Tag Archives: कथा

कथा : सुहाग रातको संकेत

~एनबी इलुंगा~ हाम्रो विवाहको रात अर्थात् सुहाग रात मै उसले त्यो दिनको संकेत दिएकी थिई | विवाह गरेर ल्याइएकी नया दुलही लाज हुनु पर्ने, डर हुनुपर्ने, धैर्यता हुनुपर्ने, तर त्यस्तो थिएन | पहिलो रात म कोठाभित्र जानासाथ उसले नै मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उघ्रेको आकाश

~गीता पन्थ~ छोरी पिकनिक र छोरा साथीहरूसँग स्वीमिङ्ग गएका थिए अनि श्रीमान् कलेजको मिटिङ्गमा । घरमा सघाउने नानी लुगा धुँदै थिई । टिभी हेर्न बत्ती थिएन । के गरुँ के गरुँ हुँदै छोरीको कोठामा छिरेँ । लथालिङ्ग तन्ना, किताब र कपडाहरू यत्रतत्र छरिएका रहेछन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अव्यक्त प्रेम

~पुष्पलता आचार्य~ त्यो मध्यरातमा मैले उनलाई बेस्सरी रुवाएँ। के मैले ठीक गरें र? यतिका वर्षसम्म मैले आफ्नो मनको कुरा मनमै कुवाएर राखेथें भने अझैपनि मैले राख्न सक्नुपर्थ्यो। तर किन सकिनँ? व्यर्थै भने झैं लाग्यो, उनलाई कुरा। हुन त उनलाई ती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बच्चा चोर्ने आइमाई

~टेकब कोइराला~ रेल आज पनि खचाखच भरिएको छ। जनकपुर–जयनगर रेल सेवा। नेपालको पहिलो र एकमात्र रेल सेवा। यसले बेग्लै किसिमको इतिहास रचिसकेको छ। जुगौंदेखि जनकपुर–जयनगर हजारौं लाखौंपटक ओहोरदोहोर गरेर आफैमा कीर्तिमानी काम गरेको मात्र होइन, यसको अनेकन गुणहरु छन्। यात्रुहरुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इतिहास

~राजेन्द्र पराजुली~ इतिहास शिक्षक मानदास सैंजु विद्यार्थीलाई विभिन्न कालखण्डका घटनाहरु कसरी इतिहास बन्छन् भनेर पढाइरहेका थिए । र, त्यो दिनको विषय थियो ‘पञ्चायती व्यवस्थाको उदय र पतन’ । गर्मी महिना, त्यो पनि मध्याह्नको कक्षा, विद्यार्थीहरु झर्को मानेर सैँजु सरलाई सुनिरहेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हत्यारो कथालाई फाँसी दे !

~सुन्दर मानन्धर~ सूत्रधार : पाठकवृन्द ! तपाईँहरुले गुरुप्रसाद मैनालीको शहीद कथा पढ्नुभएको छ ? यदि पढ्नुभएको छ भने कथाकी पात्र डल्लीलाई बिर्सनुभयो ? वीरबहादुरको मृत्युपछि डल्लीको जीवनको कल्पना गर्नुभएको छ ? विचरी डल्ली ! कसरी बाचीँ होली ? विधवा डल्ली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चौथीको उपद्रो

~लेख कार्की~ “अनिताले त हिजो तेरो गालामै किस गर्दी रे नि त देवीथानमा नाच्दानाच्दै ! हैन ? राजन काकाले मज्जाले ताली पड्काए रे तँ नाच्दा !” सबै गलल हाँसे । मदनले आँखा तर्दै हेर्‍यो र भन्यो, “चुप लाग् साले ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पापी चुल्हो

~एनबी इलुंगा~ चकमन्न मध्य रातको सदुपयोग गर्दै राजा सुक्रचन्दले सिपोनको सिमाना पार गरिसकेका छन् | कुनै समयका जनप्रिय राजा आज आफ्नै कुबुद्धिको परिणाम भोग्दैछन् | आफ्नी कान्छी रानी सुप्रिया एवम् दुई राजकुमार र एक राजकुमारीको साथमा ऊनी राजदरवारबाटै पलायन हुन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रसूवाघाटको हुरीले उडाएन माया

~गजेन्द्र बुढाथोकी~ रसुवाघाटमा चिसो बढेको छ । सुनकोशीको सिरेटोले हान्छ । छाना मक्किएछ, जुनले आकासबाट चिहाएपछि ठूलीले खुइय्या सुस्केरा हालेर मनमनै भनि । मंगली र डल्ले जाडोले गुँडुल्की परेका थिए । टुकीको धिपधिपमा ठूलीको घर-कम-हुटेल खण्डहरजस्तै देखिएको थियो । ठूलीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिजुलीको सपना …..

~रुमन न्यौपाने ‘अमन्त’~ म लोभी छु । तपाई पनी लोभ गर्नु हुन्छ । हामी लोभी छैं । राजाले पनी लोभ गर्छन । प्रजाको लोभ झन त्यसमाथी बड्छ । हामी दैनीक लोभ गछौं । दिनभरी किसीम किसीमको लोभ र्गछैं । लोभको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ती आवाजहरू

~महेन्द्र प्रसाद पोखरेल~ कानै फाट्ने गरी उसले मलाई चिच्याई, ‘के सुनेर बसेको ?, जाने होइन ?’ म झसँग भएँ । हो ल हिँड भन्दै म लागेँ आफ्नो बाटो । साथमा भुन्टी थिई । मेरो हर पाइलामा सँगै पाइला बढाएकी भुन्टी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहिलो रात.. त्यो प्रेमिका संगको ..

~करण घिमिरे~ शुक्रबार बिदा को दिन राजनीति मा अल्लि चासो राख्ने म त्यसै माथी दलिय बहस चलिरहेको थियो सम्सद भबन भित्र २ दिन अगाडी नै कुर्ची हानाहान गरेको खबर बहिरिएको थियो त्यसैले पनि कस्ले के भन्यो के के हुँदै छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कटासें बजार… जोखे…कर्नाली ब्लूज…

~पौल भाट~ भाईले यो फ़ोटो राखेछ, कमेंटहरु पढदा, कटासें बजारका पुराना दिन, पात्रहरु याद आए. बच्चाहरु जन्मिदै मर्दै गर्नथाले पछि अब यसपालीको चाही नमरोस भनेर उनलाई जन्मिने बित्तिकै तराजूमा जोखेको हुनाले उनको नामनै “जोखे” हुनगएको रे ! नभन्दै उनलाई उनिपछि 3 … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : पुन र वनमान्छेको कथा

~जसबहादुर महतरा~ धेरै-धेरै पहिले बाजे-बराजुका पालामा हालको रिप गा.वि.स.मा पुनहरुको ठूलो बस्ती थियो । त्यस बस्तीमा रानी पुन, खानी पुन र गौ पुन नामका तीन व्यक्तिहरु विशेष प्रसिद्ध थिए । तिनीहरु सहोदर दाजुभाइ नै थिए । तीमध्ये रानी पुन मांसाहारी … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : एउटा अपूरो कथा

~विक्रम तिमिल्सिना~ ‘दादा, अब तपाई सधैँ यहीँ बस्नुस् न है ?’ ‘किन र नानु ?’ ‘तपाई साथीजस्तै लाग्नु हुन्छ क्या ।’ ‘भाडामा बस्ने मान्छे, के भन्न सक्छु र ? अनि तिम्रा अरु साथी छैनन् ?’ ‘अहँ छैनन्, अझ तपाईजस्ता त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवरण

~रजित ओझा~ जाडो महिनाको पारिलो घामको मज्जानै वेग्लै ! स्कुलको चौरीमा हरियो घाँसमा शित सुकेपछि वसेर घाम ताप्नु मेरो दिनचर्या भैसकेको छ।किन पर्छ शित हरेक दिन सुक्नलाई? जव जव म घाँसलाई शितले स्पर्श गरेको देख्छु, मनमा अनौठो विचार आउँछ। माया … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यो बगरे

~कृष्णराज खनाल~ ‘आजकल खोई त देखिँदैन नि !’ ‘के ?’ मैले सोधेँ । ‘त्यही के तिम्रो साथी ।’ ‘अहँ मैले बुझिन ।’ ‘के नबुझेको जस्तो गरेको । तिम्रो त्यो खोटारो के खोटारो !’ ए ! त्यो मेरो मोटरसाइकलको कुरा गरेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो प्रेमको दुश्मन पीआर र ग्रिनकार्ड

~शाश्वत अज्ञात~ उ भन्थी ‘यसै गरी सधै प्रेम गरी राख ल मलाई’ हुन पनि उसितको यो नाता जोडेपछि म आफै फुरुग्ङ थिएँ। प्रेममा पर्नुको मज्जा र कल्पनाको दुनियाँमा शैर गर्नुको रोमाञ्चकता ! आहा ! फेरि बोली, ‘कसम खाउ, तिमीले मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहमति

~प्रदीप नेपाल~ रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जीव्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुक्ति

~देवकुमारी थापा~ कर्ण लम्पसार परेर ओछ्यानमा पल्टिरहेका थिए। उनको हाड र छाला भएको शरीर देख्दा कुनै दिन उनी खाइलाग्दा युवक प्रसिद्ध धावक भनेर पत्याउन गाह्रो पर्थ्यो। केही समय अघिसम्म कर्ण नेपालका प्रसिद्ध धावक तथा पुरस्कार विजेता थिए। बलिया, अग्ला, गोरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु अनुभव

~दिपक घिमिरे~ म मरेको पनि वर्ष दिन पुग्न थालेछ । सोच्छु, समय बित्न कति नै लाग्दोरहेछ र ? हुन त म मरेकोलाई समय चाँडै बितेजस्तो लागेको हुन पनि सक्छ । बाँचेकाहरुलाई यही समय कटाउन कति गाह्रो भएको होला । ओहो ! ट्राफिक प्रहरीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहवास

~हिरण्यकुमारी पाठक~ प्रतिदिनको ताडना र लाञ्छनाले असहय भइसकेको थियो मुनाको मन । विवाह गरेको ६ वर्षमा पनि एउटा सन्तान दिन नसक्ने ! यस्ता वचन सुन्दासुन्दा उनको कान टट्याइसक्यो, हृदयमा सुल घोपेझैँ चस्स-चस्स बिझाउन थालिसक्यो । सन्तानको आवश्यकता र चाहना प्रत्येक … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : सडक र मेरो युद्ध

~सगुन श्रेष्ठ~ झल्यास्स बिउँझिन्छु । मैनबत्तीको मधुरो प्रकाशमा कुनाबाट दृष्टि फ्याँक्छु । केहि पाउँदिनँ । खाली नीरव शून्य छ । प्रयासका क्रममा निरन्तरताको मरूभूमि निर्माण गरी केही पाउने आशा गर्छु । अहँ ! शून्यशून्यको गोलाद्र्ध छ त्यहाँ । अतीतका तितामीठा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : घृतान्ध ब्राह्मण

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा यज्ञदत्त नामक ब्राह्मण बस्दथिए । उनकी स्त्री नक्कचरी तथा परपुरुषासक्त स्वभावकी थिई । आफ्नो पतिको आँखा छली उसले घिउमा पुरी पकाएर जारपतिलाई दिने गर्दथिई । एक दिन उसको पतिले घिउमा पुरी पकाएको देख्यो । उसले आफ्नी … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : जेलातो

~रजित ओझा~ मन त्यसै–त्यसै उदास छ । एउटा चुरोट सकाइसकेपछि दोस्रो सल्काउन मन छैन । घुम्नै भनेर आएको मान्छे, त्यो धूवाँमा किन हराऊँ ? यो भीडमा रातो, पहेँलो र नीलो सबै रंगका पोसाकमा मान्छेहरू क्यामेराको रिल घुमेझैं मेरा आँखाअगाडि घुम्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लिभिङ टुगेदर

~केडी रेम्नीसीङ~ गाउँमा माध्यमिक विद्यालय स्तरको मात्र पढाई हुने हुनाले उच्च माध्यमिक र क्याम्पस स्तरको पढाईको लागि सदरमुकाम जानु नौलो कुरा होइन, यो रहरको कुरा पनि होइन । राम, श्याम, सीता, गीता, हरि, कृष्ण, रीता, नीता जो पनि पढ्नलाई खर्चले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कार्लो रोसी

~राजव~ कार्लो रोसीलाई मैले अमेरिका आएपछि मात्र चिनेको हुँ। र, ऊ अमेरिका आएपछि नै ‘कार्लो रोसी’ भएको रहेछ। ऊ र म अमेरिका लगभग एकै समयमा आएका रहेछौँ। कार्लो रोसी हुनुपूर्व ऊ ‘काशीनाथ जोशी’ थियो रे। मैले उसलाई कार्लो रोसी भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेरोजगारि व्यथा

~सुरेस खनाल~ मनमा कुरा खेलाउँदै हिड्दा ऊ, कुमारीपाटी तिर जानु पर्ने एकान्तकुना तिर लागेछ! निकै पर पीपलबोटमा पुगेपछि मात्रै ऊसले चाल पायो। नमिठो मुख बनायो, हात झड्कार्र्यो र आफैँलाई एउटा फोहोर गालि गर्दै ऊ फरक्क फरक्यो। बिहान उठे देखि नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यमी

~कञ्चन लिम्बु~ “त्यसो भए तिमी जाने नै भयौ..” मैले अघिजस्तै आफ्नो कुरालाइ दोहोर्‍याएँ । मलाई ज्यादै नरमाइलो लागिरहेको थियो। पहिलेको कुराहरु सम्झिँदै गएँ । मन अमिलो भयो। “तिमी अबुझ जस्तो नबन न प्लिज । तिमीसँग छुट्न मलाई कति गाह्रो भएको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कतारमा देविकाका सपनाहरू

~पेशल आचार्य~ देविकालाई दोस्रो पटकको विदेश यात्रामा पटक्कै रूचि थिएन । तर विदेश नगई भएको थिएन । घरबाट साइतको टीका लगाएर हिँड्दा उनका गोडा भारीभारी भएका थिए । उनी त्यस दिन उदासउदास थिइन् । लोग्नेको कमाइको भर छैन । गाउँबाट … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानो ट्याक्टर

~निर्मल आचार्य~ हिजो एक ट्रिप मात्र काम पाएको थियो, उसले । आज काम पाउने नपाउने निश्चित छैन । काम कुरेर चोकमा उँघिरहन काम पट्यारलाग्दो हुँदैन । दिनदिनै काम पाए पो सजिलो । किस्ता तिर्न सजिलो । छाक टार्न सजिलो । दुःख बिरामी पर्दा सजिलो । यसो आफन्तलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : भानुभक्त बाजे

~राजमाया पुतवार~ एकादेशमा एउटा बाजे थियो । उसको नाउँ भानुभक्त थियो । लौ भएन, एकादेशमा एउटा भानुभक्त थियो, ऊ बाजे थियो । खै के खै के । भानुभक्तको कथा लेखुं कि बाजेको । उस्तै उस्तै हो नानु भनेझैं पो भयो … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment