Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : भासुभीरको भूत

~मणि लोहनी~ देउतीबजारभन्दा पर एउटा छाप्रोजस्तो चियापसलमा पुगेर गाडी रोकियो। भर्खरै देउतीबजारमा चिया र खाजाका लागि रोकेको गाडी फेरि यहाँ किन रोकेको होला भनेर सोच्दै थिएँ। सबै मानिस हुरुरु ओर्लिए। लगत्तै छतमा उक्लिए। गाडीभित्रका खलासीले मलाई सोधे, “तपाईंलाई चाहिँ आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बादल

~कृष्ण प्रसाई~ हामी मुन्तिर बादलका गाढा पहाडहरू तेर्सिएका थिए । भरखरै मात्र बर्माकी सहयात्री मुमुले बादलका प्रकारहरूको व्याख्या गरेर आकाशमा छरिएर रहने बादलका विशेषताहरूका सम्बन्धमा न्यानो अनुभव छरेकी थिई । उसको भनाइमा कति सत्यता भरिएको थियो त्यो मलाई थाहा थिएन, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मास्टर काका

~आर. खर्बुजा~ त्यतिखेर नगरभित्र रहेका प्रत्येक घरधुरीहरुमा अनिवार्य शौचालय निर्माण गर्नैपर्ने नियम थियो। पारित नियम नगरवासीहरुले उत्साहपूर्वक कार्यान्वयन गररुन् भन्ने हेतुले शौचालय निर्माण कार्य सम्पन्न हुने बित्तिकै नगरपालिकामा जानकारी दिने नगरवासीलाई रु १,२००/– आर्थिक अनुदान दिने सूचनासमेत प्रकाशित गरेको थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बधशाला जाँदा आउँदा

~पारिजात~ “ए हजुर यता सुन्नस् त…” यसो फर्केर हेर्छु, आकृति परिचित हो र यस्ता परिचित आकृतिहरूलाई कहाँ कुन समय, कुन बेशभूषामा के भन्दै गरेको आदि छिटोभन्दा छिटो रफ्तार सोचिसक्ने विलक्षण प्रतिभा छ ममा, यो प्रतिभा म आफैसम्म मात्र सीमित छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ज्योतिषी बा र मेरो प्रेम

~आनन्द हरी मैनाली~ बाहिर बाट बुवाले भन्नु “भो कान्छा अलिकति फूल र दुबो टिपेर ले त” ? म भित्र कोठा मा बसेर च्याट गर्दै थिएँ | बुवाको आदेश अनुरूप फूल र दुबो ल्याएर बुवाको हात मा दिदै फेरि कोठामा छिर्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | 5 Comments

कथा : सहिद सम्मेलन

~सुरेश बखुन्छें~ उहिले कसैले कसैलाई सराप्नु परेमा वा कसैसँग तगडाको झगडा परेमा गाली गर्नलाई “तेरो घरमा काङ्ग्रेस पसोस्” भन्थे अरे ! तर समय निकै बलवान छ। त्यो भन्दा पनि भीमसेनजस्ता पहलमानका गुरु हनुमानभन्दा तेजवान् छ। उहिलेको कुरा खुइलिई सके। त्यतिबेलाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्रकथा : गोपालको प्रेमपत्र र झरनाको बिदेशी प्रेमी

~नारायण भुसाल~ असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल ! जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : नियतिले जन्माएको कुण्ठा

~शर्मिला खड्का दाहाल~ बिरामी छोरी लिएर म आकस्मिक कक्षमा पुगें । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देखें । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म बिरामी छोरीको सबै लक्षण बताएँ र आफूले घरमा नै गरेको प्राथमिक उपचारको जानकारी दिएँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उमाको आत्महत्या

~ऋषिराज घिमिरे ~ सामान्य घरमा जन्मिएर हुर्किएकी हुन्छे उमा । ऊ एक सामान्य खानपिन र लुवाइखुवाइमा बाँच्दै आएकी छे । गाउँमा जब उसले एसएलसी पास गर्छे, उसलाई सहरमा पढ्न जान मन लाग्छ । सहर पढ्न जानका लागि बाआमासँग प्रस्ताव राख्छे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी

~भौतिक मल्ल जंगली~ कहाँसम्म जाने होे ? हजुर क्षेत्रपाटी अनि हजुर नी ? अनामनगर हेर्नुसन गाडी नपाएर के गर्ने होला ? रातले अंगालो हालीसकको थियो । फाटफुट नगन्य मात्रामा निजी गाडीहरु चलिरहेका थिए । कोटेश्वरको चोक मसान घाट जस्तै सुनसान … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : हिमालपारिका दाजु

~डा. हेमनाथ घिमिरे~ ‘नमस्ते ! दाजु’ उहाँबाटै सिकेका यी दुई मीठा शब्दसंगै नाकको सामुन्ने जोडिएका मेरा दुबै हत्केला बिस्तारै छुट्टएर अनायासै खस्न थालेका आँसुका थोपाहरु पुछ्न पुगे । दाजुले नदेख्ने गरी आँसु त लुकाएँ, तर अनुहारमा देखापरेका भावनाहरु मेरो बुर्खाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छुटेको प्रेम

~रमेश खड्का काशी~ प्रियसी … खै के भनेर सम्बोधन गरु म, मायालु भनू त मायारुपी शब्दहरु पनि जलेर खाग बनेको सरिर संगै जलिरहेछन, प्रियसी भनु त दाम्पत्य जीवनको दश वर्ष बित्दा पनि तिम्रो प्रिय हुन लायक बन्न सकिन ,श्रीमति भनौ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पालो पर्खिरहेको मान्छे

~लक्ष्मण श्रेष्ठ~ भास्कर बहुलायो। यो दुई अक्षरको खबरमा एक हजार भोल्ट करेण्ट थियो सायद। सुनेदेखि मेरो दिमाग रन्थनाइरहेछ। खबर बिहानै विश्वविद्यालयको क्यान्टिनको टेबलमा पुगिसकेको थियो। क्लास भेटाउन विद्यार्थीहरु हतरपतर दौडदै गर्दा खबर त्यो भन्दा अघि–अघि थियो। गेटदेखि कक्षाकोठासम्म सर्वत्र भइसकेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समयको बेग्लै रङ्ग

~रामचन्द्र श्रेष्ठ~ के समयको रङ्ग हुन्छ? हो, समयको रङ्ग हुन्छ। समयका भिन्न–भिन्न क्षणहरू समयका बेग्ला–बेग्लै रङ्ग बनिदिन्छन्। हत्या, बलात्कार, भ्रष्टाचार वा अपराधको समय शायद कालो हुन्छ होला। निष्काम कर्मको समय शायद सेतो हुन्छ होला। परिवर्तनको समय रातो हुन्छ होला। जब … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पैसाको रंग

~पारिजात~ निकै ठूलो मान्छेको भन्नुको अर्थ धनी मान्छेको बिहे खाएर आएको छ पत्रकार। पिउने बानी छैन उसको तर सोसियल नेपालीमा अनुवाद गर्दा सामाजिक हुनुको नातमा यस्तैयस्तै मौकामा अलिकति लिन्छ। आज त्यही संयोगले गर्दा ऊ थोरै रमझममा छ जुनज रमझममा मान्छेलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सीट नं- १२

~मन्दिरा मधुश्री~ “नानी एक्लै जाँदैछेस्…! बाटोमा अलिख चनाखो हुनु…। आइमाई भएको सिट मिलाएर बस्नु है, लामो बाटो छ…।” म हिँड्ने बेलामा आमाले नारी हुनुको कमजोरी अथवा भनौ आमा हुनुको स्वाभाविक गुण देखाउदैँ मलाई ममत्व पस्कनु भयो । उहाँका आँखाबाट पुर्लुक्क … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियतिबाट ठगिएकी सुन्तली

~राजु खडका~ उपल्लाघरे सुन्तलीको रातो सारी त्यो तिजको बेला मेलामा झल्काउदा, अझ कहिले काही बुढासँग मस्की-मस्की हिंडेको देख्दा त मलाइ डाह हुने गर्दथ्यो । १७ र्बषमा उस्ले बिहे गरेकी थीइ अहिले त ५ र्बष भएछ । लर्के छोरा छोरी पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज बिहानै मन एकतमासको भैइरहेको छ

~बिना तामाङ ‘सुनगाभा’~ बाहिर पानी परेर होला चिसो चिसो अनुभव हुदँछ। बाहिर निस्कनै मन लागेको छैन। रात्रीको शित झरेर गएपछिको मिर्मिरे बिहानीलाई स्वागत गर्न मनले भनिरहे पनि तनले साथ दिरहेको छैन । शरीर आलस्य भएको छ। खै किन किन यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सामाजिक कथा : रगतको नाता

~कृष्ण के.सी.~ किन रोइरहनुहुन्छ आमा ? बारम्बार दोहोरीएर तेर्सिरहने छोरीका यी प्रश्नहरूको जवाफ अहिलेसम्म पनि मैले दिने हिम्मत गरेकी छैन l मेराआँखाबाट तारन्तार झरिरहने आँशुका भाव बुझेर मलाई सान्तवना दिने पनि ऊ अँझै भैसकेकी छैने l ऊ सानी छे त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन्डलाकि परी

~सिमियोन रोक्का~ साथीले रातको ११ बजे फोन गर्दै भन्यो, “तपाइँ निदाइ सक्नु भएको? भोलि के गर्ने हो? काम छ? नत्र म तपाईंलाई नाटक हेर्न लैजान्छु।” नाटक यो शब्दमा नै कृत्रिम भाव छ जस्तो लाग्छ मलाई। कस्तो नाटक गर्न जानेको ? … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : अंशबण्डा

~यज्ञराज कार्की~ नेपाल बाजेका ३ वटा छोरा । जेठोको नाम “तेन्जिङ” माइलोको “बिरबहादुर ” र कान्छो को “हरिया” । जमिन्दारको रुपमा कहलिएका नेपाल बाजेको जग्गा जमिनको कुनै हिसाब थिएन । उनका छिमेकी- भरतनारायण र चिनकाजीको गिद्दे नजर उनको जग्गा जमिनमा … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : नटुंगिएको पत्र

~कृष्ण केसी~ समयको बहावसँगै म कति बहन सके वा सकिन त्यो नीलीमालाई सोध्न पाए हुन्थ्यो तर निलिमा छैनन् आज बिबाहमा दुबोको माला लगाएर औंठी साटासाट गर्दा खिचिएको अष्पस्ट फोटो फ्रेममा कैद भएर घरको भित्तामा झुण्डीएको छ । धुलैधुलो, माकुराको जालोले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाध्यताको बिछोड !

~प्रेमराज लामिछाने~ मलाई नेपाल हुदाँ यस्तो भएको पनि थिएन र हुने पनि थिएन किन थाहा छ , त्यो आफ्नो ठाउँ थियो ,आफ्नै छुट्टै अनि मायाको प्रीत विसाउने ठाँउ ,अनि मायामा दुवै जना लिप्त भई हराउने ठाउँ ।यसो भनेर मैले तिम्लाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : Mrs. Unnya र Crape Myrtle

~रुमन न्यौपाने ‘अमन्त’~ लेखक अपरिचीत छ । कथाको बास्तबिक मिती छैन र कथाको अघील्ला पन्नाहरु पनी हराएका छन् । म कथाहरु रोचक हुनुपर्छ भन्ने मान्यता राख्छु । कथाहरु जहीले पनी रोचक हुन्छन् नै । कथाको प्रशङ्गग ठिक संग गरिएको छैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : डाक्टरको सपना

~अल्पबिराम ~ भर्खरै एउटा बिरामीको अप्रेसन सकेर आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा के पसेको थिएँ त्यहाँ मैले एउटा मानव आकृतिलाई बसिरहेको पाएँ । च्याम्बर अँध्यारो अँध्यारो थियो । त्यसैले त्यो आकृतिलाई मैले झ्वाट्टै ठम्याउन सकिन । त्यहाँ … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : ठगिएको मान्छे ..

~दिपेन्द्र खड्का~ बसले बस रोकिने ठाउमा रोकी दियो चारै तिर हेरे कहिँ पनि गाडीको यात्रा देखिन गाडीको धंग धंगीले होला मलाई खासै उभिन मन परेन परबाट एउटा कालो चस्मा लागएको रिक्सावाल आएको देखे मुख पुरै ढाकिएको थियो मन मनै सोचे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानुमायाँ र पुरुष छाया

~जे.बी. शेर्पा ~ नमस्ते सर ! मुसुक्क हाँस्दै नरे सरासर भित्र आउँछ र दुवै हातमा बोकेको थाललाई गाउँमै बनाईएको काठको बांगोटिङ्गो टेबुलमाथि राख्छ र तरकारी लिएर आउंछुहै सर भन्दै हुईकीएर लगतै बाहिर निस्कन्छ ! तात्तातो वाफ उडिरहेको ताजा परिकार उनीहरुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोरी गर्लफ्रेन्ड

~पुस्पराज गिरी~ खासै रगतको नाता थिएन, उमेर पनि धेरै फरक थिएन; रूममेट र मेरो। तरै पनि म उहाँ लाइ अंकल भनेर बोलाउथ्यें। एक apartment शेयर गरेर बसेका हामी काका भतिजामा धेरै कुरा मिल्दाजुल्दा थिए। प्राय हामी आ-आफ्नो विदाको दिनबाहेक अन्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन्त्रीहरुको लागि परीक्षा !

~गौतम “उदय”~ एक जोडी भर्खर बिबाहित लोग्नेस्वास्नी टाढाको खेतमा मेलोको झन्डै मध्यतिर थिए। “ए बाबु, तीर्खाले घाँटी सुकेर प्याक-प्याक भो, अलिकति पानी खान दिनुस् न !” लट्ठी टेक्दै बिस्तारै बाटो काट्दै गरेकी बुढी आमाले ठिंग उभिएर घाँटीबाट बल्लतल्ल सास पुर्याउंदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्राविधिक लोग्ने

~वैकुण्ठ ढकाल~ रेडियोको काम सकेर डेरामा पुगेको मात्रै थिएँ । बहिनी झोक्किइन् । ‘त्यस्ताले किन बिहे गर्नु ? अनि बाउ आमा पनि के भा’का, सम्पत्तिलाई हो र छोरी दिने ?’ ‘हैन के भो ?’ किन मुर्मुरिएकी ? ‘के हुनु नि, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असार १७ गते नबिनाको विहे

~सुमन बगाले~ परदेशमै भएपनि मैले आफनो गाउघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन। आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाकस

~धीरकुमार श्रेष्ठ~ तपाईको नाममा एउटा बाकस आउदै छ । हाम्रा मान्छेले एकदुई दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भरपाई पठाइदिनुहोला ।सरलाले फोनमा भद्र आवाज सुनी ।कहाबाट आएको हो? त्यसमा के छ? उसमा एकैपटक थुप्रै जिज्ञासा जन्मिए पनि केवल दुईओटा प्रश्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment