Tag Archives: kabita

छोक : सपनाको बाँझो जग्गा

~सैलेन्द्र साकार~ सपनाको बाँझो जग्गा म र तिमीभित्र ब्यूँझेछ तर हाम्रो इतिहास धर्तीमै छोडिएछ । प्रिया त्यसलाई पहिले इतिहासले भिजाउनुपर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : संरक्षणका संवाहक युवा

~आयाम फुयाल~ म एउटा सूर्यको टुक्रा म तापिएँ बाफिएँ खुम्चिएँ अग्लिएँ पग्लिएँ छचल्किएँ अनि बगेँ… कैयौँ वर्षपछि आज मानिस मेरो शिरारोहणको अभिलाशा बोकी आउँछ र फोहोरको डङ्गुर बिसाइ सफलता चुमेसरि बाहिरिन्छ हे अर्धचेत युवा,

Posted in कविता | Tagged | Leave a comment

कविता : म मातें

~भोगेन एक्ले~ म मातें आज सँधै जाँड पिएर मात्ने म आज लाज पिएर मातें घिन पिएर मातें ए हङकङ, तिम्रो अपमान पिएर मातें । मेरो जात अब नचल्ने भो तिम्रो भान्सामा टाढाको कुरै छाडौं, लाग्यो तगारो छिमेकैमा

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्तमान नेपालको परिस्थिति

~दिपक शर्मा सुवेदी~ कोशी खोई, मेची खोई, खोई, महाकाली ठान्छु राम्रो जसलाई उही हुन्छ जाली डडेलो सल्किएको जस्तै भयो खर नेपाल आमा म नेपाली छैन मेरो घर सानो झुप्रो हाली बसे गन्डकीको तिरमा खेती बाली गर्न जान्थे मकालुको भिरमा ढकमक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोका र नांगा उठ

~युद्धप्रसाद मिश्र~ ए कंकाल दरीद्रता बीच डुबेका जाग भाइ अब ए लाखौं झुपडी भई उठ लडका देशबासी सब तोडी दुर्ग दिने महाप्रलयको दुधर्ष आँधी उठ व्यक्तिवाद समूल नष्ट गरने ब्याधी उपाधी उठ खोक्रा पेट अनाज भेट नहुने भोका र नांगा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ अर्थात बन्दकर्ता

~विश्व राज भेटुवाल~ भर्खरै ल्याम्पोस्टमुनि एक आकृती सल्बलायो म हेर्दैछु उस्लाई मध्यम कद् रातो फेटाले निधार कसेको एक हातमा लठ्ठी र अर्कामा दुइ- चार सर्को तानिएको चुरोट् रातो गन्जी र निलो पेन्ट् ऊ बड्दै छ अगाडि

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा साँझको अवसान

~अमर नेम्बाङ लिम्बू~ जिन्दगीको यो गोधुली साँझमा फ्लिक्कर फोटो जस्तो देखिने म बाँच्ने धरतीको यो कोलाजभित्र जिन्दगीका थुप्रै पानाहरू पल्टिसकेका रहेछन् यहाँ। केवल लर्खराइरहेका छन् मेरा झ्यालढोकावरिपरि क्यान्भासमा कोरिएका अस्थिपञ्जर रेखाचित्रहरू जस्तै दिवंगत आफन्त र मित्रहरूका

Posted in कविता | Tagged | Leave a comment

कविता : गीतको बन्दुक

~वसन्त विवश आचार्य~ सुस्ता र कालापानीको आँसुले कुलेखानी भरेर मलाई उज्यालो बनाउन नखोज जून पहेलिएर सुन बन्न सक्तैन समयले बुढ्यौली ओढाएको पल म अँध्यारो जिन्दगी बाच्नँ चाहन्छु बोकेर गीतको बन्दुक दौडिरहेका छन् सहस्र परेवाहरु बुद्ध खोज्नलाई

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : साला Politics

~नवराज दाहाल~ कसैले निम्ता गर्नै पर्दैन मुसा बनेर छिर्छ, अनेक उपद्रो मच्चाउछ सबैलाई पिर्छ, साला Politics। आफु केही जान्दैन अरुको कुरा मान्दैन, आफु त काम गर्दै गर्दैन अनेक अड्को थाप्छ, साला Politics।…

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : गोलो सम्झना

~उमेश राई ‘अकिञ्चन’~ मसँग गिटारको खोलमात्र छ गिटार र गिटारको आवाज तिमीसगै कहाँ….. कहाँ…… यो बर्षको समय बगिरहेको बाग्मती जस्तो धमिलो आँसु झँर्दै परिरहेछ झरी

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुरवर्ग

~रामचन्द्र पौडेल~ हामी मजदुर वर्ग हौं कहीं कतै गर्दैनौं दुश्कर्म क्यै। संसारै भर वर्ग यो कही कतै फुट्दैन जुट्छौं सबै।। त्यसमा जाल रचेर दुष्टहरूले गर्छन सदा मोजले। हाम्रो खुन पिएर दुर्जनहरू कुर्लन्छ त्यै सुरले।। हाम्रै हुन ढुकुटी यो विश्व बीचका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मस्तिष्कमा चिहान

~यतिराज अजनबी~ मान्छे मसानघाट सुन्दा मात्रै पनि डरराउॅछ, चिहानसंग झस्कन्छ तर मैले मस्तिष्कमा त्यही मान्छेको, मान्छेको चिहान भेटें | एउटा मित्र मलाई भन्छ, “म साह्रै बिरामी भएँ|” मित्रतावलम्बी भएकोले उत्सुकतापूर्वक म सोध्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो लोकतन्त्र

~गोविन्दप्रसाद आचार्य~ कस्तो यन्त्र स्वतन्त्र हो अधमको मानिस कठघवारमा मान्छेका सपना थुनेर घरमा रम्ने बलत्कारमा कालो लोक स्वतन्त्र यन्त्र विसको मानिस तड्पाउने त्यै कालो अपराधलाई बहुतै आदर्श ढल्काउने मान्छे थुन्न रमाउने अधमको लोकतन्त्र कालो छ हैै त्यै कालो लोकतन्त्रमा अधमको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रामा हराएपछि

~अमन महर्जन~ किन म आफैमा बिचित्रको लाग्छ रात दिन र दिन रात झै लाग्छ सपना पनि कहिं कतै बिपना झै लाग्छ आधारात त मलाई पुरा मायाबी लाग्छ म कता बरालियें मलाई पत्तै छैन न म आफु भित्र बदल्न नै सकें … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाडौं

~पवन भण्डारी “किरण”~ मुटुमा टुकुचाको नमिठो दुर्गन्ध टी.यु र आर.आर. लगायतमा हजारौं बेरोजगार पालेर दिनहुँजसो भरिया कुल्चेर मार्छ, भोक, गरिबी र कालो राजनीति पालेर गरिबी निवारण विषयक गोष्ठी पाँचतारेमा डकार्छ, अझ राजधानी हुँ भन्छ बिचरो काठमाडौं। डिस्को र क्याबिन–थेकमा गाउँको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आजभोलि आकांक्षा

~आभास~ आजभोलि आकांक्षा किन यसरी चम्केको लाग्छ कहिले फुल भएर फुलूँ र ढपक्क ढाकूँ प्रिय धरतीलाई अरु केही नसके अलिकति सुगन्ध छर्न सकिन्थ्यो लाग्छ कहिले आकाश भएर फैलिऊँ र काखमा लपेटूँ सिङ्गै पृथ्वीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेको परिचय

~ठाकुर मान लामा~ मान्छे पहाड बन्छन् होइनन पहाड बन्ने कोशिश गर्छन् नसक्नेले पनि सक्छु भनी कोर्रा कुरा त्यसै पनि हाक्छन् हुनेसँग सम्पति त हुने नै भए नहुने पनि छ भन्छन् कोही किन कोसँग झुक्ने कोही किन त्यसै झुक्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो स्थिती

~डा तारानाथ शर्मा~ चरर चरर गर्दै पीरले चिर्छ छाती समय सुलुलु गर्दै चिप्लियो यो नजाती घर र पर गरेरै देहले शक्ति त्याग्छ नर भइकन मेरो जन्म नै व्यर्थ लाग्छ। सकल हित स्वयंको स्वार्थको मार्ग फाल्दै जनहितप्रति लाग्दै देशसेवा अँगाल्दै अलिकति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो देखिएन त ?

~कणाद महर्षि~ उज्यालो देखिन्छ त ? उज्यालोमा जाओभन्दा नजाने अँध्यारोमा जानुपर्ने -यो कस्तो अफसोच ! -यो कस्तो विडम्बना !! -भनौं यो कस्तो नरकीय यात्रा !! उज्यालोमा आँखा चिम्लियो भने अँध्यारो हुन्छ/अँध्यारै देखिन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अली बाबाको शहरमा

~दिपा एवाई राई~ अली बाबा के यो शहर तिम्रै हो ? जताततै आगोको ज्वलामुखी गई रहेको देख्दैछु वरीपरी कैयैां भुगर्भबाट आगोको लप्का उम्लीएर मुल्तानी माटोसँगसँगै पुत पुताई धुवा आकाशमा मडारीएर रक्तीम साँझ बनेको रहेछ त्रासदी !

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको पुस्तक

~वासु शशी~ मेरो देशको पुस्तकका पृष्ठहरू ठाउँ–ठाउँमा च्यातिएका छन् ! यसलाई पढ्ने मेरा बालकहरूले अवश्य ‘यो त भएन बा !’ भन्नेछन् ! यसका पन्नाहरूको अक्षर नै मेटिने गरी

Posted in कविता | Tagged | Leave a comment

छोक : गोठालो दृष्टि

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ यो समय आहाल बसिरहेको भैँसीमाथि बसिरहेछन् भ्यागुताहरु र कुरिरहेछन् भैँसीको भव्य प्रस्थान । केही समयअघि

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~झमक घिमिरे~ समयका पानाहरुमा मानव आक्रोश पोखिए मूर्दावाद र जिन्दावादका नारा लेखिए थुप्रैको पुत्ला सल्काइए जिन्दगी त्यहाँ उभियो, विना रङ्ग ऊ शालिक जस्तै मौन, स्थिर उभिरहेछ अब जिन्दगीको नयाँ रङ्ग पोखिनुपर्छ । ऊ कञ्चन आकाश हेरिरहेछ, जिन्दगी,

Posted in कविता | Tagged | Leave a comment

कविता : म प्रचन्ड हूँ

~शिरीष~ बाल्यकाल आफ्नो एक सपना झैँ सम्झन्छु मन लाग्छ यि यादहरूलाई पछाडी नै छोड्न तर मेरो वर्तमान हर दिन यिनलाई नै पुकार्छ स्मरण भयो अब कि केही उत्तर छ यसमा खोज्न राजसत्ता ढाल्ने प्रयासमा एककृत सब दलहरू भूलेर अनेकता आफ्ना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धेरैले आशा देखाए

~बाबु लामा~ धेरैले आशा देखाए कतिले भरोसा दिलाए तिम्रो गितमा संगीत भर्छु भनेर हात पनि मिलाए तर सबै झुट रहेछन सबै अबसरबादी रहेछन निभेको आगो होईन बलेको आगो ताप्दारहेछन

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वप्नहरू

~ईश्वर बल्लभ~ त्यसो त एउटा स्वप्नजस्तो रङ्गी-विरङ्गी अनेकौं विम्बहरू कति परीहरू उड्छन्, पुतली र चराहरू माथि, कहिले आकाशको नीलोमा र गहिरोमा समावेश हुन्छन् फेरि विस्तारै-विस्तारै फूल बन्दै विस्तारै-विस्तारै झिनो पर्दा बन्दै, पारदर्शी समायोजनको उत्सव ओर्लिन्छन्, उक्लिन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : विसर्जनको दिशामा

~मिनबहादुर राना~ विदेशीले दिएको नारा बोकेर देशले यत्रो गति लिइसकोको वेला आफुलाई जनताको नेता भन्नेहरू बेचेर देशको स्वाधिनता र स्वाभिमान राता रात महलका मालिक भइरहेछन। देखेर हाम्रो पानीको मुहान लोभले लालचले, सुटुक्क उस्ले र्‍याल चुहाउँदै मुख वाई रहेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आदि

~तोया गुरुङ~ अँध्यारोमा वेदाङ्किनी उदाई दियोको सलेदो छोटो- तेलको किमत महँगो छ । मैनवत्तीको शिखा पग्लन्छ निरन्तर मुद्राको मोल कति नै र मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो मन त्यो मन लोडसेडिङ कहिले उज्यालो हुन्छ न मस्र्याङ्दी न कालीगण्डकी सप्तकोसीमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दु:स्वप्न

~श्यामल~ खोलाहरुमा बग्नै छोडयो कञ्चन पानी रगतको बेगवान् नदीमाथि हल्लिदै छ झोलुङ्गे पुल भन्छन् योद्धाअरुले डामेका ढाडहरु अब के—के हुने हो । कोचिएको छ खचाखच दिमागमा बदलाको भूत बाटाहरु यति धेरै छन् यस ठाउँमा कुन बाटामा कोही किन जाने हो

Posted in कविता | Tagged | Leave a comment

छोक : फाली नहाल्नु

~आरती केसी~ ढुङ्गा भनेर झट्ट फाली नहाल्नु त्यो देवता पनि हुन् सक्छ टाढा छ भनि झट्ट बिर्सी नहाल्नु

Posted in कविता | Tagged | Leave a comment

कविता : देश बनाउन सिक

~तुलसी पान्डे~ जीवनका हर पाइलामा संयम हुन सिक, अशान्तिमा रूझेको यो देशलाई शान्त पार्न सिक तिमी पंक्षी होइनौ तर पनि अडिग भई अग्ला हिउँचुली अनि शिखर चुम्न सिक जहाँ बुद्ध जन्मे अनि सीता र भृकुटी उदाइन शिर ठड्याई गौरव गर्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आदिवासी आवाज !

~बिष्णु सुवेदी ‘दोलखे’~ त्यो पारिको उन्यू फुलेको पाखो र तितेपाती घारी छ, नी उ त्यो भीर मौरीको मह काढ्ने पहरो सबै–सबै आदिबासी हुन् ! कहिल्यै घाम छिर्न नसक्ने त्यो भीमकाय जङ्गल र त्यही जङ्गलको बूढो ढुङ्गा जतिकै पुरानो छु म … Continue reading

Posted in कविता | Tagged | Leave a comment