Tag Archives: kabita

कविता : निद्रा नलागेको रात

~गणेश खड्का~ सुतेपछि राति निदाउन भनेर निद्रा नै लागेन भने पो फसाद पर्दो हो कसै-कसैलाई त्यो रातको मुख्य काम पनि त भएन निद्रै नलागेपछि निद्रा नलागेको रात – रङ्ग-रङ्ग प्रवृत्तिका मान्छेहरु के गर्दा हुन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा अबोध बालककको अवसान

~निर्मला अवस्थी~ एउटा खबर भर्खर अखबारमा पढे मैले आज एउटा ६ बर्षीय अबोध बालकको मृत्यु भएछ युध्दमा होइन गाडी दुर्घटना पनि होइन अपहरण वा पानीमा डुबेर पनि होइन आफ्नै गुरुको पिटाई खाँदा खादै

Posted in कविता | Tagged | Leave a comment

कविता : धोखा

~धुस्वां सायमि~ तिमी दिन्छौ धोखा सदा मलाई धोखा खानु मेरो आदत हो तर मलाई चोट लाग्दछ त्यससमय जब तिमी दिन्छौ धोखा गलत ढङ्गबाट सही बाटो तिमी जान्दैनौ कहिल्यै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड गोपाल किरातीलाई मन नपरेको हङकङ

~टंक सम्वाहाम्फे~ कमरेड साईला दाईलाई हङकङ मन परेनछ त्यसैले त वमन गरे विष सार्वजानिक कार्यक्रममा माननिय मन्त्रि ज्यूवाट त्यसो नहुनु थियो तर भैदियो त्यस्तै त्यस्तै माननिय मन्त्रि ज्यूले

Posted in कविता | Tagged | Leave a comment

कविता : प्यारो परेवा र म

~अरुणबहादुर खत्री “नदी”~ ए शान्तिका प्रतीक परेवा ! कुनै दिन तिमीले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको हाम्रो सुन्दर यो देश नेपालमा शान्ति ल्याउन सक्छौं भन्ने विश्वासमा म नदीभित्र डुबुल्किरहेछु राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई सम्झेर आँखाबाट आँसु झार्दै डाको छाडी म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रदीप विश्वकर्मा

~रामचन्द्र खतिवडा~ गाउँमा कसैका भाँडा बनाउनुप¥यो भने मान्छेहरू प्रदीपकोमा जान्थे । प्रदीपले साह्रै राम्रा भाँडा बनाउछन् भन्थे गाउँलेहरू । एकदिन गाउँका महाजनकोमा वैवाहिक कार्यक्रम थियो । प्रदीपले बनाएकै भाँडाहरूमा जन्तीका लागि भोज पकाइयो । त्यस विवाहमा प्रदीप पनि गएका थिए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : हामिले बिताएको दश बर्ष..

~रुमन न्यौपाने ‘अमन्त’~ हेर्न मन लागेको छ । अदृश्य चित्रहरु नकोरीएका चित्रहरु । झन अज्ञात आकारहरु अनी नफस्टाएको भनिएको कारिगरी । ।।१।। उघे्रको दैलो हेर्न मन छ । बर्षैं नखुलेका ढोकाहरु चुहाउँदैछन् आज नियास्रोले आँशुहरु । ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : जति उज्यालो खोजूँ

~ललिता ‘दोषी’~ जति उज्यालो खोजूँ त्यति निस्तब्ध रात छ जति बिर्सिऊँ भन्छु त्यति विगतको याद छ । जति हाँस्न खोजूँ त्यति दर्द बढ्दैछ बिर्सिऊँ भन्छु आफूलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : पुतलीको पाठ

~केदार शर्मा~ घस्रिनुको गह्रुँगो दुर्गतिबाट आजित भएर त्यागेर घिनलाग्दा काँडाहरूको अत्याउँदो मोह र छाडेर हरिया पातहरूको अदम्य भोक ध्यानमा बस्छ झुसिल्किरो – निश्चल, निर्विकार निकै दिन अनि बल्ल पलाउँछन् रङ्गीविरङ्गी पखेटाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : पिठ्यूँ

~विमल निभा~ यो मेरो पिठ्यूँ हो तर केही क्षणपश्चात् मलाई लाग्छ यो मेरो होइन कुनै अर्कैको पिठ्यूँ हो जो निहुरिएको छ धुलामा एकनासले आगोको प्रचण्ड रापछेउ खडा छ भास्सिएको छ हिलोमा सर्वाङ्ग र खनिरहेछ बाटो

Posted in कविता | Tagged | Leave a comment

कविता : मार्तोल

~बिमल गुरुङ~ मैले आँखबाट बगाएको नदी त्यसै बगेको छैन मेरो कलेजो टुक्रा-टुक्रा छिनिएको मैले बिर्सेको छैन के गरेन त्यसले? त्यसले मेरी भाउजूहरुलाई गल्ली-गल्लीमा नाङ्गो नचाएको थाहा छ त्यसले मेरी बहिनिहरुलाई ढुँगा हान्दै स्टुडियोबाट जिस्क्याएको थाहा छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म अवसरबादी होइन

~आचार्य प्रभा~ म, अवसरबादी र निर्दयी होइन साथी स्वाभिमानको छात्ती फूलाएर आफ्नी आमाको काखमा रमाउन खोज्दा,खोज्दै अभिमानिहरुको लुछाचुंडिमा मेरी आमाको छात्ती रुग्ण बन्यो छोरा,छोरी खेल्ने रमाउने काखमा निर्दयी लातहरुको परेड बज्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : तीजको कोशेली

~विशाल दर्लामी~ प्रिय जीवन साथी धेरै धेरै माया ¤ गाउँघरमा यति बेला तीजको चहलपहल चलिरहेको होला वरपरका दिदीबहिनीहरु कस्तो गहना किन्ने कस्तो साडी किन्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : बहिनीलाई तीजको सम्झना

~अनिलकिशोर घिमिरे~ बहिनी, यसपाली पनि देउरालीको सुन्दर वगैचामा तिमि एक्लै हुनप¥यो अवैध धनका विलासी साडीहरू यत्रतत्र छरिएकै होलान् सुनको पिंजडा भित्र चहकिलो संसारमा घरानाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : सल्लाझैँ सुसाउँदै

~प्रमोद स्नेही~ जीवनको लय सधैँ एउटै गतिमा नबग्दो रहेछ । मृगतृष्णा बोकेर आँखामा वर्षौ भयो । यो वृद्धआश्रमको आँगनमा पहार ताप्दै आफैलाई झूठो आश्वासन दिएर पर्खिरहेछु

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना दिदी र नेपाल बन्द

~कमल कुमार~ थानकोटमाथिको तामाङ बस्तीबाट एकाविहानै सम्झना दिदी मुल सडकतिर फटाफट झरिरहँदा आमाको सुकेको छाती अघाउन्जेल चुस्न नपाएको काखे छोरोको अतृप्त रुवाइ बाक्लो हुस्सुबीच पातलिँदै जान्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको खोजी गर्नेको गुनासो

~प्रणिका कोयु~ “सपना देख्दिन म” भन्छन् अनि सोच्छु “के देख्छौ त?” “निष्पट्ट अन्धकार” एकले भन्यो अन्धकारको रंग हुन्छ त! मैले भनें “कालो त हो नि!” जवाफ आयो अनि कालो रंग हुन्छ त त्यसै? बन्न रंग कालो के के हुनुपर्छ? थाहा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कुवाको स्वर

~मनोज बोगटी~ मलाई तिम्रो कुवा मनपर्यो तिमीले त्यहॉंबाट कराइरहेको पनि मन पर्यो। मैले मन पराएर तिम्रो कुवा संसार हुँदैन के गर्छौ मैले मन पराएर तिम्रो कुवा जीवन हुँदैन। तिम्रो स्वर पनि राम्रो छ संगीत पनि राम्रो छ लय पनि राम्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडा, फूल र मान्छे

~निर्मोही व्यास~ १ काँडाका बोट आफ्नै छन्, छन् आफ्नै बोट फूलका देखिन्छ सह–सम्बन्ध पनि उस्तै जतातता उमे्रकै छन् यहाँ काँडा फूलका बोटमा पनि फुलेकै छन् यहाँ फूल काँडाका बोटमा पनि २ यिनको साथ–सान्निध्य उदाहरणयोग्य छ गुण, आयु भने फेरि सर्वथा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : छतमा उभिएका छन् बा

~जयराज भट्टराई~ म, देउतालाई नचल्ने काम गरेर पस्छु लुसुक्क छत मुनि । रिसाउँदैनन् देउताहरु किनकि, छतमा उभिएका छन् बा देउतातिर फर्किएर उनी असंख्यपटक जोडिरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रगतिपथ

~विप्लप प्रतीक~ म नहुँदै अर्थात् मेरो जन्म नहुँदै यो संसारमा केके भइसकेथ्यो असभ्य मानिसहरू सभ्य भइसकेका थिए ढुङ्गे युगबाट मानिस वैज्ञानिक युगमा प्रवेश गरिसकेथ्यो जहाज बनिसकेथ्यो बिजुली, फोन, बन्दुक, बम बनिसकेथे मानिसले सयौं युद्ध लडिसकेथ्यो

Posted in कविता | Tagged | Leave a comment

छोक : कसोरी….?

~कुन्दन काफ्ले~ पिरतीको गीत म गाउँ कसोरी ? हरपल,हरदम मन रुवाउँ कसोरी ? निष्ठूरीका तीर नजर भूलाउँ कसोरी ? मुमर्mाएका रहरहरु फूलाउँ कसोरी ? दिन पछिको रात कालो कटाउँ कसोरी ?

Posted in कविता | Tagged | Leave a comment

कविता : तीज

~निर्मला अवस्थी~ “तीजैको रहर आयो बरिलै” हो,सधै जस्तै बरिलैको भाका बोकेर चेलीहरुको घरघरमा आएको छ तीज माइतीको आँगनमा छम् छम् नाच्न आँतुर छन् चेलीहरु त्यसैले गाउँ शहर सबैतिर आएको छ तीज सुन पसल, चुरा पसल कपडा पसल जताततै तीजको भीड … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यस्तो बाटो

~गोविन्दप्रसाद आचार्य~ मेरो न्यानो किरण रविको हुन्न, कहिल्यै पुरानो मायाँ मेरो अमर जगमा हुन्न कैलै विरानो सोचेजस्तो भर्खर कहाँ जान्छ यो अन्धकार आऊ नौला गर र भर लौ दिव्य आशा नमार ताते गर्ने ठम्–ठम् हिँड्न ठेस काहीँ नलागोस् गर्ने भर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नियोजनको निरुपण

~केदार वाशिष्ठ~ बनेका छौ यस्तो उन्मत्त मानौँ कि डामेर छाडेका हुन् तिमीलाई कसैका बा आमाका नाममा । हुन्छन् सबै खेलका नियमहरु सिक तिनीहरुलाई आत्मसात गर्न अनि छाड ग्वाँ गर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : रंग ल्यायौ राजनीतिको

~दीपक कुमार ज्ञवाली~ रंग ल्यायौ, रंग ल्यायौ राजनीतिको । रंग घोल्ने, रंग घोल्ने मानिस ल्यायौ उतैको । आश्वासन बाँड्यौ , बाँड्यौ सप्तरंगीको । त्यो त सौगात रहेछ , तिमीलाई बिदेशीको । रंगायौ , रंगायौ शरिर आखिर आ–आफ्नै । आखिर छलछाम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कात्रो

~बाबुराम पन्थी ‘गुल्मेली’~ जिवन खाली ह्याड्गर जस्तै वर्षों देखी कात्रो ओढ्ने पर्खाईमा ! विभिन्न चरित्र बोकेका पात्रहरू आ आफ्नो चरित्रको अभिनय गर्दै शत्रुतापूर्ण बैभव बोकेर घमण्डको श्रिपेच पैरीएर राजनैतिक प्रतिशोध साँधेर

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~निर्मला अवस्थी~ रहर थियो मेरो शिखरलाई चुम्ने तर फेदीमै रोकिएँ म। जानी नजानी गरें कोशिस धेरै जीवनको उत्तरार्धमा ठोकिएँ म। कठोर पो रहेछ जीवनको भोगाई सहज ठानेको थिएँ

Posted in कविता | Tagged | Leave a comment

कविता : मास्टर साहेब

~अकेला यात्री~ जो आजका पाठमा धूमपानका हानीहरू पढाएर फर्केको छ जो आजका पाठमा मद्यपानका बेफाइदाहरू पढाएर फर्केको छ । प्रायशः मास्टर साहेबलाई देख्छु अचेल अबेरसम्म यो भट्टीपसलमा……! जो समयको महत्त्व बुझाएर फर्केको छ । गिलासको चुस्की, चुरोटको धुवाँ र अर्धचेतमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गणित

~पुरुषोत्तम सुवेदी~ एकएक आधुनिकता तरबार, गितार र कम्प्युटर प्रजातन्त्रको पछिल्लो अनुहार निर्वाचन, भर्ती र कमिसनसग पूरै मिलेको देखियो, सहमतिमा बाजी थापिएका भ्रष्टाचार र क्रुर्सिंह सत्ताको विषालु बारीमा हुर्केका

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सपना र म

~मणिराज सिंह~ आलुबारीमा गोडेको तिम्रो सपना र रातको अन्धकारमा भौतारिएको तिम्रो यौवनको लाली बाँसको झ्याङ्बाट बगेको बतासको गाढा सुसाई हत्केलामा नअटेको

Posted in कविता | Tagged | Leave a comment

कविता : म फेरी आउनेछु

~अशोक ‘खलानको मान्छे’~ सपना बोकेर आउनेछु तिम्रो नयनको तारा बनी आउनेछु । म फेरी आउनेछु सितको थोपा बनि आउनेछु सुन्दर् बिहानिमा चिरर्बिर गरी आउनेछु तिमी पर्खी राख है म तिम्रो बाटो बनी आउनेछु ।

Posted in कविता | Tagged | Leave a comment