Tag Archives: nepali literature

कथा : श्रद्धाञ्जली

~जीतबहादुर कटुवाल~ सिमलको रुखमा चराको कल्याङमल्याङसँगै वसन्तीको निद्रा खुल्यो । सँगै सुतेकी छोरी मस्तसँग निदाइरहेकी थिई । ठ्याक्कै बाबुकै अनुहार लिएर जन्मेकी छे । अब त छोरी पनि ठूली भई । लोग्नेको घर जाने दिन पनि धेरै छैन । उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भत्ता घटायो

~छविलाल खड्का~ बजेट आयो, भत्ता घटायो न हाँसो आयो, न आँशु आयो । हात्ती आयो, हात्ती आयो भन्दै

Posted in गजल | Tagged | Leave a comment

कविता : मरेको मजदूर सूर्यबहादुरलाई सलाम

~सुजन बुढाथोकी ‘कान्छा’~ तराइका ती बाझो जमिनहरूमा, मध्यान्न दिनको टन्टलापुर घाममा ठेला उठेका हल्केलाहरुले हलो समाएर काम गरिरहेकै बखत भोको पेट बोकेर मरिरहेका किसानहरू झैँ गरेर सडक किनारमा लमतन्न परेर मरिरहेको त्यो मजदुर को हो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देशमा सरकार छ

~यकिना अगाध~ मानिसहरु मन्दिर गुम्बा गिर्जाघर मस्जिदमा छन् । उनीहरु भनिरहेका छन्–

Posted in कविता | Tagged | Leave a comment

गजल : संधियारको सीमा मिचेर

~सरोज फुयाल~ उता इतिहास लेखियो रे संधियारको सीमा मिचेर । यता ईतिहास लेखियो रे सिमानाको तस्बिर खिचेर । घर मुलीले घर खेत सँधियार लाई नै बेचिदिए पछि आज सन्तान हिँडेको छ दुवै हातमा कचौरा लिएर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : गिद्देनजर

~आनन्द पौड्याल~ बन्दा बन्दीको समय उपयोग गरिरहँदा, हृदयमा सिधै शंशयको स्पर्श हुँदै जाँदा दुई शब्दले मानसिक डुबुल्की मार्दा साहासिक दृष्यको परिकल्पना बोध गर्दै करुण भाव र सम्वेदना भित्र रोमलिँदै प्रतिरोधात्मक शक्ति र क्षमता बढाउने भन्दै

Posted in कविता | Tagged | Leave a comment

गीत: याे जुनीमा

~अलका मल्ल~ म आ’काे थिएँ प्रिय तिमीलाई भेट गर्न तिम्रा बाबा आउनु भाे लौरोले लखेट्न। खोजेकोथेँ यी दुइ आँखामा अटाउन खुसी बिदेश भिसा लागेको सुनाउन।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अझै बाँचेको छु

~हेम जङ्ग कार्की~ तिम्रा मन्दमधुर बाक्यले त अझै बाँचेको छु । तिम्रै छायाँ सम्झेर विना बोझै बाचेको छु । कुनै दुःख पर्दा तिम्रो सुमधुर मुस्कान सम्झी, जीवनको घुम्ती मोडसंग सोझै बाँचेको छु ।

Posted in गजल | Tagged | Leave a comment

कथा : माया

~प्रभा पोखरेल ‘स्वेशा’~ उ होस्टेलको झ्यालबाट बाहिर हेरिरहेकी छ। सिमसिम पानी, यो ऋतु अनि बहिरका बेमौसमी फुलहरु, हल्का चिसो-चिसोले आनन्दको अनुभुति दिइरहेछ, उ आफैंलाइ अङ्गालो मार्छे अनि आखा चिम्म गर्दै एकहुल मानिशहरु बसिरहेको चियापसललाइ हेर्छे। आ..मान्छेका मगजै तातनेगरी चर्केको घाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आउँदै छु आमा

~टोप बहादुर राई~ आउँदै छु आमा वर्षौ पछिको यसपाली त आउँदै छु आफ्नो गाउँ, घर र वस्तिहरुको सम्झनामा फर्कि आउँदै छु । वर्षौ झरेका ति तिम्रा आशुहरु सायद यसपाली त रोकिए होलान, भाग वण्डामा बिद्रोही बनेका ति दाजुभाईहरु सायद यसपाली … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सर्सराउन थालें अचेल

~अन्जु अञ्जली~ मुस्कानका ती लहर सँगै सर्सराउन थालें अचेल ढुकढुकीमा तिम्रै नाउ फर्फराउन थालें अचेल आफैलाई बिर्सीएर संझिएको मान्छे तिमी तिम्रै यादका घाउ भरि चर्चराउन थाले अचेल

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्तिम सम्बोधन

~मनु आभास~ सक्छौ भने फिर्ता पठाइदेऊ तिम्रो नाममा सम्बोधन गरी लेखिपठाएको पहिलो प्रेमपत्र । जहाँ लेखिएको थिएन, सहरको कुनै प्रसिद्ध कविको प्रेममय कविताको चर्चित कवितांश । सिनेमाको नामुद नायकको ‘रेडिमेड डाईलग । तिम्रो लागि खुर्पे जून टिपेर शिरमा सिउरिदिने कुरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुकुम्बासी बस्ती

~रुपिन्द्र प्रभावी ‘कटु’~ झट्कारेर जीवन– गति ओर्लिरहेको जोवन साक्षी राखेर पड्काउँदै तोप गोला सुकुम्बासी बस्ती खोजिरहेछ जिन्दगी मात्रै जिजीविषा बोकेर । गाँस त काबुमा रहेन खुल्ला आकासमुुनिको बास पनि उजाड बनाउने शस्त्रास्त्रको दुरुपयोग उम्लिन्छ मानौं, यो मुलुककै नागरिक होइनन् उनीहरु

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : माया गाढा लाग्छ

~प्रकाश रोदुङ~ टाढा भएरपो हो कि तिम्रो माया गाढा लाग्छ नजिक पाएर पो हो कि तिम्रो स्पर्श छाडा लाग्छ एकान्तमा खाएको कसम मैदानमा नारा लाग्छ मैदानमा पाएको साथ एकान्तमा भार लाग्छ

Posted in गीति कविता | Tagged | Leave a comment

संस्मरण : गुरुको उपहार- सुनौलो बाइबल

~प्रभा कैनी~ अमेरकिामा गर्मीका दिन सुरु भएका थिए। तर, हामीलाई अझै जाडो लागिरहेको थियो। एक-दुई दिनदेखि बल्लबल्ल दिन खुलेर घामको ताप बढ्न लागेको महसुस गरेका थियौँ। तैपनि, नेपालमा जस्तो न्यानो अनुभूति भएको थिएन। छोरा नवीनसँग धेरै अघिदेखि एलिनोर गुरुआमाकहाँ पुर्‍याइदिन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

खोजपत्र : दक्षिण एसियाली कविताको परिप्रेक्ष्यमा समकालीन नेपाली कविताः एक तुलना

~महेश पौड्याल~ भारतइतरका दक्षिण एसियाली देशहरूको कलासाहित्यका अगाडि सदैव एउटा साझा चुनौती खडा भएको देखिन्छ । सो के भने, दक्षिण एसियाली कलासाहित्य अथवा सङ्कथन भन्नेबित्तिकै विश्वमा भारतीय कलासाहित्य अथवा सङ्कथन हो भन्ने भ्रम सिर्जना हुन जान्छ । यसका केही प्रमुख … Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

कविता : गाउँदा गाउँदै कुनै सप्तकमा हराइरहेको आवाज हुँ म

~डा.मधु माधुर्य~ समयको कालखण्डमा स्पेसको अन्तरकुनाहरूमा खोज्दै छु आफैलाई कुनै “फ्रीक्वेन्सी” मा स्वरहरुको तरंगमा … हिजो गाउँमा बजिरहेको थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : घामका आकाशहरु

~इश्वरवल्लभ~ केहि घामहरुले जहाँ बाँडिएका छन् पर्खालहरु त्यहाँ मैले गीत गाउन खोजेको छु त्यो पहिलो उषाको स्पर्शजस्तो बालकालको आँखाको स्पर्शजस्तो मैले हेर्न खोजेको हुँ , अब त विरानो पनि भए होलान् , मेरा आकांक्षाहरु तैपनि सम्याउन खोजेको हुँ जहाँ बास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाइरस

~पल हिरा~ शरीर भित्र भाइरस मन भित्र भाइरस देश भित्र भाइरस जता ततै भाइरसले खान भो एन्टी भाइरस लाई नटेर्ने भो एन्टी भाइरस भन्दा भाइरस बलियो भो यो भाइरसतन्त्र भूखण्ड हुन्

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : उम्लिएको छ हाम्रो खुन

~रिजाल किरण~ छन्द : अनुष्टुप उम्लेको दूध झै पो छ पोखेला क्षणमा कहि ठूला ठूला गफै मात्र भयो यहाँ सधै बढी त्यो आँखा मात्र पल्टाइ तुक्का उकानको भर काटेको अङ्ग आमाको जोडिन्छ भन्नु के छर ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : तिरस्कार

~सुदर्शन थिङ्ग~ तिरस्कार नै के गर्नु तिमिलाई मन दुखेको बेला पुरस्कार नै के दिउ तिमिलाई आँशु खसेको बेला उपकार नै गरि देउ मलाई चोट खाएको बेला आत्मालाई नै चुडाई दिनु मेरो मन दुखेको बेला सपनीमा नआई दिनु तिमि होस हराएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्याय

~अर्जुन थापा~ राहत बाँडी रहेको छ भन्ने थाहा पाएर चाँडो चाँडो त्यतैतिर दौडिन्छ ऊ । “दाई यो पटक त जसरी पनि राहत मिलाईदिनु पर्‍यो ।” दुई हात जोड्दै भन्छ ऊ । “ल्याईस् त नागरिकता अनि मिलाईदिनु मैले तँलाई राहत ?” … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : वातावरण

~लक्ष्मण प्रसाद खतिवडा~ स्वच्छ राखौं वातावरण स्वच्छ राखौं घर आफै अघि नसरे कस्ले गर्दिन्छ र । स्वच्छ रहे वातावरण हामी बाँच्न सक्छौं वातावरण विनास भए संकटमा पर्छौं ।। फोहोरमैला धेरै भए प्रदुषण हुन्छ दम, खोकी जस्ता रोगले हामीलाई छुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी भएर पो के भो र ?

~देबेन्द्र बस्याल~ तिमी जाउ झिमिक्कै साँझ परिसक्यो अब त जानेवेला भो तिमी सदाको निम्ती जाउ तिमीले समयसंग मजाक गर्यौ उनीहरूसंग गहिरो संगतनै गरेनौ तिमि भएर पनि के भोर नभए पनि के नै हुन्छ र !

Posted in कविता | Tagged | Leave a comment

समालोचना : श्रम–साधना महाकाव्यमा केही श्रम लगानी गर्दा

~सदानन्द अभागी~ परिचय –  भेटिन्छिन् साधना लक्ष्मी श्रमवीर प्रसाधना सारा प्रगतिमा जुट्ने देवता श्रमसाधना यी उपरोक्त श्लोक रिङ्नेरह ३ पूर्वखोलामा २००६ साल साउन १९ गते पिता स्व.टिकाराम न्यौपाने र माता गीतादेवी (गाथादेवी न्यौपाने)का सुपुत्र नीलकण्ठ न्यौपाने(निहुरी ‘न’ ठूलदाइ)का हुन । … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

कथा : घोडा

~विमला तुम्खेवा~ “घरमा लोग्नेमान्छे छ भन्नु मात्रै आडभरोसा केही छैन, आएदेखि बजारको बजार”, रिकुटेनीको चर्को स्वर घर बाहिरै निस्कियो । भगवतीप्रसाद टुप्लुक्क देखा परे, “हि र केजक र वा अयक्मै ? रिकुटे हो र पेगा ?” ‘दाजु सेवारो, जैले–तैले गाउँघर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कार्यपत्र : समकालीन नेपाली कथामा गणतान्त्रिक चेतनाः एक दृष्टिकोण

~ ताराबाहादुर बुढाथोकी(पाख्रिबासे कान्छो)~ संखुवासभा अरुण उपत्यकाको उपहार हो । बरुण उपत्यका कौशिक ऋषिले तपस्या गरेको तपोभूमि कोशी सभ्यतामा किराँतहरुको आँत मिसिएर बनोको सभ्यतको क्रीडास्थल हो । एकतिर यस भूमिमा हिन्दु संस्कृतिका भाषा, भेष, धर्म, संस्कृति र कलाको समष्टि छताछुल्ल … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : उत्तर साेंच कसम

~डा. विदुर चालिसे~ अनेक प्रश्नहरू उठ्दै बस्दै गर्दा अाइरहेथे हिमालयका छेउछाउ याचकझैं झाेला बाेकेर मेरासामु अनन्त भाेकाे हृदयकाे मानिस ! टाट पल्टिएका विचारहरू गुन्गुनाउँदै उत्तर खाेजिरहेका अाँखा अनि मनहरू उडिरहे थे बतासका छालहरू समाएर !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी उनी

~प्रकाश खड्का~ धर्धरि पानीमा रुझेर मुसो जस्तै निथुर्क,लुथुर्क म । १। सिउसिउ गर्दै थरथर कामेर घर भित्र छिर्दामा । २ । ए, हजुर कता ? भन्या मानिसेन है कपाल पुस्दै उन्ले। ३।

Posted in कविता | Tagged | Leave a comment

कथा : एकादेशकी सुजिमा

~दिल थापा~ उसको स्वर चिन्न सकिन । धेरै वर्षपछि सुनेर होला । एकदम नौलो मान्छेको जस्तो लाग्यो । एकछिन त हेलो मात्र भनेर फोनलाई कानमा टाँसि रहे। उसले पनि हेलो भन्दा अर्का बोली निकाल्न सकिन्न । मलाई आजकाल धेरै बोल्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रेम प्रस्ताव

~भरत खत्री~ सेता टम्म मिलेका दन्त लहर तिम्रो मायामा पर्ने ठुलो रहर मिल्न पनि के सारो मिलेका देख्ने लठ्ठ हुन सक्छन् मख्ख कोमल लालुपाते ओठ सल्लक परेको लामो केश को हुन सक्दैन

Posted in कविता | Tagged | Leave a comment

कविता : भुइँमान्छेको नारा

~पिपला ढुङ्गाना~ ए मलाई नङ्ग्याउन लागिपरेका मान्छेहरू ! म नाङ्गै छु सदियौँदेखि निडर भएर उभिएको वस्त्र च्यातिएको जुलुङ्गोजस्तो । जसको लज्जा जमानामा नै लुटिसके एक हुल बाँदरहरूले

Posted in कविता | Tagged | Leave a comment