कविता : खोजी

~भक्तराज न्यौपाने~

सुरु भएको छ,
अनेकतामा एकताको खोजी
एकतामा अनेकताको अन्वेषण,
हामीहरू कैदमुक्त भएका छौं
हामीहरू उन्मुक्तिको गीत गाउँदै
गुलजार समयको विशाल पटाङ्गिनीमा भेला भएका छौं ।

हाम्रा मनहरू
स्वतन्त्रताले पुलकित छन्
हाम्रा विश्वासहरू,
हर्षतरेक समयको प्रतीक्षामा छन् ।

जालझेल षड्यन्त्र परास्त भएको छ
निरङ्कुशताका अवशेषहरू
स्मृतिका गर्तमा पुरिएका छन्
नयाँ आकाशको निलिमामय स्वच्छतामा
कावा खाँदै
इतिहासका रक्तरञ्जित पानाबाट
हामी वर्तमानको शैली फरक चाहिरहेछौं
हामी आफ्नै आँगन, खेत जस्केलो
लेकबेसी, रोदीघर
सबैतिर सांस्कृतिक उत्सव मनाइरहेछौं ।

खबरदार ! हामी नयाँ नेपालको नयाँ समय खोजिरहेका छौं
नयाँ एकता नयाँ सम्भाव्यता खोजिरहेछौं
नयाँ हुनर्ुपर्छ हाम्रा लागि हाम्रो देश
विकासको गति पक्रँदै अग्लनर्ुपर्छ हाम्रो देश
कोही छ ! फेरि यो देशविरुद्ध षड्यन्त्र गर्ने –
के अझै बाँकी छ कोही —

-बेखसिम्ले-९ काभे्र

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.