Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : बिना निम्तो, रातहरुले बल्झाउँछन् पीडाहरु

~लारा राई~ सधैं ब्यस्त हुन रुचाउने मष्तिष्क- जब बिथोलिन्छन्, मन बैचन हुन्छ । यस्तो बेला प्रायः गजल सुन्न रुचाउँथें । या पुराना गितहरु । समयसँगै मान्छेका रुचिहरुमा ब्यापक परिवर्तन आउँदो रहेछ । हिजोआज-बैचन मनसँगै रातको निस्तब्धतालाई भंग गर्न, मैले या … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आऊ, माटो छँदै रोऔँ

~लेनिन बञ्जाडे~ कतिकतिखेर चल्ने हावालाई लामखुट्टेले बेलाबेलामा माथ खुवाइदिन्छ । भुँ…भुँ…भुँ… । बिघ्न तातो मौसममा बिघ्न ताता ‘लामखुट्टे’- साइरन बजाउँदै घरि यता टोक्छन्- घरि उता । छिप्पिनसकेको रात । लू लाग्ने तातो हावामा एकरित्त आनन्दको अनुभूति छैन । ‘जानेबेला भइसक्यो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उदास र मलिन अनुहारकी युवती

~मनु ब्राजाकी~ एउटा उदास सौन्दर्य काठमाडौँको गोंगबु बसपार्कमा उभिइरहेछ । रातो साडी–चोलोमा उसको गोराइयुक्त सौन्दर्य खुलेको छ, तर उदास छ सम्भवतः एक्ली हुनाले पनि होला उसको साथमा कोही देखिंदैन । उदास अनुहारमा आँखा भने चनाखा छन । एउटी रुपवती युवतीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मसाज पार्लरमा एक साँझ

~सन्तोष खतिवडा~ तिम्रो नाम के हो ? उसको दुबै हातका बुढी औँला मेरो नाकको डिलमा आइपुग्दा मैले उसलाई सोधेँ । किन चाहियो मेरो नाम तपाईलाई, मेरो मसाज मन परेन हो ? हैन त, धेरै मन प¥यो । मैले उसलाई खुसी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसको मृत्यु

~अजबी राधा~ “बैनी कहाँसम्म पुग्ने हो ?” संगै सिटमा बसेका अपरिचितले प्रश्न तेर्साए। तुल्सीपुरसम्म, तपाईँ नि ? मैले फर्काएको जवाफ। आलोकसँग चिनाजानीको पहिलो परिचय थियो यो। आलोक, डिप्लोमासम्मको अध्ययन गरेको एक मध्यमवर्गीय युवा, जागिरको खोजीमा दाङ जाँदै रहेछ। सामान्य भए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक्काइस नाघेपछि

~पुष्पराज गिरी~ त्यो रात उनीहरुसँगै भए एकै कोठामा। रविले Johana को मुलायम कपाल खेलाइरहेको थियो, अनि घरीघरी टाउको मुसारिदिँदै थियो। Johana को टाउको बिस्तारै रविको ओठतिर लम्कियो, दुबैका मुख परस्पर जोडिए। एकाएकै Johana ले रविले कसिसकेको आफ्नो शरीरलाई फुत्काउँदै भनिन्- … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवन रस

~मनि राई ‘गोठाले’~ उ बेला म भर्खर गुम्बामा छिरेको थिए । त्यसको करीब दुई महिनापछि धार्मिक दंगा भयो । त्यो दंगामा प्राय: सबै धर्मका मान्छेहरु मानवहिंसाका शिकार भए । गुम्बामा आगो लगाईयो । म अन्नभण्डारमा लुकेर बसेको थिए । त्यै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रधानमन्त्री आउने घर

~नारायण वाग्ले~ प्रधानमन्त्री मेरो घरमा पाहुना आउने कुरा पार्टीकै एउटा बैठकमा सुनेको थिएँ। सुरक्षाका कारण यस्तो भ्रमण गोप्य राखिन्छ पनि भनिएको थियो। तर, एक कान, दुई कान भइहाल्यो। हल्ला चलेदेखि घरमा छरछिमेकीको आउजाउ बढेको छ। मेरो घर तल मूल बाटो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : छायारूप

~रामप्रसाद दाहाल~ ढोकाको कल बेलको आवाज सुनेर प्रणिताले सोची – “को हुन सक्छ यति बेला? बाबुछोरीको आउने बेला भएको छैन। साने पनि भर्खरै बाहिर गएको।” उसले पहिलो घण्टीमा नै ढोका खोल्ने विचार गरिन र अर्को घण्टीको आवाज पर्खेर हातको कपडाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खै कसरी शुरु गरौँ मुना तिम्रा कथा

~कमलनाथ पौडेल~ खै कसरी शुरु गरौँ मुना तिम्रा कथा व्यथालाई, मन त थिएन के गर्नु उठिसकेका यी निर्दोष मनका भावनाहरु तिमिलाई पस्कदै छु तर तिमिले मलाई लेख्ने अधिकार त दिन्छौ होलानी ? मुना आकाशमा देख्छु ति चम्किला ताराहरु, धर्तीमा हेर्छु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शेषनागको जिब्रो

~मनोज बाबु पनेरु~ ट्याइँ…………. गाडिको आवाज, कस्तो कर्कश स्वर। एकहुल मिनिर्स्कर्ट लगाएका ठिटीहरु बाटो हिड्दैछन्। “यो मेरो कान्छी” जुल्फे करायो, हुलमा आएकी मध्य एकले आँखा तरी, “औंला हो” कान्छी औंला देखाउँदै जुल्फेले वाक्य पूरा गर्‍यो। स्कूल क्याम्पस पनि ग्ल्यामर क्षेत्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थ्री स्टपस्

~प्रतिक्षा रेग्मी~ ‘कस्तो रमाइलो हउ आज !’ जुगपछि भेटेको । मेरीटोनको तन्ना कति ऽऽऽ सँगै मिलाइयो । अहिले देख्नु नि मुश्किल हुने । अनि कस्तो चल्दैंछ हौं जिन्दगी केटीहरु ?’ बबिताले आशा र कमला दिदीलाई देख्नासाथ सोधिहाली । कमला दिदी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कार्नेसन, धुवाँ र तिम्रो झझल्को

~अनमोलमणि~ साँझ अबेर बितिसकेको छ। पिनाज मसानी र अविदा परविन सुनिरहेको छु। र तिम्रो झझल्को आँखामा टाँसिएको छ। शहरको लामो सडक त्यसैगरी तन्किरहेको छ। तर गाउँमा काटिएको झोलुङ्गे पुल बनाइएको छैन। शहरका पुलहरु पनि मक्किसकेका छन्। भाँच्चिने सम्भावना धेरै छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यात्रा कलेजको…

~रोबिन मानन्धर~ हिजो बेलुकादेखि नै सिमसिम पानी परिरहेको थियो । आज बिहान पनि सिरसिर बतास चलिरहेछ साथमा सिमसिम पानी पनि परिरहेछ । साउने झरी कहिले थामिने हो थाहा नै हुन्न । आज मेरो कलेजको पहिलो दिन… कस्तो हुने होला । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आई एम सरी

~नोवल निरौला~ “इन्टरनेटपनि कस्तो अचम्मको चिज रहेछ। तिमीहरु धेरैजना बाहिर नै छौ, तैपनि मलाई यहीँ कतै नेपालमा छौ जस्तो अनुभव हुन्छ यार” – रमेसले दुई महिना अगाडि गरेको अन्तिम च्याटको कुरा सम्झिदै छु म। मैले भनेको थिएँ – “यो फेसबुकले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घरेलु हिंसा

~सागर बस्नेत~ एकजना दुइजना गर्दै एकैछिनमा आँगन भरियो, मान्छेहरुको ताँतीले | आफ्नाहरू पनि आए पराइहरू झन् धेरै आए| जो जो आए सबै मलाइ कर्के नजरले हेर्दै विनितालाई सहानुभूति दिनेहरु नै आए | अधिकारबादी, स्कुलका माष्टर, गाउँका नेता, बुढापाका, बिभिन्न समूह … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाडलभित्र

~भाउपन्थी~ उनीहरू आठ-दस जना एउटा राजनीतिक भोजबाट फर्किरहेका थिए । उनीहरू मस्त पनि थिए किनभने सबै कुरा उनीहरूकै अधीनमा छ । राज्य, सत्तँ र ढुकुटी । राजनीतिक भोज भनेपछि बेहिसाब भव्य नै हुने भयो । उनीहरूले भोजमा गिलास उचालेर देशको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोटोमोटो सन्ताप

~ध्रुवचन्द्र गौतम~ सामुन्नेको रूखबाट पात झर्न थालेछ । दिनदिनै बढारिन्छ, दिनदिनै झर्छ । मैले थाहा पाएदेखि नै यो रूख छ । तर कसैले केको रूख हो भन्न सकेको छैन । चिन्न खोज्छन्, तर रूख चिनिनदेखि फुत्केको छ । आँधीपानी चलेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आफ्नै धड्कन नछाम्दा

~श्रीराम अधिकारि~ “कस्तो लाछी पानी मरुवा बुढो पाईछु नि दैब, केही गर्ने हुती छैन, आँट छैन साहास छैन छि! यस्तो नामर्दले किन बिहे गरेको होला मलाई, घर परिवारको सानो सानो ईच्छा पनि पुरा गर्न नसक्ने”। पार्बती एकोहोरो सरापी रहन्छिन, मोहनले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : कविजी

~ईश्वर दाहाल~ कवि हृदयमा अपर्झट कविता फुर्योई। कविजीले फेसबुक सम्भि्कए। विदेश बस्ने भेनाले पठाइदिएको ल्यापटप। छिमेकीको सद्भावले पाएको फ्री वाइफाईको स्मरणले कविजीको दिमाग झंकृत भयो। अचेल ल्यापटप र वाइफाईको संयोगले कविजीको कविता फुर्ने क्रममा ह्वात्तै बढोत्तरी भएको छ। झन् आजको … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : कथाभित्रको कथा

~जगेन्द्र छन्त्याल~ त्यो बेला रातको दुई बजेको थियो। म हातमा एउटा लौरो टेकेर बिस्तारै केराघारी हुँदै जसमानको घरमा जान लागेको थिएं। जून अधोगतिमा ओरालो लागेको मृग झैँ टोलाइरहेको थियो, पानी धाराको छ्ङछ्ङ आवाजले मलाई मनमनैमा झस्काइरहेको थियो। मेरो मतलब जुनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिकूलता

~पारिजात~ महिला सदर जेलकी नाइकेनी रातो जापानी सिफनको साडी लाएर आँखाभरी जीवनप्रति असम्झौता र शब्दको उच्चारणभरी क्रुरता बोकेर महिला सदर जेलको मूल ढोकाबाट भित्र पस्छे। घर्तिनी मसिनी बल्लबल्ल अलिकति पानीको जोगाउ गरेर भर्खरै कपाल नुहाउने तर्खरमा छे। नाइकेनीलाई देख्नासाथ ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोरी, ढोका खोल!

~दिपेन्द्र रोकाहा~ उसको शरीर नै उसको पसल हुन्छ। नाम पार्वती। हरेक बिहान ११ बजे ऊ सँधै रत्नपार्कमा उपस्थित भएकी हुन्छे। जबर्जस्ती गरिएको श्रृङ्गार, गरिबी स्पष्टै झल्काउने उसको कुर्ता सुरुवाल, कुमबाट लत्रेर हातमा अड्किएको एक पुरानो जस्तो देखिने ब्याग, अनुहारै भरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समुद्रसँग पिरती

~उमा सुवेदी~ परदेश बसाइका पट्यार लाग्दा दिनहरुमा रमाइलो क्षणको परिकल्पना मात्रले पनि केही राहत मिल्दो रहेछ । कहिलेकाहीँ त त्यस्तो रमाइलो क्षणलाई वास्तविकतामै अनुभव गर्ने मौका नमिल्ने पनि हैन तर त्यस्ता क्षणहरु अत्यन्तै सिमित हुँदा रहेछन् । आफ्नो कामबाट फुर्सद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समय, सपना र जिन्दगीहरु

~लारा राई~ भनिन्छ-प्रतिष्ठाको बोझ थाम्न दरिलो काँध चाहिन्छ रे ! आफू त्यस्तो प्रतिष्ठित ब्यक्तित्व परिएन अतः दरिलो काँधको सवाल पनि उठेन। तैपनि, कमेण्ट सुन्ने दरिलो आत्मविश्वास छ मभित्र। मान्छेहरुले घमण्डी भन्लान्। आफूलाई लेखिका हुँ भन्दिन म। रहरिया हुँ। लेख्छु फूर्सदमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुष्मिताको रेप भएको होइन

~विश्वराज अधिकारी~ सुष्मितासँग फोनमा कुरा भएदेखि मन स्थिर हुन सकेको छैन मेरो। उनीसँग भएको त्यस्तो कुराले जसलाई पनि बेचैन तुल्याउन सक्छ। म जस्तो भावुक मान्छेलाई त झन। म बैचन हुनुको कारण अर्को पनि छ। त्यो अर्को कारण के हो भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यमराजको आमरण अनसन

~मनोज बाबु पनेरु~ अकबरे खोर्सानीको झोलमा टाउको डुबाएर निकाले झैँ आँखा कस्तो पिरो भाको, फुट्छ कि झैं लाग्दैछ। नाक पनि पोल्दै पिरो न पिरो सिंगान बग्न थाल्यो। घाँटीबाट श्वासै बाहिर निस्कँदैन कि के हो। टाउको फुट्छ झै भै रहेको छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गणतन्त्रको छोरो

~भाउपन्थी~ मुलुकमा गणतन्त्र आइसकेको छ तापनि मैले त्यस दिनलाई बिर्सिन सक्दिनँ । चारैतिर अश्रुग्याँस र टायर बालेको दुर्गन्ध अझै पनि सघन नै थियो । पहिलो कुरो, जब फुच्चेले चिच्च्याएर भन्यो, ‘साप, १४ गते गायब छ ।’ फुच्चेको जन्मदिन नै गायब … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साजिद र सपनाहरू

~उमेश राई “अकिञ्चन”~ साजिदले सल्कायो सम्झनाको सिगरेट र टेक्दै हिँड्यो अढाइ अक्षर प्रेमको आधा बाटो। साजिद वरिपरि चलिरहेको बतास उही थियो जसले बोकेर ल्याउँथ्यो देवदूतले जस्तो एसएमएस। भगवानको हातले लेखेजस्ता एसएमएस हरफहरू उड्दै-उड्दै आउँथ्यो मुटुको आकार लिएर “म यहीँ छु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हिउँ परेको रात

~सन्तोष पौड्याल~ हेलो ! रिसीभरमा आवाज सुनियो। अँ भन। रिजल्ट पब्लिस भयो नि! ए हो! तिम्रो के आयो? प्रयागले टेबलमा खुल्लै छाडेको ल्यापटपको किबोर्डमा अौंला कुदायो। स्टुडेन्ट-वेव लग इन गर्‍यो। “काममा छु। मोबाइलले सपोर्ट गरेन” “मेरो ए ग्रेड”। प्रयागको मुहार उज्यालो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भरङ्ग भएको सपना

~रोहित शाही~ सधैझैं आज पनि उनलाई त्यहीं उभिएको पाएँ । यसरी उनलाई रात्रिकाम सकेर बिहान घर र्फकंदा देख्ने गरेको आज ठयाक्कै दश दिन जति भएको थियो । सधैजसो फरक फरक पोसाकमा उनी एउटा हात्ते ब्याग छड्के भिरेर सधैँ एउटै ठाउँमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चर्पी मास्टरको कथा

~सीता पोखरेल~ आफ्नै घरको भित्तोमा थोत्रा टिनका ट्याप्रा टसाएर चर्पी बनाईदिने जग्गाधनी शैलेन्द्रलाई एकदिन उस्ले भनि ‘तपाई भट्टीलाई छाप्रो हाल्न दिएर नखत बझ्नु हुन्छ । म चाहि रातोदिन फैलिएको दुर्गन्ध सुङदै बस्नु पर्छ । बरु यो कामचलाउँ चर्पी हटाईदिनुस् ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment