Tag Archives: nepali literature

ग‌ंग विवस आर.सी.का चार मुक्तकहरू

~ग‌ंग विवस आर.सी.~ १‍ मुलको चिसो पानी नमिठो लाग्छ असत्य मिठो र सत्य तितो लाग्छ गाउँ छोडेर शहर बस्न थालेपछि आफन्त सकिए सबै रित्तो लाग्छ २ भोको मान्छे गास नपाउन सक्छ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रेयसी को थियो ?

~दिपक निरपेक्ष~ कति भाग्यमानी रहेछन यी आँखा , सारा दुनियाँ छाडी उसैमा ठोकियो, भएर आभारी , देउरालीमा पाती, टेकाउँदै शीर, सब देउता ढोगियो । जति जे छन मनका खुशी या वेदना, उमंग उदासी उसैमा पोखियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश हेरी आशु बगाएँ

~रश्मी रैखोला~ त्यो पहाडलाई हेरी आँशु बगाएँ त्यो जहाजलाई हेरी आँशु बगाएँ न त पहाड मलाई लिन आयो न त जहाज मलाई लिन आयो भोक भोक्कै छू भन्दा पनि न त कसैले एक गास दिन मान्यो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : भक्ति

~रुद्रप्रसाद दनै~ ईहलोकबाट आउने एउटा ठुलो बाटो । यो बाटो सारै ठुलो छ सायद मानिस ज्यादै भिड लाग्ने भएकोले होला । इहलोकबाट निकैपर पुगेपछि यो मुलबाटो एउटा सुन्दर समथर स्थानबाट फाटिएर एउटा घमाईलो बाटो पुर्बोत्तर उकालो लाग्छ र अर्को निराकार … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : समवादी कोरोना

~दीपक कुमार ज्ञवाली~ हा हा के भयो यस्तो मृत्यु मडारियो गाथ गाथमा । आएर हेर प्रभु जगतमा मानवमा हा—हाकार छायो । दृश्य शत्रुसंग लड्नलाई बनाएका हात हतियारहरु । अदृश्य शत्रुरहेछ कोरोना भए निस्तेज हतियारहरु । १ ज्यान नलेउ भनी बिन्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हस्तक्षेपी हात

~सदानन्द अभागी~ अहंकारी जीवधारी हस्तक्षेपी हात घमण्डैको मातमानै वासनाको खात कसैको नै मातमानै वासनामा छौ त अहोरात्री वासनामै कामनाको साथ

Posted in गजल | Tagged | Leave a comment

गजल : परिवार फुटाउँछौ हामी

~डा बच्चु कैलाश कैनी~ समाज भाँडेर परिवार फुटाउँछौ हामी उस्तै परे आफ्नै लाई कुटाउँछौ हामी पैसा छ सबै भन्दा ठूलो यसैको लागि सामाजिक बन्धन पनि छुटाउँछौ हामी

Posted in गजल | Tagged | Leave a comment

कुश सुनुवारका दस हाइकु

~कुश सुनुवार~ स्वार्थि मनले चैते झरि बर्षायाे गाेहिकाे आँसु। (१) ब्यर्थैमा खाेजे रित्ताे कटाैरा भरि दिन ढल्केछ। (२) पिठ्युकाे छुरा

Posted in हाइकु | Tagged | Leave a comment

कविता : केप्तान, मेजर र शहिद

~भरत राई~ कप्तान, दुई एघार गोर्खा राईफल्स मेजर, तेश्रो बटालियन दोश्रो विश्वयुद्ध शहिद, प्रजातान्त्रीक लडाईमा शहादत कप्तान कोठाभरि तक्मा, पदक, विल्ला झुण्डयाएर बीरताको कथा सुनाउदै,

Posted in कविता | Tagged | Leave a comment

गजल : कुटे पनि हुन्छ

~मुकुन्द ‘प्रयास’~ बाँधिएको गाई न हो कुटे पनि हुन्छ काम सिद्धियो भाँडो फूटे पनि हुन्छ देखुञ्जेल आफ्नै भन्नु अंगालोमा वाँध्नु आँखा छेकियो गोजी लुटे पनि हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : विकृति

~ईश्वरी घिमिरे ‘ईश्वर’~ जहाँ,रोग,भोक र शोकले ग्रस्त छन् जनताहरु पसिना र ठेलाले फतक्कै गलेका छन् शरीरहरु श्रम गरिकन पनि भोको,नाङ्गो अवस्था छ, त्यहाँ,जन्मन्छ एउटा विकृति । जहाँ, मानवको खडेरी छ पाशविक छन् व्यवहारहरु,

Posted in कविता | Tagged | Leave a comment

कविता : यूग

~मणि प्रसाद भण्डारी~ हे यूग ! तिमी किन अल्मलिन्छौ, देऊ, जसले जे माग्छ । पु¥याई देऊ– माग्नेसँग केहि हुँदैन, तिम्रो धर्म सार्थकता यसैले पुरा हुन्छ । नत्र ?

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति

~मोहन श्रेष्ठ~ कती जंगलमा घर फर्क दाजुभाई तिम्रो सानो घर त चुहिसक्यो होला एउटा भाई डाँडा वारी अकोै भाई डाँडा पारी लडांई गरी किन मर्छौ पालैपालो गरी के चाहन्छौ आखीर चेलीको सिन्दुर पुछेर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नेताकुञ्ज

~कुमार सिं राई~ चौबाटोमा उभिएको सिसमहल देखाउदै बटुवाहरु प्रशंसा गर्दै थिए, नेताजीको घर त साह्रै राम्रो । कति भब्य महल । कति आकर्षक र सुन्दर कुञ्ज ।” आदि इत्यादि । म पनि ठिङ्ग उभिएर नेताजीको घर हेर्न थालें, हेर्दा हेर्दै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : पर्खालभित्रका आवाजहरु

~झमक घिमिरे~ न्वारान नभएको मेरो छोरो समयसँग रुवाइको पहिलो मूल्य नमाग्दै सहिदको दर्जामा उभिएको छ त्यही रगत पोखिएको भूमिबाट भोलि आउने पुस्तामा खुशीको कान्ती छोड्नु छ त्यसको एउटा बीज रोप्नु छ ।

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : गाडी दुघर्टना पछि हाम्रो परिचय भयो ।

~रमेश राई~ १६ अगस्ट, २००५ (३२ श्रावण २०६२) को दिन थियो । म मामा जितसँगै भारतको मेघालय राज्य अन्तर्गत पर्ने जयन्तिया हिलको खेलाडी हाटबाट नेपाल फर्कने क्रममा थिएँ । त्यहाँबाट विहान ७ बजेतिर हामी बाटो लाग्यौँ र बेलुकी आसामको गुवाहाटीबाट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : ऊ आयो

~धीर कुमार श्रेष्ठ ~ एक छाति बिश्वास एक काँध आस्था सामु सिउँदो साँध लाएर बगेको अग्निनियन्त्रक फोहरा चुरा–पोतेको पहरा फोड्दै मार्च गर्ने बुट र बारुदहरुबाट प्रतिक्षामा छोडिएको

Posted in कविता | Tagged | Leave a comment

कविता : यो कस्तो अवस्था हो

~विवश सुवेदी ‘इश्वर’~ स्याल र गिद्धको युद्धमा , नेपालीको मासु हराईरहेछ । पापी र जालीको मरुभूमीमा , नेपालीको रगत सुकीरहेछ । अभाव र अशिक्षाको शहरमा ,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश र देशवासी

~शंकरहरि खालिङ राई~ उठ जाग देशका, युवाहरु हो । तिम्रै लागि भनि यहाँ, गर्छन अरुको । कर्म गर्दै आफ्नो लागि, अघि बढ्छ जो , उदाहरण बन्छ आज, विश्वकै लागि त्यो । स्वाबलम्बि बन्नै पर्छ, आफ्नै लागि साथि, जसले गर्छ सतकर्म, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी प्रभा

~देवीबहादुर श्रेष्ठ~ रत्तिम किरण छरेर ,गल्ली र चौतारीहरुमा उज्येली छर्दै ,गाउँ वेशीलाई व्यूँझाउँदै मुर्चुङ्गा र विनायोको तालमा,लैवरीको भाकामा नेपाली संस्कृतिसंगै ,नेपाली माटो संगै निर्थक्कताका साथ, सबैसंग हातेमालो गर्दै मेरी प्रभा तिमी आऊ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : कलम

~राजु चेम्जोङ (जे.के. प्रदेशी)~ भावी दिनहरुमा पनि कहिल्यै नथाकून ति हातहरु र कलमहरु पनि अक्षरका खेती गर्नेहरु कहिल्यै थाक्दैनन् भोक निद पनि भन्दैनन् बेच्दैनन स्वाभीमान पैसामा, रातलाई रात र दिनलाई दिन नै भनेर लेख्छन, र यस्लाई नै आफू हुनुको यथार्थता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पाईला

~मिलन काफ्ले~ पाइलामा छ हाम्रो जिन्दगी पाइलामा विश्वास गर्दैनौकी पाइलामा नै दुःख हाम्रो छ पाइलामा नै सुख हाम्रो छ

Posted in कविता | Tagged | Leave a comment

किराँती लोककथा : साङगिते र राङगीते

~सङ्कलन : धनहांग सुब्बा~ उहिले नै थाबाःमा (तमुर) नदीको थूममा दुइ जना दाजुभाइ बस्स्थे । दाजुको नाम साङगीते थियो भने भाइको राङगीते । दाजु गीत गाउनमा पोख्त थिए भने भाइ नाच्नमा । त्यस बेला थाबाःमा थूम जंगलले ढाकिएको थियो । … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : अनुरोध

~नरेस राई~ अकस्मात शून्य कानमा ताजा समाचारहरु गुञ्जिए आङ जिरिङ्ग हुने गरी त्यही पुनः हत्या हिंसाका शब्द दोहोरिए लाग्छ अब नेपालको अस्मितामा ठूलो दाग लाग्नेछ सहिदहरुको सपना नेपाली

Posted in कविता | Tagged | Leave a comment

कविता : परिक्षा मर्यादित हुनैपर्छ

~तोषल दाहाल‘अल्पभाषी’~ फलामको ढोका भनेर चर्की चर्की कराउछन् उत्सुक विद्यार्थीको मनोवल गिराउदै निरीह अभिभावकको सपना चिराउदै जो अगुवा उही बाटो….. भनेझै परीक्षाको मर्यादा जोगाउन खटिएका

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो घर छेउको ग्याविङ

~माधब श्रेष्ठ~ मेरो घरको छेउमा लगाइएको ग्याबिङ्ग बर्षै पिच्छे फेरिन्छन् ट्याक्टरले किचेर होला, बर्षातको भेलले होला यस्तै अड्कल काटिन्छ, फेरी म हेर्छु अन्तका ग्याविङ्गहरु, जहाँ बस,ट्रक जस्ता धेरै यातायातहरुले किचिन्छन्, बर्षातको भेल एकै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बाटो रोजेछौ

~कल्पना मगर~ स्यावास ! पाराङ्ग दाइ स्यावास ! ! तिमीले एउटा नयाँ बाटो रोजेछौ नयाँ यात्राको शुरुवात गरेछौ अब कसले भन्छ दिनमा मात्र उज्यालो आउछ

Posted in कविता | Tagged | Leave a comment

गजल : आँसुहरु खुन जस्तो

~विमला तुम्खेवा~ बगाएर तिम्रो खातिर आँसुहरु खुन जस्तो बल्झिएर सबै मुटु ओइलिएको जुनजस्तो धेरै भयो हाँस्न छोडे गोरेटोको चापहरु होइन होइन जीवन पनि कस्तो विना नूनजस्तो

Posted in गजल | Tagged | Leave a comment

गजल : नफुलेको काँस हो यो

~अञ्जु अञ्जली~ समयले पिल्सिएर नफुलेको काँस हो यो शान्ति हेर्न घिटघिटोमा अड्किएको सास हो यो जताततै रगतले पातिएको यो वेलामा नचिन्नै यहा सकिन्न है खै कसको लास हो यो

Posted in गजल | Tagged | Leave a comment

गजल : नचिने झै जस्तो लाग्छ

~विजय सुब्बा~ विरानो भो आफनै ठाउँ नचिने झै जस्तो लाग्छ हिडेकै छु तर किन नहिडे झै जस्तो लाग्छ धेरै थोक किनेको हुँ बजारमा तर आज हेर्दा केही पनि नकिने झै जस्तो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : फेला परेको छु

~इन्द्र कुमार श्रेष्ठ~ जाली मूर्ख फटाहाको फेला परेको छु माथि जान खोज्दा सधै तल झरेको छु पापी–घातीहरु भई भरिसके मुरी मैले भने पसिनाको मुठी भरेको छु

Posted in गजल | Tagged | Leave a comment

गजल : वसन्त आएर के भो ?

~जे.वि.थुलुङ्ग “जीतविन्दु”~ हरपल फूल रोइरहेछ वारीमा वसन्त आएर के भो ? लाखौ पेटहरु भोका छन् मैले मीठो खाएर के भो ? झुत्रे झाम्रे दाजुहरु नाङगै आङले पहाड मधेस झर्छन् ढाक्रे भरियाको त्यही ताँतीमा मैले सुकिलो लाएर के भो ?

Posted in गजल | Tagged | Leave a comment