Tag Archives: kabita

कविता : ठेला हत्केलाको

~रन्जु ‘मार्ग’~ हेर न ठेला हत्केलाको हेर न पसिना निधारको तै पनि भन्छन पुग्दैन खान पल्लाघरे जेठा बा’को ! जाँदछन उनी खेतमा हलो र जुवा बोकी बढदछ दम श्वास पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : सियो

~बिमल गुरुङ~ मलाई थाहा भयो मान्छेहरु अझ निन्द्राको जङ्गलबाट उम्केर खुल्ला चौरमा पुगिसकेका छैनन् त्यो खुल्ला चौर जहाँबाट आफूलाई हेरिन्छ जहाँबाट अरुलाई हेरिन्छ जहाँबाट सारा संसार देखिन्छ । तर, जति जागेका छौं हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : वान्छित सल्यक्रिया

~कुन्दन काफ्ले~ प्रणली कमसल हुन्न कुनै पनि केही गरी, अंगको खराबी हो, पीर्छ जसले घरी–घरी, आँटेरै फाल्नु बेस उखलेर त्यसको जरी, नत्र लाग्ला क्यान्सर है, रह्यो भने कसैगरी । पाँचै औंला एकैनास छैन हातमा तर,

Posted in कविता | Tagged | Leave a comment

कविता : शहीदहरु

~सञ्जय संयोग~ १. जन्मभूमि हो यो मेरो वीर पाखुराले रचेको जन्मभूमि हो यो मेरो शहीदको रगतले सिंचेको २. शहीदहरुको यो बलिदान खेर नजाओस् बगेर रोकौं नेपाली यसलाई हामी सिमानामा बााध बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : एक बिहान

~लक्ष्मी प्रसाद देवकोटा~ क. उषा चढिन् रे सल्लो ! स्वर्ग भयो आकाश उपल्लो ! त्यसको मछाया, ताल धरामा, तल्लो ! सुन्दरताले झस्केको, वायुमण्डल हाल्यो ! प्रतिस्पर्शले क्या बादल बल्लीे , फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो ! ख. पन्छी–गाना उडाइन् तिनले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म मदन र मेरी मुना

~टंक सम्वाहाम्फे~ उता नेपालबाट म मदन र मेरी मुना सपनाहरू खोज्दै अर्को भोट हङकङ टेकेको पनि बर्षौ वितिसकेछ तर म मदन र मेरी मुनाका सपनाहरू सपना बनेर अझै आएका छैनन् घाम भएर अझै उदाएका छैनन्, हङकङमा हामीले परीपरीका सपनाहरू देख्यौ

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : ननिभ्ने दिप

~दिलिप योन्जन~ ननिभ्ने दिप हो, हाम्रो माया प्रिती हासी२ जिबन बिताउ, मरे हुन्छै मिटी। दुख सुख जिन्दगीको, जिउने मिठो आधार जन्म२ रहन्छ माया, इतिहास भै अमर

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : चियांगमाईमा श्रोंगकानको वर्षा

~प्रणिका कोयु~ आजको यो वर्षामा पानी वर्षेन थोपा-थोपामा न त बन्यो भेल बिजुली चम्के जस्तो आकाश गर्जे जस्तो अनि यस्तोमा, सडकमा म उभिएर ठिङग रमिता बनें

Posted in कविता | Tagged | Leave a comment

छोक : बुध्द

~घिमिरे युवराज ‘कर्जुना’~ मान्छे गाई बेचेर दुध किन्छ जग्गा बेचेर अन्न किन्छ घर बेचेर डेरामा बस्छ वा जाडोमा आफ्नै लुगा बालेर अागो ताप्छ र भन्छ दु:ख पाएँ !

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ए नेताज्यू, एकछिन लजाउनुस् यार !

~योगेन पौडेल~ उता दक्षिणी छिमेकी मङ्गलमा पानी खोज्दैछ उत्तरी छिमेकी चन्द्रमामा खानी खोज्दैछ यता हजुरलाई टायर बाल्न पुगेकै छैन रेलिङ्ग भाँच्न पुगेकै छैन हाम्रालागि हामीलाई हामीबाटै मुक्ति दिन पुगेकै छैन ए नेताज्यू, लाठी बिसाउनुस् यार, एकछिन सुस्ताउनुस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीति कविता : भाइचाराको नाता

~निर्मला अवस्थी~ जति बर्ष बाँचे पनि सक्रिय भै बाँचौं हामी त्यसैले त यो जीवन सधै ब्यस्त राखौं हामी।। सके सम्म आफ्नो काम आफै गर्ने गरौं बानी निष्क्रिय यो शरीरमा जोस जाँगर भरौं हामी।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : रंगीन फुलहरु भित्रका रंगिन सपनाहरु

~प्रकाश सुनुवार ‘निराकार’~ भीरमा एउटा फुल फुलेको छ रंगीन छ भीर पनि रंगिन भएको छ सर्वत्र रंगीन तुल्याएको छ रंगिन फुललाई कोहि सजाउनका लागि जुटेका छन् कोहि टिप्नको लागि जुटेका छन् कोहि उखेलेर प्mयाँक्न भएभरका बल प्रयोग गरिरहेका छन् कोही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लै

~भिम बहादुर थापा~ मानव महासागरभित्र मान्छेहरुकै भीडमा एक्लै मात्रै एक्लै बाँचिरहे झैं लाग्छ निरश झैं लाग्छ सुनसान झैं लाग्छ। खै, एकत्रित गर्छु सम्हाल्छु, समेट्छु मिलाउँछु मिल्ने सम्म र, सिलाउँछु पनि।

Posted in कविता | Tagged | Leave a comment

कविता : जलाएर कविता

~अनुप जोशी~ वस्त्रविहिन सडके बालकहरुका यौनाङ्ग जस्तै ताराहरु फर्फराईरहेकै हुन्छन् आकाशमा बादल र चन्द्रमा ??? यिनीहरुको चैँ हुने/नहुने कुनै भर छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति

~बाबु त्रिपाठी~ कसैको मन नदुखाइकन कसैको झुपडी नजलाइकन कसैलाई टुहुरा नबनाइकन क्रान्ति गर्नु पो क्रान्ति। क्रान्ति त- बामे सरिरहेका नानीहरू गर्दैछ्न् कलिला पाउले जमिन टेक्न खोजेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना

~उदय निरौला~ अलि ! अघि एउटा मीठो सपना उठेको थियो सपना थियो आखिर बाटो नभेटेरै थान्को लागेछ । कल्पनाको लहरो चढ्दै थियो उकालो कल्पना थियो आखिर थाँक्रो नपाएरै तलतिरै झरेछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : खोजी

~भक्तराज न्यौपाने~ सुरु भएको छ, अनेकतामा एकताको खोजी एकतामा अनेकताको अन्वेषण, हामीहरू कैदमुक्त भएका छौं हामीहरू उन्मुक्तिको गीत गाउँदै गुलजार समयको विशाल पटाङ्गिनीमा भेला भएका छौं । हाम्रा मनहरू स्वतन्त्रताले पुलकित छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनाकुञ्ज

~मुक्तिनाथ शर्मा~ हाम्रा नेपाली साहित्य प्रगतिमा निरन्तर लागेकाले छिटै यस्ले छोला जस्तै छ शिखर धेरै आए महाकाव्य खण्डकाव्य मनोहर गीतिकाव्य स्मृतिकाव्य उपन्यास बराबर ।। विद्वानहरूको यस्मा देखिन्छ जोश जागृति त्यस्तै जाँगरी स्रष्टा हुन् वासुदेव त्रिपाठीजी अहिले उनको यौटा आएको छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आइसब्रेक

~महेश रेग्मी~ मलाई मारेर जानेहरू मलाई न्यूरोड बनाएर हिँडिरहे मलाई सत्ता बनाएर हिँडिरहे तर म मरेको छैन म कहाँ मरेँ – म अझै समय चपाउन सक्छु म अझै मृत्यु चपाउन सक्छु को खोस्छ मेरो रसायन –

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : नीरीह राजनीतिक जमात

~दीपक कुमार ज्ञवाली~ मान न सम्मान कस्तो यो जवर्जस्तीको मेहमान । शीर नीहुरिन्छ स्वदेशमा विदेशीको झण्डा झुल्दा । सम्मान गुम्यो नेपालीको स्वदेशमा बिदेशी बस्दा । कुटनीतिक अफिस होईन, होईन त्यो दुतावास । १ देशमा छरपष्ट रहेकाछन् बिस्तावादीका जमात । कस्को … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : रङ्ग्शाला:भकुन्डो र खेलाडीहरु

~रुमानी राई~ देशको, गणतान्त्रीक रङ्गशालाभरि खेलाडीहरु खेल मैदानमा जमेका छन् एतिहासिक विजयको सपना बोकेर! तन्,मन र बुद्दिले आज निकै आक्रामक देखिन्छन् पक्ष विपक्षमा गोलपोष्ट ताकेर

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरू

~सोम खनाल~ शब्द नै रसीला कस्ता, प्यास नै पो मेटाउने शब्दैका पन्तुरा भित्र, आत्मा नै हो भेटाउने शब्दका छहारी शीतल, शब्दैका झरना झरी एक्लो हृदयका साथी शब्द नै छन् वरीपरी । शब्दमै पहिरो चल्छ, शब्दैमा उठ्छ टाकुरा शब्दले डढेलो लाग्छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म दीपक

~दीपक जडित~ म दीपक तिमीले जलायौ र जल्दैछु शनै: शनै: रित्याउँदै आफुलाई दियालोको तेल जस्तै छोडेर केहि उज्यालो तिमीलाई हेर मेरा ईच्छाहरुको पच्छ्यौरी लहराएको छु धुँवासँगै तरँग फैलाउँदै किरणहरुको मेटीरहेछु आफुलाई पल पल

Posted in कविता | Tagged | Leave a comment

कविता : क. कुसुमको सम्झनामा

~रेम राना~ अजंगको शरीर ढल्यो ०६८ भदौरे यामको भेल झै सीमाको जंगे पिल्लर जस्तै अजंगको शरीर ढल्यो प्रकृतिको नियम पनि कस्तो सोंच्नै नसकिने आकस्मिक घटना जस्तो चाँदवारीमा बाल्यौ तिमी ज्योति

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षर आरम्भ भएन

~शिवराज पन्थी~ सूर्य झल्किएला भनेको बस्तीमा सधै रात भइरहने भो चाँदनी रातको चन्द्रमा समेत डुबेर चकमन्नै अँध्यारो भइरहने भयो ए ! नयाँ नेपालका पहरेदारहरू सदन र सडक अलपत्र कहिलेसम्म ?

Posted in कविता | Tagged | Leave a comment

कविता : न्युयोर्कका गल्लीहरूमा

~पवन भन्डारी “किरण”~ बसस्टप नजिकै एकोर्डियन बजाउने दुःखी बृद्धको कथा “सब वे” मा बूढो भ्वायलिन बजाएर टाइटनिकको धुन बजाउने बूढी आमैको कथा म्यानह्याटनका फराकिला गल्लीहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी जात देख्छौ ?

~लक्की चाैधरी~ मैले बोल्दा, लेख्दा जात देख्छौ उठ्दा, बस्दा कराउँदा नि जात देख्छौ । तिम्रो मथिङ्गल बिग्रेको हो कि मेरो, सुत्दा, खेल्दा र खाँदा’नि जात देख्छौ ?? हाम्रो बालापनको स्मरण गरौं, धुलाम्य माटोमा खेल्दाको स्मरण गरौं । खोला, तलाउमा सँगै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : झुठो आत्मरति

~डा. लेख निरौला~ छन्द : स्रग्धरा उस्तै नै देश देख्दा तन-वदन सबै क्रोधले चूर्ण हुन्छ नौला नौला हजारौँ यतिउति गरिए भन्नु धिक्कार हुन्छ देखेथे स्वप्न राम्रो जति पनि जगमा वीर पुर्खाहरूले… गर्लान् झैँ छैन केही मुलुक हित हुने पूर्ण बाँकी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सराप

~केदार शर्मा~ यसवर्ष रौरव नर्क बनोस् मेरो देश चारैतिर कोलाहल मच्चियोस् सजायको पापी, अपराधीहरूको छट्पटी देखेर अपराध आफैँ कहालियोस्। यसवर्ष मान्छे मार्नेहरूलाई पछुतो होस्, ग्लानी होस्, अपराधबोध होस् र भइरहोस् उनीहरूको प्रत्येक निद्रा ऐँठनबाट खुलोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : विदेश

~गोपालप्रसाद पौडेल~ बल्ल पढ्न गाथें राम्रै भाको थ्यो बानी राम्रो भन्थे इज्जत आको थ्यो घरको काम गर्दा मज्जा आको थ्यो बाबुआमा हामि सङ्गै सुख भाको थ्यो ।। विदेशमा जाने सपना देख्न थालेथें ठुलो रकम रिण गरि तेतै हालेथें

Posted in कविता | Tagged | Leave a comment

कविता : तागत

~सुको साइबर~ मैले कोरेको अक्षरको आँखामा तिमी निर्वस्त्र निदाउन सक्छ्‌यौ मैले उघारेको आँखाको आकाशमा बिनापखेटा रहर पुगुन्जेल उड्न सक्छ्‌यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : विनोदी र व्यास

~निर्मोही व्यास~ सौहार्दको सियो-धागो स्नेहको कुसुमावली- सँगाली यत्नले काव्य-माला वा विरुदावली उनियो उनकै निम्ति व्यासका प्रिय मित्र जो बस्छन् नारायणी-तीर ‘विनोदी’ काव्यका मियो ! तपसी, नित्य एकान्त-साधनामा रमाउने दम्भ-दुर्भावका द्रोही, मैत्रीका गीत गाउने

Posted in कविता | Tagged | Leave a comment