Tag Archives: kabita

कविता : ७६ बसन्त

~रुमन न्यौपाने ‘अमन्त’~ सम्भाबनाको पार्कमा उभिएको बुढो सिमल ध्यानास्थ नियाल्ने गर्छु । उसका अधिर खुट्टाहरु, म जस्तै काँपिरहेछन् । कताकता, त्यसको बोक्रीएको सौन्दर्यता मलाई खबरदारी गर्न उभिए जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तीस वर्षघि

~प्रमोद स्नेही~ यही ढुङ्गे धारो यही पाली भत्किएको पाटी र यही दोबाटोको विषाक्त एकान्तमा छोडेर भागेकी हुनर्ुपर्छ मलाई मेरी कुमारी आमाले किन मलाई छाडेर भाग्दा यी बाटोहरूले छेकेनन् मेरी आमाको बाटो किन यो विषाक्त एकान्त बिझेन

Posted in कविता | Tagged | Leave a comment

कविता : पहेंलो भ्यागुता

~बिमल गुरुङ~ कता छ ट्याँकी कता छ? कता छ पाइप कता छ? म, पाइपबाट पानी भर्छु ट्याँकीमा । कता छ सलाई कता छ? कता छ पेट्रोल कता छ? कता छ पराल कता छ? म, परालमा

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : रोई-रोई

~कृष्ण वस्ती~ रोई-रोई बजि-रैछ सारङ्गीको धुन । जन्मभूमि पुकार्दछिन् हाम्लाई एक हुन ।। को होला यो विभाजनको घण्टा बजाउने ? पिप्ले खेत होइन देश बण्डा लगाउने । दु:ख हाम्रो साझा शत्रु ,जात-जाति होइन ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : बिधीको शासन फेल भो

~कुन्दन काफ्ले~ दुखःले अर्जेको मुलुकमा सत्ता र शक्तिको खेल भो । छिना र झपटीको बीचमा कागलाई पाकेको वेल भो । पैसा र पहुँचको मेल भो, निर्दोषलाई सजाय जेल भो । मौन राज्यको कानमा अझै आवाजलाई छेक्ने तेल भो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम

~भिम बहादुर थापा~ अस्ति, हिंजो र आज तिम्रो र हाम्रो आफ्नै गाउँमा संवेदना नासिएको ठाउँमा मानवता मासिएको घाऊमा अकल्पनीय अपशकुन् सल्किएको यो क्षण सलाम, ख्याति तिमीलाई।

Posted in कविता | Tagged | Leave a comment

कविता : मुख हेर्ने दिन

~पीताम्बर भट्टराई~ बाबा आज मुख हेर्ने दिन, मैले मेरो बाबालाई सम्झेकी छु मेरो बाबा जीवित भए आज केही स्याउका दानाहरु लड्डु र बरफीका डल्लाहरु दिएर मुख हेर्थें होला आर्शिवादका शब्दहरु पिएर

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : यस्तो मान्छे म

~सोम खनाल~ रुदै हिड्ने हुँदै हैन म त आँशु सुकाइदिन्छु अहंकार र आडम्बरलाई स्वाभीमान् ले झुकाइदिन्छु प्रत्येक कालो बादलमा चादी घेरा देख्ने मान्छे सुदुर सुन्दर भविश्यको आजै कथा लेख्ने मान्छे । बल्नु परे आगो हुन्छु निभाउने पानी हुन्छु आफ्नै पाखुरी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म शान्त अमिताभ

~विपुल सिजापती~ मेरो शिर सगरमाथा मस्तिष्क बुद्ध म शान्त अमिताभ तिम्रा कुत्सित बुद्धिले अभिप्रेरित फोहर नंग्राले नकोपर मेरा शान्तिका सिमाना लिन नखोज परीक्षा मेरो धैर्य र शान्तिको विथोलिए

Posted in कविता | Tagged | Leave a comment

कविता : अराज्यवादी

~सुबेश घिमिरे~ फगत जिन्दगी यो कता भासिएछ जता मिल्छ माँड उतै टाँसिएछ नसोध मलाई म को हुँ? म के हुँ? पसिनाको मोतीमा म रम्ने मनु हुँ ! होला कोइ देस, होला कोइ भेष बिबिध खाले आफ्नै होलान् परिवेश रगत रातो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बरै भन्ने कस्ले

~दिलिप योन्जन~ तिमी बिना बाँचु भन्दा,कुरा काट्छ सबले एउटै मुटु दुइटा हुदा, बरै भन्ने कस्ले। कसम यियो सात जन्मको,धोका दिइस भन्छे तिमी बिना मर्छु भन्दा, नाटक गरे रे मैले

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : म पार्टीको इमान्दार कार्यकर्ता

~प्रमोद स्नेही~ मैले गाउँमा गएर कुनै संगठन बनाउनु पर्दैन मैले पार्टीको सिद्धान्तहरु कण्ठ नगरे पनि हुन्छ मैले कसैलाई पार्टीमा प्रवेश गराउनु पर्दैन दिनमा एक पटक म उहाँलाई भेट्न जान्छु भाको नभाको रिपोर्टिङ गरिहाल्छु मिठा मिठा हावा गफ गरेर उहाँलाई मख्ख … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : डिगेन्द्र राजबंसी झुण्डिएको रात: मेरो सपना

~मदन राई ‘लामाखुले’~ मेची बगरमा आज, बाढी आएछ आकाशमा गिद्धहरू फन्फन्ती घुमिरहेका रहेछन् धुसेनीबाट स्यालहरू निस्केर छाला लुछीरहेका रहेछन् हुँडारहरू जंगलबाट निस्केर शरीरका अंग अंग बोकेर कुदाई रहेका रहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरिएको अनुहार

~हरिहर तिमिल्सिना~ हिमनदी जस्ता पसिनामा इन्द्रेनीजस्ता अनुभूतिका रङ मुछेर कोरेँ मैले आफ्नै एउटा चित्र । प्रत्येक विन्दु र रेखाचित्रहरूको सरगममा

Posted in कविता | Tagged | Leave a comment

कविता : म कबि होइन

~अर्पन तामाङ~ म कबि होइन तैपनि मनको बह बिसाउछु एउटा कपि को चौतारिमा तर दोस नठानिदिनु कबि भनेर एउटा भुल सम्झि दिनु! निर्दोस कलम सम्झेर!! त्यसैले आफुदोसि ठानौ भने सुइकार्न सक्दिन कलम दोसि ठानौ भने निर्जिब बस्तु कसरि?

Posted in कविता | Tagged | Leave a comment

कविता : माछो समय

~सुको साइबर~ को खाइ को खाइ हाम्म ….. तिमी मबाट यसरी टाढियौ जसरी टाढिएथ्यो तिमीबाट तिम्री आमाको न्यानो काख

Posted in कविता | Tagged | Leave a comment

कविता : शरणार्थी

~हेम हमाल~ कसको समुद्रमा गएर डुब्नू म कसको पहाडमा लुक्नू । आकाशबाट खसेको ताराले कुन देशको नाम सम्झनू। धर्मका कारण जातिका कारण चेप्टो नाकका कारण

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : शब्दकोश

~विमल निभा~ हिजोआज शब्दहरुले एउटै अर्थ दिन थालेका छन् उदाहरणका लागि तपाईं संसद्लाई संसद् भन्नोस् अथवा सुपरमार्केट आन्दोलनलाई आन्दोलन भन्नोस् अथवा धोका मनीषीलाई मनीषी भन्नोस् अथवा गँड्यौला संविधानलाई संविधान भन्नोस् अथवा चुटकिला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बहरबद्ध गजल : पाइन्न नानी

~गोविन्ददेव आचार्य~ छन्द :- भुजङ्गप्रयात तपस्या गरी बैँस पाइन्न नानी गुफाभित्र तारा चियाइन्न नानी ।। तिमी ठान्दछ्यौ दृष्टिमा मिल्छ माया दुना-थाल हेरी अघाइन्न नानी ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो कार्यपत्र, धैर्य र भोक

~त्रिभुवनचन्द्र वाग्ले~ भान्सामा कसौडीका कसौडी अभाव पाकिरहेको छ र केटाकेटीहरू थालथालमा पस्केर खाइरहेका छन् भोक यो अभाव पाक्ने भान्सामा यो भोक पस्कने थालमा पख, पख, पख, बिहान ओर्लनासाथ आँगनमा मैले धैर्यका सम्बन्धमा एउटा कार्यपत्र पेश गर्नुछ

Posted in कविता | Tagged | Leave a comment

कविता : जब आटछ मनले

~मनोहर काफ्ले~ दुइ चार रुपिया त के हो र, हजार पनि झर्छ , पाए माग्ने नपाए ठग्ने , चोर-चार गर्नु पर्छ जब आटछ मनले . भट्टी जानु सट्टा, आफै किनी ल्याइन्छ , पानी थप्नुको साटो नेट नै चढाइनछ,

Posted in कविता | Tagged | Leave a comment

कविता : ………..म लजाऊने कि यो परिवेशमा

~दीपक कुमार ज्ञवाली~ तिमी लजाऊँने कि म लजाऊँने यो परिवेशमा । आएकै हो त समय हामी टाढीने यो देशमा । कायम रहन सकेन सौहाद्रता हामी नेपालीहरुमा । मेटीदोरहेनछ विभेद द्वेश ईर्ष्या लोकतन्त्र आउँदैमा । १ तिमी लजाउँने कि म लजाऊँने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा पुरानो कविता

~कमल कुमार~ एउटा पुरानो कविता लेखिएको थियो बादलको धर्कामा देखिएको थियो जुनमा पोखिएको थियो घाम डुब्नै लाग्दा क्षितीजभरि कोरेको थिएँ तिम्रो तस्बिर

Posted in कविता | Tagged | Leave a comment

कविता : खै के होला नेपाल

~चित्तरञ्जन महतो कमकर~ शान्तिको देश थियो प्रकृतिले भरिपूर्ण आत्मीयताको भावना थियो देशभक्तिले सम्पन्न बुद्धले छरे शान्ति वीरेन्द्रले चलाए शासन

Posted in कविता | Tagged | Leave a comment

कविता : बग्दै बग्दै

~निर्मोही व्यास~ बैसट्ठी वर्ष लागेको यो वार्धक्य उमेरमा बग्दै समय—गङ्गाको यो अनन्त प्रवाहमा पाँचपुस्ते थलाबाट चटक्कै चुँडिईकन म नयाँ ठाउँमा आएँ जिन्दगानी बिताउन कठै ! नियतिको भोग यो निष्ठुर विडम्बना तीनछक्क परेको छु पोख्नै सक्तिन भावना

Posted in कविता | Tagged | Leave a comment

कविता : जरुरी कुरा

~चंकी श्रेष्ठ ‘अभय’~ मानिसहरूका वाणीबाट निस्कने फोहोरजस्तै यो देशमा धेरैधेरै छन् फजुल कुराहरू । प्राचीन सहरमा स्मार्ट सिटीको सपना, राष्ट्रिय शोकमा प्रधानमन्त्रीको राजकीय भ्रमण र, स्वतन्त्र प्रेसको मायाजाल

Posted in कविता | Tagged | Leave a comment

कविता : आफै जस्तो लाग्ने मान्छेको प्रवृत्ति

~अकेला यात्री~ के सम्झेर चित्त बुझाउनु एक्कासि आफ्नो घर हिम पहिरो जस्तो भत्किएपछि ? कहाँ टेकेर उभिनु यो धरातल नै फाटेपछि ? सम्झेर चित्त बुझ्दैन आफैँसँग अनायास ढाँटेर गएपछि आफैँ जस्तो लाग्ने मान्छेको प्रवृत्तिले । आफैँभन्दा बढी विश्वास गरेर

Posted in कविता | Tagged | Leave a comment

कविता : कवितामा पहाड

~भीष्म उप्रेती~ पहाड पहाडजस्तो रहेन अब । त्यहाँ वरपीपल हुनुपर्छ सियाँल ताप्न आस्थाहरू चुलिएर मन्दिर बनेको हुनुपर्छ र घण्टहरूको ध्वनि, चराहरूको आवाज र खोलीको कुलकुल एउटा जिउँदो सङ्गीत हुनुपर्छ मान्छेहरू हिँडेको हुनुपर्छ निर्धक्क र छायाँजस्तो अघिपछि सँगसँगै हिँड्नुपर्छ प्रेम

Posted in कविता | Tagged | Leave a comment

कविता : म त प्रेमि हुँ

~रुमन न्यौपाने ‘अमन्त’~ बिस्फारित छाति भित्र अघोषीत चाहानाहरु लुकाएको थिए । एउटा प्रेमीको आडमा, आत्मबल भरिएको चिश्चल मुटु फुकाएको थिँए । सपनाहरु फिँजाएर, भबिष्यको गोरेटो निर्माणमा तिमीबाट, मातृबात्सल्य खोजेको थिँए । म त रहरहरु फुकाउँदै हिड्थे छाँया,

Posted in कविता | Tagged | Leave a comment

कविता : कर्णाली

~शिलु अज्ञात~ कर्णाली को पानी माँ आशु बग्छ , कुना कन्दरा हरु पीडा बोल्छन, आकाश डम्म सधै कर्नालीको, बस्तिहरू सदा जागै बस्छन |१| अमूर्त सौंदर्य छाती भित्र, तैपनी अनुहार धमिलो , देश तिम्रो हृणी छ कर्णाली ,

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा खबर पुर्‍याइदेऊ न

~अरुणा बैद्य~ ज्वारभाटा पहाडहरू कुद्दै थिए लाम लागेर म हेरिरहेको थिएँ, मौन आँखाले कानैमा कोही फुस्फुसायो, गार्न्धर्व बतासको झङ्कारसित फर्केर हेरेँ रातो डाँडा बोलिरहेको थियो – तल डबलीहरूमा सधैँ ताण्डव-नृत्य गर्नेहरूलाई आँगनहरूमा रात-विरात त्रासदीय दुन्दुभी बजाउनेहरूलाई एउटा खबर पुर्‍याइदेऊ न- … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : किनकि म हेडसर

~असीम अज्ञात~ शिक्षकले पढाउनुपर्छ विद्यार्थीले पढ्नुपर्छ मैले पढाउने होइन सबैलाई कराउनुपर्छ किनकि म हेडसर । शिक्षक हो वा विद्यार्थी समयमा आउनुपर्छ म आए पनि हुन्छ नआए पनि हुन्छ किनकि म हेडसर ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment