Tag Archives: kabita

कविता : चुनाव, नेता र ग्रामीण जनता

~दामोदर घिमिरे~ पाँच वर्षमा हुने चुनाव वर्षांै पछि आउँछ यहाँ जनता हुन्छन् गाउँप्रेमी नेता बन्छ ठालु त्यहाँ । चुनावमा नेता धाउँछन् जिल्ला अनि गाउँघरमा युवाहरू बिदेसिन्छन् रोजगार नपाउँदा स्वदेशमा । धेरै शिक्षक राजनीतिमा परिणाम न्यून स्कुलको

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै दाउ

~भाग्यशाली अधिकारी~ मिल्नु थियो सबै भाइ कोही घुर्नु हुन्न उठ-उठ नेपाली हो अब फुट्नु हुन्न । स्वर्ग थियो नेपाल यो पाउ फेरी भन्न

Posted in कविता | Tagged | Leave a comment

कविता : उषा

~वासु काफ्ले~ उषा तिमी कहा गयौ मलाई नै छली गयौ छु एक्लो चरो सरी र एक-लोचनी दिई । नठान प्यार पूर्ण भो र ठान प्यार थोर भो

Posted in कविता | Tagged | Leave a comment

छोक : अनित्य

~घिमिरे युवराज ‘कर्जुना’~ क्षितिजबाट पग्लॅदै घाम समुन्द्रमा स्नान गर्न निर्बस्त्र हुॅदै गर्दा समय लजाएर गोधुली भई दिन्छ रातै र पूर्वमा जून मुस्कुराउॅछन् कलिलो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : काँचो कागज

~राइमाण्डु~ माथि माथि भोटमा चाँप अनि गुराँस फुल्दै गर्दा हुनुपर्छ सायद यकिन गते घडी पला ठम्याउन नसके नि ठ्याक्कै त्यही बेला हात परेको थ्यो एउटा काँचो कागज । बुढी औलामा रङ पोतिएको थियो गुराँस कै रङ सरि । अनि म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो तिम्रो निष्ठुरीपन

~महालक्ष्मी थापा~ नआऊ तिमी भावनामा मिठा मिठा कुरा गर्न । नआऊ तिमी सपनामा बिश्वासको किला गाढ्न । भावनाको गोरेटो हुंदै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मुगुकी आमा राराताल

~गोपिचन्द्र कार्की~ पहाडहरुको पछ्यौरी ओडी देवदारको माझ जंगल कान्जिरोवा हिमाल तल काखमा तिमी राराताल १ थकाइलागि थकाइमार्न आकाश भुइमा बसेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अंध्यारोको उदय

~तारा पराजुली~ सोचेको थिएं तिम्रो आगमनमा बेदाग उज्यालो आउनेछ मखमली बाटोहरुमा। समय उल्टो बगेको छ। परिणाम फरक देखिएको छ। सोचेको थिएं तिमी सभ्यताको सुल्टो नदी बहन्छौ यी आशाका खेतहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : जेनी

~अनन्त निरौला~ झुकी रहने आँखा तिम्रो चिउँडो उठाई पढुँ जस्तो कपाल पन्छाई नयन भरि डुबि रहुँ सँधै जस्तो । तिम्रो भाषा तिम्रो बोली

Posted in कविता | Tagged | Leave a comment

कविता : दिलमा ठाउँ देउ

~लिला बल्लभ नेपाल~ रक्सीको यो उन्मादलाई प्रतीक्षामा सजाइरहेछु रक्सी सँगै चाहना र तनमन पनि साटिरहेछु ।। जिन्दगीको कुशल मित्र रक्सिनै पो हो कि जस्तो प्रिय रक्सी तिमी सँग दिल मेरो साटिरहेछु ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो मन फेरिनु पर्छ

~निर्मला अवस्थी~ मलाई पनि तिमी जस्तै स्वतन्त्र भएर हिड्न मन लाग्छ तर मेरा गोडा मात्र बाधिएका छैनन् संकार र सामाजिक बन्धनले हरेक पक्षबाट जेलिएकी छु म फुत्किनै नसक्ने गरी बेरिएकी छु म म सोंच्छु, मनन गर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : म र बकाइनाको रूख

~उदय निरौला~ ऊ छ शताब्दी उभिइरहेछ कैयौँ इतिहास उभिइरहेछ कैयौँ पुराण टिकिरहेछ र नै। म छु र नै। म हुन सकेको छु म छु र नै ऊ जीववत् ठडिइरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : फुलहरुको कथा

~प्रकाश सुनुवार ‘निराकार’~ वैसले घर्लक्क भएकी पूmल चूंडेर आफु सुन्दर देखिन चुल्ठोमा सिउरी दिन्छ कसैको सुन्दरता वढाउन आज एउटा पूmल जवानीमा नै मर्नु पर्छ भोली अर्कोले आहुती दिन पर्छ । फुल भएर वाँच्न पाउँदैनन् यहाँ फुलहरु अर्काको जवानी भर्दाभर्दै मर्नुपर्छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी छाल, म किनार

~नीता के.सी.”भट्टराई”~ सायद समुन्द्र हो जीवन अनि म किनार – ! सायद समुन्द्र हो जीवन अनि तिमी छाल – ! सायद समुन्द्र हो प्रेम अनि म प्रेमीका सायद छाल हो प्रेम अनि तिमी साधीका

Posted in कविता | Tagged | Leave a comment

कविता : राक्षस

~बिनोद खड्का~ धर्मशास्त्रको एउटा पात्र अन्याय र अत्याचारको जीउँदो जाग्दो एउटा प्रतिबिम्ब अतितका कथाहरुमा देउताहरुलाई लखेट्ने गर्छ कुटीहरुभित्र पसी लुटने गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा असभ्य जिजिविषा

~मोहन बन्जाडे~ तिनका पूर्खाले हाम्रा पूर्खालाई असभ्य भनेको वर्ण, जात र थर पिच्छे कहिले थोक र कहिले खुद्रा रुपमा अपमान गरेको पनि पढियो (ब्रेकिन्ग नेपाल) कहिले चोला फेराएर

Posted in कविता | Tagged | Leave a comment

कविता : के तिमी आज यो संसारमा हुन्थेउ ?

~हरिकृष्ण भण्डारी~ घरमा नुन नभएको बेला भुटुन सिद्दिएको बेला आमा चिच्याइरहेछिन बुबा कराइरहेछन, गुहार मागिरहेछन तर तिमी कपालमा भुटुन , गालामा पाउडर र ओठ रसिलो पार्नमै तल्लिन छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना र खण्डहर

~उषा शेरचन~ निधारमा कहिल्यै निको नहुने घाउका टिका थापेर छातीमा कहिल्यै नमेटिने सरापका कोसेली लिएर युगौँदेखि अश्वत्थामाझैँ भट्किरहन अभिशप्त छौँ समर्पित प्रेमका

Posted in कविता | Tagged | Leave a comment

कविता : आउ नयाँ बर्षमा शुभकामना बाँडौं

~दिपक अभिमन्यू~ यो बर्ष धेरै कुरा भए कहिले तिमी फन्कियौ कहिले म कहिले तिमीले मलाई छिर्की लायौ कहिले मैले लाएँ लुछाचुँडी नि धेरै भयो लुछाचुँडीमा आनन्द लिए दुनियाँले खुब न तिमी सरकारमा थियौ न म हुन त तिमीले जीवनको राजा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कवि सिद्धिचरणको ‘मेरो प्रतिबिम्ब’ प्रति

~बालकृष्ण सम~ क्यै जिते झैं, क्यै संझे झैं, को त्यो पथमा गाइरहेको ? मानिस जस्तै सुरु सुरु हिंड्दै सबलताले तीय निखन्दै को त्यो पथमा गाइरहेको ? दुइटा खम्बा बलियो भित्ता, भित्ता मास्तिर एउटा छाना राखी, यो हो आलय भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : बज्छ वीणा त्यहीँ

~निर्मोही व्यास~ प्रीति हो सृष्टिको सार यौटै फगत् प्रीतिमा नै अडेको छ सारा जगत् चन्द्रका साथमा खिल्दछिन् चाँदनी खुल्दछिन् मेघका साथ सौदामिनी चुम्छ आकाशले धर्तिलाई कहीँ छिन् जहाँ रागिनी बज्छ वीणा त्यहीँ

Posted in कविता | Tagged | Leave a comment

कविता : आउँदैछन् हिसाब माग्न……

~जयन्त शर्मा~ तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिँडोसँग विश्वासघातको अचार नमज्जाले मिसायौ है ? तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै उही पुरानो नमिठो थप्पडले फेरि बिउँझायौ है । अत्याचारको शिकार, अन्यायको मूक गवाही बोली त तिमीले पहिले नै खोसिसकेका रहेछौं ?

Posted in कविता | Tagged | Leave a comment

कविता : हो उ मर्यो नझुकेरै मर्यो

~प्रभा पोखरेल ‘स्वेशा’~ थरी-थरी जीबन थरी-थरी भोगाइ थरी-थरी बचाइ अनि थरी-थरी मराइ पलहरु आये दबाउंन दब्दिन भन्यो खुट्टा ताने कति-कति चुक्दिंन भन्यो हो उ मर्यो नझुकेरै मर्यो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जोडिरहेका हातहरु

~सुमित्रा पौडेल ‘आँचल’~ पोखिरहेछन दुखिका पिडाहरु तर देखिदिने कस्ले ? देखाईरहेछन आफ्ना रोदनहरु तर सुनिदिने कसले ? पर्खिरहेछन ती आशाहरु तर बुझिदिने कस्ले ?

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकारी ड्राइभरको मनोवाद

~वसन्त बस्नेत~ पछिल्लो सिटमा राखेर तेस्रो विश्वको मन्त्री सांसद र इतरपार्टीको नेतालाई म सँधै नियोजित लक्ष्यमा हुइँकिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : महाभुकम्पको सम्झना

~ऋतिक यादव~ हे प्रकृति ! तिमी त पक्कै बहुत विलक्षण प्रतिभाको रहेछौं कहिले त आफ्नो मन्त्रमुग्ध कोमलताको ओझेलमा पार्छौ, त कहिले मायारुपी संसारलाई एक क्षणमै तहसनसह गर्छौ भुकम्पको स्वरमा मात्र आठ हजार नेपालीलाई मारीदीन्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : हजूर बा र म

~प्रविण अर्याल~ हजूर बा, समाई हजूर बाले मलाई त्यो पथ पढाउन मलाई प्रथम पल्ट, लायक बनाउन बोर्डिङ्गस्कुल तिर डोर्याउनु भएथ्यो म, हजूर बाको औला समाई समाई कापी र कलम,

Posted in कविता | Tagged | Leave a comment

कविता : सार हामीले बुझौँ

~दीपक कुमार ज्ञवाली~ सृष्टिको प्रभातमा बज्यो टन् टन् गरी । घण्ट को सुमधुर ध्वनी ले प्रफुल्ल मनहरु । मानव हुन् मानवका मित्र अनि मानव बैरी । अपाङ्घ छन् पथमा लरखर गर्दै लरखराउँदै । सृष्टिमा भिन्नता किन मानव को यो गति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिरेटो

~जे. एन. दाहाल~ ए हजुर.. सुन्नुहोस् त ! विहानलाई रातभरीको छट्पटीले ऊ विन्ती गर्दै दु:ख पोख्छ “जाडोले कत्ती सताउन सकेको हो गुडिल्कीएका चिसा गोडाहरुमा कत्ती कमाउन कसेको हो मुटु ।”

Posted in कविता | Tagged | Leave a comment

कविता : चुप लागेर बस

~मञ्जुल~ कहिलेकाहीँ चुप लागेर बस्न पनि सिक्नु पर्छ घण्टीले जस्तै काँडामाथिको शीतको थोपाले जस्तै पुसे-घाममा हाँसिरहेको

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्थाका फूलहरू

~शारदा शर्मा~ सीमा नभत्काउनु त्यसभन्दा वारी मान्छेको बस्ती छ म तिमीलाई देवता भनेर पत्याइरहन चाहन्छु । नजिकबाट कमी कमजोरीले व्याप्त निर्वस्त्र

Posted in कविता | Tagged | Leave a comment

कविता : राजनीति गांधारी हुँदा को पीडा

~लक्ष्मण नेवटिया~ यता घोच्दा उता दुखनु पर्ने थियो उता घोच्दा यता दुख्नु पर्ने थियो तर घोर असहिष्णुताले खण्डित भएका छन आपसी एकताका आधार । बदलिंदो प्रवाहमा बग्नु पर्ने थियो फराकिलो भएर मनका फाँटहरुमा तर झन उल्टो संकिर्ण मानसिकताले सांघुरिएका छन … Continue reading

Posted in कविता | Tagged | Leave a comment