~शुभ आगन्तुक~
मैले पहिलोपल्ट
हातमा रातो गुलाब बोकेको छु
तिम्रो लागि ।
तिम्रो ह्रदयमा सिउरिनलाई
यतिखेर
हातमा रातो गुलाब बोकेर
उभिएको छु म निर्जन किनारामा
र, पर्खिरहेछु – तिम्रो बाटो ।
सिल्भिया!
मध्यनिशामा
जूनलोकको बाटो हुदै
तिमी मेरो बस्तीमा झर्नू!
थाहा छ
किन म पर्खिरहेछु तिम्रो बाटो ?
हातमा रातो गुलाब बोकेर
किन उभिएको छु म यो निर्जन किनारामा ?
सिल्भिया!
म तिमीलाई प्रेम गर्छु
र, आज
रातो गुलाबमा प्रतिबिम्बित
मेरो मुटु
तिम्रोअघि चढाएर प्रेम प्रस्ताव राख्नेछु ।
जरूरीमा तिमी
म पर्खिबसेको निर्जन किनारामा आऊ है!
– इटहरी, सुनसरी
हाल : दक्षिण कोरिया
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
