Tag Archives: kabita

कविता : तिमी नहुँदा

~राजेन्द्र शलभ~ सूर्य आफ्नै रापले डढेर कतै खोलामा झर्यो । खोला बग्न छोडेर त्यहीँ बालुवामै सुक्न थाल्यो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पग्लेर पनि तिम्रो मुटुबाट

~नरेश शाक्य~ पग्लेर पनि तिम्रो मुटुबाट मात्र ग्लेसियर बहन्छ, जमेर तिम्रो मुटु हिमशिला बन्छ, दुवै स्थितिमा तिम्रो उपस्थिति— हाम्रा निम्ति कति निरङ्कुश र क्रूर विषाक्त र वेदनायुक्त छ ? तिम्रो कोखमा जीवनरस सिञ्चन हुने

Posted in कविता | Tagged | Leave a comment

कविता : तानसेन

~तीर्थ श्रेष्ठ~ अलिकता मनका उकालीहरू उक्लेर अलिकता मनका ओरालीहरू ओर्लेर तिमीलाई मायाले स्पर्श गर्न यसपटक म यहाँसम्म आइपुगेको छु, कतै बाँधिइसकेको मनलाई पनि फुक्का छोडेर । सल्लाका निर्दोषा हाँगाहरू भाँचेर उकाली उक्लँदा अलिकता मन पनि भाँच्चियो मनै त रहेछ –

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्राको आरम्भमा

~कणाद महर्षि~ पढ्न खोज्यो कि एउटा सराप आइलाग्ने इतिहास हेर्न खोज्यो कि अनेकौँ परिधिले छेक्ने बस्ती बुझ्न खोज्यो कि एउटा कुहिरो लाग्ने वर्तमान — कति अस्पष्ट । — कति अपराधी । — कति दुर्गन्धी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उचाइ चुम्नु छ भने

~उदय निरौला~ तपाईं सगरमाथाको उचाइ चुम्ने तयारीमा हुनुहुन्छ भने त महाशय ! आङ्रिताहरुको सम्मान गर्नुहोस् काजी शेर्पाहरुसाग खेल्नुहोस् त्यति मात्र हैन जुन्को तावेईहरु पासाङ ल्हामुहरु अझ….अझ सबै देशवासीहरुसाग प्रेम गर्नुहोस् भर छैन टुप्पोमा नपुग्दै तपाईं गिर्न सक्नुहुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : विपी र स्वतन्त्रता

~तिर्थराज अधिकारी~ छताछुल्ल छरिएका किरणलाई शब्दको गोरेटो हिँडाएर म पानाको कुनै खोरमा बन्द गर्न सक्दिनँ । गतिशील झर्नामा कति रंग र तरंगहरू छन् ? म तिनको परिभाषा गर्न सक्दिनँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता :‘म’ म नै हूँ

~विमल नेपाल~ हरिभक्त कटुवाल हुन, रक्सी पिएको होईन देवकोटा हुन, चुरोट तानेको होईन आत्महत्या गरें भने पनि, भैरव अर्याल हुन नभन्नुहोला किनकि, ‘म’ म नै हूँ चोईटिए पनि आफैं चोईटिन्छु जोडिए पनि आफैं जोडिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : शुन्यता

~इश्वर देवकोटा~ अस्तित्व आफ्नै भुलेर हो कि यो ठुलो भीडमै हराए झैँ लाग्छ दिल भित्र आफै शुन्यता जाग्छ | कोलाहल धर्ति अस्थिर छ आकाश

Posted in कविता | Tagged | Leave a comment

कविता : एक हुल लामखुट्टेहरु !!

~रजिन पनेरु~ एक हुल लामखुट्टेहरु रातभर पर्दा भित्र र वाहिरबाट मलाई तर्साइरहन्छन के के हो के के मुर्दावादको नाराले लामखुट्टे मलाई धम्की दिरहन्छ म कान नथुनि न त बस्न सक्छु न त उठ्न नै …….!

Posted in कविता | Tagged | Leave a comment

कविता : सभाको भोलिपल्ट

~बिमल गुरुङ~ सभामा विशिष्ट अतिथिहरुका सुआगमन पस्चात माल्यार्पण गरिए तस्बीरमा । किला ठोकिएका मुखहरुबाट राष्ट्रीय गीत बजाइए

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम

~डा. विमला श्रेष्ठ~ सलाम बिदाको हात हल्लाउँदै वर्तमानसँगै सती गएको विवेकलाई सलाम । सलाम बुद्धको आँगनमा घाइते

Posted in कविता | Tagged | Leave a comment

जेबी खत्रीका तीन छोकहरु

~जेबी खत्री~ कति धेरै दुःख गर्छन् पौरखीका हातहरू दुःखमा नै रमाउँछन् पौरखीका साथहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : के भन्नु खै !

~प्रकाश प्रधान~ दूधकोसीको छेउमा बसेर नेपालको मानचित्र हेर्दै छु सुनकोसीको किनारमा बसेर आफ्नो भाग्यफल हेर्दै छु सप्तकोसीको आसपासमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु खरिद गर्छ मनुष्य !

~तुलसीराम पोखरेल ‘निर्दोषी’~ दाना छैन, पानी छैन कपास छैन, बास छैन तर, मनुष्य मृत्यु खरिद गर्छ ! सवारीसाधन सुविधा हो, यो शान–मान पनि हो

Posted in कविता | Tagged | Leave a comment

कविता : आउनेछ त्यो दिन

~कमल कुमार~ आउनेछ त्यो दिन जहाँ पड्किनेछन् ट्वीटहरु बहिराको नक्कल गर्नेका फुट्नेछन् कानका जालीहरु आउनेछ त्यो दिन जहाँ भित्ताभरि पोतिनेछन् अन्धाले पनि देख्न सक्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : एक रात

~विप्लव प्रतीक~ गरम महीनाको एक रात प्राण जान गाह्रो परेको बिरामीझै रात प्रातःको सँघारमा शनैःशनैः सर्दैछ। शहर, दिनभरि दौडिएर अहिले मुर्दासमान सुतिरहेको छ कुकुरहरुको सामूहिक गान थामिएको

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : असल मान्छे

~प्रह्लाद पोख्रेल~ ‘ठूलो मान्छे बन्ने रहर नरहोस् कत्ति मनमा सबै बन्दै जाऊन् तर असल मान्छे भुवनमा बनोस् राम्रो छाप्रो गरिब जन बस्ने सुखसित’ सधैँ भन्थ्यौ सच्चा सरल सपना हुन् सुरभित ।

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म जस्तै अरू

~भक्तराज न्यौपाने~ म जस्तै आलाकाँचा रहेछन् खारिन बाँकी रहेछन् अनुभवहरू मेरा कर्तव्यहरू मसँगै जन्मिएछन् दुःखहरू मसँग अभावमा हुर्किछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : जादू

~शोभा शर्मा~ उज्यालो थियो दिन त्यो शारदी मौसम थियो अध्याँरो मुहारमा मेरो मनको छाँया थियो। शहर थियो हतारमा कति, मै थिइन गतिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : आफैँलाई खुल्ला पत्र

~जयराज भट्टराई~ अरुले आफूलाई विर्सन थालेपछि आफैँले समेत आफूलाई विर्सन थालिँदो रैछ त्यसैले आज आफैँलाई चिठी लेख्दैछु प्रिय म मलाई मेरो धेरै धेरै सम्झना ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मूल्यका लागि सपना

~घिमिरे युवराज ‘कर्जुना’~ घुम्न छोडेको साइकलको डाइनामो र मन उस्तै उस्तै लाग्छन् अध्यारोमा साइकल जस्तै गुडिरहेछ जीवन क्रान्तिपछिको विहान् अखवारमा छापिएछ विजय जुलुसमा आफ्नो तस्विरसँगै

Posted in कविता | Tagged | Leave a comment

गजल : गीति गजल गाए

~निर्मोही व्यास~ प्यार रोप्दा पीर पाए गीति गजल गाए विश्वासको सगरमाथासँग प्रीत लाए । काँडा सँगै फुले पनि काँडा हुन्न फूलमा मान्छे कस्तो हुन्थ्यो होला त्यस्तै हुन पाए ।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : आलापोट !

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्द : शार्दूलविक्रीडित आलापोट म आउँदा अघि निकै लाग्थ्यो बडो सुन्दर स्वर्गैतुल्य रमाइलो अझ थियो यो ठाउँ नै आखिर बस्थे शङ्र पार्वसित घुमी बाग्द्वारका छेउमा झर्थे साँखु भएर दक्षिण जहाँ नेपाल– कैलाशमा ।।१।। छन् पूर्वोत्तरतर्पm गागल तथा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : धुनहरुको देश

~तारा पराजुली~ एक दिन तिमी आयौ। पार्श्वमा बज्न थाल्यो अनौठो संवाद । जसरी आदिम भक्तले छानी छानी टिप्छ फूल जोगाइ जोगाइ चुटाउँछ पात त्यसैगरी टिप्यौ शव्दहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बाबा

~अमृत सिङ थिङ~ आफ्नो पसिना पराइ माटोमा चुहाई रहदा तिम्रो आँखाको सपना मेरै भबिस्यमा डुल्दै होला बाबा मरुभूमिको फाँटहरुमा तिम्रो आँखा घुमी रहदा डाँडा पाखा हरियाली मनको आँखामा डुल्दै होला बाबा

Posted in कविता | Tagged | Leave a comment

कविता : स्यालको कथा

~तीर्थराज अधिकारी~ रात चड्दा हुने जम्मा, स्वर खप्टी कराउने प्रातः खुल्दा कुना पस्ने उज्यालामा हराउने सिनो भेटे उतै रम्ने स्यालको हो पराक्रम तड्पिने पेटका निम्ति कर्म यै वंशको क्रम ! माउका काखका पाठा, चल्ला छोपी कुदाउने निर्धालाई उसै ङ्याँकी प्राण … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म कहाँ एक्लै छु र ?

~सरण राई~ के तिमी एक्लै हिँडिरहेका छौ ? हो र, म एक्लै देखिन्छु हिँड्दा हिँड्दै म एक्लै भएछु र हिँडिरहेछु बेसुरा गतिशील बेग्लै भएछु र बगिरहेछु भोकाभोका, दुब्लादुब्ला युवाहरू सँगसँगै हिँडेका थियौँ खाना देख्दा झिना झपटीमा छुट्टियौँ कि… खान पाउनेहरूले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म वै-स्याल

~अज्ञात~ क्रान्तिकारी भने पनि वाइ स्याल मेरो नाम । कालो मोसो, पुत्ला दहन, लुट्पाट, हिम्सा मेरो काम ।। नक्कली लाश जल्लाउँदै हिड्छु, पागल मेरो बुद्धी, जनता मार्न न पाकोले हराइ सक्यो सुद्धी ।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : पिलो

~छविरमण सिलवाल~ राछसी प्रवृति टुङ्गीएको छैन, शरीरमा उम्रने पिलो राम्रोसंग निचोरीएको छैन , कहिले कहाँ आउँछ , कहिले कहाँ – सधै दुःखै दुःख डाक्टर राम्रो नपरे र हो कि – कहिले लुतो भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनकाे अभिलेख

~विक्रम पवन परियार~ म लक्ष्मी वादी प्रत्येकदिन बेच्छु याैनी फूल र प्यास मेटाएर फर्कन्छन् याैनका भक्तजनहरू तैपनि अझै लामबद्द छन् ढाेका अगाडि । • अायाे, छाेयाे, मुसार्याे

Posted in कविता | Tagged | Leave a comment

कविता : कागहरु किन उडिरहेछन् आकाशमा

~अज्ञात ~ जङ्गलको बीचबाट एक हूल कागहरु रुख–रुखबाट ओर्लिंदै आकाशतिर हुईंकिंदै माथि–माथि ताकेर कतातर्फ लाग्न खोजेका हुन् उनीहरु काँ–काँ गर्दै भाग्दैछन् शायद;

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~मदन राई ‘लामाखुले’~ जीवनले बिर्सिएको तर आवश्यकताले खोजेको नभएपनि हुने तर नभै पनि नहुने मनलाई निकै टाढा भएको त्यो आकृति रङ्गी विरङ्गी लाग्ने आवश्यक्ता थियो फूलको रङ्गमा आखा लोभिएको थियो

Posted in कविता | Tagged | Leave a comment