Tag Archives: kabita

कविता : प्रेम

~किशोर पहाडी~ जब जब पानी पर्छ म तिमीलाई सम्झन्छु तिम्रो सुन्दर केश राशीबाट झर्दै गरेका थोपाहरू मोतीका र बग्दै गरेको नदी झैँ । जब जब रात पर्छ म तिमीलाई देख्दछु आउँदै विस्तारै अँधेरोबाट छाया विनाका तिम्रा ओठहरू केस्रा केस्रा फूलका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशु बिक्री हुने भए

~रजित ओझा~ जिउँदो लाश रोएको हेर तिमीलाई फिक्री हुने भए म बिल गेट्स हुन्थे,आँशु बिक्री हुने भए तिमी बसेको चोक धाएकै हो…. मायामा ज्वरो आएकै हो….. १०४ पुग्थ्यो होला …१०४ पुग्थ्यो होला मायामा डिग्री हुने भए जिउँदो लाश रोएको हेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी उस्तै, उस्तै म

~नवराज दाहाल~ लुकि-लुकि घरि-घरि तिमीलाई नियाल्दा, चाल नपाएको नाटक गर्दै मुस्कान तिमीले फाल्दा। बुझिकन नबुझे झै गर्ने तिमी उस्तै, पत्तै नदिई तिम्रो लागि मर्ने उस्तै म। आउने जाने जसमा पनि तिम्रै मुहार देख्छु, मिठो बोली सुन्दा पनि तिम्रै भनी झस्कन्छु। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मर्दिन

~किशोर आचार्य~ नाईं म मर्दिन किनकि शोषण, दमन र अत्याचार चुलिंदै छ कुरीति र कुसंस्कार झन् बढ्यो शोषक र सामन्त सल्बलाउन थाले बैदेशिक हस्तक्षेपले सीमा नाघ्यो विकृति, विसंगति अति नै भो छाक टार्न गाह्रो हुनेहरु धेरै छन् गरिबमाथिको आक्रमण बढ्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पाप को गुनासो

~लक्ष्मी प्रसाद देवकोटा~ क. ‘पाप’ हो है नाम मेरो ! पुरुष बाबा, प्रकेति आमा ! देश नरनारीको घेरो ! मासु मन्दिर, बास खास ! मज्जा खोपी ! मन, चमन ! पन्छी, पशुको छुन्न जङ्गल ! मानवता सिमाना मेरो ! त्यसको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लुकेको यथार्थ

~मोहन गिरी~ थुप्रै थुप्रै लाज र शरम पचाए पछि पनि तिमी त के मान्छे नै भयौ त, हो ! मान्छे जस्ता भयौ त? आफै सोच्ने गर तिमीले दावी गर्ने मान्छे तिमी हौला, तर मान्छेले दावी गर्ने मान्छे के तिमी हौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विवशता

~योगेन्द्र काउचा~ एउटा फरक यात्रामा निस्किरहँदा वासनादार फूलका सुगन्धहरुले स्वागतका मुस्कान छरिरहे। सिमसिमे बर्षातका लहरहरुले निस्किरहने फोहोर धोइरहे। अप्ठ्यारा पहाडका गोरेटाहरुले गजबको ताली ठोकिरहे।

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्वोच्च प्रेम

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ तिमी सर्वोच्च छालको शिखरमा छौ र यो छाल अटल ! मेरै मुटुको सागरमा उठेको छ । नडराउ, यहाँ हिंस्रक सामिप्य छैन र यो दुरताबाटै मैले तिमीलाई प्रेम गरेको छु । सम्झ, यहाँ शान्त,शालिन र शुभ्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मिथक उत्खनन सम्बोधिमा हराएका बुद्धहरु

~सरुभक्त~ समय-संक्रमण युगीन क्रन्तिका अविछिन्न भ्रान्तिहरु दुखेको बेला किराँतचुलितर सलामाण्डरहरु सिकार खेल्दै हिंडे जीवन अझेको छ दुम्सीकाँडैमा म प्रेमको मुठो बोकेर ‘यो जाति भागी हिंड्दैन’ भन्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : गुल्मीको एक नक्षेत्र

~मानबहादुर भण्डारी~ ओजस्वी क्रान्तिकारी सक्रिय तिम्रो जीवनलाई म गर्दछु अन्तरहृदयदेखि लाल सलाम ! कहिल्यै झुकाएनौं उच्च शीर, लत्रिएनौं अप्ठ्यारामा पनि लिएर तिम्रो गौरवगाथाबाट अनुभव अब म बढ्छु श्रीपेज बनाई सजाउँछु आफ्नो शीर अनि षडयन्त्रका विरूद्ध लडिरहन्छु निरन्तर, बनेर अविचल

Posted in कविता | Tagged | Leave a comment

कविता : जिउनु परे जिउँछु म त

~ठाकुर मान लामा~ जीउनु परे जीउछु म त मेरै गीत सित मर्नु परे मर्छु म त मेरै गीत सित यो गीत मेरो धडकन यो गीत मेरो जीवन सपनीमै गाउँ म त विपनीमै बाचुन्जेल कोरी रहु गीत म त विहान रात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक भएर प्रेममा बोल्न देऊ !

ज्योति जङगल~ चुम्बनका हजार जुलुश बोकेर हिँडिरहेको इन्टरनेटमा कदापि मेरो चुम्बन सामेल छैन प्रियतम् ! ढुकढुकी, हदय, कलेजो वा मुटु जून, समुद्र, पृथ्वी वा घाम कुनै कृति उत्कृष्ट छैनन्

Posted in कविता | Tagged | Leave a comment

कविता : जनता

~मित्रलाल पंज्ञानी~ गाग्री छ भने घरमा तिम्रो पानी त्यसमा भर्न सकिन्छ घोप्टो पारी पोखी पानी गाग्री खाली गर्न सकिन्छ। गाग्री होइन देश कुनै पानी होइन जनता यो पानी फेरे जसरी कैल्यै जनता जम्मै फेर्न सकिन्न।

Posted in कविता | Tagged | Leave a comment

अनूदित छोक : डर

~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ उनीहरू डराउँछन् खै किन डराउँछन् उनीहरू कि सारा धन-सम्पत्ति गोला-बारूद, पुलिस-सेना हुँदा हुँदै पनि ?! उनीहरू डराउँछन्

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : फाइनल म्याच

~आहुति~ हातमा ज्यावल या कहिले हतियार सम्झेर सुरक्षित निर्भय मस्त निदाएँ युगौंयुग तड्पेर ब्युझँदा ममाथि शोषण गरिरहेका थिए हातमा किताव बोकेका मानिसहरू ! हतार हतार मैले पनि उठाएँ कलम लेख्न थालें बोक्न सिकें अङ्गालो भरी भरी कितावहरू !

Posted in कविता | Tagged | Leave a comment

कविता : अझै त म हारेको छैन

~स्वप्निल स्मृति~ अझै त म हारेको छैन जिन्दगीको सेक्मुरी फूल मुर्झाएको छैन ! धुलोबाट उठेको म धुलैसरी ढलेँ हुँला यसको अर्थ फेरि कैल्यै उठ्न नसक्ने म हैन कदम–कदममा छ कम्पन, अझै कति ढल्नु होला !

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यूपछिको जीवन

~ईन्द्र नारथुङ्गे~ प्रत्येक उभौलीमा… प्रत्येक छौवामा सापादु भरीको वासिम नछुङ्ले फलाक्ने “लेभेनेउ” सँगै “खाली” को नाममा दायलुङमा खनिन्दा प्रत्येक किरातीले आफ्नो सौन्दर्य भेट्ने गर्छ, तर, मरेपछि बाँच्न र, “खाली” भएर दायलुङमा बस्न त्यति सजिलो छैन किरातीलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : साला पहाड में क्या है?

~मीन बहादुर विष्ट~ मुहानबाट निस्केर फुत्त कहीँ हुत्तिँदै कहीँ थामिँदै तर कहीं कतै पिन पछाडि फर्केर एक नजरसम्म नलाउँदै बरु उल्टै दुई किनारहरुमा सालिकझै उभिएका रोगी पहाडहरुलाई लात हान्दै बेस्सरी भागिरहेछ नदी देश छोडेर । काँधमा रातो रुमालले बीचमा टपक्क … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फलाम पिट्ने मान्छे

~कृष्ण बिश्वकर्मा~ गोर्खाली पहिचानको धरोहर सिरुपाते खुकुरी तर, उस्को आरनको कथा अझै अज्ञात गर्भमै कैद छ करौतीका दाँतीमा रेत लगाउंदै ऊ बडो गर्बले भन्दै थ्यो…. पृथ्बी नारायण शाहका तरबार उसैका बाजेले अर्जापेका थे रे बलभद्र , माथवरहरुका तरबार र खुकुरीहरुमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : असल छिमेकी

~रमेश पोखरेल~ मुलुकलाई दक्षिणले जहिलै छेको हाल्छ स्वच्छन्दले बग्ने पानी आफै थुन्न थाल्छ हरेकवर्ष पानी थुन्नु उसको सद्भाव?भो सिंगै गाउँ डुबाएको हेर्नु नियति भो। पहिले बाँध्छ सीमानामा जबरजस्ती बाँध जनविरोध भइरहँदा नि सरकार झक्छ काँध टनकपुरमा छिमेकीको उसले इज्जत लुट्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हुन्न

~तुलसी पाण्डे~ मेचीकाली तराई हिमाल छुटन दिनु हुन्न, दाजुभाई दिदी–बहिनी फुटन दिनु हुन्न। टंनकपुर, कालापानी, सुस्ता लुटन हुन्न दार्चुला, नवलपरासी हुदै दाङ् छुटन हुन्न। नेपालको भुमिमाथी आँखा गाडनु हुन्न , विस्तारवादको विगविगीलाई त्यसै छाडनु हुन्न। विरताको इतिहाँस बोकेको धर्तिमा , … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो प्यारो देश

~रेशम विसी~ मेरो देशको माटो मेरो देशको ढुङ्गा सम्झना आउँदा मन हुन्छ चङ्गा नदि र नाला छहरा छाँगा हिमाल पहाड अनेक गङ्गा तराईको फाँट अन्नको भन्डार उच्च शिखर छ चिनाउने संसार लाली गुराँस, बेली मुस्कुराउँछ डाँफे र मुनाल मयूर नाँचिरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्वहारा

~रेम राना~ म त सर्वहारा सबै सम्पत्ति हारेको गुमाएको सम्पत्ति मेरो केबल हात पाखुरी नाफाको आधारमा म बाँच्दिन किनभने म परजिवी होइन अरुको कमाईमा बाँच्ने। बरु म त अतिरिक्त श्रम बेचेर बाँच्छु त्यही अतिरिक्त श्रम भित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनधारा

~जुमिरकाँढे शेशी~ कठिनाईहरुले भरिएको जीवन त्यसमा पनि आकास खस्छ पृथ्वी अतल गहिराइमा भासिन्छ समाउने डालो लुछिन्छ टेक्ने हाँगो भाँचिन्छ अब के रह्यो र जिन्दगी दिउँसै निस्पट्ट कालो रात परेको छ आँशुको नदी बगेको छ हिड्ने यात्रामा भीरै भीर छ बेचैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम छ तिमीलाई

~लक्षीराम आचार्य ‘अविरल’~ एउटा सिउँडीको फुल्न खोजेको कोपिला थियौं तिमी निराहारतामा पनि रमाउने रूखो चट्टान माथि उभिएका थियौं तिमी गोडमेल र मलजलको अनुभूति कहिल्यै नपाउँदा पनि दुर्लभ सजीव वनस्पति भएर जोहो टारेकै थियौं तिमी तर पनि तिम्रो आधार आसनमा ज्वालामुखी, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~किशोर पौडेल~ हरेक साँझ सँगै जब अन्धकार छाउँछ धर्तिमा मानौ म नाबालक शिशु आमाको काख खोजिरहेको छु तर मसंग जे छैन त्यसैको आशामा कुरिरहेको छु, जब हुरी बतास आउँछ मेरो जीवनमा मानौ म बाटो हराएको बटुवा आमाको हात खोजिरहेको छु। … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चलाऊँ देश बचाऊ अभियान

~ताराधर शर्मा~ पूर्खाले एकिकरण गरिदिएको नेपाल टुक्राउँदैछन् संघीयताको नामले विविध अनेकतामा एकता बोकेको हाम्रो संस्कृतिलाई शदियौं देखिको जातीय सद्भावलाई खलबलाउँदै छन् जातीय संघीयताको नामले जातीय संघीयताका नारा दिई नयाँ नेपालका कुरा गर्छन् यहाँ अब्बल दर्जाका क्रान्तिकारीहरुले मात्र सत्तामा पुग्नको लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : उद्घोष विद्रोहको

~मानबहादुर भण्डारी~ बोधगम्य छ यो संसार, गम्नलाई मस्तिष्क यहाँ खियाउँनै पर्दछ दृष्टिभ्रम पालेर हुँदैन उज्यालो पाउन चिहाउनै पर्दछ। यहाँ बुझाई आ–आफ्नै भएतापनि भेद खुट्टाउन नसकी अल्मलिनुको पीडा अनेक जलन अनेक, अनि पृथक बुझाई, पृथक भोगाई अनेक आत्मघात, विश्वासघात, घातप्रतिघात स्नेह, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्किआउ लाहुरेदाई

~देवेन्द्र बस्याल~ फर्किआउ लाहुरेदाई फूलै फूलको गाउँ वास्नै बास्नाको ठाउँ झलि र मिलि थियो यो लाहुरेहरूको गाउँ घर यो लाहुरेको रे समाज यो लाहुरेकै रे तर आज किन? घरहरू रित्तै छन सारा समाज रित्तो छ कहाँ गयौं लाहुरे दाई किन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्न तिमीलाई

~तुलसी पाण्डे~ अमिट ती जड्डे खम्बा ढलिसके पछि, नेपालकोसीमा खोज्न कहाँ जान्छौं तिमी,? शत्रुमित्र छुट्याउने भावना नै मरे पछि, कुन मित्रको खोजी गर्दै हि्रड्ने गर्छौ तिमी? नेपालको भूमिमा विदेशी भित्र्याएपछि रगतको नाता खोज्दै कहाँ जान्छौं तिमी? आफ्नी आमा रूवाएर अरूलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शोकाञ्जली

~कृष्ण सेन “इच्छुक”~ स्पात जस्तै तिम्रो दरिलो हातलाई मुठ्ठीमा कसेर अब म गरम जोशमा साथ फेरि तिम्रो अभिवादन गर्न सक्ने छैन भेट हुँदाको प्रिय घडीमा गहिरो आत्मीयताले डोरिएर पहिले जस्तै फेरि तिमीलाई अब म बलियो अंगालोमा कस्न सक्ने छैन तिमीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभागी अभिमन्यू

~शशिधर भण्डारी~ तिमी महाभारतका अभिमन्यू हौ अस्ताएको एउटा नक्षेत्र हौ तिमी अस्ताएपछि उदाउने सूर्य होइनौं चन्द्र पनि होइनौं तिमी त महाभारतका अभिमन्यू हौ त्यसैले फेरि उदाउन्नौं फेरि उदाउने सूर्यले उज्यालो विहानी जन्माउँछ

Posted in कविता | Tagged | Leave a comment