Tag Archives: कथा

कथा : जिउँदो साँढे

~नन्दलाल आचार्य~ भयावह समय तेर्सिएको हुन्छ । जताततै मुखौले कानूनले जरा गाडेको हुन्छ । बोल्न र भन्न पाइन्न । सुन्नु मात्र पर्छ । सुन्दासुन्दा कान पाक्छन् । जुन प्रश्न सोधिन्छ त्यसकै मात्र सटिक जवाफ पस्कनुपर्छ । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिन्दगीको नबुझेको अर्थशास्त्र

~विवश पोखरेल~ “ओ हो स।र, लु बसौ“, हेर गर्मीले †” अफिस पुग्नासाथ सधै“झै“ वस्ती सरका अगाडि कृपानाथले कर्ुर्सर्ीीाखिदियो । उनी पसिनाले न्रि्रुक्क भिजेका थिए । उसले फेर िथप्यो- “अनि सर † आज पनि साइकलमै †” “साइकलमा नै, यी हेर न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भारदह, गीता र दशैं

~कल्पना वान्तवा~ सप्तरीको एउटा दशैं गीता झाले चित्त दुखाउँदा झन्डै बेमज्जाको हुन पुगेको थियो। बडो रोमाञ्चित हुन्छु, यो सम्झेर कि कञ्चनपुरको हाईस्कूलमा मैले माध्यमिक तहको शिक्षा पाएँ। सप्तरीको मेरो फत्तेपुरबाट १३ किलोमिटर पश्चिममा छ– कञ्चनपुर। गाउँमा निमावि मात्र भएकाले हामी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो चस्मा

~श्याम रिमाल~ मेरो चस्मा अहिले टेबुलमै बसिरहेको छ। आँखा कमजोर छ, तर कोठामा बस्दा लगाइरहन अप्ठ्यारो। चस्मा ‘चेन्जेबल’ छ र अलिअलि घाम पनि छेक्छ। गगल्स लगाउनेसँग मेरो तुलना हुनै सक्दैन। गगल्स लगाउनेहरू आफ्नो कुटिल आँखा अरूले नदेखून् भन्ने ठान्दा हुन्। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुलिया

~राजु पुडासैनी~ फेब्रुवरी ११ को साझँ ।अद्रकवाले चाय पिउन पुस्ताकालय बाहिर निस्किएं । छेउको स्टल नेर गएं। प्लास्टिकको एउटा खाली कुर्सी तानेर बसें । भाइ एक चाय देना ! जिउ तन्काएं । हाइ गरें। पत्रिका पढेझैं गरें। यताउति मन डुलाएं। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्यालेन्टाइन – एक अपूर्ण आशा

~स्वेच्छा राउत~ यो चौथो भ्यालेन्टाइन्स डे थियो,मेरो भेट्ने प्रस्तावलाई मायाले अस्विकार गरेकी। उस्का रेडिमेड जवाफ वा भनुँ बहानाका कारण मैले दोहोराएर बिन्ती बिसाउन सक्दिनथेँ। तर यो पटक आफ्नो मुटुलाई मुख सम्म ल्याएर दोहोर्याई , तेहेर्याई फोन गरेँ, भेट्न आउ न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माई! म अहिले जन्मन चाहन्नँ

~राजेन्द्र पराजुली~ प्यारी माई, म अहिले ६ महिनाको भएँ। तिम्रो पेटको आकार क्रमशः विस्तारित हुँदै होला। म तिम्रो पेटको संसारबाट आफू जन्मने स्थानको सम्पूर्ण परिघटना हेरिरहेको छु। मेरा कानले सुन्न थालेका छन्। फोक्सो अलिअलि काम गर्न थालिसकेको छ। मलाई पृथ्वीमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नगीना बाई

~विश्वराज अधिकारी~ सुन्नु हुन्छ, ल सुन्नुस त। यो कथा आज भन्दा करिब पचास साठ्ठी वर्ष पहिलेको हो। नेपालको, दक्षिणी तराईको कुनै गाउँमा ………………. ‘रुपचन मालिककको आँगनमा हात्तिहरु जोडेर, हात्तिमाथि रण्डीको नाच हुदैंछ। बाजा चाँहि अंग्रजी रे। बडा गजबको बरियात छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज गीता आउँदै छिन

~विश्वराज अधिकारी~ श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : सीन्ड्रेला !

~दिपशिखा शर्मा~ “मामु भरे म स्कुलबाट आँउदा मिठो खाजा बनाईदिईस्यो हस् ? मलाई स्कुलको खाजा मन पर्दैन के त्यही माथी पनि साथीहरुले जुठो हालिदिन्छन् । आजदेखि पानीपनि लान्न सबै टिफिन टाईम भन्दा अगाडी नै भ्याईदिन्छन् मैले एक घुट्को पिउन पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उ देश फर्कियो

~सन्तोष पौड्याल~ बिहान सात बजे रेस्टुरेन्ट अाइपुग्दा ब्रेकफास्ट खानेको भिड जम्मा भईसकेको थियो। निबु रेस्टुरेन्ट यसैपनि लन्डनको चल्ती रेस्टुरेन्ट। हायोड पार्क नजिकै रहेको यस जापानिज रेस्टुरेन्टमा बर्षभरीनै पर्यटकको घुइँचो लाग्ने गर्छ। त्यसै माथि क्रिशमस मासको महिना अघी र पछी त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हुण्डरी

~नारायण तिवारी~ तीस वर्ष भयो होला उसले यो माटोमा नटेकेको । जीवन हिँडिरहेको छ । यो समयको अन्तरलाई मेटाउन । उसको बाल्यकाल यसै माटोमा लडिबुडी गर्दै बित्यो । कति सजिलै बिर्सन सकेको होला आफ्नो माटो । जीवन स्मृतिमा डुब्छ र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कानुन

~नविन लोचन मगर~ मैले अनुहार हेर्ने बित्तिकै चिनिहालेँ । किसन हो उसको नाम । यही नाम छ फेसबुकमा उसको । जो मसँग अनलाइन गफमा आउँछ र रमाइला अनि त्यतिकै स्वाभिक कुराहरु गर्छ, मलाई पनि खुशी लाग्छ उसको स्टाटसमा आउने प्रत्येक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एसएमएस मोह

~होम सुवेदी~ केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आपूmले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै प¥यो । अचेल ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तर्नाद

~कुमुद अधिकारी~ म मेरो एकपाखे पूर्व फर्केको घरको बरन्डामा बसेर उदाउँदो सूर्यको प्रतीक्षा गरिरहेकी छु तर किन हो मेरा आँखा अगाडि काला बादलहरूले रजाइँ गर्न लागेका छन् । म बसेको काठको बेन्च पनि मजस्तै जीर्ण भइसकेको छ । समय, हुरी-बतास … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रश्नहरू अझै रुमल्लिएकै छन्

~तुल्सी थापा~ एउटा अजंगको रूख छ। केही मान्छे जम्मा भएका छन्, अहिले त्यो रूख वरिपरि। तिनीहरू गम्भीर चिन्तनपछि एउटा निर्णयमा पुगेका छन् कि त्यस रूखलाई काट्नैपर्छ। रूख ढाल्ने बन्चरो, हँसियाजस्ता हतियार पनि छन्, तिनीहरूसँग। आफ्नो छहारीमा ओत लागेका ती मान्छेहरूको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : म र उनी

~हिमाल भट्टराई~ (भाग १) पट्यार् लाग्दो घर बसाइ तेही फेस्बुक टुइटर नन्सेन्स च्याटिङ।।। बाहिर निस्कन मन पनि लागि राखेको थियो।।। एउटा भाई सँगै सिटी सेन्टर निस्के।।। काठमाडौं को गर्मी सिटी सेन्टर को एसि तेही माथि फुड कोर्ट को महँगो कोल्ड … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बखतेले आमा मार्‍यो

~उपेन्द्र सुब्बा~ ‘बखते लखपति भयो रे’ भन्ने कुरा पहिलोचोटि गाउँले कसैले पत्याएन। तर एक दिनमै सबै गाउँलेको कानसम्म हल्ला पुग्यो।’ठूलो सहरमा ठूलो अवसर, वर्ष दिनमै करोडपति, छिनमा फेरि रोडपति’ बखते लखपति भयो होला भनेर पत्याउने पहिलो मान्छे देवेन्द्र सर भए। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गर्ल्स होस्टेलको भूत

~प्रमिसा केसी~ ‘सिलाइ लगभग सकियो, तर अलिकति काम बाँकी छ । ५ बजे आउनू !’ ‘पुल’ लेखिएको ढोकालाई जबर्जस्ती धकेल्न खोजिरहेकी रचनातिर हेरेर हाँस्दै बाहिर निस्किएँ । ‘हाँस् न अब ! भनेकै हो त तँलाई यिनीहरूले यति चाँडै लुगा तयार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~महेन्द्र महक~ तिहारमा बहिनीका लागि कस्तो उपहार पठाउने होला ? मैले यस विषयमा केहि सोच्नसकेको थिइन । तर, दसँैंपछि घर फर्किन लागेको गाउँले एकजना साथीलाई मेरो सामान पनि लगिदिनका लागि भनेको थिएँ । ज्वाइँलाई पनि ‘कुनै सामान घर पठाउनु छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : पिँजडाको सुगा

~अज्ञात~ आफ्ना पखेटाले पिँजडाका बारमा हिर्काउदा-हिर्काउदा शरीर सबै रगताम्य भैसकेको छ तै पनि उसले ती आफ्ना कार्यहरु गर्न छाडेको छैन । पिँजडाका वारका डण्डीहरु टोक्दा-टोक्दा उसका दाँतहरु सबै भाँचिइ सकेका छन्, नंग्राले खोस्रदा-खोस्रदै नङहरु उप्किएर गइसकेका छन् । तर पनि … Continue reading

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : महिनावारी भएपछि मन्दिरअघि

~डा. सुजित कुमार झा~ हरेक साल जस्तै यसपालि पनि चाडतिहारमा मेरो र मेरो साथीको पारिवारिक जमघट भयो। त्यहाँ विविध विषयमा कुरा भए यही क्रममा स्वेता जो मेरो साथीकि छोरी हो उसले प्रश्न गरीः अंकल, मेरा घरका अग्रजहरुले महिनावारीका बेलामा पूजा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म,कथा र अनिकास

~मनि राई ‘गोठाले’~ बर्षा राम्रोसंग निख्रीसकेको थिएन । बोटविरुवाको पातपातबाट सावनको थोपा तप्कदैथ्यो । मुबारले नौलो जनवाद र रीन्नीको सफल शल्यकृयाकाे कामना गर्दै बिहानैबाट अहिलेसम्म ४ चिलीम हुक्का गुडगुडाईसकेथ्यो । उ रीन्नीलाई बेहद प्रेम गर्छ । उसको रीन्नी प्रतीको प्रेम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुतको कथा

~कोमल पौडेल~ एका देशमा एउटा गरीब देशको डाक्टरले बिदेशमा गएर पढ्न भनेर हिडेछ रे । त्यो धेरै टाढाको देशमा खुशी हुँदै ठुलो ज्ञान प्राप्त गर्ने भए भनेर अघोर खुशी हुँदै कलेज भर्ना भएछ । त्यो पढ्ने ठाउमा बेला बेलामा भुत … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेली

~सुनिता राई ‘रुम्दाली’~ इश्वर पनि कहिलेकाही निर्दयी भइदिन्छन निरिह प्रति । यदि उसो नहुँदो हो त बेली ….. बहुलाउने थिइनन् । गाउँका अधिकाँस पुरुष झैँ परिवारको सुन्दर भविष्य बनाउने मिठो सपना बोकी पैसा कमाउन भारतमा मजदुरी गर्न पुगे बेलीका बाबु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिरो किलोमिटर

~संजय~ १. उसले ट्रक रोक्छ। बाहिरको कुहिरो देखेर उसलाई निस्कने मन छैन। न्यानो घाम लाग्दा पनि उसलाई यो ठाउँमा यस्तै हुन्थ्यो। ऊ पाइन्टको गोजी छाम्छ, ठाउँ-ठाउँबाट सुर्ती निस्कन खोज्दै गरेको चुरोट मात्र बाँकी छ। ऊ चुरोट सम्याउन थाल्छ। औंलाले चुरोटको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पल्सर पुछ्ने केटी

~सफल घिमिरे~ ऊ मायाले औँलाहरू खेलाउँथी, पल्सरका अंगअंगमा । काम सकिँदा चम्कन बाँकी कुनै ठाउँ रहन्थेनन् । जब काम गर्थी, एउटा योग्य पियानोवादकले झैँ औँलाहरू चलाउँथी । म निर्निमेष हेरिरहन्थेँ । पुछिसकेपछि ऊ एकचोटि मोटरसाइकलमाथि चढ्थी । आहा ! उसको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो अरमान दिलमा बन्द छ..

~सरला गौतम~ “परिचय गरौं न” राकेशले भन्छ, “उहाँ सम्झ्ना बस्नेत, फिल्मको कथा लेख्नुहुन्छ, घर हेटौंडा।”“म पुनम, राकेशजीको श्रीमती”, ऊ आफैं अघि सर्छे। राकेश नवलपुरमा कार्यरत टेलिभिजन पत्रकार। उसको पत्रकार साथी सजलसँग हिजो म यहाँ आएको। मैले जिस्क्याउँदै भने, “हिजो त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माघुरामको माघी

~कृष्णराज सर्वहारी~ नाम माघुराम थारु, गाउँमा बोलाइने नाम मघुवा, घर कालाबञ्जर, बर्दिया । नागरिकताको उमेर पैतीस तर शारीरिक रूपले एक दशक तानिएर पैंतालिस वर्ष माथि देखिन्छ । उसकी जनेवा (श्रीमती) भेङली र उ समान उमेरका तर जनेवा ऊ भन्दा झन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मटान

~कुमारी लामा~ औंलामा पुतपुताइरहेको छ चुरोट । लुंगी बेरिएको एक मुठीको शरीर । लट्टासरिको जुरो बनाएको कपाल । रहलपहल सपनाहरू दौडिरहेका थकित आँखा । एक आम ग्रामीण महिला । उनको नाम— तारा तामाङ । तर यिनी राई, गुरुङ, अधिकारी, भारती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाकुचाको भट्टीमा बुद्धिजीवीहरूको बहस

~नरेन्द्र पराशर~ कुरो चालिसको दशकको शुरूआती दिनहरूकै हो । बामपन्थीहरूले पञ्चायती चुनावमा गहिरो राजनैतिक ‘चासो’ देखाएर ‘उपयोग’ गरेको विषयमा ‘दरबार’ एकप्रकारले अनिर्णयको बन्दी भएको थियो । पञ्चायती संसदमा ‘बाम’ स्वर चर्को हुँदै जान थालेपछि यसको ‘असर र प्रभाव’ को परिणाम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मत्स्येन्द्रनाथसँग

~संजय अधिकारी~ सहरले अनेक अस्पष्टताहरूको मिश्रणमा कोलाजजस्तो आकृति धारण गरेको छ। आफू अनन्त पीडामा पिल्सिएर पनि दुनियाँलाई हँसाउने एउटा क्लासिक क्लाउनको दर्जा पाउनैपर्छ, मेरो सहरले। सहरसँगै समानान्तर भएर बितिरहेको मेरो एक हावादारी अस्तित्व आजकाल बेलाबेला झरीमा खुब रु‰ने गरेको छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment