Tag Archives: kabita

कविता : चराको भजन

~लक्ष्मी प्रसाद देवकोटा~ क. पङ्खमा फ्यार फ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा बिउँझी चलेका पन्छी हामी हरहर बतासमा ! चुँचुँको स्पन्दन, चींचींको क्रन्दन हर्ष र अतासमा यो वायुमण्डल गिरीको अर्को चढ्दछौं विश्वासमा उज्यालो लेकको सुनौला मन्दिर भज्दछौ उच्छ्वासमा, उक्लन्छौं कहिले, लच्कन्छौं … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अभिव्यक्ति

~भिम बहादुर थापा~ आमाको मुख हेर्ने दिन यो आईदिंदा बसन्ती बासना बिगतले छाईदिंदा, यो दूर थलोमा त्यो भुल्न सकिन विशाल बाटोमा म डुल्न सकिन। **

Posted in कविता | Tagged | Leave a comment

कविता : डा. ब्राईनलाई

~मदन राई ‘लामाखुले’~ तिमी आकाशमा उड्दा उड्दै तिम्रा आँखाहरू पक्कै पनि ठोक्किए, ती हिमालका धारीला धारीला चट्टानहरूमा छरपष्टै भए जता ततै पोखिए तिम्रा नजर , अनगिन्ती सुरम्य सुन्दर हिमालका ताँतीहरूमा, सायद बिर्स्यौ होला

Posted in कविता | Tagged | Leave a comment

कविता : अँधेरी रातमा

~यशोदा अधिकारी~ जङ्गलको अन्धकार गोलाईमा रातले जव अँधेरो बाल्छ, उत्तेजित यी हातहरू ल्ाालटिन बोकेर जङ्गल ढकनी उघार्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चिता

~नारायण पोखरेल~ जलिरहेको छ चिता , दाउरा र घ्यु को आगोको राखहरु उडिरहेको छ हावामा ! केहि आधा जलेकाटुक्राहरु ! वरिपरी मेरो नजिक म बाहेक अरु कोही नै थिएनन् ! सायद त्यो ठाँउ मसानघाट पनि थिएन होला!

Posted in कविता | Tagged | Leave a comment

कविता : खुट्टाको व्यापार

~कल्पना चिलुवाल~ अचेल मान्छे खुट्टामा जुत्ता होइन खुट्टामा खुट्टै उनेर हिंड्न थालेको छ आफ्नो होइन अरुको खुट्टामा दौडेर खेलहरू जित्न थालेको छ त्यसैले बजारमा अचेल जुत्ताको होइन खुट्टाको किनबेच बढेको छ । खुट्टाका हाट बजारहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : निकम्मा साबितत भएका भिरुहरु

~अशोक ‘खलानको मान्छे’~ आफ्नो संम्बिदान सभामा पराजित भय शान्तिको लागि क्रान्ति उध्द्घोश गर्ने हरु आफ्नै बन्दुकको मोहरिमा डराउने भय अब पूर्ण मुर्दा शान्तिको लागी मसानमा अघोर तन्त्र गर्दै छन

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~निर्मला अवस्थी~ तिम्रो काखको न्यानो माया जोगाइराकेकी छु तिम्रै ममता ह्रदयमा सांची राखेकी छु कति अर्ति दिन्थ्यौ जीवन सहज बनाउनलाई सुख शान्तिसंग आफ्नो जीवन विताउनलाई। विर्सिन्न नि कहिले पनि त्यो मायाको फेरो आमा तिमी संसारकै प्रिय वस्तु मेरो

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो माया र मेरो बेहोशि

~सुरेस खनाल~ तिम्रो माया र मेरो बेहोशि, संग संगै बढेछन् र संग संगै ओइलाएछन्! मेरो बेहोशिमा, शायद् म थिइन शायद तिम्रो माया थिएन; बस, तिमी थियौ सदैव! कहिले धमिलो! कहिले कन्चन!

Posted in कविता | Tagged | Leave a comment

कविता : कोशिस हाम्रो छानो

~कुन्दन काफ्ले~ चिन्ता रोगी हामी सबै कोशिस हाम्रो छानो । सफल हुन्छौं गरे प्रयास छैनौं हामी सानो । जीवन भोगाई छुट्टै हाम्रो कहानी छ लामो । मिलिजुली समस्याको गर्छौं छिनो–फानो । कोशीस हाम्रो छहारी हो, हामी यसका खम्बा । अभियान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यौटा तारा खस्यो

~क्षेत्र प्रताप अधिकारी~ धेरै ताराहरू थिए यौटा तारा खस्यो त्यही यौटा तारासित मेरो सारा खस्यो । आकाशभरि तारैतारा मेरै तारा किन खस्यो त्यै खसेको तारासित मेरो मुटु किन खस्यो

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : थुईक्क म

~उमेश कुमार घिमिरे~ निराशाको पहाड, थामिनसक्नु गरि अग्लिँदा पनि, पर्खिहेरेँ आशाको त्यान्द्रो कतै देखिएला कि भनि, चट्टानमा पैताला खियाउँदै तेरो अजंगको भारी बोकेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~प्रकाश सुनुवार ‘निराकार’~ वाहिर प्रचण्ड गर्मी छ मन आँसुले भिजेको छ परिवर्तन कागजमा लेखेर मात्र काम चलेको छैन व्यवहारमा अझै पक्षपात छ मान्छे जिउंदै मरेतुल्य भएको छ । राजाहरु हिंजो भन्दा अझ राजा भएका छन् शोषण धारावाहिक रुपमा प्रवाह भइरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म प्रण गर्छु

~भेषराज रिजाल~ अधमरा इच्छाहरू व्युँझाएर जिउँदै मरेको आफूलाई सम्हालेर जसोतसो बाँचू कि भन्दै आफ्नै प्रतिच्छाँया अन्यत्र खोज्दै दौडिरहेथेँ रनवन पराई पच्छ्याउँदै पालिरहेथेँ विरह विश्वास बेच्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : आप्पाको सालिक

~चन्द्र रानाहँछा~ लसुन हैन नि आप्पा लू शुन पो त ! जो लेख्थे विवेकले तातो विद्रोह उभिन्थे मसाल बालेर अक्षरहरूको विभेदका निशस्त्र मोर्चाहरूमा र फर्फरन्थ्यो झन्डा स्वतन्त्रताको। जारी छ- त्यसरी नै तपाईंको स्वप्न-युद्ध

Posted in कविता | Tagged | Leave a comment

कविता : सिंगो देश उठ्ने छ

~राहुल पुन~ म एउटा मुटुको रोगी हुँ विडम्वना । मेरो टाउकोको शल्यक्रिया गर्न खोजिदैछ जसका टाउकोमा केही कुनै रोगको लक्षण छैन उसैलाई जबर्जस्ती

Posted in कविता | Tagged | Leave a comment

कविता : शक्ति मन्थन

~दिवाकर सिग्देल~ आहा त्यो दीप ! धेरै टाढा छ | म बिचरा कठै बरा, बिछौनामा कल्पीरहेछु | साङ्ग्लाहरु मेरा नशा-नशामा, यत्र तत्र ब्याप्त छन् | कोष-कोष को पुकार छ , टाढा रहेको त्यो, अमृत प्याला,

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँको सम्झना

~विप्लप प्रतीक~ मन लाग्छ, फेरि एकपल्ट त्यही गाउँमा जाउँ र, फेरि एकपल्ट त्यही धुन दोहोर्‍याएर सुनुँ नदी, पवन र रूखले गाएको मधुर युगल गीत त्यो इन्द्रेणीले रुझेको मादक गाउँमा। धेरै दिन भएछ नगएको र निकै टाढा आएछु म आफ्नै छायाँलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सपथ सहि सत्य होस्

~आचार्य प्रभा~ आज तिमी आत्मा साक्षी राख्दै सपथ खाइरहेछौ , मेरो,उस्को अनी सबैको मनले ईश्वरसँग प्रार्थना गरिरहेछ । हे!ईश्वर … यो सपथ सत्य,सांचो र साक्षात होस् समानता,समानुपातिकता र एकताको प्रतिक होस् , सद्भभावना र सदबिवेक को जित होस् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पत्रकार सविन शाक्यको आत्महत्यापछि…

~घिमिरे युवराज ‘कर्जुना’~ मेरो आत्महत्यापछि यस्तरी रोए केही दर्जन मानिस मानौं- उनीहरुले संसारकै आफ्नो प्रिय जिनिस गुमाए । देखेर मेरो मृत शरीर थप केही दर्जन मानिसहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो बसबिट्टी

~मणिराज सिंह~ कतैबाट नछेकिएको कसैले नबिटुल्याएको त्यो खुला आकाश अनि त्यो शान्त गल्ली र सडकमा परबाट आइरहेको धान कुट्ने मीलको मधुर आवाज साँझ, विहान गोरु जोतेर खेतमा गाईबाख्राको बथानसँग लुटपुटिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन यात्रा

~राम श्रेष्ठ~ पाटीको छ बास, माथि निलो आकाश, माग्छ भोको पेटले, सानो एउटा गाँस, एक्लिएको जीवनमा, खोजेथेँ एउटा साथी,

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना

~छविलाल कोपिला~ सुन कसैको कल्पनामा फल्दैन, कसैको सपनामा पनि फल्दैन, न त फल्छ, कसैको भावनामा ऊ त फल्छ, पसिनाको उर्लिदो भेलको मझ्धारमा । + + + + भोको पेट पसिना चुहाएर जमीन उर्वर बन्न सक्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा विनाशकारी युद्धमा

~प्रमोद स्नेही~ तँलाई लाग्ला– म यति कमजोर छु तेरो अराजक प्रवृत्तिबाट म डराउँछु तर्सिएर म भाग्नेछु…। तँलाई त्यो भ्रम नपरोस, तेरो आतङकबाट म अलिकति पनि डराएको छैन थोरै पनि बिचलित भएको छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : अठोट

~निर्मोही व्यास~ सिँचेर स्नेह–धारले सिँगार्छु आज यो धरा तुल्याइदिन्छु प्यारले बसुन्धरा हराभरा अजस्र सृष्टि–स्रोत भै गरीरहन्छु सिर्जना उदासमा, निराशमा नवीन भर्छु जीवन भएर प्राणवायु दिग्दिगन्तमा म डुल्दछु बनेर फूल प्रीतिका जताततै म फुल्दछु

Posted in कविता | Tagged | Leave a comment

कविता : मिथ्याभिमान

~राज आशातीत~ किन मेरो मरण समय हर्सोल्लासमय हुंदैन?? मेरो उपस्थितिमा रमाउनेहरु नै मिथ्या जिन्दगीको माइन्युटमा हस्ताक्षर गर्न व्यग्र प्रतीक्षीत देख्छु म …

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : सम्झनामा

~कृष्ण वस्ती~ सम्झनामा अल्झिएको मनको चाल कस्तो ? कुइनेटोमा ठोक्किएर घुम्ने छाल जस्तो ।। नलाएको साइनो पनि लगाऊँ-लगाऊँजस्तो । वैगुनीलाई गुनले मारी सताऊँ-सताऊँजस्तो ।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : फूल-२

~भिम बहादुर थापा~ बसन्त बहारमा कलाभरी फूल आकर्षक फूल मोहनी फूल रातो फूल, सेतो फूल पहेंलो फूल, बैजनी फूल निलो फूल, कलेजी फूल सप्तरङ्गी फूल, नौरङ्गी फूल रङ्गीबिरङ्गी फूल बहुरङ्गी फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी छेउ आउँदा

~बिस्नु प्रवा सापकोटा~ घाम पानीको मारुनी तालमा देउरालीको काँध माथि बुइ चढेर रुझ्दै भिज्दै नाँचीरहेको बैसालु इन्द्रेणी जस्तो भर्खर झरीले पात पत्र माथिको खैरो धुलो धोइदिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र मानिसहरु

~केशब गौतम~ कुनैबेला समय यस्तो थियो मानीसहरु युद्धका गीत गाउथे क्रान्तिका लामा लामा भाषणहरु र मुक्तीका कथाहरु लेख्थे एउटा अभिष्ट थियो मानिसको ‘मुक्त हुने ‘ र आकाङक्षा थियो संसार जित्ने सखारै एकहुल मानिसहरु बस्ती बिउँझाउँदै हिड्थे दुष्मनहरु ढाल्ने सपनामा रम्थे

Posted in कविता | Tagged | Leave a comment

कविता : नबिर्से नेपाल र नेपालीलाई

~दीपक कुमार ज्ञवाली~ जॉदैछौ बिदेश जनताको आस्था लिएर जाऊ । जॉदैछौ विदेश जनताको भावना लिएर जाऊ । ठुला ह«न् देश र जनता शीरमा राखेर जाऊ । घातक भएका भ्रमण दृष्टान्त अनेकछन् । सत्ताको मोहमा घातक संमmौता नगरी आऊ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आरोही

~लक्ष्मी प्रसाद देवकोटा~ क. चढ्, चढ् सेर्पा ! पर्वत बने चढ्नका नै चुनौति ! बढ् बढ् पठ्टा ! युवकहरुको हाँक माग्दो छ धर्ती ! पूरा मान्छे कसरि हुनु हो ? टाकाुरा यो नहाँके ! मानीसैमा प्रगति दिनको उच्चता बोलि डाके … Continue reading

Posted in कविता | Tagged | Leave a comment