Tag Archives: nepali literature

कविता : समय पिडा र तिमी

~राजेश राई~ लामो यात्रापछि युगजेता द्धारा गर्भवती भएकी समय प्रसव पिडा बोकेर सुरक्षित प्रसुति गृहको खोजी गर्दागर्दै नयाँ अन्वेषण नयाँ प्रक्षेपण र नयाँ अध्यायसँगै जन्माउन बाँकी, एउटा अन्तिम सन्तान जन्माउनलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : मरुभूमि र जरुवा

~जोतारे धाइवा~ भेडीगोठको दुर्घन्धित घेरोमा कैद कुनै चतुवाको जस्तो हेर्दै विवशताको कथा पाइला–पाइलामा उम्रिएर साथ लाग्छ, झोपडीको

Posted in कविता | Tagged | Leave a comment

कविता : आतङ्कित दृश्य

~सन्त थुलङ(सुब्बा)~ नियालिरहेछ पीडा–दृश्यहरु संवेदित अनुभूतिले छामिरहेछु–आफैभित्र दुखाइका अनन्त घाउहरु हेरिरहेछु निर्निमेष आत्मीयहरुको लाशको पहाड र कहालिलाग्दा आँशु र रगतका भेल

Posted in कविता | Tagged | Leave a comment

कविता : भोकभोकै मर्न लागे कवि–कलाकार

~गोकुल जोशी~ क्रान्ति गर्ने हिंसावादी हुने भएदेखि तिमी नै हो हिंसावादी नगरन सेखी । गरिबको सुस्केरामा रुन्छ तिम्रो आत्मा वेचिदिन्छौ जिन्दगी नै विदेशीको हातमा । ऋण तिर्न नसकेर विदेशमा झर्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : चमेराहरु

~गोविन्द विकल~ चमेराहरु रुखमा उल्टो झुण्डिन्छन् र, हरेक कुरालाई उल्टो देख्छन् सडकमा जुलुस कुदिरहेछ जुलुसमा लाठी, ढुगा–मुढा बर्सिरहेछन् कतिको टाउको फुटिरहेछ र रगत बगिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्मसंकट

~दिनेश अधिकारी~ केवल आफूलाई अविश्वास गर्न सकिने विश्वास मात्र बाँकी रहेको यो वेला उफ ! फेरी यो कस्तो धर्म–संकट आइलाग्यो ? स्कूलको वादविवाद प्रतियोगितामा भाग लिने तयारीमा जुटेको मेरो सानो छोरो मसँग बारम्बार

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उम्किएको माछो

~पर्शुराम पार्के नेपाल~ ठूलो शहर विराटनगरमा विवाह भएकोले रमिता मिठा–मिठा कल्पना बुन्दै झ्यालबाट वाहिर पुलुक्क हेर्छिन । ठूलो बजार, बजारको बिचमा घर कति मज्जाका, सासु–ससुरा घरको अवस्था हेर्दा उनको खुशीको सिमा रहेन आफनो गाउँमा प्रेम गरेको विवेकलाई धोका दिएकोमा आनन्द … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

एकाङ्की : विभेदको परिणाम

~जेवी घलेमगर~ (लाग्छ, खुल्ला आकाश नै मञ्च । खुल्ला मैदान नै मञ्च । मानौ, मैदानलाई मञ्च परिकल्पना गरिएको छ । मञ्चको एकछेउबाट शान्तिको आगमन) शान्ति : (अट्टहास छोड्दै) हा . . . हा . . . हुँ . . . … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कथा : हनीमून

~रमेश दियाली~ बोली सुन्न बितिक्कै मेरो आँखा रसायो। उनि कामीरहेकी थिईन। डरले ओठ थर्रथयाईरको थियो। केहि भन्न खोजे झै। मेरो निन्द्रा छुट्यो। अहं! पटक्कै निदाउन सकिन। उनी मेरो नजिक आईन र अंगालो हालेर ग्वा..ग्वा… रोईन। उनको आसु मेरो छातीमा लतपत्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरोनाले खोसेको बेहुली बन्ने सपना

~जीतबहादुर कटुवाल~ वसन्तको रमझम क्रमशः प्रकृतिको अधरबाट फुस्किँदै छताछुल्ल हुन खोज्दैछ । वृक्षहरुमा पलाएका नवपालुवाले वातावरणलाई सुरम्य बनाएको देखिन्छ । सिरसिर हावाले वृक्ष पल्लव यताउता गरिरहेका छन् । म आफ्नै घरको छतमा बसेर वरिपरि पर्यवेक्षण गरिरहेकी छु । दिनको बैँस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसम

~दिपक अभिमन्यू~ अफिसबाट घर फर्किदै गर्दा टाढैबाट आफ्नो घरतिर हेर्दै कौतुहलताको दृष्टी लगाउँदै नियाल्दै लालबाबु घरतिरको बाटोमा पाईला अघि बढाईरहेको थियो। आज घरमा कुनै चालचुल छ कि छैन, या त घर नै रित्तो छ यस्तै यस्तै अनुमान लगाउँदै घरतिर कदम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँटेकी छैन

~छविलाल खड्का~ तिमी बाहेक अरू, आँटेकी छैन कसम सानु केही, ढाँटेकी छैन । जतन साथ राखें, यो तन मन

Posted in गजल | Tagged | Leave a comment

गजल : सोचे जस्तो छ साथी!

~श्रीभक्त पौडेल~ मेरो ‘सरकार’ त जबर्दस्त, सोचे जस्तो छ साथी थाहा छैन तेरो ‘सरकार’, कस्तो कस्तो छ साथी! दम्ब छ उ सङ्ग कानुन गोजिमा, बन्दुक बोकिकन शिखरै नपुगी हेर तलतलतल, तलै खस्दो छ साथी!

Posted in गजल | Tagged | Leave a comment

कविता : शहिदकाे गाउँकाे खबर ।।

~शिव चालिसे ‘प्रभात’~ डियर कमरेड मेराे खाली पेट, नाङ्गो खुट्टाले अझै राहत पाएकाे छैन , मेरी अामाकाे च्यात्तिएको चाेली फेर्न पाएकाे छैन, श्रीमतीका सपना अहिलेपनि माटोमा खेलिरहेछन स्कुल पठाउन पाएकाे छैन, दाईजो दिन सकिनर त बैनी अझै माइतीमै छे, उसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : सघन तुवाँलो उपन्यासमा रामकृष्ण बान्तवा

~शेखरकुमार श्रेष्ठ~ उपन्यासकार रामकृष्ण बान्तवा (जन्मः२०२३) डायस्पोरियन उपन्यासकार हुन् । उनले नेपाली साहित्यको उपन्यास, नाटक, कविता र गीत विधामा आफ्नो सिर्जजशील क्षमता प्रस्तुत गरेका छन् । उनको नेपाली साहित्यमा खरानी (सन्१९८८), आत्मा(सन् १९९६), राधाराम (सन् १९९७), आमाछोरी (सन्१९९८) र सघन … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : करोना

~शोभा गुरुङ्ग~ करोना , त कति धेरै रिसाईस समस्त प्राणी जगतसँग रिसाईस सानाठुला, धनीगरिबसँग रिसाईस अखिर किन ब्रह्माण्डमै खैलाबैला मच्चाईस ! सफाईमा ध्यान नदिदा रिसाईस कि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कोरोना

~दिलिप पौड्याल~ संसारभरी कालो बादल छायो कोरोनाको मनभरि डर त्रास छायो कोरोनाको जे छुदानी मनमा डर भाइरस छ कि भन्ने सयौ पल्ट हात धुदा नि यो मनले नमान्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयत्न

~छेनाम~ प्रयत्न परीकल्पनाको बक्र आकृतीलाइ सब्दले आकार दीन खोज्दै मडारीर्हेको कालो बादल मा तैरीएर एक अध्येय कोर्न खोज्दै छु खोक्रो सीद्धन्तलाइ नकार्दै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उन्मादीत प्रकृति

~अलका मल्ल~ रातको चकमन्नतामा ताराहरु अन्धकारलाई बाजी मार्ने अभिमानले चम्कींदै फुर्कीरहेको थियो । सूर्य पनि ताराहरु भन्दा निकै तेजीलो शक्तिशाली प्रतिक सम्झेर ताराहरु बिचको राजा बन्दै गमक्क पर्दै थियो । ढल्कंदै गएको रात पछि कुखुरा बास्न थाल्यो र उषःकालको शुरुवात … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

चुड्का : नोट भए भोट

~डा.मेघराज ढकाल~ नोट भए भोट सत्ता–साँचो लिइन्छ राजनीति गरिन्छ X२ । १ दिए देऊ भोट नदिएमा केही छैन रित्तो बाकस पारिन्न X२ । २ दाजू बितेपछि भाउजूलाई अंशमा राजनीति पारिन्छ X२ । ३ सोझा औंँलाबाट घीऊ कैलै झिकिन्न पैसा त्यसै … Continue reading

Posted in रोइला / चुड्का | Tagged , | Leave a comment

कविता : बाच्नुपर्छ तिमी

~रेखा पन्त~ पठाउनु छ मैले आफ्ना इष्टमित्र लगायत गाउँका सयौं युवाहरुलाई परदेश जहाँ पाइन्छ पसिनाको मुल्य र भित्रिने छ महिनै पिच्छे आसुँको ढिका पैसा बनेर बल्नेछ गरिवको चुलो पाक्नेछ साँझ बिहान रोटी र आटो

Posted in कविता | Tagged | Leave a comment

गीत : कल्पना आइदिन्छ

~नविन ध्यार~ अतीत त्यो बिर्सेकै हुन्छु बिच्मै कल्पना आइदिन्छ निदरीकै दौडानमा हुन्छु बिच्मै सपना आइदिन्छ । पाइला टेक्दा पनि मरुभूमि मै,चिसो आत उस्तै छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कोसँग च्याट गरेको ?

~सोम डेमनडौरा~ “कुन केटीसँग च्याट गरेको ?” उसको श्रीमतीले सोध्यो । उ एकछिन् घोरियो । बुढीले उसलाई शंका गर्छ कि जस्तो लाग्यो । केहि बेरपछि उसले अलिक संकोचपूर्ण जवाफ दियो । “होलीको शुभकामना पठाएको थियो । रिप्लाई गरेको । उनी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरी आमा मेरो प्रेरणा

~डा बच्चु कैलाश कैनी~ मेरी आमाले औंठाको छाप लगाएर शिशु कक्षामा मेरो नाम लेखाउँदा मलाई स्कुल भर्ना गराउँदा मलाई थाहा थिएन हामी किन त्यहाँ पुगेको थियौं त्यहाँ के हुँदै थियो ? त्यो दिन मेरो मानसपटलमा

Posted in कविता | Tagged | Leave a comment

गजल : जानी जानी गल्ति भयो

~इलामेली टीकाराम दुलाल~ छ लोभी आखा र पापी मन जानी जानी गल्ति भयो धैर्यताको बाध फुट्यो झन जानी जानी गल्ति भयो पहिला बोल्नै गारो थियो म जबजस्ती बोल्न खोज्थेँ

Posted in गजल | Tagged | Leave a comment

छविलाल खड्काका तीन मुक्तकहरू

~छविलाल खड्का~ (१) लेखेर कहिल्यै नसकिने कथा भयो छेकेर कहिल्यै नछेकिने व्यथा भयो तिम्ले छाडी गा देखि थिरमा छैन मन जिवन अधुरो पिरतीको गाथा भयो । (२) प्रेमिल पत्रका खात भयो

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कर, कर र करकर

~ब्रजेश~ तपाईं फाइँफुट्टीराजको पुरानो पाठक हुनुहुन्छ भने थाहै होला, उसलाई सधैं रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुतेपछि मात्र फाइँफुट्टी फुर्छ  । यस पटक भने यहाँहरूलाई चकित पार्नका लागि फाफुराले विनिर्माणको शैलीमा नयाँ तरिका अपनाएको छ । आज उसलाई एउटा चुट्किलाबाट फाफुरा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गोधूलि दिनेशका बर्षा यामका पाँच हाइकु

~गोधूलि दिनेश~ पिन्चे आकास पारिजात झरेछ – खोई त प्रभु ? ।१। असारे झरी कमिलाका लहर, नागको भोटो।।२।

Posted in हाइकु | Tagged | Leave a comment

कविता : हत्यारा सपना

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ आँखाबाट, पवित्र गंगा बहिदिन्छ, सायद मृत्युसँग डराएर हो दिन पातलिनु रात बाक्लिनुले भयंकर डरलाग्दो सपना बोकेर सायद सताएर हो । उसले जिन्दगी उडाउँछ सुन्दर शहर देखाउँछ

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : लघु संस्मरणमा शंकर दाइ

~नगेन्द्र शर्मा~ अभूतपूर्व लेखनकला, वैचारिक प्रखरता र विभिन्नताका धनी, कथावस्तु विनाका कथाका पनि जन्मदाता । नेपालीमा हाइकुका प्रथम प्रयोक्तासमेत रहेका शंकरदाइ ‘इम्प्रेसनिज्म’ जस्ता नौला साहित्यिक धाराहरूको स्वाद हामीलाई चखाउने प्रथम व्यक्ति पनि थिए । कुरैकुरामा एकदिन मैले उनलाई सोधेको थिएँ, … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : घरको न घाटको

~रवि प्राञ्जल~ घरको न घाटको । हकदार छ लातको । मक्किएको रूखलाई, भर हुन्छ र पातको ?

Posted in गजल | Tagged | Leave a comment

भलाकुसारी : साहित्यकार अमरकुमार प्रधानसँग वार्ता

~अमरकुमार प्रधान~ प्रश्नकर्ता : डा. मधु माधुर्य २०११ मंसीर १७ को दिन भीमेश्वर नगरपालिका २ नक्छेँ टोल, दोलखामा जन्मेका लब्धप्रतिष्ठित साहित्यकार अमरकुमार प्रधान यतिखेर आफ्नो जीवन संगिनी शशी प्रधानको साथमा संयुक्त राज्य अमेरिकाको भ्रमणमा हुनुहुन्छ | नेपाल सरकारको निकायमा उपसचिव … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment