Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : हवन

~नीलम कार्की निहारिका ~ सजियो बग्गी । बाजा बज्यो धूमधाम । पड्किए आकाशे पटाका । साइपाटाका लस्कर बोकेर सुन्दरी कन्या अघि लागे । हीरामोती जडिएका थरीथरीका गरगहना किस्ती भरीभरी । रङरङका बहुमूल्य साडीहरू । दुलाहा निस्कियो बग्गीमा चढेर दुलही लिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेड नं. १३

~भुपेन~ भगवान ढोकाबाट भित्रिए । उनले आमाको ढुकढुकी सुन्ने इयरफोन घाँटीमा भिरेका थिए । भगवान गोरा र अग्ला थिए । वरपरको अत्यासलाग्दो रोगी माहोलका बाबजुद पनि उनको गोरोपनामा कमी आएको थिएन । भगवान ढोकाभित्र छिर्नेबित्तिकै म लगायतका भक्तजनले आफ्नो आशा–भरोसा सुस्केरामार्फत् उनलाई सुनाउने प्रयास … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ

~आचार्य प्रभा~ मान्छेका आ -आफ्नै मन पर्ने कुराहरु हुन्छन ती मध्ये कसैलाई कुकुर, बिरालो, फूल, बुढा, बुढी, केटा, केटी मन पर्छ। मलाई पनि यी मध्येमा फूल र केटा ,केटी असाध्य मन पर्छ। बुढा,बुढी ,केटा ,केटी मन पराउनु भनेको कर्तब्यभित्रको कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शहिदपत्नीको किड्नी

~दीपक नेपाल~ भूकम्पले घर भत्काएपछि बिचल्ली भयो शान्ति नेपालको । सम्पत्ति भन्नु त्यही एउटा घर थियो । कमाई खाने खेतबारी थिएन । बनीबुतो गरेर खान्थिन् । बस्नलाई त्यही एकतले घर थियो । अब त्यो पनि रहेन । शान्तिको परिवारमा अरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रक्सी

~रमेश दियाली~ जूनकीरीको त्यो उज्यालोमा बेलुकी भात खान बसे । खानै मन भएन । जुरुक्क उठ्दा आमाले सोधिन्– दिउँसो के खाइस् ? भन्न मन लागेको थियो, ‘खालि गुन्दु्रक र फर्सी मात्र ? अहँ त्यसो भनिनँ । चुँडिएको चप्पललाई डोरीको फित्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कथा होइन

~श्रेष्ठ समनश्री~ उसले यसो भनिरहँदा म गम्भिर मुद्रामा सोचिरहेको थिएँ । “बकवास्”– मेरो जवाफ । ऊ पनि एकछिन चुपचाप भई । के सोचिछे कुन्नी ??? एक वाक्य buzz भयो– “Its raining outside यार ……” माहोल बदल्ने प्रयासमा थिई ऊ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कठिन यात्रा

~हरिप्रसाद भण्डारी~ धेरैले यसै भन्थे। एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू। थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर। कहिले भीरको बाटो, कहिले जङ्गलको बास। यात्रा कहाँ हुन्छ र सुगम ! चितुवा र ब्वाँसाको झम्टाइ, तीखा ढुङ्गा र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उकुस मुकुस

~इस्माएल सुब्बा~ सबैथोक त छ,तै पनि जिवनलाई सराप्ने कताबाट आदत बसेछ। अरूलाईभन्दा बढी अचेल आफ्नै जिन्दगी लाई देख्छ कुरूप र भन्छ थुक्क जिन्दगी। अनि एकोहोरिरहन्छ। म सोच्छु- मान्छेको जिवन के यति सस्तो छ र,एक बटल रम? के यो नै हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमको बाटो

~सन्तोष खतिवडा~ उमेर त खासै भएको छैन तर उसको शारीरिक बनावटले उमेर भएकै लाग्दछ । निख्खर कालो हैन, हिस्सी परेको कालो भए पनि गालामा भएका अनगिन्ती दागहरुले अनुहार कालो नै लाग्दछ । दुवै कानमा चाँदीको कुण्डल लगाएको छ । पातलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मावतार

~प्रा. डा. सूर्यमणि अधिकारी~ शनिबारको दिन थियो। रमेशले अपराह्न तीन बजेतिर लगभग यस्तै अठार वर्षकी हिस्सी परेकी गोरी केटी लिएर आयो। त्यस दिन मैले रमेशकी केटी साथीसँग धेरै कुरा सोधखोज गरें। केटी फरासिली रहिछे, मेरा हर प्रश्नको खुलस्त जवाफ दिई। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रान्तिको गँडासी

~राजव~ ऊ विश्रामपुरबाट आउँथ्यो। म सलकपुरबाट जान्थेँ। दुवैले बँगरी खोलो तर्थ्यौं। हामी एउटै हाईस्कूलमा पढ्थ्यौँ। उसको पूरा नाम रघुरामप्रसाद उपाध्याय। म पनि नामपछि उपाध्याय नै लेख्थेँ। ऊ आफ्नो थर पौडेल लेख्दैनथ्यो। म पनि पोखरेल लेख्दिनथेँ। हामी दुई अरू पनि कतिपय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आशाचुरी

~रुमन न्यौपाने ‘अमन्त’~ आफु भन्दा अगाडीको त्यो मानिसलाई उसले खुब नियालेर हेरीरहेकी थिई । हातमा सानो लेदरको ब्याग, त्यस भित्र त्यही एप्पलको ल्यापटप र केही बिदेशी चुरोटको बटाहरु होलान् । त्यो मानिस बिर हष्पीटल अगाडी ओर्लीयो र महाबौद्धको गल्लीतिर हानीयो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा ! सरकारलाई जाडो हुँदैन, हो ?

~विनोद भण्डारी~ “आमा जाडो भयो।” “ला यो ओड्” भनेर धनमायाले आफूले घाटीमा वेरेको पूरानो पछ्यौराले छोरालाई छोपिदिइन् । “कत्ति चिसो बढेकोरु” भन्दै उनले माटाले बनाएको चुलोमा केही स साना दाउरा झोसिन् अनि सलाइ कोरिन् । तर सलाइ कोरिएन । चिसोले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसले चुमेको देश

~चण्डी सुवेदी~ “यात्रुहरूलाई यो अनुरोध गरिन्छ कि उडान नम्बर …..ले रसिया पाल्नु हुने यात्रुहरू कृपया २ नम्बर गेट अगाडि पाल्नु होला “ – कुर्चीमा निदाइरहेको निमेश अचानक ब्युझियों। खेलकूदको एउटा सेमिनारको लागि ऊ रसिया हिडेको थियो। घण्टौको उडान पछि ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्त्यहीन कथा

~राजेश विद्रोही~ मलाइ थाहा छ तपाइहरु कथा पढ्ने तरखरमा हुनुहुन्छ । तर यो कथा होइन । सूर्यबाट खसेको समयको टुक्रा हो यो जहाँ रातको मात्र होइन दिनको अनुहारमा पनि कालो पोतिएको छ । त्यही कालो समयलाइ प्रकाशमा ल्याउन यहाँ कथा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छठ

~श्याम साह~ यसपटकको छठमा ऊ आफैं व्रत बस्ने कुरा गर्‍यो तर धेरैले पत्याएनन् । सुरुमा त उसकी स्वास्नीले नै पत्याइनन् । जसका लागि उसले छठको व्रत आफैं बस्न खोजेको थियो, उनैले नपत्याइदिएपछि उसलाई झोँक पनि नचलेको होइन । तर, भर्खरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओलीको बोली

~बिस्नुप्रवा सापकोटा~ २०५७ सालमा म कक्षा १० मा पढ्थें। त्यही वर्ष हाम्रो घरमा पहिलोपल्ट माओवादी आएका थिए। जेठको मध्यतिर घाम आकाशको आधा भागबाट पश्चिमतिर सर्दै थियो। तल कतै टिमुरखोला गुनगुनाइरहेको थियो। बिट फाटेको थोत्रो गुन्द्रीमा बसेर कमेरो पोतेजस्तो हजुरआमाको सेतो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काठमान्डु कथा- राम र काम

~मनोज दाहाल~ मलाई मानिसका नामहरूमा अद्भुत जिज्ञासा छ । बुवाले राखिदिएको मेरो नामको अर्थ हेर्न मैले कयौंपटक शब्दकोष पल्टाएको छु । मेरी छोरीको नाम ऋतम्भरा हो भन्ने थाहा पाएपछि अधिकांशले ‘अहा, कस्तो राम्रो नाम’ भन्दै अर्थ सोध्छन् । म बढो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिल्सिएको आत्मा

~भूपेन्द्र काफ्ले ‘नयन’~ “नयन, तिमि कहाँ गको थियौ?”, शालु भन्दै थिँ |म बजार जादा पनि उनको मन मा अनेक आसंका उब्जिएको रहेछ | ” थाहा छ नयन मा तिमि लै एक्लो छोडेर जादैछु यो पापी संसारमा तिमी मलाई नबिर्स ल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : त्यसपछि निधाइन् बहिनी

~महेश पौड्याल~ म एघार वर्षको । बहिनी आठ वर्षकी । त्यसैले म नै ठुलो । मैले बहिनीलाई बोकें । आमाले पोको बोक्नुभो । त्यस पोकोमा धेरै कुरा थिएनन् । केही थोत्रा लुगाफाटामात्रै थिए । खाने कुराचाहिँ केही पनि थिएन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~रोबिन मानन्धर~ ‘ओ मेरे दिलके चयन………..’ ‘हेल्लो’ बिहानै आएको फोन उठाएर भनें । ‘हे ! रोहन कहाँ छौ ?’ स्मृतिले भनिन् । मैले भने,‘भर्खर त उठें यार, अनि यति बिहानै किन कल गरेको ?’,‘यति बिहानै रे, बिहानको ८ बजिसक्यो, अहिलेसम्म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुक च्याट

~सुधीर ख्वबि~ ‘दिनपछि रात, रातपछि दिन किन ?’ – मैले सोधें उसलाई, फेसबुकको च्याट बक्समा। ‘सुखपछि दुःख, दुःखपछि सुख किन ?’-प्रतिप्रश्न रोप्यो मेरो मनमा उसले। जवाफमा म चुप बसें नजर भित्ताको घडीमा गएर अडियो १२ बज्न लागिसकेथ्यो । ‘सुखमा दुःख … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेसबुकबाहिर

~टङ्क उप्रेती~ फागुनको सुरू बेला न्यानो घामको रापिलो तेजमा आनन्दित छु । काठमाडौँबाट भाग्न लागेको चिसो । विदाको दिन । व्यस्त जीवनबाट मिलेको सानो अवकास र पत्रपत्रिकाको साथ । एउटा म्यागेजिन पल्टाउँदै थिएँ, अचानक भेट भयो युवराज नयाँघरेसँग ‘फेसबुकमा फत्तेमाया’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पसल पुराण

~जगदीश घिमिरे~ (एक) स्वागतद्वारको रुपमा उभिएका भट्टीहरूको हरपबाट थालिएको यो हाट तरकारी पसलमा टुंगिन्छ, जहाँबाट थालिएर जहाँ या कथा टुंगिन्छ । भट्टीमा साँझ नपर्दै पस्न तपाईं डराउनुहुन्छ । साँच्चै, डराउनु पनि त पर्छ भट्टी । जहाँ रक्सी बिक्छ । छिः … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इमेल

~अर्जुन नवोदित~ अफिसबाट घर आइपुग्न बसमा कम्तिमा पनि एक घन्टा लाग्थ्यो। साथमा सँधैझैँ उपन्यासका किताब थिएनन आज। के गरेर समय बिताउने भनेर घोरिनु अगिनै जुक्ति फुर्यो। ब्यागबाट ल्यापटप निकाले।फेसबुकमा धेरैबेर अडिग रहन सकिन सरासर मेल खोल्न लागेँ। तिनवटा नयाँ मेल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : पैसा

~अर्चना न्यौपाने~ कसले जन्मायो होला पैसा ? कसले न्वारान गरे होला यसको ? शिक्षा दिने गुरु को होलान् ? कहिलेकाहिँ त पैसा जन्माउने आमालाई समेत झर्पान मन लाग्छ, न्वारान गर्ने पुरोहितदेखि रिस उठ्छ, शिक्षा दिने गुरुदेखि दुःख लाग्छ । ए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रङ्गबिनाका जीवनहरु

~लेनिन बञ्जाडे~ टिरङ…टिरिङ…टिरिङ “हलो” “हजुर .. ए हुन्छ ल” “ए विज्ञान, फोन छ” घण्टी बज्नुअघि र पछि एकतमासको फरक छ परिवेशमा। बज्नुअघि जुरुक्क उठ्छु, पछि थचक्क बस्छु। यसपालि पनि बजेन घण्टी मेरो लागि। “रोल्पा जानुपर्छ अब त, यता बसेर हुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोकोहोलो

~एकराज प्रधान~ कठ्याङ्ग्रिँदो पुसको स्याँठ । घरि–घरि बन्द झ्यालको चेपचापबाट छिर्छ र सिरिङ्ग बनाएर जान्छ शरीरलाई । त्यही चिसोसँगसँगै हजुरआमाले फेरिरहेको एकोहोरो सास रोकिन्छ र छाती नै चर्केलाझैँ गरी निस्कन्छ खोकी । नसाहरु फुलिन्छन् । हत्तपत्त म अघि बढ्छु, टाउको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनि उ नेपाल फर्कने निर्णय गर्छ

~ध्रुव थापा~ ऊ नेपाल फर्कने निर्णय गर्छ आज क्रिसलाई आफैदेखि दिक्क र आत्मग्लानीले सताइरहेको थियो। त्यसैले ऊ एक्लै प्रशान्त महासागरको किनारमा बसेर धेरै बेर रोइरहन्छ। कोही छैन उसलाई सान्त्वना र उसको मनको बहलाई बुझिदिने। हो, उसले सुनेको छ , छोरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : होस्टेलकी आन्टी

~सबिता सापकोटा~ आन्टी म एकछिन बाहिर गएर आउछु । हस, बाबा छिटै आउनुस ल खाना खाने बेला हुन लागेको छ । अरुभन्दा फरकपन छ उनीमा , सबैलाई रिजाउन सक्छिन् । एकजनाको बोलि होइन होस्टेलमा बस्ने सबैको प्रश्नको उतर झर्को नमानी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : र फेरि

~राजव~ उताबाट आउने फोनको कुनै निश्चित समय छैन। तर, बार निश्चित छ– आइतबार वा शनिबार। अरू बार फोन आएको रेकर्ड छैन। यी बार कुनै पनि समय उसको फोन बजेको हुन्छ। त्यसकारण ऊ आइतबार र शनिबारका दिन फोन हातमै लिएर हिंड्छे। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार मौनताको

~तिलक खत्री~ दिनभरिको थकान अनि, गाउघरको ‘याद’ संगालेर बेलुका कोठामा आएर फेसबुक अन गर्छु। अन गर्दा साथ इनबक्समा ३ वटा राता बत्ती देख्छु। हतार नगरि ओप्पन गर्दै गर्दा एउटा सधै सम्झिरहने उनै ‘प्रियसी’को हुन्छ अर्कों संगै पढ्दाको कलेज साथीको अनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment