Tag Archives: kabita

कविता : परिवर्तन

~मुक्ता सापकोटा~ देशले परिवर्तन चाहेको थियो हेर, अयोनित, ठूलै आयो धेरै ठूलो, चाँहेको भन्दा थाम्नै गार्हो, मानौ फन्दा थामोस् नि कसरी, बिचरो बारम्बार एक पछि अर्को आशा ठूलै फट्को मार्ने फट्को त मारेकै हो ने फगत परेछ उल्टो दिशा जातियताको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाबु तँलाई धिक्कार छ

~रेशम बोहोरा ‘भाबुक’~ परिवर्तनका कुरा गर्र्थिस् मुक्तिका कुरा गर्र्थिस् यो देशमा, हाम्रा दिन आउँछन् पनि भन्थिस् हजारले मुक्ति पाउँदा एकाध मर्नु गौरव हो पनि भन्थिस् । त्यसैले, तँ सहिद बनेको खबर सुन्दा मेरो छाति गौरवले चुलिएथ्यो तेरो मृत शरिरमाथि हर्षले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुलाबविरुद्ध

~देवकी अभिलाषी~ फेरि अब फुल्नेछैन गुलाब बोटमा निर्दोष हरिया हाँगाहरूले गर्नुपर्ने छैन मृत्युवरण तिमीले कलमी गरेर जबर्जस्ती सारेका बेमौसमी बोटमा यसपालि गुलाब फुलेन ठीकै भो

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमकम्पन

~तारा ज्ञवाली~ त्रिशुली तटमा……….. भूकम्पले पनि हल्लाउन नसकेको हृदय हल्लाईरहेछ – तिम्रो यादले प्रकम्पनको पीडाले पनि नगरेको लगातारको प्रहार

Posted in कविता | Tagged | Leave a comment

कविता : एकान्त

~आभास~ एकान्तमा पनीको तप् तप् बज्छ र गुनगुनाउन थाल्छ पिपलको पात एकान्तमा शीत झर्छ र फक्रनथाल्छ सयपत्री फूल एकान्तमा

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रपति

~सुदर्शन राजोपाध्याय~ थिएँ म एकदिन सयपति भइयो पनि एकदिन म हजारपति भन्छन् आजकल मलाई लखपति हैन म अरबपति करोडपति रहर छ बन्ने खरबपति हुने छैन म पतिदेबको पति उफ ! गन्हाउने भएछ त्यो सुन्दर वाग्मति चाबहिल भएछ अब त्यो चारुमति

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य सुबेला

~कणाद महर्षि~ अहिलेभन्दा पहिले राम्रो लेख्थेँ भनूँ भनूँ लाग्यो आफूले आफैँलाई सोध्न मन लाग्यो – हो कि होइन? अब उत्तर म के दिऊँ सोधेको आफैँले

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्गीय कविताहरु

~उमेश राई ‘अकिञ्चन’~ नाराहरुका पछि दौड्दै आएका जुलुसझैँ कहाँ हराए निर्माणाधिन क वि ता हरु कुनै गुरिल्लाको

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँ छोडेको दिन

~फूलमान वल~ मैले गाउँ छोडेको दिन चराहरुले गीत गाउने छन यो तोरीबारी, यो अम्रिसोघारी, यो गोरेटो, यो चौतारो, सब–सब हुनेछन अंध्यारो र, भन्नेछन– ए परदेशी, जाने नै भए, लैजाऊ – तिमीले गोरेटोमा बनाएका पद्छापहरु लैजाऊ – तिमीले सुनाएका साँझभरीको सेलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कचिंगलै कचिंगल

~एन.बी. लामा~ हर काम कुरामा अहिले देखिन लागिरहेछ कचिंगलै कचिंगल बहुनायकवाद चलेको बेला विविध हुन लागेको पाइन्छ छलफल आफ्नो विशेषता दर्शाउने हो या अरुलाई झिट्ने दाउले हो ? देखिन्छ खनेको असन्तुष्टले पासो थाप्ने खाडल कचिंगलै कचिंगल

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँसुरी

~सुधीर ख्वबि~ एउटा मान्छेले उहिले देशलाई बाँसुरी ठान्थ्यो खूब बजाइरन्थ्यो | ऊ बाँसुरीलाई ऊखु जस्तै चुस्थ्यो कहिले लट्ठी बनाइ प्रयोग गर्थ्यो कहिले शान्तिको राग अलाप्थ्यो कहिले बिकासको धून सुनाउथ्यो बाँसुरी उस्को लागी प्रजातन्त्र थियो यो अस्तिको कुरा हो |

Posted in कविता | Tagged | Leave a comment

कविता : घरको सम्झना

~बासु श्रेष्ठ~ दशैं बित्यो तिहार बित्यो विदेशमा दाई सुख छ कि दुख छ कि हेरि देउ आई आमा बावु साखा सन्तान देशमा नै छोडेँ सँधै जस्तो हिजो पनि ओछ्यानीमा रोएँ । आउँछु भनि पियारीलाई कति कसम् खानु दुई पैसा साथ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सञ्जीवनीहरु

~आयाम फुयाल~ एउटा लाम्चो क्यानभास… त्यसमा कोरिएको, मेरो मातृभूमिको रुन्चे आकृति, मेरो मातृभूमिको करुण रोदन, अनि, मेरो मातृभूमिको निसार चिच्चाहट! दृश्य एकमा म नियाल्दछु- आजभोलिका उराठलाग्दा दिनहरु, कहालीपुर्ण चर्किएका भाष्करका रश्मि, शून्य अस्तित्व बोकेका मेरा छाया र मरेतुल्य नरहरु! सुनकोसीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : लिलिपुटहरु

~तीर्थराज अधिकारी~ लिलिपुटहरुलाई सर्वोच्चताको सपना देख्न कतै कुनै निषेध छैन तर विडम्बना !

Posted in कविता | Tagged | Leave a comment

कविता : २०१२

~अमन महर्जन~ लगाई अदृस्य हत्कड़ी हातहरु, बाँधी छबी पट्टी आँखाहरु बिचल्ली मनस्थितिहरू, सुसुप्त मस्तिस्कहरू कहाँ बिदेशी झिलिमिली त कसैको अन्धकार रात कहाँ काकटेल पार्टी त कहाँ के खाने “भोलि” को समस्या यो हुने र नहुनेको दोसाँघ यो धनि र गरीबीको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लुंङ्मारी मिथक

~मनु लोहोरुङ~ काल्पनिक वायुयानबाट भू-मध्यसागरको तटमा अवतरण हुँदाको पल, पूर्वतिर फर्किंदा बादलमा खाडलमाथिको जमिन र्सलक्क आफ्नै…. भूमिको मानचित्र देख्छु । ढुंगे मनको पहाडहरु अब बिस्तारै खस्छन् विचारका ब्लास्टिंग पड्किनु र पड्काउनुको ऊँभो गतिले चोइटिएर..

Posted in कविता | Tagged | Leave a comment

कविता : रानीचरी

~राहुल पुन~ हिमालका चुलिहरूमा पहाडका टाकुरीहरूमा तराईका फाँटहरूमा गाउँका पाखाहरूमा शहरका गल्लीहरूमा खरका झुपडीहरूमा सुतेका वस्तीहरूमा झुकेका पखेरीहरूमा बिहानीको किरणसँगै उज्यालोको संकेत गर्दै चेतनाको संगीत भर्दै बोलिरहेछ रानी चरी गाइरहेछ दिलखोली

Posted in कविता | Tagged | Leave a comment

कविता : यहाँ कहाँ आइपुगें म

~जे बी शेर्पा~ कहाँ म त्यों स-ह्रृदयी मुस्कानहरू र हाँसो हरु बिर्सेर ! कहाँ यहाँ पराय अनुहारहरू को भिडमा एक्लै ! जहाँ मुस्कान हरु बनावटी अनुहारमा सिमित हुन्छ ! कहाँ म भिर पाखाको माटो खेल्दै खाँदै को सम्झना बोकेर ! … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा भुइँचालो थाम्नु छ मुटुभित्र

~चन्द्र गुरुङ~ हिँडिरहेको एउटा मस्त घाम मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निँधारबाट … घामसँगै लडिझर्छन् उज्यालाहरु दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरु । हेर्दाहेर्दै अन्धकारको साम्राज्य फैलिन्छ अस्त–व्यस्त दृश्यहरुको भीड लाग्छ

Posted in कविता | Tagged | Leave a comment

छोक : टुकी

~आभास~ म मेरो देहको रस सुकाएर बल्ने गर्छु मेरो जलनसँगै तिम्रो खुशी आँखाका नानी चम्काउने गरी तिमी सामु आउँछ र मोहित पार्छ तिमीलाई म मेरो देहको रस रित्याएर बल्ने गर्छु मेरो पीडासँगै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी मायालु

~निश्चल के.सी~ मेरी मायालु तिमी । कति राम्री रहिछौं । तिमीलाई देख्दा दंग परे म पनि । तिमी आउ या नआउ । ओछयाउँछु मेरो आँखा । तिमी आउने बाटोभरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यक्ष प्रश्न

~भरत बागलुङे~ हाम्रो घरमा रोग छ भोक र शोक छ तिम्रो घरमा पनि यस्तै भए तिमी के गथ्र्यौ ? हाम्री आमाको बुढो धोती फाटेर लाज असरल्ल पोखिएको छ बा को इज्जत लगौंटीले रोक्न सक्दैन हाम्रो कुरै नगर

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्यको फुटबल

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भाषा छ विशाल चौर समा गर्दै ठुलो तर्खर भै केही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर । खेल्दै छौं फुटबल बालक सबै साहित्यको बेसरी हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ।। खेल्नै हो अब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अदृश्य बगिरहनुको अभिलाषामा

~गीता त्रिपाठी~ ओइलिँदै झरिरहेछ घाम ओसिँदै बहकिरहेछ बतास ओर्लिँदै खसिरहेछ दिन र खसिरहेछ यहीँ कतै मैबाट मेरो जिन्दगी तिमी पलाउँदैछौ थपिँदो छ जीवन तिमीमा उठाएर मेरा हरक्षणहरु मागिरहेछौ मसँग मेरो अस्तित्वको अन्तिम अर्थ

Posted in कविता | Tagged | Leave a comment

कविता : डाइनोसोर

~सुधीर ख्वबि~ आजभोली शिर ठड्याउँदै मस्तिष्कभित्र सल्बलाउँदैछ डाइनोसोरको वंशाणु मानिस भित्रभित्रै । बिस्तारै बिस्तारै मानिस दिनहुँ आफ्नो रंग बदल्दै छेपारो बन्दै , छेपारोबाट क्रमश: डाइनोसोरमा प्रतिविम्बित हुँदैछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आयो !!

~श्रीबाबु कार्की ‘उदास’~ उद्ग्घाटन भन्दा पनि भ्रस्टचारमा नाम आयो त्येसैले त अख्तियार को बडालामो खाम आयो !! सबै कुरा ठिकै थियो केबल भुँडी बढेको हो सुत्केरिको भत्ता खादा अती धेरै दाम आयो !!

Posted in कविता | Tagged | Leave a comment

छोक : उल्झन

~मुक्ता सापकोटा~ दोभान भनी सोचेको थिए दोधार पो रहेछ एउटा बाटो हिड्छु भन्दा अन्तै कतै पुगिएछ एउटै लक्ष रोज्छु सोच्दा लक्ष बिहिन भैएछ

Posted in कविता | Tagged | Leave a comment

कविता : सबै नेपाली जनको जय जय होस्

~लोकराज अधिकारी~ विगतका तीतापीरा कुरा बिर्सिएर द्धन्दका घाउहरु पुरा बिर्सिएर हिमाल,पहाड,मधेस,तराई मिलेको बिशाल बन्छ पक्कै हामी मिले समृद्ध नेपाल सबै नेपाली जनको जय जय होस् सबै नेपाली मनको जय जय होस् | नेपाल हाम्री आमा हुन रुन दिनु हुन्न भाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे मरुभूमि होइन

~पारिजात~ सास छउञ्जेल आश हुन्छ भन्छ खुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छ जतिसुकै डढेलो लगाउन् अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ। छोप्छन् आलो चिहानलाई आलो सम्झनालाई विस्मृतिका झारपातहरुले भन्छ त्यही विस्मृतिका हाँगा–हाँगामा फुल्छन् सक्रियताका फूलहरुे मान्छे मरुभूमि होइन ए 164 … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के सबै भात्किएकै हो त ?

~डा तारानाथ शर्मा~ के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन् समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१) नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु इतिहास उज्यालो छ वीरताको म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लेखक

~गोविन्दप्रसाद आचार्य~ फ्याँकिएका रचना पढिरहेछु रछानबाट वटुली रहेछु मेरो भन्दै माया गरिरहेछु रछानमा रोइरहेको रचना मैले पालिरहेछु म त्यो रचनाको वावु खोजिरहेछु म त्यो वावु आमाको रचना होइन् त्यसको वीना नाम नजुराएको होइन त्यसले आमाको दुध नखाएको होइन त्यसले वावुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मेरो बाँसुरी फुकेर

~आभास~ म मेरो बाँसुरी फुकेर देह शान्त पारिरहिछु मेरो बाँसुरीको स्वरसँगै सुरेली खेलेर मलाई मन पर्ने मेरो गीत मेरो ओठसम्म चुम्न आइरहेछ म मेरो बाँसुरी फुकेर दुःख र पीर पोखिरहिछु मेरो बाँसुरीको गुञ्जनसँगै चिप्लेटी खेलेर मेरो खुसी मेरो ओठसम्म चुम्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment