लघुकथा : सालिकको मृत्यु

~कृष्ण शाह यात्री~Krishna Shah Yatri

माघको चिसो सिरेटो अनि कुहिरोले ढाकिएको एउटा शहर दार्जिलिङ। प्रकृतिकी रूपसी चिसिएकी थिईन् त्यस बखत। रेलबाट ओर्लिएपछि ऊ सरासर घुम वस्तीतिर लाग्यो। फाट्टफुट्ट रूपमा हिउँको वर्षा भइरहेकोले उसको कालो ओभरकोट पनि सेतो रङमा परिवर्तन भएको थियो। ढाका टोपीले छोपिएको कानमा अड्किएको कालो चश्मा निकाल्दै उसले बूढ्यौली लागेका आफ्ना नयनहरू चारैतिर छर्‍यो। अनायासै उसका नयनहरू चम्के एकपटक किनकी घुमवस्ती निकै फेरिएको थियो। जीवनका थुप्रै वसन्तहरू घुमवस्तीमा खर्चिएको भएता पनि उसलाई त्यस घुमवस्ती अपरिचित झैं लाग्न थाल्यो। उसले खोजेको गुरू ओपानको घर ठम्याउनै सकेन। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाडीको दुरुपयोग

~अरुणबहादुर खत्री ‘नदी’~Arun Bahadur Khatri 'Nadi'

आयोगको काममा गाडी लिएर बाहिर जान लाग्दा सबै सवारी चालकहरुले “म जान सक्दिन उसलाई लिएर जानु न” भने।

काममा बाहिर जाने सहायक स्तरको कर्मचारीले “मेरो व्यक्तिगत कामको लागि गाडी मागेको होइन हिडेर म जान सक्दिन भनेर कार्यालयको Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रोडम्याप

~कृष्ण वजगाईं~Krishna Bajgai

यस पटक पनि नेताहरुले भनेको रोडम्याप अनुसार जनता लोकपथमा हिँडे । नेता अघिअघि जनता पछिपछि । लोकपथ सिधै गएर सिंहदरवारमा टुंगियो । त्यहाँ त आम जनतालाई प्रवेश निषेध रहेछ । तर नेताहरुलाई ससम्मान स्वागत रहेछ । आखिरमा नेता भित्रछिरे जनता बाहिरै छुटे । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पीडा

~कृष्ण वजगाईं~Krishna Bajgai

हाकिम साहेबलाई केही दिन यता ढाड दुख्ने बिरामले च्याप्न थालेको चर्चा कार्यालयमा चल्दै थियो ।

साह्रै महङ्गो अति राम्रो यताउता अगाडि-पछाडि जता घुमाउँदा पनि घुम्ने लचकदार आरामदायी कुर्सीमा आफूलाई असजिलो भएको कुरा हाकिम साहेबले मुख फोरेरै भने । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कार्यालय सरेको सूचना

~गोरखवहादुर सिंह~

कोठा पर्याप्त ठूलो र खचाखच फर्निचरले भरिएको थियो। पी.ए.को टेबुलबाहेक सबै कुर्सी। कुर्सी मात्र पर्याप्त सङ्ख्यामा थिएनन् ‘कतै कुर्सी खाली भए बस्नहुन्थ्यो’ को सङ्ख्या पनि पर्याप्त थियो।

कहिले भीडसँग वार्ता, अन्तर्वार्ता, कहिले फाइलसँग मन्त्रीकक्षको भित्र बाहिर, कहिले फोन र टिपोट– पी.ए. थियो अत्यन्त व्यस्त भीड थियो पालोका लागि आतुर। एघार बजेदेखि पालो पर्खेर बसेको रामानन्द शुक्लको पालो आउन दुई बज्नुपर्‍यो।

2010 – 05 – 13

(स्रोत : NepaliLaghukatha.com )

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कलर म्याचिङ

~कृष्ण बजगाईं~Krishna Bajgai

शभा, सेमिनार, पार्टी, भोजमा सर्वत्र देखिने युगल जोडी देखेर धेरै जना रिशले डाहा गर्दथे । त्यो भन्दा बढी इष्र्या र डाहा त उनीहरुले लगाएको महँगा कपडा र गहनामा हुन्थ्यो । अरुलाई झन् औडाहा हुने कुरा चाहीं दुवैको ड्रेसको अनौठो कलर म्याचिङ थियो ।

लोग्नेको सुटसँग श्रीमतीको स्याण्डिलको कलर म्याच भएको देखिन्थ्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : खोटो नोट

~डीग बहादुर तामाङ्ग~Dig Bahadur tamang

छोराहरु सबै विवाह गरेर काठमाडौंतिर बसाई सरेको थिए । गाउँका मानिसहरुले समाचार ल्याउथे, त्यहाँबाट पनि अरब भन्ने देशतिर लागे भनेर । बुहारीहरु त हुँदा हुन तर बुढीलाई कस्ले गर्ने वास्ता । गोटा तीस जति बाख्रा कुुखरा पालेर, बारीबाट आउने केहि मकै र कोदोले जीविका चलाउँथिन सुकुमाया बुढी ।

सुकुमायाँले घरमा पालेको कुखुराका भाले हेर्दै रहर लाग्दा थिए । एउटा बोकोलाइ यहि फागुन महिनाको दोस्रो हप्ता तिर मात्रै खसी पारेर राखेकी थिइन् । एक दिन विहानै कोइरालाबोटे माइलो, झुलुक्क आँगनको डिलमा आइपुगे र बुढिलाई सोधे “ होइन ए, आमै तपाईको भाले र खसि बेच्ने होइन ?” पैसाको खाँचो परेकोले यहि मौकामा बेचि हालौ किन ढिलो गर्ने ? भन्ने सोँची “हेर माइला, लाने भए भालेको दाम पांच सय, खसीको चाहीँ चार हजार पांच सय हो । दाम चित्त बुझ्यो भने लगे हुन्छ” भनीन Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रधान पञ्च जी नङगो हुनु हुन्छ

~शंकर श्रेष्ठ~

करिव १० १५ वर्ष अघिको कुरा हो गाउमा विशेष समारोह थियो । गाउका विकास समितीका लागि सवै जस्तो जनता थिए । आज प्रधान पन्च ज्यूले त्यस समारोहमा विशेष सम्वोधन गर्ने वाला थिए । तोकिएको निश्चित समय भन्दा करिव आधा घण्टापछि प्रधान पन्च ज्यू आफ्नै दलवल सहित सवैका अघि उपस्थीत भएर मन्चमा आए । सारा जनताहरु आवाक भए । के यस्तो विजोग भनेर तर कसैले वोल्ने हिम्मत गरेन किन की प्रधान पन्च ज्यू धेरै ठुलो मान्छे थियो र उनको वेइज्जत गर्नु भनेको आफ्नै सत्यनाश गर्नु हो । उनका नजिक दलवलहरुलाई पहिले देखी नै थाहा थियो तर वोल्ने कसले ? Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विरुपित

~किशोर पहाडी~Kishor Pahadi

झोल पदार्थ कडा थियो ।

साइँलीको भट्टीको रक्सी कडा नै हुन्छ ।

‘साइँलीको रक्सीले फ्ल्याट् पार्‍यो’, अन्तिम घुट्को घुट्क्याउँदै राना करायो । उसको स्वर लरबर थियो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बेग्लाबेग्लै आँखा

~हरिप्रसाद भण्डारी~

दुईजना पत्रकार सडकको किनारमा रहेको चियापसलमा बसेर चिया पिइरहेका थिए। एक्कासि सडकतिरबाट आएको हल्लाले उनीहरूको ध्यान पनि उतै मोडियो। वरपरका मानिसहरू छिटो छिटो आवाज आएतिरै गइरहेका थिए। ती पत्रकारहरू पनि बसेको ठाउँबाट उठे र सडकतिरै लागे।

उनीहरूले देखे― साधारण कपडा लगाएको एउटा युवक अव्यवस्थित रूपमा सडकको किनारमा Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समावेशी उद्योग

~कृष्ण वजगाईं~Krishna Bajgai

लोकतन्त्र आएपछि सबै चिज खुल्ला भए । प्रतिबन्ध लागिरहेकाले पनि अघोषित स्वतन्त्रता पाए । लोकतन्त्रको नाममा छुट र नारी स्वतन्त्रताको बहानामा जथाभावी नारी संलग्न विभिन्न बजार र उद्योग खुले । सहरमा लोकप्रिय मसाज सेन्टर यति धेरै खुल्यो कि बजारको माग भन्दा पनि धेरै ।

धेरै प्रतिस्पर्धा भए पछि मसाज सेन्टरहरुले ग्राहक तान्न आकर्षक विज्ञापन सुरु गरे ।

–‘पाँच चोटी मसाज गराए छैठौं पटक निःशुल्क !’ Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मियो र माछा

~यादव खरेल~yadav-kharel

गाउँको माझमा अबस्थित सार्बजनिक जमिनलाई ठूलो स139र्ष पछि गाउँलेहरुले जमिन्दारको कब्जाबाट मुक्त गरे। सबैको सल्लाहबाट त्यस जमिनमा एउटा ठूलो पोखरी खनियो। बर्षाको पानीले पोखरी भरियो। पोखरीको वरिपरि बसोबास गर्ने सबै गाउँलेहरुको जीवन निर्वाहको मूल आधारनै त्यही साझा पोखरी थियो, जसमा सम्पूर्ण गाउँको सपना लहराउँथ्यो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दोष

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~

उल्झन थियो मोडहरुमा । काँडेतारको बन्दी गृहमा आस्थाको बन्दी म । प्रतिवाद गर्न सक्ने सामर्थ रत्तिभर थिएन । अभिव्यक्त भावनाहरु ती अन्धकारमा शुन्यमा बिलाउथे । मेरो क्रन्दन,चिच्चाहट,आग्रह र अनुरोध त्यो पापी आत्माले पटक्कै सुनेन वा सुनेर पनि अर्को कानले हावामा उडाइ दियो । मैले गरेको सत्कार्यको परिणाम स्वरुप धोका,बिश्वासघात र कृतघ्नको उपहार प्रदान गरिएको थियो तर म बिरुद्ध गरिएको एक एक षड्यन्त्रलाई चुपचाप सहनुको बिकल्प थिएन । मेरो ह्रदयको फिरादपत्रले सम्बन्धित न्यायलयमा जाहेरी व्यक्त गर्न नपाउदै बिचैमा च्यातिएको थियो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुख्याँचा र अर्जुन दृष्टि

~यादव खरेल~yadav-kharel

पाक्नलागेको बाली खाएर चराहरुले हैरान पारेपछि किसानले एउटा बुख्याँचा आफ्नो बारीको माझमा उभ्यायो। बुख्याँचालाई देखेर चराहरुको भागाभाग भयो। चराहरुबाट बाली सुरक्षित भएकेामा किसान पनि दङ्ग थियो। बुख्याचा मनमनै भन्ने गर्थो,“ किसान भनेकेा जनता हो र जनताको सेवानै मेरो परम धर्म हो।” ऊ अहोरात्र बालीको संरक्षणमा लागिरह्यो। ऊ चराहरुमाथि अर्जुन दृष्टि राख्दथ्यो। उसको अर्जुन दृष्टिदेखि चराहरु भयभित हुन्थे। त्यसैले किसानको बाली सुरक्षित थियो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विक्रय वस्तु

~कपिल लामिछाने~

बिर्खे सडक छेउ आगो पुत्ताएर मकै पोल्दै थियो। मकै धेरै पोलिसक्यो। बिक्दा होइनन्। मकै खाऊ न भाइ, ताजा–ताजा छन्। मिठा छन्। खाऊ कति सस्तो छ। फलाउन कति गारो छ। खाऊ न बैनी। … बिर्खे हैरान भयो। बिक्दो होइन। कति कराओस्? मकै बेचौँला। पैसा पारौँँला। छोरीको फिस तिरौँला। उसको कत्रो सपना थियो। ऊ निराश फर्क्यो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पिउन साप

~डा. खगेन्द्रप्रसाद लुइटेल~Dr. Khagendra Prasad Luitel

हिजो बार बजे पनि अफिस खुलेको थिएन । अफिसका सबै कर्मचारी ‘घुस खान पाउनु पर्छ, यो हाम्रो नैसर्गिक लोकतान्त्रिक मानवाधिकार हो, लोकतन्त्र ल्याउन हाम्रो पनि महत्वपूर्ण भूमिका भएकाले कहीँकतैबाट प्राप्त हुने सुविधाबाट हामी वञ्चित हुनु हुँदैन’ भन्दै चौरमा जम्मा भएर गफ चुटिरहेका थिए । कुरा नाजायज नभएकाले म पनि तिनीहरूको चौरे भेलामा सामेल भए“ ।

साढे बार बजेतिर एक्कासि अफिसको ताला खुल्यो । सबैका आँखा त्यतैतिर तन्किए । यस पटक हडताल, अनसन, तोडफोड, चक्काजामजस्ता दबाबमूलक कार्यक्रम केही नगरी अझ भनौं वार्ताटोली नै नबनाई सरकारले हाम्रा माग पूरा गरेछ, धन्य सरकारमा बस्नेहरूमा पनि सद्बुद्धि पलाएछ भन्दै कर्मचारीहरूले Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शत्रु

~कृष्ण बजगाईं~Krishna Bajgai

छरिता र सुन्दर जिउडाल भएका नारीहरुका नाप नक्सा नारी पुरुष दुबैको चासोको विषय भयो ।

टेलिभिजनमा आउने विज्ञापनले उचाई बढाउ भन्यो । युवतीहरु पेन्सिल हिल लगाएर उचाई मात्र बढाएनन् सुन्दरताको उचाई पनि बढाए ।

कम्मर, पेटको बोसो घटाउ भन्यो । युवतीहरुले त्यो घटाएर नितम्बमा थपे । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हिउँको मन

~डा. रविन्द्र समीर~Dr Rabindra Sameer

उनी अर्थात् दिदीकी साथी र म अर्थात् उनको साथीको बहिनी, हाम्रो धेरै दिनपछि भेट भयो। हँसिलो अनुहारको उनी निकै रिसाएको मनस्थितिमा थिइन्। दिदी तपाईलाई के पीर पर्‍यो? आफ्नो पीर अरूलाई सुनाए मन हलुङ्गो हुन्छ, भन्छन्। म पनि त तपाइँकै बहिनी हुँ। मेरो आग्रहको उत्तरमा उनले पड्कँदै भनिन् –एउटा अलच्छिना मोरो छ। यो बाटो हिँड्दा मतिर हेरेर फालीदाँते मुख देखाएर हाँस्छ। न मैले उसलाई चिनेकी छु, न उसले मलाई चिनेको छ। फेरि म ऊजस्तो आवारा पनि त होइन, मेरा देवतातुल्य श्रीमान् हुनुहुन्छ, मुटुको टुक्राजस्ता प्यारा छोराछोरी छन् …………..। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाजको ऐना

~डा. रविन्द्र समीर~Dr Rabindra Sameer

“राजनीति समाजको ऐना हो” – मालिकको खेत खनिरहेको रामअवतारले पसिना पुछ्दै हो हो मा टाउको हल्लायो।
“साहित्य समाजको ऐना हो” – खेतमा बाउसे लगाइरहेको रामअवतारलाई अर्को हूलले पनि टाउको हल्लाउन विवश तुल्यायो।
“धर्म र संस्कृति समाजको ऐना हो”– अर्को समूहले पनि आली लगाइरहेको राम अवतारको ध्यानाकर्षण गर्‍यो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्दकोठा र आकाशको विवाद

~भागीरथी श्रेष्ठ~Bhagirathi Shrestha

बन्द कोठाले भित्रैबाट आकाशलाई सम्बोधन गर्दै उसको कमजोरी फुकाइदियो– ‘ए आकाश ! तिमी कति छ्यालब्याल गर्दै फैलदै गएको ? कतै न कतै अडिने र थिर हुने प्रयास गर न । कति फुक्छौ ? कति पोखिन्छौ ? कति फैलिन्छौ ?’ Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कालो

~पिँडालु पण्डित~

कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ
कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।।
कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ
कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।। बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सम्झनाका डोबहरु

~ओमप्रसाद घायल~Om Prasad Ghayal

सम्झनाका मझेरीहरुमा
छुटेका तिम्रा गुलाबी यादहरु
मैले उसैगरि सजाइरहेको छु फूलमाया
यो आत्मिक म्यूजियममा ।
मेरा प्रत्येक ढुकढुकीहरुसँग गाँसिएका
तिम्रा इन्द्रेणी यादहरुले
विथोलिरहेका छन् आजपनि
मेरा हरेक सपनाहरुलाई ।
र बर्षौदेखि
मैले आफ्नो अन्तरमनको आँखीझ्यालबाट
हेरिरहेको छु तिम्रो त्यही निठूरबाटो । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बन्दुक

~रामशरण चिमौरिया~

‘दलाली साले ! खुरुक्क निकाल नत्र हान्दिन्छु गोली’ साईकलबाट ओराल्दै तिनीहरुले उसको कठालोमा र पाखुरामा अठ्याउदै भने । केहिबेरको लछारपछार पछि उ अरु मान्छेको सहायता पाउने आशले केही मान्छे भएतिर आयो । तर उसले गुहार माग्नु भन्दा अगाडी उनीहरुले पेस्तोल तेर्साउदै Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : झूल बाहिरका लामखुट्टेहरू

~लक्ष्मण अर्याल~Laxman Aryal

केही स्वस्तिकहरू सत्ताबाहिर थिए | तिनले सत्ताभित्र रहेकाहरूका हर्कतहरूका बारेमा रौँचिरा विश्लेषण गरे | सत्तासीनहरूका सानाठुला कमजोरीहरूका बारेमा उछाले | सत्तासीनहरूले स्वस्तिकहरूलाई भने – ”झूल बाहिरका लामखुट्टेहरू !” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आऊ वार्ता गरौँ

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

सँगै बस्नुको एउटा मज्जा छ
सँगै उठ्नुको अर्को मज्जा छ
मज्जै मज्जाको यो उठबसमा
आऊ, अर्को मज्जाको लागि
फेरि एउटा वार्ता गरौँ
जनता हाँस्दै गर्छन्
हामी हेर्दै गरौँ ।
कसलाई पो किन रुवाउनु ? Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लेख : मैले बुझेको गजल

~दिल निशानी मगरDil Nisani Magar~

फेसबुक साहित्य लाइ नजरअन्दाज गर्न त मिल्दैन l फेसबुक मा राम्रा-राम्रा कलम हरु कोरिएका पनि छन l पछिल्लो समय नेपाली साहित्य प्रेमी हरु मा गजल को नशा थपिएको छ l फेसबुक मा केहि चिज लेख्यो र गजल भनी दियो l हाइकु लाइ गजल भन्यो l मुक्तक लाइ गजल भन्यो l तियाली लाइ गजल भन्यो l चोका लाइ गजल भन्यो l घोचो लाइ गजल भन्यो l छेस्का लाइ गजल भन्यो l केशरा लाइ गजल भन्यो l तांका लाइ गजल भन्यो l धन्न-धन्न त कबिता लाइ पनि गजल भन्यो l Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : शीलाको लीला

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, छिनमा खुर्सानी सुकाउने भदौको झलमल्ल घाम जस्तो । अनि, मति यही नै हो जो छिनमा उत्तरबाट दक्षिण र दक्षिणबाट उत्तर मात्र होइन, पूर्वबाट पश्चिम र पश्चिमबाट पूूर्व हानिन पनि बेर लाउँदैन । यति मात्र कहाँ हो र ! यो आकाशबाट पाताल र पातालबाट आकाश भयो भने पनि अचम्म मानिहाल्नु पर्दैन । कुरो बुझ्नु भो कि नाइँ ? नबुझे एकछिनमा बुझ्नु हुन्छ । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो मन अलि हलुङो भयो

~राजु सिटौला~Raju Sitaula

तिमी आज खुशी भइछौ,
मेरो मन अलि हलुङो भयो ।
बोझ त अझै बोकेकै छु,
एउटा लक्ष्यहीन यात्राको बोझ,
सपनाविहीन आँखाहरुको बोझ,
आशारहित धड्कनहरुको बोझ ।
तर तिमी आज खुशी भइछौ,
मेरो मन अलि हलुङो भयो । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको प्रेम यात्रा

~ओमप्रसाद घायल~Om Prasad Ghayal

आज राती सपनामा
फेरि पढेछु मैले
उही ‘मधुमालतीको कथा’
त्यही मधुकरले मालतीलाई बोकेर हिँडिरहेजस्तो
प्रेमको वायुपङ्खी घोडामा
मपनि तिमीलाई लिएर उडिरहेको थिएँ
माथि आकाशतिर….. । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

Poem : Vulnerable

~Sanjay Rai~Sanjay Rai

Without a direction
Blank, Scared, Clueless
Blind and totally left
Alone in mercy of faith. Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : देश छोडने रात

~यात्रा गुरुङ~

कुनै होटेलमा बसेर
या,कुनै कोठमा बसेर
सोचिरहेको छु
भोलि यतिबेला देश छोडिसक्छ होला
त्रिभुवन विमान स्थालबाट कुनै विमान मार्फत । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ सिमाना

~एकल यात्री~Ekal Yatree

ओ महाशय !
तिमीले कसरी भन्यौ ?
मेरा खाली पैतला हेरेर
मेरा पैतलाको धुलो यो देशको होइन !
कसरी भन्यौ ? मेरो होइन भनेर
पसिनाले भिजेको टोपी
ठाउँ ठाउँमा टालेको भोटो
सधैँ देश दुखिरहने यो छाती बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment