Tag Archives: nepali literature

गजल : घामको उपहास होला

~नविन ध्यार~ तिमिलाइ जूनको संज्ञा दिदा घामको उपहास होला तिमिलाइ प्रितले बोलाउदा नामको उपहास होला । अब, तिम्रो त्यो मोहनी लुकाउने ठाउ कतै छैन तिमिलाइ देखाई हिड्दा आफ्नै कामको उपहास होला ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरा बा

~जमुना क्षेत्री~ कति निस्चल अनि निर्मल छाै बा तिमी , मेरा कलिला ओठहरुले तोते शब्दमा पहिलो पटक तिमीलाई बा भनि बोलाउदा तिमीले खुसीका आॅंशु झार्दै थ्योै रे मैले घिस्रीएर यस धर्तिमा पहिलो पटक

Posted in कविता | Tagged | Leave a comment

कथा : मखुन्डी

~प्रयास लामा~ “ओई त्यो केटीले त हामीलाई हेरिरहेको जस्तो छ हेर त।” कुईनोले मलाई कोट्टाउँदै टासीँले भन्यो। “आ छोडन भाई, स्वाट्ट पारी हालन् घर जानु ढिलो भैसक्यो।” सम्झाउने सुरमा त्यसलाई भन्दै थिए तर मेरो आखाँ भने त्यसले देखाए तिर नै … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : उनीसँगै

~दिपेश उप्रेती~ नशाले ढलें म भट्टि रित्तिएन सितनमा उन्को याद थियो पुर्णिामाको दिन चन्द्रमा हरायो उन्को साथको त्यो अन्तिम रात थियो

Posted in कविता | Tagged | Leave a comment

कविता : म मेरो वजनजति मेरो धरतीलाई भार भएको छु

~वैरागी काइँला~ बिना सासका जिउँदा लासहरू जिभ्रो काटिदिइएका मानिसहरू म्युनिसिप्यालिटीका धारामा थुप्रिएका रित्ता टिन र बाल्टीका खापैखापको लाइनजस्तो आफ्नो रिक्तता भर्न पनि नसकेर लजाउँदै लजाउँदै आकाशतिर हेरेर के के मागे झैँ हाम्रा घरघरमा, चुलाचुलामा, कोठाकोठामा मानिसहरू चुपचाप बस्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कथा : बाल्यकालको सम्झना

~बिपना ढुङ्गाना~ सपना पुरा गर्न घर छोडेर हिडेकि म,मलाई के थाहा थियो र कि कुनै दिन घर फर्किन पाउनु नै मेरो सपना बन्ला भनेर। जीवनको ब्यस्ततालाइ विश्राम दिदै आज आफ्नो लागि के थोरै समय निकालेकी थिए,मेरा आँखा त मलाई पत्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

तिलकराज चुँँदालीका तीन मुक्तकहरू

~तिलकराज चुँँदाली~ ।१। कुरा नगर राजनीति नै यस्तो औषधि भन्दा विरामी सस्तो विधि र विकास मात्र पो भन्छौ गणतन्त्रमा पनि, तिमी नेता कस्तो? ।२। अधर चलाउँछ्यौ, नयन घुमाउँछ्यौ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : म सिमाना

~सौगात भुर्तेल~ आज म बेचइएको दिन ,म त्यहि बेला बेचिएँ जुन बेला भाईले भाई मार्दै थियो । म त्यहि बेला बेचिएँ जुन बेला स्वाभिमान हार्दै थियो । म त्यहि बेला बेचिएँ जुन बेला धर्म र जातमा लडाईयो । म त्यहि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : साँच्चै उ परिवर्तन भएको छ

~यज्ञराज खनाल~ याद छ है तपाईँलाई, उ पल्लो गाउँको वीरे, जनयुद्ध मा होमिएको वीरे देशको रक्षाको लागि दुस्मनको अगाडि छाती देखाउदै हिनेको वीरे प्रत्येक कोष-कोष मा राष्ट्रियताले भरिएको वीरे आज उसकी आमाको अंग काटिन खोज्दा, त्यहि वीरे एक शब्द नि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~हिमाल सरोवर~ कसैले मलाई दिई गएको, कसैले मसँग छोडी गएको, धेरै थोक बाकी छ, जस्तो कि,, एउटा प्रतिबिम्ब छ, जो आखाबाट कहिल्यै ओझेल पर्दैन,

Posted in कविता | Tagged | Leave a comment

कविता : मङ्गली बज्यैको बिहे

~राजेन्द्र तारकिणी~ उबेला मङ्गली बज्यैको बिहेमा को को रोएका थिए, को को नाचेका थिए ? उनको साँझ कसरी लजाउँदै पसेको थियो कालो गाजलभित्र, कलस्यौलीहरूले कसरी सिँगारेका थिए

Posted in कविता | Tagged | Leave a comment

व्यक्तित्व समीक्षा : अँजुलीभरि घाम

~धीरेन्द्र प्रेमर्षि~ प्रकृति र परिवेशको उखरमाउलो गर्मी र उकुस-मुकुसले जन-मन आकुलव्याकुल छ यतिखेर । यो अत्यास र अँध्यारोमा आशाको उज्यालो र्छन शब्द-सङ्गीतशिल्पी हिरण्य भोजपुरे अँजुलीभरि घाम लिएर उदाएका छन् । बैसठ्ठी वर्षो प्रौढावस्थामा छब्बीस वर्षो जाँगरका साथ चार दशकअघिकै शैली … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

गजल : लाग्यो मुखमा तालाहरु

~बिजय सुब्बा~ कहाँबाट आएछ र लाग्यो मुखमा तालाहरु शायद होला दर्खास्त लगाउन मुखमा मालाहरु नातागोता केलाउँदा कतै पनि जोडिदैन कहाँबाट अचानक टप्किएछन, सालाहरु

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : कपिलका कपडा

~नेत्र तामाङ~ एउटा दशैं सम्झना छ कपिललाई । त्यतिबेला उसलाई निकै असजिलो लागेको थियो । कारण थियो बुवाले सहरबाट पठाइदिनुभएको कपडा । कपडा ओछ्याउने तन्ना जस्तै लाग्यो उसलाई । जुत्ता र टोपी मात्रै लाइहाल्न मिल्ने । यसअघि पठाउनु भएका कपडाहरु … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

संस्मरण : गोरखबहादुर सिंह सम्झनाहरू

~अज्ञात~ त्यसो त गत मंगलबार २३ साउन पनि अरू दिनजस्तै सामान्य थियो । बिहान उस्तै–उस्तै र दिउँसो पनि उस्तै–उस्तै । तर, अपराह्न † सबै दिनभन्दा नितान्त फरक भएर आयो । राजधानीस्थित महाराजगन्ज शिक्षण अस्पतालको सघन उपचार कक्षमा अपराह्न ४ बजेतिर चिकित्सकले ‘भेन्टिलेटरमा राखिएका … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

गीत : तिम्लाई दिलमा सजाउनु

~‘इखालु’ रमेश~ तिम्लाई दिलमा सजाउनु मेरो ठुलो दोष भयो आफ्नै हातले आज आफ्नै मृत्यु उद्घघोष भयो विलासीता र उन्मातको रैछ तिम्रो मायाँ प्लाष्टिकको फूल सुवाष,पतझर प्रेमको रुखो छायाँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : सत्य

~मधुश्री~ उठ्नु बस्नु खानु हिड्नु जिन्दगीको रीत सत्य बाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो जित सत्य बाँच्नु ठूलो नठान भो सबै जीवजन्तु बाँच्छ भोली हुन्न भरोषा त्यो बर्तमान आजै हाँस्छ

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : म त्यही मान्छे हुँ

~अर्जुन उपाध्याय~ होइन प्रिय म तिम्रो ह्दयको ढुकढुकी न त तिम्रो गहबाट बग्ने निर्मल पानी हुँ । म त तिम्रो हु जो तिमीले चिन्न सकिनौ जलि निभेर सेलाएको खरानी हुँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीले सुनेनौ?

~रुजन न्यौपाने~ मैले बोलाएको धेरै भएछ म त जिद्दि प्रेमि सधैं बोलाउने अबुझ मानिस सधैं कराउने तिमी त सालिन थियौ भिन्न आकृति, भिन्न समय र शहनसिल सँधै सुनिरहने

Posted in कविता | Tagged | Leave a comment

कविता : सायद हुनेथियो महाप्रलय

~सुयोग अनुप झा~ दायित्व हाम्रो गरौ आदर र सम्मान डाक्टरलाई ज्यान जोखिममा राखी बचाउदै छन् मानवलाई महामारीबाट वचन हामी बस्या छौ घर भित्र दिन रात खट्दै छन् डाक्टर अस्पताल भित्र छन् उनका पनि घर परिवार प्यारा बाल बच्चा

Posted in कविता | Tagged | Leave a comment

गजल : घुर्क्याउँछ सताउँछ टाढो जाँदैन

~दिपक निरपेक्ष~ आफ्नो भनेको आफ्नै हुन्छ, घुर्क्याउँछ सताउँछ टाढो जाँदैन खुशिको पल हो मिलिक्क जाने, दुख पीरका दिन चाँडो जादैन। न्यानो बनाउँछ शीतल बनाउँछ, पुरानै भएनि लगाइरहु माया।

Posted in गजल | Tagged | Leave a comment

कविता : ए प्रिय मान्छे

~सिएम रिमाल~ ए प्रिय मान्छे, जनताको मतमा दुक्की तुरूप फ्याली आफू मात्र हास्ने आफू मात्र मुस्कुराउने न घाम, न पानी, न असिना, न हावाहुरी, न चट्याङ् यस्तो विषम परिस्थितिमा नि जीवन जीउन विवश ती भोका नाङ्गाको अवस्था देखेर ?

Posted in कविता | Tagged | Leave a comment

कविता : समाधि

~सामना पहाड~ नदीका किनाराहरुमा हरेक तिथि ब्रतहरुमा घुइँचो देखिने गर्छ कैयौँ आमाहरुको पाप पखाल्ने र पुण्य कमाउने लाग्छ यो प्रतियोगिता हो आमाहरुको अझै क्रम जारी छ आमाहरुको पाप पखाल्ने र पुण्य कमाउने आखिर आमाहरुले किन गरेका ? यतिका धेरै पापहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँकी बाटो

~विप्लव ढकाल~ असङ्ख्य जूनकिरीहरू निभेको यो सबभन्दा अँध्यारो कोठा तिम्रो बाबुको हो, जहाँ धेरै वर्ष अन्धकारसँग गीत गाउँदै उसले सबभन्दा उज्यालो सपना देखेको थियो ! सहस्र प्वालहरू परेको

Posted in कविता | Tagged | Leave a comment

कविता : मित्रको मृत्युको शोक

~सैलेन्द्र साकार~ जीवनको आरम्भ र उत्तरार्द्ध देखाउनु पर्ने बाध्यता हुन्छ थोरै समयभित्र निर्देशक ईश्वर रचना माथि घोत्लिरहेछ ‘उद्देश्य’ व्याख्या गर्न चाहन्छ शायद मेरा मित्रको जीवनको

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ पुराना बाटाहरु

~शिव गौतम~ – कहिले म, कहिल्यै नहिंडेका नयाँ बाटाहरुमा आफैलाई छर्दै हिंड्छु आफैलाई छोड्दै हिंड्छु आफैलाई राख्तै हिंड्छु दृश्यहरुमा, सल्लाका सुसाईहरुमा डाँडाका टु्प्पाका बादलहरुमा बाटाका चिया पसलहरुमा।

Posted in कविता | Tagged | Leave a comment

गीत : यही संसारमा बाँचेर

~सौरभ रिजाल~ देखाउँछु तिमीलाई यही संसारमा बाँचेर तिमी भन्दा सुखी भई सधैभरि हाँसेर तिमीले दिएको धोकालाई ईख बनाई राख्छु मनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : नयाँ मोड

~अश्रु सिन्धुलीय~ १. प्लेनमा चिकेन सुप आयो। तातोतातो सुपमा बाफ पनि आइरहेको थियो। उनले त्यो सुप बिस्तारै सुरुप्प पारिन्। स्वादिलो थियो। सुपको स्वादसँगै आफ्नो गन्तव्यप्रति पनि सोच्न थालिन्। सुपको स्वादसँगै आफ्नो आगामी दिनका बारेमा नै सोचाइलाई केन्द्रित गरिन्। सोचिन्- किन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : रिसाउने पो हौ कि

~राजेन्द्र चोथाले~ मेरो कुरा सुनेर रिसाउने पो हौ कि तातो सम्बन्ध क्षणमै चिस्याउने पो हौ कि । हुन्छयौ सधै तिमी नै आँखामा, ढुकढुकीमा भन्दा मलाई उल्टै गिज्याउने पो हौ कि ।

Posted in गजल | Tagged | Leave a comment

कविता : विदेशमा पीडा

~देवराज पौडेल~ छोडी बालक काखको घर तिमी, जान्छौ विदेशी हुन। आमा बा पनि वृद्ध हेर अहिले, क्यार्छौ नसक्छौ रुन।। फर्कौला कसरी स्वदेश अहिले, सम्झी अती रुन्छ मन् पीडामा अहिले विदेश रहने, रोगी सँगै भोक झन्। पक्कै सम्झिरहे स्वदेश जहिले, हामी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूफु

~आनन्द पौड्याल~ सानो नानी हाँस्दाखेरि दाँत कति राम्रा । सधैँभरि यात्रा जाँदा अघि हुने हाम्रा ।। कोही मान्छे भेट हुँदा मुस्कुराई हाँस्ने । नयाँ चिज हेर्नलाई कम्मर नै कँस्ने ।। कति तीखो दिमाग त्यो थोरै मात्र पढ्ने । विद्यालय जाँदा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : चिया प्रेम

~नवराज जोशी~ ……….र मेरो चिया पिउने र चियासँगको यादगार प्रेम प्रत्येक बिहान एक स्टिलको गिलास चिया पिउन सबेरै उठेर रु.३ (तिन) पर्ने एक पाउ(२५०मिलिलिटर) दुध नजिकैको होटेलबाट ल्याइ दिनमा एक पटक फेरी चिया पिउन पुग्ने गरी उमालेर राखी बिहानी चिया … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment