ग‌ंग विवस आर.सी.का चार मुक्तकहरू

~ग‌ंग विवस आर.सी.~

१‍
मुलको चिसो पानी नमिठो लाग्छ
असत्य मिठो र सत्य तितो लाग्छ
गाउँ छोडेर शहर बस्न थालेपछि
आफन्त सकिए सबै रित्तो लाग्छ

२
भोको मान्छे गास नपाउन सक्छ
खाली पेटमा उ नअघाउन सक्छ
आनन्दले सुत्यो भने विचरा उ
सँधैको लागि निदाउन सक्छ

३
सम्बन्ध ठेक्का पट्टाको टेन्डर हैन
सहमती तोडिए पछिकोे बबन्डर हैन
महिना गएपछि पाना पल्टाउनै पर्ने
भित्तामा झुण्ड्याइएको क्यालेन्डर हैन

४
तिमीले आफूलाई कोइली चरी नठान्नु
निथ्रुक्क भिजाउने वर्षाको झरी नठान्नु
आई लभ यू भन्ने त केटाको बानी नै हो
आई लभ यू भन्दैमा स्वर्गकी परी नठान्नु

(स्रोत : रचनाकार स्वयंले यसै सङ्ग्रहालयको ‘नयाँ रचना पठाउनुहोस्’ बाट प्रेषण गरिएको ।)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.