Tag Archives: kabita

कविता : चौघेरा

~विश्व राज भेटुवाल~ चारैतिर हुस्सुले ढाकेर क्षितिज ओर सरेको बेला बाक्लो हुस्सु बिचमा आफ्नो चौघेरा भित्र पस्ने बाँदर कुर्न कुनै उज्यालो प्रकाशको सहयोग लीई हुस्सु सँग घोलियको म । बाँदर बाँदर नै हो सारा बिगरे पनि यस्लाई चेत आउँदैन कमजोर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ता

~शकुन्तला जोशी~ तिनीहरूले भनेपछि ‘गीतावचन’ ठानेर हामी लुरुलुरु पछि लाग्यौँ दायाँ घुम भने- घुम्यौँ बायाँ फर्की भने- फर्क्यौँ अघि बढ् भने- बढ्यौँ पछि हट् भने- हट्यौँ घोप्टो पर् भने- घुँडा टेक्यौँ टाउको थाप् भने- निहुरिदियौँ

Posted in कविता | Tagged | Leave a comment

छोक : आडम्बर

~ज्ञानेन्द्र स्थापित~ मसानको विभत्स र ब्यंगपूर्ण हाँसो छरीन्छ एक लाश माथि, एक अभागी माथि, किन कि मसानले देखि रहेकै हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : यो भूगोल मिल्दैन, यो इतिहास मिल्दैन

~केशव भट्टराई~ अचेल छोरा मसँग झर्किएर भन्छ :- “ड्याडी ! यो भूगोल त मिल्दै मिल्दैन । ड्याडी ! यो इतिहास त मिल्दै मिल्दैन । यो भूगोल मिलाउनु पर्‍यो । यो इतिहास सच्याउनु पर्‍यो ।” उसलाई लागेको छ, भूगोलले हामीलाई धोका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति र आनन्दको आयु

~अमर नेम्बाङ लिम्बू~ एउटा कञ्चन पहाडको शिरदेखि उब्जेको त्यो सानो खोलोसँग सँगै मनमा आएका पीर वेदनाहरूलाई पोख्दै घन्टौँसम्म हिँडिरहेँ म । हिँड्दाहिँदै टाढा कतैतिरबाट कसैले मलाई बोलाईरहेको जस्तो लाग्यो, केही कुराले मेरो दाउराको फेरमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सहृदय वेश्याको प्रेममा

~अभय श्रेष्ठ~ मैले उसलाई गरेको प्रेम श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन । जस्तो कि तपाईंलाई थाहा छ- मेरुदण्ड दान गर्ने दधिचिझैा यो देशको हरेक परिवर्तनमा आफ्नो रगतको एक अंश दान गरेको साधारण मानिस हुँ म जिन्दगीका सहस्र घुच्चीका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काठमाडौं र नयाँ पासवर्ड

~स्वप्निल स्मृति~ विलक्षण कला छ बादलसँग यो बर्ख काठमाडौँको आकाशमा उसको अभूतपूर्व चित्रमेला छ । ल, हेर्नोस् लक्ष्मीमाता गाईको चित्र अफसोस तुरुन्तै त्यो गौहत्यामा कैद च्याङ्बा रुम्बामा बदलिएछ, बौद्धको ठीक माथि आकाशमा एक थुप्रो ध्यानातीत बुद्ध

Posted in कविता | Tagged | Leave a comment

कविता : बेकार छ

~विष्णु विभु घिमिरे~ आँखा राम्रो भएर मात्र के गर्नू! जब ती आँखाले कसैको पीडामा आँसु रसाउँदैन भने अोठ राम्रा भएर के गर्नू? जब ती अोठले अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने सलक्क मिलेको नाक भएर मात्र के गर्नू? जब त्यो नाकले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनासो

~गोपालप्रसाद रिमाल~ म अहिल्यै त नमरुँ, नमरुँ ! मेरो यही एउटा इच्छा, यही एउट पुकार एउटै यो जिन्दगी गुनासो, रहीरही ठुँग्ने यो एउटै पीर- म नमरुँ, अहिल्यै नमरुँ ! मैले नहिर्काइ चित्तै नबुझ्ने गरी थाहा पाएँ- मेरा यी पाखुरामा कुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृतिको असरलता

~शिरीष~ हिमालको चुचुरामा बसेका उनि प्रकृतिको त्यो दृश्य जब हेर्दछन यस सरलताको रहस्य बुझ्ने प्रयत्न उनी गर्दछन् । तपस्या उनको जीवनको यही उत्तरको खोजी हो तर्क बितर्क गर्दै उनि मग्न ध्यानमा पर्दछन् ।। प्रचन्ड रविको किरण जब पर्दछ एक कोमल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी टाढिदै छौ अरे

~नवराज दाहाल~ पर देखें तिमीलाई तिम्रै बाटो तर्फ झरें, समिप पुग्दा नपुग्दै सुन्छु तिमी टाढिदै छौ अरे। सहयात्री अर्कै हुँदा तिम्रो यो यात्रारुपी जीवनमा, तिमी, अनी मात्र तिमी रहिरहनेछौ मेरा यादहरुमा।…….

Posted in कविता | Tagged | Leave a comment

कविता : विसंगत

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ विसंगत सपनाहरुको संभोग म के संगत ! बोझिल पहाडको छाती चरक्क चिरेर निस्कन्छन् खोलाहरु खोलाहरु सँगै केही पिसाचहरु केही रहस्यहरु चुपचाप ! चुपचाप !! केही खुँखार मसानहरु नारायणहिटी/हनुमान ढोका हनुमान ढोका/नारायणहिटी

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : टुयुगु गाँउ

~सेन वेइ~ अनु : केशव सिग्देल गाउँ उपत्यकामा छ। पहाडी कान्लो चिहानघाट हो वर्षेपिच्छे गाउँ साँघुरिँदै जान्छ र दिन्दिनै चिहानहरु बढ्छन् गाँउ तल गहिरो छाँयामा अवस्थित छ

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : जिन्दगी पर्खिरहेकी लाहुरेनी

ज्योति जङगल~ केही दिन अँगालेर जवान वसन्तलाई त्यो लाहुरे आँधीजस्तै परदेसियो, मनभरि शरीरभरि प्रतिक्षा लिएर ऊ उभिइरही । आँसु बोकेका ओसिला रुमालहरु प्रत्येक झरीमा कुहिएर माटो भए,

Posted in कविता | Tagged | Leave a comment

कविता : भोकानांगा भाइ भाइ

~युद्धप्रसाद मिश्र~ रगत चुसेका छाती खोल्दै भोका नांगा लागे उठ्न आम दलितको पीडाबाट लाग्यो दिनदिन प्रतिभा फुट्न झुपडीले अब आँखा खोल्यो बोल्दै धावा अब जनमत गम्क्यो कदम कदमका आतुर गतिमा

Posted in कविता | Tagged | Leave a comment

कविता : टाउको माथिको जाँतो

~बिष्णु सुवेदी ‘दोलखे’~ घुमाइरहेछन टाउकोहरु माथि बडेमानको जातो र पिसिरहेछन हाम्रा सुन्दर सपनाहरु । हाम्रै छातिमा खेल्छन परेड हाम्रै काध चडेर उक्लिरहन्छन सताको कुर्शी र पुगेर घुमाउन थाल्छन यामानको तेही जातो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बा

~नीरा शर्मा~ मैले धेरै पढेँ  आमाका वेदनाका कथाहरू तर कहिल्यै पढिना बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरू धेरैपटक कविले आमाकै तारिफमा कविता कोरें आमाकै गीत–सङ्गीत भरें आमालाई धर्ती भन्नेहरूले बालाई कहिल्यै आकाश भनेनन् र त बा सधैँ ओझेल परे ।

Posted in कविता | Tagged | 2 Comments

कविता : सिंहदरबारबाट कोसौं टाढा

~देवकी अभिलाषी~ म टाढा छु सिंहदरबारबाट कोसौँ टाढा थाहा छैन मलाई यो देशमा नागरिक हुनुको मापदण्ड के हो ? कसको पक्षमा लेखियो संविधान ? यो पनि थाहा छैन म त टाढा छु अग्ला–अग्ला पहाडको गहिराइतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~गौरी मल्ल~ जिन्दगी , तँ क्रुर छस स्वार्थी छस , तैँले कसैलाई केही दिईनस ! फगत लिन जानेको छस , लिँदैछस् …! असिम् विश्वाशले मानिसहरु तँलाइ हुर्काउँछन , अहोरात्र .. तेरै गुण गाउँछन ! … तेरो बिखालो बिभत्स अस्तित्वको पूजा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : पुलिस र कविता

~विमल निभा~ पुलिसले कविता पढ्यो र भन्यो राम्रो छ पुलिसले कवितालाई राम्रो भन्यो कवितामा लेखिएको थियो के लेखिएको थियो कवितामा पुलिसलाई थाहा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : संसारलाई हेर्न देऊ

~तुलसी पान्डे~ निर्दोष यी नयनले संसार, हेर्न देऊ, नारीलाई दमन गर्ने नीति फेर्न देऊ। कालो निमय कानुनलाई च्याति फाल्न देऊ, नारीलाई छेक बाँध गर्ने किल्ला ढाल्न देऊ। क्रान्तिकारी पदहरु अघि बढ्न देऊ, यो देशको मुहार फेर्ने नीति ल्याउन देउ,।

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो

~मदन राई ‘लामाखुले’~ मिर्मिरे उज्यालोलाई कुल्चनेहरू , अनन्त अनन्त सम्मका सुन्दर सम्भावनाहरूलाई, फोहरमा फाल्नेहरू , उत्साहित फूलका बगैँचाहरूमा बिहान बिहान पातमा टल्किने शीतका थोपाहरू, झुल्के घाममा टल्कँदा आफ्नै आँखामा नलुकाएर निर्मम् खस्न दियौ भुइँमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको फ्रेमबाहिर

~महेश रेग्मी~ प्रार्थनासभामा प्रार्थना गर्दा सोच्थेँ – जीवनको समय सच्याउन पाए हुन्थ्यो । कपडा बदलेजस्तो समय बदल्न पाए देश र इतिहासको समय सच्याउनु हुन्थ्यो । समयलाई जित्न नसकेपछि सबै-सबै हारिँदोरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बह्मपुत्रको सम्झना

~देवी नेपाल~ अनन्त युगका साक्षी ब्रह्मपुत्र थिए त्यहाँ काशी पर्दैन रे जानु विश्वनाथ स्वयं जहाँ गुप्तकाशी पुग्यौँ पैले अनि सागर देखियो के सक्थ्यो शब्दमा अट्न मनमा काव्य लेखियो । कतै ढुङ्गा कतै डुङ्गा कतै बगर सुन्दर ढुङ्गा डुङ्गा चलिरन्छन् मान्छेका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मोनालिसा र मार्च ८

~उमेश राई ‘अकिञ्चन’~ ओ ! इन्द्रेणी नायिका सदियौ कुजिएर एउटा फोटो फ्रेममा कति कुरीरहन्छौ घाम र पानीको आगमन म दिन चाहान्छु तिमीलाई नीलो आकाशमा उडदै गरेको चरा तिमीले पोत्नुपर्छ मुस्कान समयको तिमीले फर्नुपर्छ परिभाषा सौन्दर्यको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रस्तावना

~आयाम फुयाल~ म एउटा खोक्रो पाना ममा छन् अनगिन्ती सपना मसँग छन् अपार शब्द तर, म आफैँ कोरिन सक्दिनँ म आफै केही बोल्न सक्दिनँ किनकि म देख्दछु- ‘बुद्धम सरणम गच्छामि’ जप्ने दुर्बुद्ध सगरमाथाको उचाइ साक्षी राखी देशद्रोहीका अघि लत्राइएका नतमस्तक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्मको नाममा

~ईन्द्र नारथुङ्गे~ छेवैमा चारो टिपिरहेको माउपोथीलाई देखेर घाँटीको जगर फुलाउँदै उसैउसै चर्को स्वरमा जवानी गाइरहेको जक्खु भालेलाई पक्रिएर… एउटा ढुङ्गालाई थपना राख्छ मान्छे र, सिरुपाते खुकुरी निकालेर भालेको टाउको छिनाउँदै धर्म गरें भनी मख्ख पर्छ । आफू झैं मृत्यु पर्खिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भूतपूर्व कवि जी सँग

~बिष्णु सुवेदी ‘दोलखे’~ ओ भूतपूर्व कवि जी आङ्गमा घाम सुकाएर निधारमा चिट चिट पसिना उमारेर के सोचिरहनु भएको यो अभावग्रस्त मौसममा एक छाक भात कि एउटा पीडायुक्त कविता ? जीवन भर कलमलाई घोडा बनाएर कत्ति डुल्नु भो गाँउ वस्तीहरु

Posted in कविता | Tagged | Leave a comment

छोक : शब्दको किनारैकिनार

~अभि सुबेदी~ राती कति आँशु बगे थाहा पाइनँ बिहानको खोलाको स्वाँ ! सुनेपछि वगेको मन झिक्न

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्धको घेरा

~विमल पोखरेल~ मलाई बाँच्नु नपर्ने भए खाना र भोको पेटको नाता तोडिदिने थिएँ मैले मेरो यति धेरै श्रम एकमाना चामलका लागि त्यो चामल काँचै चपाउने कि पकाएर भात बनाउने? एक माना चामलको परिपरि करिब आधा दर्जन पेट कराइरहेका छन् !

Posted in कविता | Tagged | Leave a comment

कविता : वैचारिक शुन्यतामा हराउँदा

~शिवराज पन्थी~ म वैचारिक द्वन्द्वसँग धेरै लडें झोलै बोकेर समर्पित पनि भएँ न त सोचेको मुक्ति प्राप्त गरें न बोकेको लक्ष्य नै ! म त कथित पो भएँछु कता?! दीर्घकालिन लक्ष्यका लागि लडेंथें नैसर्गिक अधिकारका लागि लडेंथे लडिरहनुसँग यत्ति लिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : रोटी

~आभास~ यो कुनै प्रतिष्ठित बिम्व होइन जसलाई न घाम झैँ कवितामा सजाउँन पाउँ न जून झैँ गीतमा गाउँन पाउँ यो कुनै गुराँस होइन

Posted in कविता | Tagged | Leave a comment