Tag Archives: kabita

कविता : मृत्युको आह्वान

~सुमन लम्साल~ प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो देश

~अमर नेम्बाङ लिम्बू~ मेची र महाकाली हिमाल र तराइभित्रको यो देश यो देश हाम्रो देश हो, सधैँ जय होस् हाम्रो देशको। युगौँदेखि अंगालो मारेर उभिएका शानदार हिमालहरू, समीरको स्पर्शले गुञ्जिरहने सदाबहार जंगलहरू, मनोहर द्द्रिश्यले झकिझकाउ भएका पाखापखेराहरू, तराईभरि मनैभरि झुलिरहने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त कोकिल

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भरी लता वृक्ष विषे टनाटन नवीन लाखौं फूल पालुवाकन । वसन्त आयो कलकण्ठको अब सुनिन्छ साह्रै कल कण्ठ-गौरव ।। अगाडि जो दीन बनी लुकीकन बिताउँथ्यो केवल दु:खमा दिन । अहो !! उही कोकिल हेर आज यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराधी

~सरस्वती प्रतीक्षा~ निरपराधी हुन केही गर्नै पर्दैन यहाा बााच्नुको नाममा केवल सास मात्रै फेरिदिए पुग्छ ! हावा उल्टो बगोस् वा सुल्टो बस् हावाको दिशासागै बगिदिए भइन्छ निरपराधी ख्वामित् ख्वामित् भन्दै मुर्कट्टाहरूलाई आफ्नो मस्तिष्क बुझाएमा भइन्छ निरपराधी

Posted in कविता | Tagged | Leave a comment

कविता : हाट जाने अघिल्लो रात

~राजन मुकारुङ~ भोलि त हाटा जानु छ बेच्नु छ एक पेरुङ्गो बैँस । सुँगुरको पाठोमा पनि छ सपना कहिल्यै बदल्न नसकेको जिन्दगी छ एक सिल माछामा पनि साट्नु छ यो मनलाई । क्याम्पस रोडदेखि भाउ सुरू हुनेछ मेरो सपनाको जिरो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्वाम्ल्याङ्ग अङ्गालो हाल्न मन लाग्छ हाम्रा नेतालाई

~बिन्दू प्याकुरेल ‘लुना’~ हिजोको कथा अनी व्यथामा फेरी आज खाडीका कथा अनी व्यथाहरु थपिएका छन् मन ह्वार्र ह्वार्र बल्छ मुटु जल्छ । जे सोचे मैले – हाम्ले  त्यो भएन अहिले यतिखेर मुलुकमा लोकतान्त्रिक कोपिला फूल्नू पर्ने हो जनताहरु माली बनेर गोड्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आउदैन पानी!!

~जगन्नाथ दाहाल~ घरमा छ धारा हजुर ! आउदैन पानी घन्टौसम्म कुर्नुपर्छ आँखा तानी-तानी !! सगरमाथा शिर हाम्रो हिमचुली टोपी पानी छैन भन्नुपर्छ त्यही मुख छोपी ओठ-मुख सुकेको छ नपाएर पानी घरमा छ धारा हजुर ! आउदैन पानी!! शहरमा बिक्छ यहाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मेरो देश

~मुक्ता सापकोटा~ तोटक छन्द कलकल्कल बग्छिन रे सरिता सब नूतन लाग्दछ रे रमिता मन मोहक द्रिश्य छ हेर उता अब लेख्दछु रे रसिला कविता सरसर्सर बग्छ हवा नभमा जसले तटिनी प्रिय छे सबमा जब सागर भेट्न हिडिन् तटिनी

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : छेस्का कविता

~कालीप्रसाद रिजाल~ कहाँ जानु ? कहाँ कहाँ भौँतारिनु ? नचिनेको कहिल्यै नदेखेको देउता खोज्न ? मैले त हातको फूल आमाको चरणमा राखिदिएँ !

Posted in कविता | Tagged | Leave a comment

कविता : पुग्दो हो मृत्युसम्म युद्ध

~पूर्ण विराम~ लुट्नका लागि उनीहरूका निम्ति निश्चय पनि हाम्रो पसिना छ र उनीहरूको बेजाब्तालाई रोक्न निश्चय पनि हामीसँग अविरल बग्ने रगतको नदी छ । र यसबाटै बज्ने गरिरहेछ सदियौँदेखि द्वन्द्वको नगरा मानिसका टाउकाहरू बोकेर धेरै अगाडिदेखि मिनारमा बस्छन् माउसुलीहरू र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नायिका

~कञ्चन पुडासैनी~ उपमा पनि हिँडिछ उपमा उसको नाउँ थियो तर, यस शब्दले उसको आकारप्रकार ल्यायो आँखासहित अनुहार ल्यायो नत्र यसको कुनै मानमहिमा हुँदैनथ्यो मानौँ सुने न जानेको कोही परदेशी शब्द जसको कुनै नागरिकता छैन र कुनै माइती-मावली छैन गोठ छैन, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : मरें भनौं जिउँदै छु

~भोगेन एक्ले~ जिन्दगी सारै झुरपट्याँस भो । थोरै मात्र पुग्ने, बाँकी सब आशै आश भो घर छाडी हिंडेको म, महलको तलासमा जाहै, आज कुटीको बास भो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म तिम्रो योग्य छैन

~रामनाथ घिमिरे~ म आमाले घाँसको भारी बिसाउन नपाउँदै मलखादमा जन्मीएको मान्छे । मैले जन्मीने साथै माटो स्पर्स गरे तिमीले, भुवादार विदेशी सेन्टयुक्त मलमल मेरो शाल घाँस काट्ने हसिँयाले काटियो तिम्रो धार युक्त पत्तिले

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाड र आकाश

~मञ्जुल~ पहाड चढ्दै गयो भने मानिसको आँसु पनि भेटिन्छ हाँसो पनि भेटिन्छ । पहाड नभएको मानिस संसारमा कुनै पनि ठाउँमा कुनै पनि समयमा पाइँदैन, अहँ पाइँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म सेती गहिरो बग्छु

~दिपा एवाई राई~ यहाँ ताल भएर जम्न पहाड झै अटल धेरै उचाईको हिम शिखर बन्नुसँगको औचित्यमा ठट्टा लागेर सबै सबैका अगाडिबाट रहस्यमय बिल्कुल स्वतन्त्र तर भासमा गहिरीएर म सेती बगी रहेछु,

Posted in कविता | Tagged | Leave a comment

कविता : तुवाँलो भित्र को म…..

~ज्ञानेन्द्र स्थापित~ समुन्द्रका छाल झैँ उद्वेलित् मेरो यो मन अग्लिएर पनि होचींदै गएका मेरा भाबनाहरु धरतीमा होइन आकाशमा टेक्न पुग्छ यथार्थ छोडेर सपनामा बाँच्न खोज्छ ! प्रत्येक लहरसंगै जन्मिने मेरा आकांक्षाहरु यथार्थ र भाबनाको थिचाईमा बल्झीदिन्छ, निसासिन्छ अनि समयको जाल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : माटोको पर्खाल

~जिडि माजिया~ अनु : केशव सिग्देल टाढाबाट हेर्दा लाग्छ सूर्यको दिप्तिमा त्यो माटोको पर्खाल मस्त निदाइरहेछ मेरो चेतनाको गहिराइमा बारम्बार दोहोरिने बिम्ब आखिर नोसुको त्यही माटोको पर्खाल नै

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : अन्धो छ ईश्वर आज पनि !

~शिव प्रकाश~ बाँचिरहेछन् शकुनीहरु मान्छेभित्र फैलाउँदै पासापञ्जा कुटीलताका लेखिरहेछन् झूठो कथा महाभारतको मरेका छैनन् दूर्योधन-दुशासनहरु चिथोर्दै द्रौपदीहरु हाँसिरहेछन् भारी सभामा बनाउँदै लक्षागृहहरु मान्छेका वस्तीमा गर्जिरहेछन् आज पनि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ताका किनाराहरू

~तिर्थराज अधिकारी~ तिम्रो सत्ता लघुगणितको खेल हो झेल एक ठान्छौ आफैू अतिप्रबलको मन्द कस्तो विवेक तिम्रो सत्ता क्षणिक पलको राग हो घामपानी हिड्दा-हिड्दै अनल पथमा शेष बन्छौ खरानी । तिम्रो सत्ता कति जहरिलो आसमा त्रास भर्छ फक्री फुल्ने अधरभरिका मन्दमुस्कान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्षुमनीया !

~शकुन्तला जोशी~ साझको जून टिपेर आखामा अभावको घोप्टेभिर नाघ्दै तिमी फूल्ने फाटतिर म झरेको रात चमेलीका फूल सिउरेर टाउकाभरि कस्तरी फक्रिएकी थियौ तिमी जूनेली भएर सेताम्य फाटभरि लक्षुमनीया ! म सम्झिरहेछु । साहूको भारी बोकेर किचिएका मेरो थाप्लोमा गिरत्को खलिहानका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी भनु……….

~निहारिका~ कहाँ ल्याई पुरयायौ मलाई एस्तो चारैतिर फुल र माया छ विश्वाश छैन भनेर कसरी भनु मनभरी विश्वाश जब तिम्रै छ तर केको डर बस्यो मनमा आँखाभरी पानीले किन भरिएछ माया छैन भनेर कसरी भनु मुटुमा नअटने माया जब तिम्रै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बोधन

~योगेन्द्र काउचा~ ए खहरे बेफुर्सदी मान्छे तँ मौसमी राग त उराल्नै पर्‍यो आफू भित्र हेर्नु छैन अरूलाई टेर्नु छैन बाटो किन चिन्नु पर्‍यो जता जता सोंर्‍याक पर्‍यो उतैउतै दौडे भैगो किन आँखा खोल्नु पर्‍यो अन्धो को हात्ती भए पुगिहाल्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : भेडेटारको पिक्निक

~उपेन्द्र सुब्बा~ हजुरको भक्तिप्रताप… प्रचण्ड गर्मी छ भानुचोकमा सडक तातेको छ, नारा–जुलुसले उफ ! घाँटी सुकेर हैरान छ, पानी छैन । चिसो बियरले तालु छम्काउँदै रामायणले मुख हम्काउँदै कति बस्नुहुन्छ यो चोकमा ? छोड्नोस् बाजे भक्ति–शक्ति ! जाऊँ आज पिक्निक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पारुहाङहरु

~विश्व राज भेटुवाल~ पारुहाङ एक श्रस्ठा नगरको ब्यबस्थित समाजको । आपसी भाइचारा र समन्यायको । श्रम सर्बाङ्गिण र एकताको । नस्ल चेतना र सुधारको । (1) त्यही नगर त्यही चेतना र समान्याय ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आज भोलि

~बासु ढकाल~ आज भोलि काठको घर धमिरा लाई जिम्मा ला छ जून लाई माथ गर्छु भन्ने जुन्किरीको रजाई भा छ सबैलाई समानताको पगरिले गुथ्ने संग आज भोलि ठेला गाडा ठेल्नेकोनी सत्तो गा छ

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जनता नै हुन् ठिसहरू…

~भरत बागलुङे~ तेल बेच्न बसेको आयल निगमसँग तेल छैन अपराधी थुन्छु भन्छ नेपाल प्रहरी तर बबुरासँग एउटा राम्रो जेल छैन भड्खारोमा परोस् साला पदक हाम्रो खेलकुद परिषदसँग एउटै पनि खेल छैन ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मैले चढ्नु छ एउटा अजङ्गको पहाड

~वसन्त विवश आचार्य~ विस्तारै विस्तारै अँध्यारो अत्याचारवाट उज्यालो न्यायतिर वामे सर्दै गरेको शरणार्थी समयलाई विषाक्त विचारको कोर्राले हिर्काउँदै बेईमान परिवेशको धुमिल छाँयामा किशोर उज्यालोको हत्या गर्नेहरुसंग म विजयको वाँसुरी वजाउन सक्तिन रित्तोपेट,स्वतन्त्रताका फुलहरु

Posted in कविता | Tagged | Leave a comment

छोक : स्पर्श

~आभास~ तिम्रो हृदयबाट मेरो हृदयसम्म आउने एउटा पुल छ तिमी नदि पारि म नदि वारि हामी बीचमा मीठो सौरभ छर्ने सुन्दर फूल छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अटुट…

~गीता त्रिपाठी~ जब शीर्षस्थ हुन्छौ तिमी मेरा हरफहरू गीत भएर बग्न थाल्छन्― तिमीतिरै तिम्रो केन्द्रदेखि मेरो परिधिसम्मको अनन्त दूरीमा लाग्छ, बगिरहेछ युगौँदेखि

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खि बस

~कमल भण्डारी~ पर्खि बस माया मलाई समय मिलाई लान्छु तिमीलाई । डोलिमा राखी सिन्दुर पोती सिंगारी तिमीलाई संसारबाट चोरेर एकदिन लानेछु तिमीलाई । प्यारि लानेछु तिमीलाई ।। सम्झन्छु प्यारि हरपल तिम्रै माया देख्छु नै प्यारि जहीतही तिम्रै छायाँ । तिम्रै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो तस्बिर

~निरा शर्मा~ आजकल हरदम हरक्षण, तिम्रै तस्बिर हेरिरहेछु तिमी बिनाका यी पलहरु फिका र खल्लो भोगिरहेछू जोडि उडेका ढुकुर पनि बिजोडि झै देखिरहेछु आँशुलाई लुकाएर हासोमा विलीन तिम्रा नयनहरु , पातहरुमा शीत टल्पलाए झैँ टलपल टलपल आँशुहरु म प्रष्ट देखि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वैंश फुटी रहेछ ढुंगाको काईमा चिप्लेर

~रत्न शम्सेर थापा~ टक्टकिएर बकुल्ले बादलको प्वाँख-प्वाँखको दूधे जराबाट केशदेखि खुट्टाको बुढी औँलासम्म ओढाउन सेतो बर्को हरियालीलाई अर्घ चढाउँदै सूर्यलाई आरती उतार्न बालिएका मन्दिर, आँगन र चोक चोकमा कातेका बत्तीहरू निलेर सलक्क फुलिरहेछन् हिउँका फूलहरू झपक्क

Posted in कविता | Tagged | Leave a comment