Tag Archives: kabita

कविता : जिउँदो मान्छे

~किशोर दहाल~ अधुरो प्रेमपत्र शैली नमिलको कबिता रक्सीको ह्याङओभर नागरिकताको फोटोकपी यस्तै–यस्तै केहि हो– जिउँदो मान्छे भोल्टेज नपुगेको फिलामेन्ट बत्तीजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको बाँसुरी नै अर्कै बज्थ्यो।

~विष्णु विभु घिमिरे~ १. पीरहरू सुन्दर भए कति आनन्द हुन्थ्यो ती सबै बजारमा बिक्री हुन्थे त्यति बेला आँखामा एउटा उज्यालो चमक हुन्थ्यो ओठमा सधैँ वसन्त फक्रन्थ्यो त्यतिखेर न मेरो बाध्यताको दासता रुन्थ्यो त्यति बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : निषेधको जङ्गलमा

~महेश प्रसाईं~ पार्थ, तिमी आफ्नो कुण्ठित चिन्तनको रणनीतिद्वारा द्वन्द्व र युद्ध, हिंसा र आतङ्क, ईष्र्या र कपट, आदिआदि विरूप नृशंस क्रूर–काँतर शब्दका लेपनहरूले यो महान् राष्ट्रको अस्वाभाविक परिभाषा

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्ल्याक मार्केट

~गोविन्द विकल~ कालो कारबाट कालो सुटकेस बोकेर कालो सुट निस्क्यो त्यो कालो सुटले त्यो कालो सुटकेस अर्को कालो सुटलाई दियो र अर्को कालो सुट बेपत्ता भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : गीत जिन्दगीको

~विक्रम सुब्बा~ आफ्नै स्पन्दनहरूले रचेर गीत जिन्दगीको आफ्नै ढुकढुकीले हालेर संगीत जिन्दगीको आफ्नै गुन्गुनाहट्ले गाइरहेछु गीत जिन्दगीको कुनै धूर्त ईश्वरले भरेकोभए धून जिन्दगीको कुनै पातकी राजाले गाएकोभए गीत जिन्दगीको कहाँ पाउँथेँ आफैँले गाउँन मेरो गीत जिन्दगीको?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाटोको बिजोग

~लक्ष्मण नेवटिया~ जताततै एउटै काम छ, जोडेकोलाई तोड्ने, अति नै दुख पाइसक्यौं, नियत राखौं जोड्ने, धेरै हामी पर्खिसक्यौं, अरू नपर्खाउनुस्, बाटो छिटै बनाउनुस। धन्यवाद त दिनै पर्यो, महानगरपालिका बनाइयो,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आमाका अक्षरहरु

~मोहराज शर्मा ‘मोहबाबु’~ मलाइ गर्व छ आमाले लेखेका अक्षरहरुमा । वहाँले आफनो नाम लेख्दा … मलाइ लाग्छ त्यही नाममा मेरो भगवान छ मैले पुजा गर्ने इश्वर छ । वहाँलाइ अक्षर चिनाउन कुनै गुरुले कक्षामा भेटाएनन । र त्यो बतिलो उमेरले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुनालाई मनपत्र

~जगत नवोदित~ झुपडीको पीरो धुँवासँगै आँखामा आशाको दियो बलेको होला तोरीबारी भएर सपना बाटोभरि फुलेको होला साउने भेलझैं उर्लेको वैंश छड्के तिलहरीले बाँधेकी हौली सबै सबै रहरहरू सिन्दुरको बट्टाभित्र राखेकी हौली कति कठोर यो समय तिम्रो संझना बोकेर मरुभूमिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पारिजात हुँ म

~नीता के.सी.”भट्टराई”~ अँजुलीभरि माया पाउने चाह लिए पनि म कहाँ योग्य छु र तिमीले माया दिए पनि शायद..! बगैंचाको पारिजात हुँ म , टिप्दैन्न,कुनै दिन कसैले शायद ..!

Posted in कविता | Tagged | Leave a comment

कविता : गोठ

~मोहन बन्जाडे~ हिउदभरि वेसी वा पहारतिर गर्मी लागे सिख वा सिहाँलतिर आफ्नो सुबिधा हेर्दै गोठ सार्छन् खान नपाए उग्र हुन्छन् खाएपछि उग्राउन बस्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : देवत्वकरण

~दीपक कुमार ज्ञवाली~ देश देश नै हो किनकि देश देश जस्तै छ नेता नेता जस्तै भएका भए ,नेता नेता नै हुन्थे नेता नेता नै भएका भए नेपाली ले नेपालीको बलि चढाउँदा टुलुटुलु हेरेर बस्दैन थे अर्थात् बलि चढाउनेको मतियार बन्दैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सिंहदरबारसँग

~राहु~ सिंहदरवार ! तिमी कहिले आउँछौ मेरो आँगनमा ? मेरो छिमेकी मुक्तिप्रसाद चुनावमा आएथ्यो र भनेथ्यो, म सिंहदरवार पस्नेवित्तिकै तिमीलाई मेरो आँगनमा पठाइदिन्छु ऊ सिंहदरवार पसेको पनि नौमहिना भैसक्यो तर तिमी आएनौ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : दुखिरहेछ देश

~रामप्रकाश पुरी~ १ हाँस्दैनन् किन हो हिमाल गरिमा त्यो घाम झुल्के पनि बाँच्दैनन् किन हो कमाल रचना त्यो रक्त भुल्के पनि ? फुल्दैनन् किन हो छटा कुसुम पाएर हाँसो खुशी बोल्दैनन् किन हो कला सिर्जन ती पोखेर उर्जा मसी ?? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अतित र वर्तमानमा छटपटाइरहेको भविष्य

~बाबुराम आचार्य “विकल्प”~ अतित अतित नै हुन्छ जहाँ वर्तमान छ कथित कथित नै हुन्छ जहाँ सत्य छ तर अतित र वर्तमानमै भविष्य छ वर्तमान बिनाको भविष्य अन्धकार छ । अतित छट्पटाइरहेको थियो वर्तमान जस्तै

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : सत्ता

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ अन्धो यो चोर छाडेर साधुलाई समाउँछ ! सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा !

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : बजारभाउ

~केशवराज पिँडाली~ दिन दुगुना रात चौगुनाका दरले बढ्ने बढेपछि फेरि घट्दै नघट्ने सदा उन्मुख, सदा माथिमाथि नै

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment

गीति कविता : बाध्य

~रामेश्वर पौडेल~ डाँडा काँडा पहाड़मा बस गुडेको धरतीको स्वर्ग हेरी मख्ख परेको मन त मेरो उमंग भयो दृश्य देखेर खु:सी एवं डरको संगम एक्मै भेटेर पहराको डीलबाट झर्या सफा पानी

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : मरुभूमिको गीत

~गिरी श्रीस मगर~ मध्यरातको नीरव छटपटीमा दह बास बसिरहेको आँखामा छाइरहेछ प्रियसीको उदास अनुहार, आइरहेछ ऋणमा डुबेको घरबार, बेतोड भागिरहेछ निद्रासँगै प्रेमजस्तो सुकोमल सपना ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम

~ध्रुवसत्य परियार~ सिपाहीले सोध्यो– हे पादरी, प्रेम के हो ? भ्यालेन्टाइनले भने– तिमीले तिम्रै मनको मलिलो माटोमा तिम्रै हृदयको कलिलो हाँगामा प्रेमको फूल फुलाउन सक्छौ

Posted in कविता | Tagged , | Leave a comment

कविता : आऊ प्रेमीहरू मिलेर

~निर्मला अर्याल~ आजको जुनेली रातमा ताराहरूको झिलमिलाहटमा मायालुलाई नियाल्न मन लागेको छ मनमा प्रेमका नया तरंगहरू बज्न थालेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : म को हुँ

~यकिना अगाध~ भनिन्छ, निदाएकालाई ब्युँताउनु हुन्न । म पनि निदाए थें तीनसय वर्षसम्म सायद तिम्रो इतिहासको कुम्भकर्ण मै हुँ । जब म

Posted in कविता | Tagged | Leave a comment

कविता : म नवयुगकी नारी हुँ

~दिपा धिताल~ म नव युगकी नारी हुँ मेरो पुरानो इतिहास पल्टाउन चाहन्न म मसँग मैले टेकेको जमिन छ तर गन्ध आउन दिन्न म जहा“ मेरी आमा र बज्यैहरूका मुनाहरू चिमोटिएका थिए

Posted in कविता | Tagged | Leave a comment

कविता : कोदो

~खेम बतास~ गरिब बैकिनीको कुर्कुच्चाजस्तो उज्गलो१मा बस्दै आएको म कोदो हुा गोसाइ२, कोदो । मेरा इजा–बाले बौसको पूरापूर बालापन पोखेर जोगाएको बीउको दर सन्तान हुा मेरा पुर्खाको रगत–पसिनाले निथ्रुक्क भिजेको छ यो जमिन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सियोको टुप्पो

~छम गुरुङ~ म भीडमा बसी आफ्नै अनुहार सम्झेर चुइँगम चपाइरहेछु केही न केही सोचिरहेछु डर लाग्छ मलाई सबसे डराउनेसँग डर लाग्छ भीडमा नाजुक बेलुन बन्छ अनुहार पनि परिचयहीन कथा नमारिने कवितामा पनि गतिहीन डरले गल्ती गर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : भिखारी बेहाल छ !

~ऋतिक यादव~ अरूका लागि मात्र भई घृणाको एक दरार कल्पना बेगर हेर ऊ भिखारी बेहाल छ एक मुठी चामलको नारालाई बनाई आधार कल्पनाको खोजमा हेर भिखारी बेहाल छ। छैन केही खानपिन,मर्नको नै हाहाकार छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~लिला बल्लभ नेपाल~ आफ्नै शक्ति घटाई दूध पिलाई आमा तिमी मै तिर कस्तो भाव छ तिम्रो दिलहरूमा कस्तो महान् छ शिर आफ्नो निन्द्रा घटाई रातभरिमा तिम्रो ध्यान मै तिर कस्तो यो ममता सजायौ तिमीले स्वार्थीयो संसार तिर

Posted in कविता | Tagged | Leave a comment

कविता : मै छोरी अप्जसी

~एम सि सुमित~ मै छोरी अप्जसी जे गर्‍यो त्येही गाल काम लागे भांडो नलागे चांही फाल। नबोलूं भने लाटी घुसघुसे बोलूं त हजुर छुसी दुर्मुखे नहांसूं भने कालान्द्री रुन्ची हासूं त हजुर बेस्या पातर्नी

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम खोज

~शान्ति प्रियवन्दना~ मुटु जलाउने आगोको लप्कासँग खेल्दै, रूमल्लिँदै र भष्म हुँदै उसको शीतल स्पर्शको अभावमा आफैँलाई अनुवाद गरेँ र, स्वयम् ज्वाला बनेँ आगोको हराएँ आफैँभित्र आफैँ र, किनाराको खोजी गरेँ ती सब व्यर्थ र दिशाहीन थिए । यी घाउहरु निको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बनोस् एकताको घर

~कुन्दन काफ्ले~ मीठा–मीठा कुरा गर, सपना आफ्नो पूरा गर । जीवन यात्रा कठिन छ, हाँस्तै–हाँस्तै बाँचौं तर । जीवन यो घाम छायाँ हो, दुई दिनको यो माया हो । भाइचाराको गाथा कथी सुवास चारैतिर छर । हिन्दु, मुस्लीम, शीख, इसाई, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सपना मेरो पनी देशकोलागी

~अशोक ‘खलानको मान्छे’~ एक हुल यात्री हरु देश बिग्रियो भनी नयाँ देशको खोजिमा जङल जङल भड्कदै गाउ गाउ बाट आमा दिदी बैनिको सिर्बन्दी र तिलहरी देसको लागि ढिक मा लिय सपनाको देस बनाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाण्डू

~सिम्पल केटा~ अँधेरो कोठा, उत्तेजक संगित, चुरोटको धूँवा कामुक तरुनी, रक्सीको गिलास

Posted in कविता | Tagged | Leave a comment

कविता : छिमेकी

~रमेश खकुरेल~ हाम्रा एक छिमेकी छन् हेर्दा खूब मिलेका छन् भित्र त पापीजस्ता छन् के भनुँ खै यी कस्ता छन् ।।

Posted in कविता | Tagged | Leave a comment