कथा : उनीहरु पात्र होइनन्

~मिश्र वैजयन्ती~Mishra Baijayanti

घाम थिए र उज्यालो थियो । उज्यालोसँगै गर्मी पनि उत्तिकै थियो । उनीहरु माइकिनारमा आएर उभिए । माइको उत्तरपट्टिको यो किनारामा फेरि एकचोटि उही कटेराहरु सम्झना गरे ।
‘जय कता गइरहेछौँ हामी ? यसरी आफन्तको पनि के भर पर्नु छ र ? बसिरहेका भए एकैठाउँ केही हुन्थ्यो कि । अरु पनि त बसिरहेकै छन् । ’ जयमायाको टिठ्याइला आँखाले जयबहादुरलाई हेरिरहेका थिए । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जात

~शेखर ढुंगेल~Shekhar Dhungel

पण्डित जगन्नाथ कि अर्धांगिनी कल्याणी देबी डाको छोडेर रोइ रहेकी छिन
धन्न गाउलेले बेलै मा देखेछन र पण्डित बाजे लाइ बकैनाको हाँगो मा बाधेको बाबियो को डोरी को पासो बाट बचाएर लेराए ।

केहि क्षण इन्तु न् चिन्तु बनेकी पण्डितनि बज्यै ले आधा अंखोरा पानी के रित्याएकी थिइन जोर जोर ले रुन कराउँन् थालिन .आफ्नो एक मात्र संतान छोरी रुपा लाइ जाने बुझे सम्म को तथानाम गालि को वर्षा गराउन थालिन ।
जगन्नाथ बाजे को आत्महत्या को प्रयास को खबर सुन्ने जति सबै गाउले हरु हस्यांग फस्यांग गर्दै आएर आगन र पिढीमा जम्मा भएका छन् । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विश्वास

~महादेव अधिकारी~ Mahadev Adhikari

मेरो साथी विश्वास छुट्टिसकेर फर्किएको थियो। एकछिन गफगाफ गरियो। परदेशमासँगै भएपछि केही गोप्यकुराहरू समेत हुन्छन्। उसले भन्यो जनकको नासो पुराउन गएको। कोठामा नन्दिनी मात्रै रहिछन् । बस्नुस् न भनिन् म खाटमा बसे सिरानी र सिरकको आड लगाएर। त्यतिकैमा झोकाएछु। बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सपनाहरूमा टेकेर

~मिश्र वैजयन्ती~Mishra Baijayanti

सम्पूर्ण इतिहासलाई
तमसुकमा सहीछाप गरिदिएर
एउटा मक्किएको छातीलाई लिएर
पहेँलो उमेरमा उभिए उनी,
उभिएका थिए जहाँ उनका पुर्खाहरू । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : होचाहरूको बीचमा

~कृष्ण धरावासी~Krishna dharabasi

जन्मिदा त अरु जस्तै थिएँ होला तर जति हुर्किदै गएँ, उत्ति नै होचिदै गएँ म । सँगै खेल्ने साथीहरु हेर्दाहेर्दै वर्षै पिच्छे अग्लाअग्ला देखिंदै जान्थे । म भने हरेक वर्ष त्यत्राको त्यत्रै । आमाले खुट्टामा तेल लगाइ दिंदैगर्दा पिडुला छामेर भन्नु हुन्थ्यो– ‘यो नबढ्ने नै रहेछ, यी हेर त यसका पिडुला गाँठो परेका ।’ पिंडुला गाँठो परेपछि मान्छे नबढ्ने रहेछ भनेर सुनेदेखि म पनि चिहाइचिहाइ साथीहरूका पिंडुला हेर्थे– तिनीहरूका पिंडुला सुलुत्त परेका हुन्थे । आफ्ना चाहिं छाम्यो लोहोरो जस्तो । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ऐना , म र बन्द सदुपयोग !

~देव कुमारी राई~

ब्युटी पार्लरको कोठाभित्र सजाएको ठुलो ऐन अगाडी बसेर, खाजा खानु गएको ब्युटीसियनको पर्खाई मा थिए| म र एक जना ब्युटीसियनको सहयोगी मात्र रहेको त्यो कोठाको वातावरण शान्ता थियो| त्येसैले म, केही छिन मै ,सजिलैसंग ऐना मै लिप्त भएछु की मेरा भावहरु आवाज बिहिन अन्तरक्रिया म र ऐनामा देखिएको मेरो प्रतिबिम्बसंग भैरहेको यो पहिलो चोटी थियो र वाक्य गुन्जी

बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जादुगरी डण्डा

~कृष्ण बजगाईं~Krishna Bajgai

एक जादुगरको जादुगरीको प्रशंसा निकै फैलियो । उनी गाउँ-घरमा मात्र सिमित नरहेर अब शहर बजारमा पनि चर्चित हुन थाले । टेलिभिजनको पर्दा होस वा रेडियो या अखवारमा उनको बारेमा निकै महत्व दिएर समाचार आउन थाल्यो ।
बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मलाई तुहाइदियौ

~लेखनाथ काफ्ले ‘राजन’~

कती ठुला सपना बोकेर जन्मन लागेको थिए
भाईभाइलाई भिडाएर, मेरी आमालाई लातले हान्न लगायौ
त्यही पारीको मान्छेलाई आफ्नो नजिकैको ठानी
मेरी आमालाई प्रसव पिडामा पारेर मलाई तुहाइदियौ

हो म जन्मन चाहेको थिए Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अव्यक्त आकांक्षा

~इन्दु शर्मा~

दिनभरिको ड्युटी पश्चात म मेरो पसलमा बसिरहेकी हुन्छु ,थकित मानसिकता लाई बिर्साउदै । हुनत संधै यस्तै हो ,दिनभर ड्युटी अनि बेलुका पसल ।

पत्रिका पसल भएर होला ग्राहक को घुइंचो नै लागिरहन्छ ।मेरो मानसपटल मा ग्राहकका अनुहारहरू क्रमश : स्थापित र बिस्थापित जान्छन ।पसलमा एक्लै कल्पनाको बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : बीसवर्ष पछि

~ओ. हेनरी~O Henry
अनुवादः महेश पौड्याल ‘प्रारम्भ’

ड्युटीमा तैनाथ ती प्रहरी जवान बढो तदारुकताका साथ चोकतिर लागे । यो तदारुकता उनको बानी थियो, देखावटीपन हैन । त्यहाँ उनलाई हेर्नेहरूको सङ्ख्या कम थियो । राती करिब दस बज्न लागेको बेला, बतासका चीसा सिरेटाहरूमा हल्का वर्षाको गन्ध मिसिएकोले सडकमा चहलपहल कम थियो । सबै ढोकाहरूको निरीक्षण गर्दै, आफ्नो लौरोलाई बढो क्लिष्ठ र कलात्मक ढङ्गले घुमाउँदै, र त्यो शान्त सन्नाटामा आफ्ना तिब्र आँखा घुमाउँदै हिँडिरहेका, सतर्क र हल्का चाल भएका ती प्रहरी अधिकृत शान्तिको वास्तविक अभिभावक जस्ता देखिन्थे । बाँकी पढ्नुहोस्

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : बन्द निवास

~पदम भण्डारी~Padam Bhandari

‘रेग्मी निवास’ को नामले परिचित बिमलको घर अर्थात् मेरो पोईली घर आजकल भीषण कालो अन्धकारमा लुप्तप्राय: भएको छ । रेग्मी निवास अर्थात मेरो घर ठूलो फलामे ताला झुण्ड्याईएको कारणले ज्योतिहीन भएको हो । रेग्मी निवास त्यसै ज्योतिहीन बनेको होईन, ज्योतिहीन हुनुको मुख्य कारण रेग्मी निवासमा भएको राजनीतिक चहलपहल हो । देशमा बि सं २०५२ सालमा सशस्त्र संघर्षको थालनी भएपछिका पछिल्ला घटनाक्रमहरूमा रेग्मी निवासको राजनीतिक पृष्ठभूमी र सरकारको दमन बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अनिदो रात

~अमोल आचार्य~amol-acharya

एक कोठे घर छ। दुईवटा खाट राखिएका छन् भित्ताका दुईपट्टी। एउटा खाटमा आमा सुत्छिन्। अर्को खाटमा छोरो सुत्थ्यो तर अब बुहारीपनि अटाउनु पर्ने भएको छ। बिरामी आमाले आफ्नो एकमात्र छोरोको बिहे गरिदिएकी छन् आज। छोराको बिहे गर्ने र बुहरीलाई आफू नमर्दै भित्र्याउने रहर कुन आमाको हुँदैन र? आमा र छोरा दुवैको रहर पुरा भएको स्थिति छ। घाँटी अनुसारको हाड निलेर विवहाको सम्पूर्ण काम पुरा गरिएको छ। दिनभर पर-पाहुनाको घुइँचो थियो र बधाइ दिनेहरुको ताँती। तर साँझ परेपछि सबै आ-आफ्ना घर लागे। घरमा तीन जना छन्। आमा, छोरा र बुहारी। बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : रातो गुलाफ

~राजन “कल्पित”~Rajan Kalpit

रातो गुलाव जब सबको हात हातमा हुनेछ
प्रेममा बलिदानको चर्चा हरेक बातमा हुनेछ

प्रेमको जीत भएको दिन प्रेम दिवस मनाइदै छ
भ्यालेन्टाइनको जन्म सबै जात जातमा हुनेछ बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कथा : ज्वोरो

~कृष्ण थापा ‘कृष्णपक्ष’~Krishna Thapa - Krishnapakshya

‘तिम्रो धेरै याद आउछ यति धेरै की जति तिमी कल्पनासम्म गर्दैनौ । वा जति म तिमीबाट लुकाउने कोसिस गर्छु त्यसभन्दा पनि धेरै ।’

उसले सधैंझैं ईमेल लेखी – व्यस्त मान्छेलाई डिस्टर्ब गर्न मन लाग्छ, सोध्न मन लाग्छ – मेरा सपनाहरूले किन सधैं मलाई तिम्रैतिर डोर्याईरहन्छ? मेरा आँखाहरूले किन सधैं तिम्रै बाटो कुरिरहन्छन ?
Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कस्तो बिबाह !

~गीता खत्री~Geeta Khatri

धेरै अघि खाटा बसिसकेको घाउ आज फेरि बल्भिmन पुगे जस्तो देखियो । आज एउटा साथीको छोरीको बिबाहभोज थियो, वुडहेभनको मौर्यमा । बिबाहको प्रितीभोज सकियो । ब्यवस्थित सांगीतिक कार्यक्रमसहितको मीठो खानाले होला भोज असाध्यै राम्रो भयो । सबै जना रमाउंदै ठट्टा गर्दै आ-आफ्नो घरतिर लागे । गार्गी पनि भोजगृहबाट बाहिर निस्किइन तर उनको अनुहार अरुहरुको जस्तो हं“सिलो याने रमाइरहेको जस्तो देखिदैन थियो । आफैंभित्र कताकता हराए जस्तो गरेर हिडिंरहेकी थिइन् । उनलाई आफ्नी छोरीको याद आयो जस्तो छ । उनकी छोरी पनि बिबाह उमेरकी थिइन । राम्रो पर्ढाई थियो । चिटिक्क परेकी, ह“सिली, हेर्दैमा केटाहरु लोभिन्थे ।
बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विश्वासघाती

~पदम भण्डारी~Padam Bhandari

रातको दुई बजे चोर डाँकाहरु मेरो घरमा पसे । चोर डाँकाहरु भित्र पस्ता मैले प्रतिवाद गर्न छोडिसकेको थिएँ, किनकि प्रतिवाद गर्न खोज्दा धेरैपटक मैले ज्यान जोगाउन उनीहरुसंग भीख माग्नु परेको थियो – ‘मसंग भएको धन सम्पत्ति सबै लैजानुस तर म

र मेरो परिवारलाई केहि नगरिदिनुस’ भनेर । मेरो घरमा पसेर लुट्न खोज्दा मैले छिमेकीको सहयोग पनि मागिन । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बिरामी

~छविरमण सिलवाल~

सधैँ म छोरोलाई यही बाटो स्कुल लैजाने गर्छु । बाटोमा देखिने दृश्यहरूले उसको कुतूहल बढ्दै जान्छ । एकदिन सडकमा गुडिरहेको एम्बुलेन्समा उसका आँखा परे र सोध्यो, बाबा अरू गाडी गुड्दा त कराउँदैनन् यो गाडी चाहिँ किन कराउँदै हिँड्छ ? मैले भने, बाबु यो एम्बुलेन्स हो, यसमा बिरामीहरूलाई राखेर अस्पताल लैजाने गरिन्छ । छिटोछिटो लैजानका लागि यो गाडी कराएको हो । यसलाई सबैले बाटो छाडिदिनुपर्छ । यसको बज्नेलाई साइरन भनिन्छ । उसले बुझेजस्तो गर्‍यो र ए ….मात्र भन्यो । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मोबाईलले दिएको खुसी

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

आजभोली उनि खुसी देखिन्छिन् । उनको त्यो मुहारमा अनौठो चमकता देखिएको छ। मानौ वर्षातको बादल गड्किदाँ एकझमकमा देखिने त्यो बिजुलीको चम्काई हो ।

लगभग ४,५ महिना हुन लाग्यो उनमा यस्तो परिवर्तन देखा परेको त्यस भन्दा अघि नि साह्रै निरश देखिन्थिन् । उनलाई म राम्ररी चिन्दछु । आफ्नो एउटी छोरीसहित उनि मेरो घर भन्दा पुर्व पट्टीको घरमा बस्दथिन् । उनको आफ्नै घर हो । तर एक्लै बस्थिन् । सासु ससुरा गाउँकै घरमा बस्थे । बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : खोजिन धन तिम्रो मायामा

~आचार्य प्रभा~acharya Prabha

खोजिन धन तिम्रो मायामा
लुटाएँ मन तिम्रो मायामा /

प्रेमको अर्थ थाहा भएन
बुझाई भन तिम्रो मायामा / Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ

~नवराज सुब्बा~

दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ
सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ ।

कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद
जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमीलाई माया गर्दा म त

~नवराज सुब्बा~

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।

दुई नयनमा वग्ने आँशु फरक भए कि कसो
आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : यात्री

~जय गिरी~

कुन देशमा जान्छौ यात्री कुन धरती पाउने हो
कस्ता सामग्री भेटिने हुन् साथमा को आउने हो
विवशहरुका कांधमा बन्दुकको नाली राख्ने हो
हाडहरुले डांडा छोपिए मांसपिण्डका फांट भए
मस्तिष्कमा भूस भरिए इन्द्रियहरुबाट ज्वाला खनिए Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अनाम छापामारको नाममा

~इच्छा पूर्ण राई~

यो कथा होइन र पनि कथा भएको छ । यो कथा सहरले नसुनेको कथा हो र सहरबाट केहि टाढाको कथा हो। पूर्वको प्रसिद्ध डाँडा ट्याम्के र मैयुँको विचको सानो गाँउको कथा हो। यो गाउँ हिउदमा हिउँमा सुतेर विताउछ अनि वर्षामा हुस्सु र भूइँ कुहिरोले घ्याप्प ढाकिएको हुन्छ। यो गाँउको नाम छैन र अनाम भएको छ। आफू अनामे भएर पनि स्वच्छ, शान्त र पर्यटकीय छ। तर सदियौ देखि हासेको छैन। हाँस्न सकेको छैन। सानो गाउँ जहाँ वस्ने प्रत्येकको खुट्टा हरिनाठले पटपटी फुटेको छ भुइचालोले पृथ्वीको धाँजो बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जुलुस र आमा

~श्याम तमोट~Shyam Tamot

“वीर सहिद अमर रहुन”
“प्रजातन्त्र अमर रहोस ”
सहिद दिवसको दिन थियो । बाजागाजाको साथमा उर्लदो नारा लगाउँदै जुलुस अघि बढिरहेको थियो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मनु लोहोरुङ राईका ३ मुक्तकहरु

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai


मेरो मनमा आगो बालेर कहाँ पुग्यो बैगुनी ?
छातीको घाउमा नुन हालेर कहाँ पुग्यो बैगुनी ?
जसो तसो जोगाएर राखेकै’थें सिङ्गै मुटु
टुक्रा,टुक्रा बनाइ फालेर कहाँ पुग्यो बैगुनी ?


जिउने आधार एउटै मुटु, आधा लुटी छाड्यौ मलाई
खुराफाती तिम्रै मन’थ्यो,आखिर धोका बाँड्यौ मलाई
बाँच्छु भन्थे दुई चार दिन तितो यादसंग पनि
जिउँदो लाश बनाएर माटोभित्रै गााड्यौ मलाई


कहाँ कसको लागिन र ?पाउ जिन्दगीमा
आफ्नो कहीं तैरिएन नाउ जिन्दगीमा
उमेरको हिसाब चुक्ता, हुनै लागिसक्यो Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : परिवर्तन

~हरी भुसाल ‘स्याटलाइट’~Hari Bhusal 'satellite'

‘wallace’ले मलाइ नयाँ जबको अफर राखेको थियो ! कुनै बर्षको सायद June महिनाको कथा हुनुपर्छ यो !ठ्याक्कै तिथिमिति थाहा भयन फेरि कथाहरुका Éxcatly Date’हुनथाले भने ति कथाबाट समाचारमा रुपान्तरण भैसकेका हुन्छन ! एक बिहान म आफ्नो work station बाहिर छरियका प्याकेजहरुको Tracking Number हरु टिप्नमा ब्यस्त थियँ अनि भ्यानको Door केहि Open राखेर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : प्रश्न तालिवानलाई

~मदन दुलाल~

बालक मार्यौ,पायौ के? तालिवान
निर्दोष गाल्यौ,गायौ के? तालिवान।।१

बिचरा निर्दोष अबोध दुधे बालक
निस्फिक्रि ढाल्यौ, लायौ के? तालिवान।।२ बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

गजल : अचेल

~सजु शिवकोटी~

रिसायौं कि के हो तिमी, बोल्नै छोड्यौं अचेल
हरायौं कि कतै तिमी, आउनै भुल्यौं अचेल

ढुङ्गेनीमा बस्दा खेरी, पछ्यौरीको सप्को तिम्रो
त्यै सप्कोको मेरो माया, अन्त कतै पोख्यौं अचेल बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कविता : सिल्भिया ! म तिमीलाई प्रेम गर्छु

~शुभ आगन्तुक~

मैले पहिलोपल्ट
हातमा रातो गुलाब बोकेको छु
तिम्रो लागि ।

तिम्रो ह्रदयमा सिउरिनलाई
यतिखेर
हातमा रातो गुलाब बोकेर
उभिएको छु म निर्जन किनारामा
र, पर्खिरहेछु – तिम्रो बाटो । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पञ्चायतकालको जागिरयात्रा …

~राधारमण उपाध्याय~

मैले काम गर्ने गोरखापत्रको कार्यालय काठमाडौं भूगोलपार्कको बगलमा छ । ठीक सामुन्ने विशालबजार छ । त्यस ठाउँमा पहिले जनसेवा नामको सिनेमा हल थियो । त्यो हल पहिले सरकारी रहेछ । राजा त्रिभुवनबाट दरबारका सचिव दयारामभक्त माथेमाले बक्सिस पाएका रहेछन् । राजधानीको मुटुमा रहेको त्यो सरकारी सम्पत्ति दयारामले पाएकोमा उनका जोरीपारी र सामान्य जनतालाई पनि मन परेको रहेनछ । तत्कालीन गद्दीनसिन राजा महेन्द्रलाई मन परेको थियो वा थिएन भन्ने यकिन जानकारी थिएन तर पनि बाबुले दिएको कुरा अकारण छोरा राजाले खोस्ने कुरा पनि थिएन । दयारामको स्वामित्व कायम थियो । प्रस्तुत घटना हुनेबेला राजा महेन्द्रको सवारी देशबाहिर थियो । यहाँ जनसेवा सिनेमाका म्यानेजर एवं दयारामका भान्जाले सकडमा हिँडिरहेको Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

लघुकथा : लोग्नेको जात

~कृष्ण बजगाईं~Krishna Bajgai

दुई आइमाईले विवाह गरे ।

“आइमाईको विवाह ?”

हजूर पारपाचुके गरेर बसेका आइमाईले एक आपसमा विवाह गरे । अर्थात समलिङ्गी विवाह । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लोकल बसको सिट

~गोपाल झापाली~Gopal Jhapali

प्रणय दिवशको अघिल्लो साँझ म बजारको एक रेलिँमा लेटिएर बदाम टोक्दै थिएँ । उदाश मनमा आकाशमा प्रशव अवस्थाको जून मलाई ढाडस दिदै थियो । हातको बदाम सकियो पुनः ५ रुपैयाको किन्न त्यहा बाट उठे । हात भरि बदाम लिएर आए । लाग्यो त्यो जून पनि मेरो बदाम माग्न आज धर्तीमा आउदै छ । बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment