Tag Archives: kabita

कविता : बाबा

~लेखनाथ छेत्री~ कुनै पनि बेला आकाशमा बादल भेला हुन सक्छन् र एकाएक दर्के झरी पर्नेछ अनिकालको बेला बारीमा गाडिराखेको बिउले फेरेको सास अथवा त्यसको ढुकढुकी माटोमा कान थापेर सुन्न आतुर छन् बाबा। कोइरीमा बालुवा उठाइरहँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : महिमा फूलको

~वामदेव पण्डित~ रोनाष्टोले भनेको हो, केही अगाडि कालमा ।। राँके भूत बताएका, नौलो थियो यथार्थमा ।। भन्यो है उसले हाल, विचित्र फूलको कुरो ।। राम्रो हो तर निक्लेन, लुक्यो गम्भीरको चुरो ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : गाईजात्रा

~मुक्तिनाथ शर्मा~ अहिले गाईजात्राको प्रसङ्ग छ यतातिर लाखे नाच चलिराछन् टोलभित्र र बाहिर बहर मात्तिएका छन् कोरलीहरू मस्त छन् जात्रा जात्रा निहालेर जनताहरू बस्तछन् । र्सकारै गाईजात्रे भो न नाच्छ न बजाउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : भित्ता हुनुको बेदना

~प्रकाश सुनुवार ‘निराकार’~ असिमित रंगिन सपनाहरु वुनिएका शहरको छाडा गुलियो स्वाद पल्काउन केहि नक्कली उज्यालो भविष्यहरु लाम लागेर तांती लागेर रित्तो पेटहरु उबारेर वसेका गाउँमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कोठी भित्रको डाको

~ढक बहादुर बस्नेत ‘आकाश’~ पर्खालभित्र टुहुरि चरि कल्पन्छु हेहरि, पाकेर आयो पीरको पिलो निचरौ के गरि ? ए नानि कान्छा ! कलेजा खान्छ सुन्दैनौ पुकार, जवानी बेचि पाल्नु रे पेट छोडेर घरबार !! मनको ईच्छा पुर्याउनु पर्ने बिलासि साढेको, को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अराजक प्रेम

~नवीन प्यासी~ म जासुस प्रेमको चिहानमाथि सुतेको एउटा प्रेमी उठेर यो चिहानबाट म दुनियाँको एउटा यस्तो प्रतिबन्धित बाटोमा हिँड्न चाहन्छु जहाँ तिमी र मलाई मात्र हिँड्ने छुट होस्, जहाँ तिम्रो सुगन्ध चोर्ने बतासको हातमा हतकडी होस्, जहाँ तिम्रो सुन्दरता चाहिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खोला

~छविलाल कोपिला~ मेरो घरको छेउमै बग्ने खोला छङ–छङ बग्ने खोला अनि, मीठो निद्रसंगै सुसाउने खोला होे, उही खोलामा ढुङ्गासंगै कति आनन्दसित पानी खेल्छन् पानीसंगै मिलेर बालुवाहरु पनि खेल्छन् त्यस्तै कैयौं वनस्पति÷कैयौं जीवहरु पनि, यसरी, ऊ हजारौकों भविष्य लेखिरहन्छ संधै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कुरा फेरि रक्सीकै

~सुरेस खनाल~ जब तिमी, सुस्तरी मेरो यादमा आउँछौ, सुकेका मेरा आँखामा मुल फुट्छन्, र मेरो अगाडि भएको रक्सिको गिलाँसमा, म त्यसलाई भर्न खोज्छु! अचानक झस्किन्छु,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो अपहरण

~क्षेत्र प्रताप अधिकारी~ कसैले मलाई दागा धर्यो र, मेरो अपहरण गर्यो दस लाख फिरौती माग्यो र, मैले दिन सकिनँ अब मेरो हालत के हुन्छ ! अचेल म- यस्तो सोचमा अल्झेको छु ! म किन अपहरण हुने ? आफैँलाई सोधिरहेँछु

Posted in कविता | Tagged | Leave a comment

कविता : पिडित शोसित नेपालीको डायरी

~मदन बज्रचार्य~ कलमले होईन आँसुले लेखियका छन् यो “डायरी” उनीहरुको आफ्नै भाषा र लिपि र संस्कृति थियो गुन्द्रु र कोदो फापर भय पनि खान पायकै थियो घर छाप्रो नभयका “ओडार” पनि घरै जस्तो थियो यक्लै सुत्नुपर्ने पनि समाजमा मिलेरै बसेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गोले झान्क्री

~घिमिरे युवराज ‘कर्जुना’~ ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ हन मन हन मन हन मन आज अचानक आफ्नै मन्त्रले काम गरेन मेरो यो झान्क्री ढ्याङ्ग्रोले किन कुनै प्रेतलाई भागाएन ? ढ्याङ ढ्याङ ढ्याङ… मसानघाटमा बसेर

Posted in कविता | Tagged | Leave a comment

कविता : सकिनँ मन पराउन

~जयराज भट्टराई~ घरले– मन पराउन सकेन मनले– मन नपराउन सकेन तिमीलाई । मन, कुराहरु छन् बोल्दैन ।

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : कहिले इज्जत गाँस्ने ?

~रामेश्वर राउत ‘मातृदास’~ हामी सबै एउटै ड्याङका भ्यान्टा आलु मुला गुन्द्रुक सिन्की भएका छौँ केको साना ठूला देशको सान इज्जत जहिले उठ्छ विशाल छाती मातृभूमि नहँसाइ हुन्नौं कहिल्यै माथि

Posted in गीति कविता | Tagged | Leave a comment

गीति कविता : आकाशले

~कृष्ण वस्ती~ आकाशले धरतीलाई नछोएकै जाती । रोई-रोई पिरतीलाई नधोएकै जाती ।। नराखे’नि हुन्छ मलाई मनमा सजाएर । गाइदिए पुग्छ मलाई गीत बनाएर ।।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : फूल

~भिम बहादुर थापा~ फक्रेको वैंश भरिलो सुवास मदमस्त यौवन जिउभरी बसन्त आहा! अतुलनीय ए फूल, सहज नतमस्तक म त तिम्रो नजिकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : मीठो सहानुभुति

~आचार्य प्रभा~ सहानुभुतिका शब्दहरु देउ तिमी तर —झुठो आश्वसन् दिएर भ्रममा नफसाउ कसैलाई पनि / तिम्रो मीठो सहानुभुति कसैको बाँच्ने आधार बन्न सक्छ भने तिम्रो झुठो आश्वसन कसैको जीवनको समाप्ती पनि हुन सक्छ / मान्छे भन्नु नै , आशा अनी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देशभक्तीको गुञ्जन झूटा साबित भो

~दीपक कुमार ज्ञवाली~ देशभक्तीको गुञ्जन आज झूटा साबित भो । राष्ट्र निर्माताको शालिक फोर्दै अराजक स्थापीत भो । कुन हो हाम्रो राष्ट्रिय पोशाक कुन हो राष्ट्रिय दिन । कुहीरोको कागमझैं भए नेपाली ,भविष्य अन्धकार भो । बखानगर्छाैे त्याग बलिदानको भन्छौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घाउहरू कोट्याउँदा

~भेषराज रिजाल~ पल्टाउँदै जाँदा डायरीका पानाहरू छातीभित्रका घाउका खाटाहरू उप्काउँदै गएजस्तो लाग्छ पल्टाउँदै जाँदा अतीतका पाटाहरू देखेर अन्तरमनका दुख्ने घाउहरू जिन्दगी नै भेट्टाएजस्तो लाग्छ । जिन्दगी एउटा घाउ हो

Posted in कविता | Tagged | Leave a comment

कविता : शरणार्थी रहर

~डा. दुबसु क्षेत्री~ आँखाहरूमा अचेल कुनै समवेदना बिझाउँदैन खुसी या जितहरूका समाचारले पनि मन रिझाउँदैन बत्ती या गुलुबहरूले पुतली टाँसेजस्तो मन अचेल सौन्दर्य समाउँदैन रहर अब जहरजस्तै भइसकेछ सुन्दरताका भाखाहरूमा, मुटु हेर्ने पाखाहरूमा पनि मन रमाउँदैन पत्रहरूमा अक्षर भरी भरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चेतना

~विजय महर्जन ‘श्रीजय’~ ।। अनुभूती १ ।। निष्पट अन्धकार चिर्दै अनन्त उज्यालो छर्दै निरन्तर आफू जल्दै हावाहुरी झेल्दै छोटिदो आयूसँग पालाको दियोको, अनवरत जीवन संघर्ष। ।। अनुभूती २ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : बीरानो

~दिपक अधिकारि~ सोर्गकि अप्सरापो हौ कि तिमी भनि, दुर्बिनलिई हेरुँ-हेरुँ लाग्यो मलाई पनि, बुढेसकालका आँखा मेरा बादल लागे सरी, ढाकिईछौ तुँवालोमा देखुँ कसो गरी? देख्छु म त चारैतिर ईट्टा थुप्रो जस्तो, पहिले-पहिले हेर्दा चाँही थिएन नि यस्तो,

Posted in कविता | Tagged | Leave a comment

कविता : मसित प्रेम नगरे हुन्छ

~उषा शेरचन~ तिम्रो मनको संकुचित आकाशभित्र -मेरो प्रेमको बिशालता अटाउनै सकेन तिम्रो अहंकारको क्षितिजभित्र -मेरो प्रेमको लहरा फैलनै सकेन खिया लागेका तिम्रा सोचाइहरु -प्रदुषित भएर जताततै -ह्वास्स ह्वास्स गनाइरहन्छ सुगा रटाइका तिम्रा पुनरास्वरहरु -काँडे झार भएर जताततै -च्वास्स च्वास्स बिझाइरहन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : कहिले माया

~दिलिप योन्जन~ कहिले माया घाम जस्तो कहिले माया पानी हासी खुसी बिताउ हामी एक बारको जिन्दागानी। दुख साटे सुख मिल्छ जिबन भरी पल-पल मरे पनि अमर हुन्छ हाम्रो माया हरपल

Posted in कविता | Tagged | Leave a comment

कविता : भूतलाई झटारो

~लक्ष्मी प्रसाद देवकोटा~ प्रकृतिले जब व्यङ्ग्य रेखिन् चेहरा तिनका बने नेपालीको भान लेखिन् बान् भो हाम्रो भने । सब गधाले खुशले ऐंके भ्यागुताले गाए कें कें भो भुजङ्गजाति प्रसन्न मातृभूका पुष्प रोए धन्य तिनको जन्म धन्य (हुन त केवल शुक्र-कीरा!)

Posted in कविता | Tagged | Leave a comment

कविता : ताराहरूको सहर

~सुवास खनाल~ बर्खास्त बादशाहको भग्नावशेष दरबार त्यो नजिक आकाश छोेऊँझैँ उभिरहेको क्रान्तिकारी नेताको आवासगृह आवासगृहअघि आँसुको मोलमलाई र पसिनाको किनबेच झेलिरहेका सर्वसाधारण सहरको एक कुनोमा

Posted in कविता | Tagged | Leave a comment

कविता : के पायँ ?आखीर गुमाए

~रुमन न्यौपाने ‘अमन्त’~ तिमीलाई छुन खोजे, तिमीलाई रोक्न खोजे तर म चेतना सुन्य भए पर्दा उचालेर हेरे घाम चियाईरहेछ, मुस्कुराईरहेछ तर राफको म मा असर परेन, म स्तब्ध भए । तिम्रो झुकेको नजर लाई उठाएर मैले के गरे ? म … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नैतिकविहीन सम्बन्ध र आन्दोलन

~तिवारी ‘जेठा’ बिपिन~ हे मेरो, प्राण प्यारी, मैले तिमीलाई, कसम दिएको थिए, आकाशको तारा टिपेर, तिम्रो कालो केशमा, सिउरी दिन्छु, सुनको बिस्कुट खुवाउछु, भनेर !! तर, आज तिमी,

Posted in कविता | Tagged | Leave a comment

छोक : जब रुन्छ ….

~कुन्दन काफ्ले~ प्यार जब रुन्छ , गीत बन्छ । हार जब रुन्छ , जीत बन्छ । खुशी जब रुन्छ , सीत बन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको सम्झनामा

~सुबेश घिमिरे~ जुनको फींजमा शीतका थोपा पग्लिएको देख्दा बिदाईको पल तिम्रा भिजेका परेली याद आउँछन् । पुन् डाँडाबाट झुल्के घाम हेर्दा वतासले तिम्रो कुन्तल उडाएको; राँके भञ्ज्याङको चिसो पवनले तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : शब्दहरूको तोडफोड

~प्रमोद स्नेही~ भएर अन्धभक्त सुनेर तिम्रो भजन भ्रमिक शब्दहरूमा सधैं नतमस्तक भएर ताली ठोकिरहनुपर्छ भन्ने छैन सरकार … ! बाँधेर पट्टी जबरजस्ती आँखामा छेकेर किरण उज्यालोको

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम

~विमल निभा~ तिम्रो शासनको एउटा कम्युनिष्ट हुँ म यही हो मेरो सम्पूर्ण परिचय म प्रेम गर्छु तिम्री सुन्दरी छोरी प्रजातन्त्रलाई उनको उर्लंदो जवानीमा मुग्ध छु म

Posted in कविता | Tagged | Leave a comment

कविता : मिली बस्नु पर्छ

~निर्मला अवस्थी~ पूर्व मेची महाकाली सबै हाम्रै त हो मिलीजुली बसेदेखि सबै आफ्नै त हो दिल ठूलो पार्नु पर्छ आफ्नो हुनलाई भेदभाव गर्नुहुन्न मिली बस्नलाई। आज तिमी मेरो भन्छौ भोली कस्को हुन्छ थाहा छैन हिजो कस्को आज अर्कै हुन्छ

Posted in कविता | Tagged | Leave a comment