्तो कि पानीको मुहान वरपर दिसापिसाब गर्‍यो भने भगवानले कान काट्छ्न , पिपलको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : लकडाउन

~सुशिला आले मगर~ तिम्रो यादहरु पनि सताउछ र फरार भैदिन्छ, एउटा मजदुरलाई लकडाउन कारागार भैदिन्छ। एउटा गल्तिको सजाय बारबार भैदिन्छ, यदि गल्ती गर्ने निमुखा भैदिन्छ।

Posted in कविता | Tagged | Leave a comment