Tag Archives: kabita

कविता : म भित्र को अर्को म !

~ज्योतिराज अधिकारी~ म को हो ! म के हो म म नै हो वा होइन कि म भित्र अर्को म छ कि म भित्र नै छैन म ! त्यो म लाई म कसरी भनुं म जब उ मेरो मान्दैन आफै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्म र अफिम

~चन्द्र गुरुङ~ सडकैभरि पोखिएका भक्तजन् जोरदार चिच्च्याइरहेछन् भजनकीर्तन उफ्रिँदैछन् जोश र आक्रोश कुनातिर कोही फुसफुसाइरहेछ ओऽऽऽम माने पेमे ओऽऽम माने पेमे ओऽऽम माने पेमे चर्चभित्र रनभुल्लमा छ क्यारोलको लय मस्जिद वरिपरि पखेटा फटफटाइरहेछ आजानको पंक्षी लट्ठिएको छ समय- गल्ली-गल्ली, चोक-चोक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आवाज, नदी र म

~तुलसी दिवस~ समय थुनिएको बुइगलको भत्किएको पाखामा शताब्दीको पुरानो डोकोबाट पोखिएको जैविक मलजस्तो अँध्यारोको थुप्रोमा पुरिएर आफैँ निसासिई दसैँको जमराजस्तो उज्यालो विमुख पहेलिएको आवाज, युगको आफ्नै छिंडीको चिसो भुइँतलामा युगौँदेखि बन्द समयको रुघा लागेको मोटो आवाज, बन्दीघरमा थुनिएका तर नसुनिएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुतेको देश

~स्वामी सुभाष चन्द्र~ मेरो देश सुतेको छ, उठ्नै नसक्ने गरी सुतेको छ| भातृप्रेम बेसुरशैली मा टुक्रदै फुटेको छ, हो,मेरो देश सुतेको छ | लोकमा सन्त्रास उठेको छ, आगोमा बर्बर ज्वाला उठेको छ|

Posted in कविता | Tagged | Leave a comment

कविता : म एउटा आगो हुँ

~दिपा एवाई राई~ चकमक झुलोबाट निक्लेर अगेनामा धुनि जगाई तिमीलाई न्यानो पारी माया गर्ने म एउटा आगो हुँ, तिमी शिकार जानु अघि मलाई पोल्टोमा राखेर सधै सुरक्षीत हुन्छौ जंगली जनवारसाग युद्व गर्न कतै रात परेर अभर पर्दा मलाई राँको बनाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : माया को ढिस्को

~अभि सुबेदी~ धेरै बगेपछि आँशु जस्तो पानी सुकेर गए पनि आकाशमा कटक्क माया लाग्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : आज

~अमन महर्जन~ रोटे पींग झैँ समय चक्र घुम्दै गर्दा को कति बल्द्यांग खाए को कति उपहास बने त्यो छटपटी मा जन्मेको प्रजातन्त्र आक्रोशमा बिउझेको यो गणतन्त्र तुँवालोले ढाकेको सुनसान बस्ति संगै सिमा स्तम्भ हरु ढल्दै र ढाल्दै गर्दा पराइ र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक दिन सबैको आउनेछ

~महेश  बराल~ एक दिन सबैको आऊनेछ, जसरी ऊसको आएथ्यो, त्यसरी नै तिम्रो पनि आऊनेछ, मेरो पनि आऊनेछ । हो साथी, एक दिन सबैको आऊनेछ । ऊसको र मेरो सोच उस्तै थ्यो, जसरी समानता छ तिमी र ममा । ऊसको र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झट्ट आँखा उघार !

~शान्ता पन्त~ पूर्खाको त्यो अथक सपना आत्मले सम्भि्कराख, पाला पुस्ता तरुणवयको जिन्दगी होस् राख। नेपालीको अवनति भयो छैन राम्रो मुहार, ए ! नेपाली युवक सब हो, झट्ट आँखा उघार।। १।। सोचौं हामी सकल मनले देशमा फैलिएको , बाधा कस्तो भुवनभरीनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विषमता

~मित्रमणि आचार्य~ एक्लै सोच्दैछु/योजना कोर्दैछु कसरी बाँच्ने, कसरी रहने? हिजो मात्र/रमेश पक्डियो रे…। रोएको अपराधमा/आफ्नो छोरो मरेको शोकमा आफ्नो परिवारलाई साथ दिएकोमा। हिजो ऊ हाँस्नुपर्थ्यो रे ! किन भने, त्यस देशको शासकको छोरो जन्मिएको रे !

Posted in कविता | Tagged | Leave a comment

कविता : युग हाँक्ने लाल योद्धाहरू हो

~सागर कुँवर~ युग हाँक्ने लाल योद्धाहरु हो समयको मागलाई बुझ इतिहासको स्वर्णिम घडीमा विश्वको कालो इतिहासलाई ध्वंस गरी, नयाँ इतिहास लेख्न, रगतको मसी कलममा भर ! नयाँ युगको आमा बन तिमीलाई नयाँ युगले स्वागत गरिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : माली

~निभा शाह~ हामी खुट्टा बनाउँछौँ हामीले बनाएका खुट्टाहरू हामीलाई नै कुल्चिएर सडक बनाउँछन् । यही हो हाम्रो इतिहास आफैले बनाएका पैतालाले आफैलाई कुल्चिएको इतिहास ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी थाकेका छौं तर हारेका छैनौं

~राजा पुनियानी ~ त्यो समयपीड़ा नै थियो जसले थामेको थियो यौटा आदिम डरको खुनी आकाश । त्यो पीड़ाको नाममा कुनै शब्द उम्रिएन । त्यो पीड़ाको अनुहारमा बस हल्लिरहेको सहर थियो । हल्लिरहेको बस्ती थियो । हल्लिरहेको हिमाल थियो । पागल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देश, कुकुरहरू र हड्डी

~चन्द्र गुरुङ~ गल्लीतिर चोकहरूमा उनकै कुरुप र क्रूर अनुहार डुलिरहन्छन् फोहरी र तिखा दाँत देखाउँदै भुकिरहन्छन् कर्कश स्वरमा आतंक । निर्दयीहरू एकआपसमा भिडिरहन्छन् लुछाचुँडी गरिरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा! त्यो फेरि आयो

~सुरेन्द्र रजौरा~ आमा! त्यो फेरि आयो। धर्ति साराल हल्लाएर आयो थरथर काप्दै आयो आमा! त्यो फेरि आयो। सारा नेपालीहरुलाई त्रासित बनाउन आयो कति सुन्दर अनि मनमोहक प्रकृतिलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : छिट्टै यी प्रतिक्रियावादीहरु ढले…

~गिरीप्रसाद बुढा~ अत्याचारको डरलाग्दो खुकुरी उठाएर हामी जनतालाई अचानो पार्नेहरू फगत आफ्नो स्वार्थको खातिर दुःखी र गरिब मान्छेलाई मार्नेहरू तिनीहरूको सत्यनाश भए हुन्थ्यो तिनीहरू किरा परी मरे हुन्थ्यो कम्तिमा पनि हिटलरको मृत्यु सँगै उसको तानाशाह पनि गए जस्तो तिनीहरूको सत्यनाश … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नसोधोस् कसैले यी प्रश्न

~मेनुका थापा~ अचानक कसैले सोधिदेओस् बाँच्नुको अर्थ के हो ? म भन्थेँ हुँला- फूलमा सुवासको महक जे हो । अचानक कसैले सोधिदेओस्

Posted in कविता | Tagged | Leave a comment

कविता : निर्दयी हातहरु

~मानबहादुर भण्डारी~ कोपिलामै झर्दछन् कैयौं फूलहरू फूल्न नपाई किन निमोठिन्छन् ती निर्दयीका हातहरूले लाग्छ मलाई यहाँ ठूलो षडयन्त्र छ तड्पाउनु उसको नीति हो–त्यसैले ऊ निर्दयी छ राम्रो बस्तु देख्यो कि उसलाई बिगार्ने वानी छ मुस्कुराउँदो नव लालीदेखि उसलाई डाहा लाग्छ।

Posted in कविता | Tagged | Leave a comment

गीत : युवा आवाज

~विष्णुप्रसाद खनाल~ रक्षा गरौं सबै हामी राष्ट्रियता गणतन्त्र संघीयता विरूद्धमा अभियान मूलमन्त्र परिवर्तन स्वतन्त्रता माग गर्दै युगबोल्छ संघीयता अशान्तिको विरूद्धमा युवाबोल्छ–२ मातृभूमि चिन्तित छ अशान्तिको खेलदेखि संविधान अन्योलमा छ जिम्मेवार दलदेखि सयौंथुँगा फूलहामी एउटै माला नेपाली हौं संघीयता विरूद्धमा सारा … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एउटा उन्माद बैंसको

~हेमन्त श्रेष्ठ~ एउटै चेहरा एउटै तन र एउटै आवाज म देखिरहेछु सुनिरहेछु र भोगिरहेछु समयको लामो लामो अन्तरालपछि पनि निरन्तर निरन्तर आँखा खोल्दा र चिम्लँदा पनि सपना कल्पना र तरङ्गमा पनि उही चेहरा उही तन र उही आवाज खै के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : दृष्टि भ्रम

~तीर्थराज अधिकारी~ आफ्नै शिर चक्कराएको भेउ नपाउनेले कुनै पहाडलाई हे–यो भने पहाड नै घुमेको भन्न सक्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जमिनमुनिका पर्खालहरु

~विजय योजीत~ उ पर्खीरहेछ सधैं झैँ उसैगरी , अँध्यारोको व्यग्र प्रतिक्षा छ उसलाई र झुकेको छ चुपचाप पिपलका जराहरु समाएर सधैं झैं घामको नकाब लगाएर , सधैं झैं सन्ध्याको धारिलो गैंती टेकेर , त्यहि पुरानो पर्खालको आडमा !

Posted in कविता | Tagged | Leave a comment

कविता : खै एकताको बल ?

~देवी नेपाल~ भन्थे एक थुकी सुकी सय थुकी बन्ने छ पक्कै नदी ऐले भव्य नदी फुटी सय कुलो बन्दै गए सुस्तरी यौटा फूल थुती थुती चुँडिदिए देखिन्छ के सुन्दर ? यौटै काँध बनेर बोक्नु छ धरा खै एकताको बल ? … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भनुँ भनुँ लाग्छ…

~बासु श्रेष्ठ~ गाजल् वनी नयन भित्र बसुँ बसुँ लाग्छ मोती दाना लहर भई खुलुँ खुलुँ लाग्छ गाजल् बनी नयन भित्र… वर्षा भई तिम्रो वदन भिजाउँ भिजाउँ लाग्छ रिसाएर आगो भए रिझाउँ रिझाउँ लाग्छ वर्षा भई तिम्रो वदन…… बादल भई केशभित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई तिम्रो दरबार चाहिँदैन

~शिव प्रकाश~ दरबार बाँड्दै हुनुहुन्छ नयाँ मालिकहरू म राजा होइन किन चाहियो मलाई दरबार राजा हुन, रण गर्नुपर्छ गणको स्वामी हुनुपर्छ, बध गर्नुपर्छ मैले त्यो गर्न सकिनँ दरबारको आश छैन म घरबारविहीन नागरिक सिहदको रगतले स्वाधीनता पोतिएको एउटा स्वतन्त्र देशको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लूसी र सपना

~प्रतीक चाम्लिङ्ग~ पहिलो भेट मुस्कानहरुले सजिएको तिमी वर्डस्वर्थको लूसी झै कुरुप ढुङ्गाको चेपमा फुलेको शुन्दर फुल प्रकृतिले दिएको बरदान कति प्राकृतिक दुःख खेपेर आस्थाको थुँगा लरक्क लर्काएर तिमी फुलेकी । म सायद तिम्रो सुगन्धित थुँगाहरु संग तिमी संगै फुले क्यारे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुर्दा!

~निशा प्रतीक्षित~ आजभोलि अक्सर म आर्यघाटमा हुने गर्दछु टोलाइरहेको अवस्थामा, मुर्दा जलिरहेको आगोबाट निस्की रहेको धुवाँमा तरङ्गित भैरहेको देख्छु म तिम्रै त्यागका प्रतिबिम्बहरु साच्चै तिमी मुर्दा भन्दा केही कम भएका छैनौ आजकल।

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~टंक सम्वाहाम्फे~ समय अविरल आइरहन्छ विना मुहानको पानी जस्तो पर्खदैन डुवी जाने घाम जस्तो प्रक्रितिले प्रदान गरेको निशु:ल्क उपहार प्राप्त भैरहन्छ बाँच्नको लागि प्राण जस्तो तर थाहा हुँदैन हामीलाई सहज-असहज बनेर पाइलामा गतिशील भएर उर्लिदिँदा बनिदिन्छ सृस्टिको नियम जस्तो विद्यमान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : निचोरेर सुकाएको आकास

~अभि सुबेदी~ आकासबाट धर्धरी भक्कानो फोरेर रोएको कानमा खसेपछि वेगले भेट्न दौडेँ पृथ्वी मेरो मोटरसाइकलको चक्कामा पहिरन अल्झाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : मुसाहरुको कथा

~हीरारत्न श्रीशा~ जाडोभरि गुजुल्टिएर बसेका सर्पहरु जमिन भित्रबाट मुख ठूलो बनाएर समतल, मधेश, भिरपाखा अनि कुना कन्दराबाट जमिन नै थर्कने गरी मुसाहरुको जमान तै तर्सने गरी निस्किरहेका छन अघाएका सर्पहरु ५ वर्ष खाएर ५ वर्षसम्म नखाई बाँच्न सक्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : शव-आसन

~डा. मधु माधुर्य~ कतै दशगजा हरायो र कालापानी मिचियो : विरोधमा आक्रोशको समाचार छापियो ; कविले तातो “क्रान्तिकारी” कविता दन्कायो ; कलाकारले व्यंग्यमा र संगीतकारले गीतमा क्रन्दन ओकल्यो; समाचार र कविताको रापले ‘म’ आगो भैसकेको थिएँ ! दशगजा र कालापानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्यको कुनै छायाँ हुँदैन

~मोमिला~ बाबा भन्नुहुन्थ्यो सत्यको कुनै छायाँ हुँदैन ……………. र म हरपल छायाँमुक्त सपना सोचिरहेँ कैयन् ऋतुहरू हाँगाबाट झर्दै रहे सिसिफस श्रापबाट मुक्त भएको सपना पनि देखेँ ब्युँझँदा श्रापको ठूलो ढुङ्गाले आफै किचिएको रहेछु …………….. र विमूढ सामुन्नेमा छायाँका अनन्त अर्थहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment