वाल कथा : थाल

~माधव सयपत्री~Madhab Sayapatri

मधु त्यो घरमा काम गर्न बसेको तीन वर्ष भएको थियो । उनले त्यो घरमा धेरै काम गर्नुपथ्र्यो । करलागी परेर मालिकले मधुलाई छैटौं कक्षामा भर्ना गरिदिए । कामको बोझ भए पनि मधु राम्ररी पढ्न थाले । उनी विद्यालयको अतिरिक्त क्रियाकलापमा भाग लिन थाले । मधुले पुरस्कारसमेत जिते । तर, मधु पुरस्कार लिएर घर आउ“दा मालिकमालिक्नी फिस्स पनि मान्दैनथे । एक पटक मधु कविता प्रतियोगितामा प्रथम भए । बाँकी पढ्नुहोस्

Posted in बाल कथा | Tagged | Leave a comment

वाल कथा : गौथली र भँगेरा

~जयदेव गौतम~

बाहिर वरिपरि धानचामल हालेका मकैका हरिया बोट हावाको तालसँगै यता र उता हल्लिरहेका थिए । एउटा घरको दलानमा गौंथली र भँगेराबीच निकै कोकोहोलो मच्चिइरहेको थियो । ‘अर्काको मिहिनेतमा जुका सरी कहाँ टाँसिन पाइन्छ र ? आफैँले गरेर खानुपर्छ, आफ्नै पाखुरीको पौरखमा बाँच्न सक्नुपर्छ,’ गौंथलीले चर्को स्वरमा कराए । ‘त्यसो भए किन अर्काको घरमा आएर बस्ने नि ?’ भँगेराले निहुँ खोजे । बाँकी पढ्नुहोस्

Posted in बाल कथा | Tagged | Leave a comment

गीत : जानिन देह पैले यो प्रेममा डुबाएँ

~भीमनिधि तिवारी~Bhimnidhi tiwari

जानिन देह पैले यो प्रेममा डुबाएँ
लागेन हाथ मोती गोता हजार खाएं

फक्रे गुलाफ थुंगा देखि भई म मोहित
आशा र लालशाले पाऊ उतै बढ़ाएं बाँकी पढ्नुहोस्

Posted in नेपाली गीत | Tagged | Leave a comment

हाँस्य-गीत : कागज काट्ने बन्चरो त काठ कट्ने कैची

~सि यम नेपाल~

कागज काट्ने बन्चरो त काठ कट्ने कैची
कुखुराले पाडो पायो छक्क पर्यो भैंसी
आहै ! भिगी भिगी रातोमे , मिठी मिठी बातोमे
भरी बर्षातोमे कैसा लगता है ?
यैसा लग्ताहै मेरे मन के बादल,
तिमी बजाउ मादल
घिन्ताङ घिन्ताङ घिन्ताङ घिन्ताङ
भन्थे बाले, भन्थे बाले भन्थे बाले, भन्थे बाले बाँकी पढ्नुहोस्

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अविवेकी बर्तमानहरु

~राजेन्द्रप्रसाद अर्याल~Rajendra Aryal

म विश्वस्त छु
जन्मदैमा मलाई
आशङ्का हुनु पर्छ
काल क्रमसँगै
आशङ्का शङ्कामा परिवर्तन हुन गयो
हेक्का उच निचको
बृध्दि हुने क्रममा
शङ्का यथार्थमा परिणत भयो
हाम्रो प्यारो गोरखा
प्रत्येक वर्तमानका शोषणबाट
पिल्सिईरहेको पो रहेछ । बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : बाँदर

~हरिवंश आचार्य~Haribansha acharya

बाँदर हर्ता, बाँदर कर्ता, बाँदरकै छ प्रशासन!
यो देशमा मान्छेको कैले, देख्न पाइएन सासन!!

च्याँ च्याँ, चुई चुई, ङयार्र ङुर्र, सँधैको छ झगडा!
त के बाँदर, म पो बाँदर, त भन्दा म तगडा!! बाँकी पढ्नुहोस्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : क्याबिनको सीट

~कृष्ण अविरल~Krishna Abiral

काठमाडौका र्सार्वजनिक यातायातका साधन, त्यसमा पनि सानाखाले नीलो माइक्रोमा यात्रा गर्नु कम्ती कठिन छैन । सागुरो खोरमा क्षमताभन्दा बढी भेडाबाख्रा कोचिएभन्दा चर्को । कहिलेकाँही त यस्तो लाग्छ, मःम र मासुको लागि काठमाडौं ल्याउनका लागि ट्रकमा लादिएका बूढाराँगा र बैला भैंसीले पनि यति चर्को सास्ती पाँउदैनन् होला ।

सीट क्षमता १२ जना मात्र । तर २०-२५ जनाभन्दा घटी कहिल्यै हाल्दैनन् । अझ गर्मीका बेला त्यसरी कोचिएर यात्रा गर्नु पर्दा श्वास गुम्सिएर भित्रै बान्ता आउलाजस्तो हुन्छ । त्यसमाथि छेउमा पसिना गन्हाउने मान्छे पर्यो भने त झन्……..। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आकस्मिक प्रेम

~संविदा राजभण्डारी ‘श्रेष्ठ’~

एउटा असाधारण अनुभवले आज दिनभरि नै गिजोलिरह्यो मलाई । म मेरो श्रीमान्को बहुपासमा गम्ल्याङ्ग अङ्गालो हालेर रुँदै भन्दै थिए, “बाबा, टिटु उड्यो, गयो मलाई छाडेर ।” सायद म अलि बढि नै भावुक भएको थिए ।

भल्नेरेवल । अंग्रेजीमा जसलाई भल्नेरेवल भनिन्छ । घरका अन्य सदस्यहरू अनौठो मानेर हेरिरहेका थिए मलाई । भन्दैथिए, “एउटा जाबो चराको लागि पनि कति इमोस्नल भएको…” आदि–इत्यादि । म चाहिँ आफै भित्र सम्पूर्णता खोज्नमा ब्यस्त थिए । फ्रेडरिक नित्से, एक प्रसिद्ध अंग्रेजी बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिसर्जन

~राजु शर्मा~

जब म कोठा भित्र छिर्छु । उ पलङमा पलिटरहेकै हुन्छ । हातमा किताबको ठेली । ओठमा ठुटो चुरोट । उस्को नियमितता नै हो । यत्र तत्र छरपस्ट किताबै किताबहरु । भित्ताका र्याकहरुमा पनि अटेश मटेश गरेर किताबका तांतिहरुनै लईन बद्ध भएर बसेका देखिन्छन् । एउटा अब्यबस्थित कोठा भित्र अब्यबस्थित जिन्दगी बांचिरहेको छ उ । एकाग्रतालाई भङ्ग गर्न नचाहेर हुन सक्छ ? सल्काएको ठुटो चुरोटको छोटो पनलाई समयमै महसुस गर्न सक्तैन् फलस्वरुप आंैलाका काप सबै निकोटिनको दागले पहेंलो भएर रङिगसकेका छन् ।
बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सज्जन एक

~विवेक दुलाल क्षेत्री ‘दमक’~Bibek Dulal Chhetri Damak

सज्जनसित अथाहा सम्पती थियो . सज्जनलाइ कुनै कुराको कमी थिएन . सज्जन एक दिन घुम्न घर बाहिर निस्कियो . सज्जनले उसको घरै अघिको गेटमा एउटा माग्नेलाई घन्टी बजाउनै लागेको देख्यो .सज्जनलाइ सनक्क रिस उठ्यो र माग्नेलाई झपार्न थाल्यो – “ए भाते तँलाई माग्न लाज लाग्दैन? ,यत्रा हात पाखुरा छन् !”

माग्नेले भन्यो -“हजुर दुइ दिनदेखि काम नपाएर भोको छु ”
यो सुनेपछि सज्जनले -“ल ल धेरै बहस नगर्ने ” भन्दै नाम थर सोध्न थाल्यो –  Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : चेतनाको प्रवेशद्धार

~सविना सिन्धु~

शब्द जोडेर उतार्नेछौं प्रवेशद्धारको चित्र
अनि वयस्क घामले डढाउन सक्ने छैनन्
हाम्रा इतिहासलाई
खुल्ला मैदानमा रुझ्ने छैनन् हाम्रा शब्दहरु
हामीले चट्टानमा कोरेको आँशुको आकृित
र सपनाको खुल्ला बजारमा निश्चिन्त भई
बिक्री गरेका हाम्रा उदाङ्गा घाउहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : अमृतकुण्ड

~महेशबहादुर क्षेत्री~

शिवरात्रीको दिन, चिसो मौसममा विहानैदेखि तलाउमा स्थान गर्नेहरुको भीडभाड देखिन्छ । शिवप्रतिको अगाढ आस्थाले सारा जग नै आफूलाई धन्य महसुस गरिरहेको छ । भक्त तथा दर्शनार्थीहरुको भीडभाड विस्तारै बढ्दै गइरहेको छ ।

यत्तिकैमा दुइ जना दर्शनार्थीको आगमन हुन्छ । सुन्दर मुस्कानका साथ एकअर्काप्रति बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजमार्ग

~प्रदीप नेपाल~Pradeep Nepal

(१)

“ढोका खोल्,”
भात खाएर सुतेको धेरैबेर भैसकेको थियो । पहाडको सानो घर, कोठाहरु धेरै थिएनन् । भुइँतलालाई जयबहादुरले सानो पसल बनाएको थियो । गाउँ पनि ठूलै थियो अनि उनीहरुको घर पनि जुम्ला जाने मूल बाटैमा पर्दथ्यो । त्यसैले आफ्नो सानो पसलबाट पनि जयबहादुरले राम्रै कमाई गरिरहेको थियो । सानो घरलाई जयबहादुरको परिवारले मिलाएर व्यवस्थित गरेको थियो । पसलको पछाडिको भागमा उनीहरुले चुलोचौको सम्हालेका थिए । यात्रीहरुका लागि चिया चमेना र परिवारका लागि भातभान्सा दुबैतिर काम लाग्ने बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिलकुमारको फेसबुकभित्र “आरुबोटे कान्छो”

~विवेक दुलाल क्षेत्री ‘दमक’~Bibek Dulal Chhetri Damak

यो दिल कुमारको इति ब्रितान्त हो।अर्थात दिल कुमार नेम्बाङ्गको कथा हो। पुर्बी नेपालको पहाडी जिल्ला ताप्लेजुङ्गमा आफ्नो खुट्टाले धर्ति पहिलो पल्ट टेकेको यो युबक आफ्नो बाजे र एक्ली आमाको पालन पोशणमा हुर्कियो। बाबुचाही इन्डियन लाहुरे हुँदै उतै कारगिलको युद्दमा बितेपछी हजुरबाजेको रेखदेख र बिधुवा आमाको ममतामा दिलकुमारले आफूलाई बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुभब

~योगी बालक~Yogi Balak

आजको दिन होलीको । सबै सप्तरङ्गी रङ्ग संगै आफ्ना आनन्द साटासाट गरिराखेका छन् । यहि आनन्दमा देशका कतिपय जनताहरु होलिको रङ्ग मिलेसरी मिलेर होली खेलेका छन भने कोही दुःखै दुःखको जालोलाई जबरजस्ती फुकाउने प्रयत्न गर्दै आएको होलीलाई मनाउने तरखरमा जुटेका छन् । तर यही दिन हो एक अबला नारी लुटिएको हिमांशुको परिवार बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविता

~राज थापा~Raj Thapa

मेरी प्यारी कवियत्री ,
तिम्रा कविता पढी रमाउने मेरो मन
आज अझै फूरूक्कछु
धेरै भयो तिम्रा कविताका
भाबमा डुबदै अाएको
सुन्दर बिम्ब सजीएका
शब्द मिठासको चास्नी
फुलै फूलमा डुल्ने भमरा झैं
तिम्रा हरफहरूमा अल्झन्थें
तिम्रो किताब पढ्ने अहोभाग्य जुर्यो बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : नूरी–१०

~वर्षात् दर्लामी~Barsat Darlami

“तिमी अब मलेसिया फर्कन्छौ कि नाई ?”

मायाले सोध्दैथी । वातावरण बडो गम्भीर बनिरहेथ्यो । साथीहरु सबैजना ड्यूटीमा थिए ।
हामी बसिरहेको होस्टेलभित्र यतिखेर दुईजना मात्र थियौं– माया र म ।

“सायद सम्भव छैन माया । ….”

मेरो कुरा सुनेर उसको अनुहारमा कालो बादल छायो । मेरो सुटकेशभित्र सामानहरु मिलाउँदै राख्दै गरेकी थिई । एकाएक बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : यस्तो छ नेपाल यो

~इन्द्रमणि नेपाल~

हेर्छु उच्च हिमाल दङ्ग परदै हो शिर मेरो भनी
ति पाखा र पहाड छन् सुनसरी संसारम मै धनी
खोला वग्छ सुसेली हालि दिनहुँ बाँड्दै मिठो संगीत
हावा चल्दछ सर्सरी गगनमा बोकेर मिठो प्रीत ।। १ ।।

मेचिलाई विपद् प¥यो यदि भने कोशि सधैं साथ छ
सम्मै फाँट पहाड ज्यान बलियो हिमालको माथ छ
पग्लिएर सधैंभरी हिमगिरी अमृत झैं बग्छ जो
सट्टामा रसिलो छ पर्वत अझै कैल्यै सकिदैन त्यो ।। २ ।। बाँकी पढ्नुहोस्

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : नेवारी भोजका परिकारहरू

~हरिबहादुर श्रेष्ठ~

नयाँ वर्षको दिन थियो। बुइँगलमा नेवारहरूको भोज हुँदै थियो। दुवैतिर लहरै पाका नेवारहरू भोज खाँदै थिए। नेवारहरूको भोजमा परिकार तयार गर्ने र राख्न ल्याउने व्यक्तिलाई ‘भारी’ भन्ने गरिन्छ। चिउरामाथि झोल भएको मासु (चिच्याको ला) राख्दै ‘भेग’ (माटोको भाँडो) बोक्दै ‘भारी’ चुलो भएको कोठामा गयो। ‘सलिचा’ (माटाका स–साना रक्सी राख्ने बटुकी) मा रक्सी राख्दै थिइन् घरकी बहिनी। कवाव (ठूलो टुक्रा मसालेदार मासु) राख्दै ‘भारी’ गयो र दोस्रो पटक रक्सी राख्न ल्याइन् घरकी बहिनीले। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दुःख

~कृष्ण बजगाईं~Krishna Bajgai

बिकटपुरका वासिन्दाहरुमा अचानक त्रास छायो । त्यस दिन अनायसै एक हुल सैनिक पोशाक लगाएका जवानहरु आएर भने-”अबदेखि यहां हाम्रो आदेश चल्छ । आजदेखि सबैले हाम्रो भजन गाउनु । भजन गाउनेहरुले भविष्यमा राम राज्य पाउनेछन् । विरोध गर्नेहरु यमराज्यमा पुग्नेछन् ।” यस्तो आदेश दिएर उनीहरु चोरबाटो लागे। बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : समानता

~किरण शाक्य पन्त~

पहाडले थिचे जस्तो मन्सराको ढाड दाउराको भारीले थिचिएको थियो। दाउराको भारीको बोझले गर्दा ऊ हिँड्नसकेकी थिइन। केही थकाइ कम गर्नका लागि दाउराको भारी ठाउँ–ठाउँमा बिसाइयो। एकछिन थकाइ मरेपछि फेरि त्यसरी नै बोकेर घरतिरको बाटो लाग्थी।

“ऐय्या बाबै, कस्तरी ढाड दुःखेको। भाँच्चिएलाझैँ गरी।” आँगनको छेउमा दाउराको भारी बिसाउँदै बल्लतल्ल घर पुगेकी मन्सरा दुवै हात कम्मरमा राखेर ढाड सोझ्याउँदै भन्छे। बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गणतन्त्र कि कुर्सीतन्त्र ….?

~हरिकृष्ण न्यौपाने ‘प्रबासी’~

गणतन्त्र कि कुर्सी तन्त्र चिन्नलाई गाह्रो भो
राजकाल भन्दा पनि आजकाल साह्रो भो !
नेता जति सबै ब्यस्त सबै जेशा-जोशमा
सबै आज लागेका छन् कुर्सी खोसा-खोसमा !! बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : हुरीसँगको एकरात

~सकु थापा~

नचलेका हैनन् हुरीहरू जीवनमा भनौ हुरीसँग अपरिचित थिइन म । उपत्यकाको खाडलमा बसेर पनि धेरै पटक हुरीको मारमा परेको छु म । एक पटकको कुरा हो, विद्यालय छुटेर घर र्फकदै थिएँ, । विद्यालयबाट केही वर आइसकेको थिएँ । एकाएक आकाश कालो बादलले ढाक्यो र अध्यारो भयो । अब कसरी घर पुग्ने, चिन्ता लाग्न थाल्यो । जसरी भएपनि पार गर्नै पर्थ्यो त्यो बाटो । हुरीले पनि गति लिन थालिसकेको थियो साथै पानी छिट्याउन पनि । दायाँबायाँ ओत लागेर बस्न कुनै घरहरू थिएन तर नजिकै इँटा भट्टाका छाप्राहरू भने थिए । बाँकी पढ्नुहोस्

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : एक जुग भयो विदेशिएको म

~देव गुरुङ~

खण्डहर जस्तो घरको मझेरीमा
दुखी वुढी आमालाई छोडेर
पहिरो छेउको आगन डिलमा
दमको रोगी वुढो बा लाई छोडेर
मैलो टोपीले आँसु पुछ्दै
एक जुग अघि विदेशिएको म बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : कागजमा दस्तखत

~नीलम कार्की निहारिका ~Neelam Karki Niharika

मोटर साइकल गुड्छ, रोकिएको स्कुल बसको छेवैबाट ऊ सीट अगिल्तिरको डण्डीलाई झन् बलियोसँग समात्छ। यसैगरी यदाकदा देख्ने गर्छ त्यो मोटरसाइकल स्कुल जाने-आउने क्रममा । ऊ हेर्छ – हेरिरहन्छ आफूलाई छुपाएर।

साथीहरू कोही हिँडेर आउँछ आमाको औंला समातेर, कोही मोटरसाइकलमा आफ्नो बाबुसँग अनि कोही ऊझैं स्कुल बसमा । स्कुल बस चढ्छ साढे आठ बजे नै । त्यसको लागि आठ बजे खाना खाई सक्नुपर्छ । बाँकी समय लुगा फेर्न र बस स्टपसम्म पुग्नको निम्ति। साँझ बसले घुमाउदा घुमाउँदा पाँच नबजी घरभित्र पस्न पाउँदैन।
बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्षणिक हाँसोका वीच अलमलिएका मानिस

~कुमारी लामा~

‘ लौन म बर्बाद भएँ ‘ भनी चिच्याएको आवाज मेरो कानसम्म ठोक्किन आइपुग्यो । शान्त फेवा तालको किनारको भीडबाट आएको आवाज थियो त्यो । झसङ्ग हुँदै आवाज आइरहेको दिशातर्फ आँखा दौडाएँ । एउटी ६५ काटेकी जस्ती , केश फुङ्गै फुलेकी अनि दुब्ली कम्जोर देखिने बृद्धा आँखाभरि आँसु पार्दै कराउँदै थिइन्।

कोजाग्रत पूर्णिमाको दिन भएकाले फेवा किनारमा तालबाराही दर्शन गर्न जानेको भीड थियो। कुरा बुझ्दै जाँदा थाहा भयो , ती बृद्धा पनि ताल बाराही दर्शन गर्न आएकी रहेछिन्। तर त्यो भीडमा कुनै मौका छोपी बसेको बदमाशले उनको गलाको दुइ तोलाको सिक्री तानेर भागेछ । त्यही भएर ती वृद्धा बेहोस बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नपुंसक समयको विरुद्ध

~लारा राई~Laxmi Rai 'LARA'

रक्ताम्य/थकित/लमतन्न पस्रिरहेको मुलुक
अस्थिरताको सडक नाप्दै म,
लखतरान ‘सिंहदरबार’ उभिरहेछु
वरिपरि,
निर्विघ्न घस्रिरहेछन् अजिंगरहरु ।
भय लाग्छ-
सर्लक्क ननिलिदेवोस्
स्वाट्ट विलय नहोस्
एकिकरण/विखण्डन
निश्चित वर्ग/आयतनभित्र बाँकी पढ्नुहोस्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : गल्तिबोध

~विवेक दुलाल क्षेत्री ‘दमक’~Bibek Dulal Chhetri Damak

चण्डी प्रसाद उमेरले सतरी काटेका व्यक्ति थिए .चण्डी प्रसादले आफ्ना छोराहरूलाइ यसपाली माघेसंघ्रान्तिमा आफू पनि अरू गाउलेसित बराह क्षेत्रमा दर्शन गर्न जाने कुरा बताएका थिए .आमा पनि जिबित छैनन् जाउन् त बाउले भनेर साहिलोछोराले गोजीमा पैसा राखि दियो .गाउका बुढाबुढी ,केहि अधबैसे,केहि युबती र केटाकेटी गरेर दश बाह्र जना जती गए .धरानबाट चतरालाइनको बाटो हुदै उनीहरू

बाँकी पढ्नुहोस्

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अनलाईन प्रेम

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

घडिको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो।शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन। यस्तै ९ बजेको हुदोँ हो।एक्लै धुम्धुम्ती कोठामा बसिरहेकी मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरुले टोकुलाँ झै हेर्दै थियो। सुरज गएदेखि मेरो एकान्तको साथी बनेका ती किताबहरुलाई खै किन हो आज पल्टाउनै मन बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : The Price of Fish

~Shivkumar Rai~
(translated by: Vikash Pradhan)~

Maacha ko mol

(1)

The torrential shower had just ended. As a frisky southerly wind spread tiny cloud shards across the sky, a dazzling blue sky, freshly washed, peeked through small tears in the cloud cover. There was no trace of the recent tumult. After a fit of madness, nature seemed resplendent in glory. Only the stream, washed clean by the rain, raged on. The nooks and corners of the hill resounded with the mountain brook’s roar as it made its way through them. Continue reading

Posted in Translated Story | Tagged , | Leave a comment

गजल : तान्डव नाच नाच्दैमा

~राजन ‘कल्पित’~Rajan Kalpit

तान्डव नाच नाच्दैमा संविधान बन्दैन
कुर्ची टेबल भाच्दैमा संविधान बन्दैन ।

संविधान लेख्न लाई रिषी मन हुनु पर्छ
उखन टुक्का गास्दैमा संविधान बन्दैन बाँकी पढ्नुहोस्

Posted in गजल | Tagged | Leave a comment

कथा : लप्सीराम भर्सेज धु्रवरामहरू !

~लव गाउँले~

एक्कासि उसभित्र एउटा त्रास पस्यो । मुटु ढुक्क फुल्यो । एक ढिक्कै छाती शरीर छाडेर ह्वात्तै बाहिर निस्केला जस्तो भयो । उसलाई अचम्म लाग्यो, अचेल यस्तो किन भइरहेछ ? कारण के होला ? ऊ फुर्सदमा गम खाएर यही सोचिरहन्छ । उसले यो कुरा आफ्नो परिवारलाई पनि बताउन सकेन । वास्तवमा के भएको हो ? बाँकी पढ्नुहोस्

Posted in नेपाली कथा | Tagged | Leave a comment