Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : उखाने लामा

~प्रकाश आस्था~ ‘हैन हे, हस्पिटल नै लानुपर्ने गरी कुटाकुट पो भएछ त।’ थुम्कोका चियापसले शम्सेर दाइले तराजुमा ढक राख्दै मंगलेसामु चासो जाहेर गरे। खासमा कुरो साँध सिमानाको रहेछ। पाखाथोके कान्छो र साँइलोको गत शुक्रबार साँझ खेतको सिमानाको विषयमा हात हालाहालै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना र अनुरोध

~सागर कार्की~ आफैलाई आश्चर्य लाग्दै थियो, मेरो गाउँ आज भिन्न देखिएको थियो । हिजो सम्म धुलो उड्ने त्यो कच्चि बाटो आज पिच भएको देख्दा पत्यार नै लागेन । गाउँका सबै युवाहरु रोजगारको खोजीमा विदेशीए पछि सुनसान भएको मेरो गाउँ आज … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सङ्घर्ष

~हिरण्यकुमारी पाठक~ “हैन बाबू ! तिमीलाई त चिनेकै जस्तो लाग्छ । यस्तो बिरानो देशमा तिमी किन आएको ? तिमी त हाम्रै नेपाली हैन त ?” “हो नि आण्टी हो । म नेपाली नै हो । मैले पनि तपाईंको एकदमै परिचित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जानुका तीजमा माइत गइनन्

~समीर पाख्रिन~ हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज पर्वमा विकृति, विस·तिहरू भित्रिएका छन् भन्ने टीकाटिप्पणीहरू जताततै सुनिन थालेका छन् । तीज नजिकिंदै जाँदा समाजमा देखिने तडकभडकपूर्ण गतिविधिलगायत विभिन्न नेपाली टिभी च्यानलहरूमा प्रसारण हुने तीज सम्बन्धी गीत नृत्यहरू क्रमश: भड्किलो र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घोचो

~सुन्दर मानन्धर~ खरानी रङ्को झोला थाप्लोमा भिरेकी, हरियो–कालो मिसिएको प्लास्टिकको झोला हातमा बोकेकी एक वृद्धा परबाट आइन् । मैले बसको झ्यालको सिसा खोलेर पृथ्वीचोक÷लखनचोक वरिपरिको मोटरगाडी, मान्छे र पसलहरु हेरिरहेको थिएँ ।खलासीले बसको चाकमा हातले ड्याम–ड्याम हिर्काउदै स्याङ्जा है स्याङ्जा भन्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभागीको तीज

~सजना गुरुङ~ चारै तिर तीजको रमझम , हरेक घर परिवारमा भएका दैनिक समस्याहरुलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् ! गीत , गजल मा तीज ! रेडियो , टेलिविजन मा तीज ! जता ततै तीजको लहर छाएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झरी र उनी..

~राजेश रुम्बा लामा ” अतृप्त “~ झरीमा रुझ्दै, भिज्दै हिड्न मन पराउने मेरो निम्ति आजको सिमसिमे पानी केही थिएन । यद्धपि साथमा रहेका ल्यापटप् र डकुमेन्टहरूको सेफ्टीको लागि गुडिरहेको बाइकलाई सडक किनारमा रोकीराखी नजिकैको भट्टी (खाजा घर) भित्र पसें । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोको साँझ

~टेकब कोइराला~ विवाह गरेर ल्याएकै भोलिपल्ट धर्माले स्वास्नीलाई चिर्पटले हान्यो । अमूर्त चित्रजस्ता डामहरु पिठ्युँमा मसार्दै स्वास्नी बेस्कन रोई । धेरै बेरसम्म रोइरही । साँझ ढल्केपछि चिसो भुईँमा एउटा फ्याङलो ओछ्याएर त्यहीं ढल्की । त्यो घरमा आज साँझका लागि भात–तिहुनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपनाकी सुम्निमा……….

~सन्तोष चिमरिया~ दुइ दिनको यात्राले थकित म एउटा बिसाल रूखको फेदमा आइपुगेको रहेछु ।अनि बिश्रामको लागि केहि सुकेका पातहरू ओछ्याएर त्यहि घना जगंल बिचको बिसाल रूखको फेदमा लडेको थिए । अब मेरो शरिर उत्तानो परेको थियो र मेरा आंखाहरू गगनतर्फ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : म हराएको समयकथा

~शर्मिला खड्का दाहाल~ जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~सुषमा मानन्धर~ “तेरो बुढा आज पनि त्यही नखरमाउली केटीसंग सुपरमार्केटमा घुम्दै थिए। मैले नदेखे झै गरें। हैन, कति दिन चूप लागेर बस्छेस् – किन केही भन्दिनस् आफना बुढालाईं ?” जुनाकी साथीले उसलाई पीर मान्दै सोध्दै थिई। नभनेकी कहाँ हो र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया

~बिना थिङ तामाङ~ —आमा खै ….अँ… पुक्क परेका गाला, चिम्सा आँखा, थेप्चो नाक तर फराकिलो निधारकी माया आफ्नो घाँघरको फेर निहुरिएर नियाल्दै भन्छे । यस्तै तीन वर्षकी होलीन् म अनुमान लाउँछु । भर्खरै मैले ल्याईदिएकी घाँघरमा माया पुतली जस्तै देखिएकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : काले

~विजय महर्जन ‘श्रीजय’~ अध्याय एक काले आज निदाउन सकिरहेको छैन। निदाओस् पनि कसरी, भोलि डोजर बाटो खन्दै तल्लो गाउँमा आइपुग्ने हल्ला छ। काले ओछ्यानमा उत्तानो पल्टियो अनि ध्वाँसोले आफ्नै अनुहार भन्दा पनि कालो बनाइदिएको दलिनतिर टोलाएर सोच्न थाल्यो,”भोलि त उठ्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सानी

~रजित ओझा~ उसले आफ्नो व्यस्त समयवाट आफ्नो कपाल मिलाउन लाई फुर्सद निकाली। किन किन उसले कपाल कान पछाडी छिराएको भन्दा मलाई उसको गालामैँ झुण्डिएको मन पर्छ। कानको झुम्का विस रुपैँया पर्ने हो त्यो । सानीलाई नै दिनुपर्ला भनेर हटियामा मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहे संविधान बनेपछि..

~दीपक घिमिरे~ ‘संविधान बनेसी गरम्ला नि हुँदैन !’ आजभोलि जे कुरालाई पनि यसै भन्दै टार्दै आइरहेको छु । ‘पढाउन खोजेकै हुँ हेर ठूले, पढ्न सकिनस् ! अब लाउर जा, सक्दिनँ पाल्न मैले । यत्रो लाठे छोरो भएर पनि मै बूढोलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सङ्घर्ष र अप्रत्याशित खुसी

~गीता केशरी~ बिहानको साढे पाँच बज्न पाउँदैन, त्यति बेलादेखि भानु बसेको घरको तल्लो भुइँ तलामा हल्लीखल्ली सुरू हुन्छ । ट्याम्पोचालक एक महिला आफ्नो परिवारसहित बस्न आएकी छन् । भनेको सुनिन्छ उनलाई बिहानै ६ बजे ग्यारेजमा पुगेर ट्याम्पो लिई रूटसर्भिस चलाउनका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अठोट

~राजेन्द्रप्रसाद अर्याल~ विछ्यौनामा पल्टिइरहेको बेला चमेलीको आगमन हुन्छ। मैले विरामीको अभिनय गर्नु परेको थियो। उनले मेरी श्रीमती भएर मलाई माया गरेको देखाउनु थियो। विछ्यौनाको एक छेउमा वसिन् र मेरो निधारमा छाम्दै “कस्तो छ हजुरलाई ?” भनिन्। मैले केही नभनिकन उनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थपडी

~दीपक जडित~ घर उस्तै छ। आमा उस्तै छिन्। गाउँ समाज उस्तै छ। अझ सिँगो देश नै उस्तै छ। परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ। खै त समाज बदल्छु , देश बदल्छु भनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्तरआधुनिक प्रेम

~अशोक सिलवाल~ स्काइनेट अघिदेखि नै ब्युँझेर अफिमजस्तो एउटा आवाज प्रतीक्षा गरिरहेको छ। सिरानीमा रहेको मोबाइल बज्छ, ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ, नदीहरूमा तिमी हो…।’ गीत बज्नासाथ हत्तपत्त मोनिटर हेर्छ। थाहा थियो उसलाई– त्यो पावरवानकै आवाज हुन्छ। म हिँडे, ‘उसले भन्छे।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पानीक रिब

~कालिकाप्रसाद उपाध्याय~ बलमुवाँ मदारिक डँडुवामन् बैठ्के सजना भाखाक् गीत गाइठ चिल्लाकेः हर्किन्देबु बजरिया केवरिया रे…….सुखावो सुखनी…। वकर गैया व भैंस चरटाइँ अारक्षक किनारम व उ देखठ एक्ठो पानीक् खड्डा जहाँ फुलल्बा कट्कुइयाँ (कमल) । उ एक्ठो कट्कुइयाँक् फुला उखाडठ् व … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मरेको मान्छेको नाममा खानेहरू

~ध्रुब सापकोटा~ लेखनाथ कागजमा मरेको छ । उसको मृत्युको, प्रमाणपत्र घरमा राखिएको छ । व्यवहारमा भने त्यस्तो छैन । लेखनाथ ज्यूँदै छ । मेरो सामुन्नेमा बसेको छ । मलाई उसको नाम सम्झन गाह्रो भयो । अनुहार सम्झन गाह्रो भएन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पोलिस

~प्रतिभा गौतम~ पार्किङलटबाट निस्किंदै गर्दा ऑंखाहरु हातको घडीसम्म पुगे । घडीले सधैंझैं बिहानको ६:४० बजाएको थियो । काम सात बजेबाट सुरु भएपनि २०-२५ मिनेट पहिला पुग्नु, कफी पिउँदै एकछिन फोनमा अल्मलिनु, कहिले-कहिले बैंककै बगलमा रहेको पार्कमा बरालिनु अनि एकछिन साथीहरुसँग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मंगलरामको झोला

~श्याम साह~ असनपुरमा मंगलरामको पाँच बिघा खेत थियो । पूरै एक कट्ठामा घर र पाँच कट्ठाको करेसाबारी थियो । नागेसर नामको मुसहर स्थायी हरवाह थियो । मंगलरामकी श्रीमतीको खास नाम शुभद्रा भए पनि सबैले मंगला भनेर बोलाउँदा बोलाउँदै मंगली बनाइदिएका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रिठ्ठे झाँक्री

~सूर्य सुवेदी~ रिठ्ठे झाँक्री निकै नामी झाँक्री हुन् । यी झँक्रीलाई धामीराख्न यिनको घरगाउँबाट मात्र होइन एकडेढ दिनको टाढाबाट पनि मानिसहरू लिन आउँछन् । रिठ्ठेको नाम रितबहादुर भएतापनि रिठ्ठे झाँक्री नै उनको परिचय बोकेको शब्द हो । रिठ्ठे झाँक्रीका घरमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा यात्रा

~अनन्त लम्साल~ सँधै झैँ आज पनि, मन्दिरलाई एक फन्को मारेर ऊ अथवा अभि, चन्दन निधारमा लेप्न लामबद्ध भयो। काठमाण्डूको महँगीमा ज्यान पाल्ने मेसोमा पूजाका सर्दाम र बेलपत्रको पोको अगाडि राखेर मन्दिर परिसरमा धर्ना बसेका साना ठूला मानव आकृतीहरु टन्नै छन्। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः अकथाभित्रको कथा

~निराजनप्रभात लुईटेल~ कथा एक यदि समय सोमरस भए म तनतनी पिउँथे होला । समय बलवान रहेछ भाइ सक्दिन, योसँग जोरी खोज्न । म उ बेलादेखि समिप छु समयको तर पनि चिनजान भा छैन । मरुभुमिमा कायल भाछु, के यो मुटु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भलाद्‍मी चोर

~बिटु केसी बराल~ क्रिस्मस भर्खरै सकिएको थियो, व्यापार व्यवसायको मन्दीले ग्वाम्ल्वाङग अँगालो मारेको थियो अमेरिकालार्इ । त्यसो त गर्मी हुने ठाउँ तर जनवरीको जाडोसँग कामिरहेको थियो टेक्सासको हुस्टन शहर । चाँदिका गहनापसल कुरेर बसिरहेकी थी मन्दिरा । घन्टौं भैसकेको थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जागरण

~हरिप्रसाद भन्डारी~ ऊ भोक र थकाइले लखतरान परेर कोठाभित्र पस्यो । लौरो भित्तामा अडायो, टोपी फुकालेर सुइया सुस्केरा हाल्दै खाटको छेउमा बस्यो । बत्तिको मधुरो प्रकाशमा कोठा मलिन देखिन्थ्यो । एकपट्टि कुनामा सात दिनकी सुत्केरी स्वास्नी सुतेकी थिई भने अर्कोपट्टि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जब म मरेँ

~बिक्रम ज्ञवाली~ एक्कासी एकदम आनन्द आयो। फेरि मलाई निकै गाह्रो पनि त भएको थियो। मेरो कानले सुन्न त सक्थ्यो तर मुखले सुनेको कुरा फर्काउन सकिरहेको थिएन। मेरो अगाडि आउने मान्छे मलाई चिनिस् भनेर सोध्थ्यो तर खै को रहेछ ठम्याउनै सक्थिएन। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँगालो र चुम्बन पाएको पटक

~क्षितिज समर्पण~ ‘शुभयात्रा रोहित ! राम्रोसँग जानू ।’ कलङ्की चोकनेर पुगेको थिएँ । मोबाइलमा मेसेजको ट्युन बज्यो । गाडीमा मेसेजको ट्युनले मात्र के थाहा पाउँदो हुँ । मोबाइल भाइब्रेट भएपछि मात्रै थाहा पाएँ । यस्तै कोलाहल र होहल्लामा काम लाग्ला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रसंग कतिपय

~लक्ष्मी राई ‘लारा’~ केन्याकी क्यारोल भन्छे, ‘आर्कषक डिलडौलका लोग्नेभन्दा असल तथा जिम्मेवार लोग्ने पाउनु भाग्य सम्झिनुपर्छ।’ तर, घानाकी डोरिसको भिन्दै राय छ। ऊ भन्छे— ‘मलाई चौडा छाति, करिब ६ फिट उचाई भएको बलिष्ठ पुरुष मनपर्छ। बिहे गरेपछि देखा जाएगा नि! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : असोज १७ गते

~रमेश दियाली~ हे ! ईश्वर यो कस्तो दुबिधा ? कस्तो टाउको दुखेको, फुट्छ की क्या हो ? पहाड खसे झै भैराछ । यस्तो त कहिल्यै भा थेन । बरै । शरीरभरि काँडा उम्रे । २० को १९ भा छैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment