Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : रक्तक्रान्ति

~राजु अधिकारी~ उसलाई माओवादी जनयुद्धले निकै आकर्षण गरेको थियो। उसका अधिकांश सहपाठीहरु पहिल्यै नै भित्रभित्रै माओवादीमा लागिसकेका थिए। उसलाई भने समर्थक वा सामान्य कार्यकर्ता होइन, जनमुक्ति सेना नै भएर युद्धमा होमिन मन थियो। जब माओबादी योद्धाहरु स्कुलमा आएर युद्धभूमि का … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्रकथा : पत्र: कमरेड दिब्यालाई

~मधु श्री~ कमरेड दिब्या लाल सलाम ! धेरै दिन पछि तपाईँको खबर सुने । घर छोडेर हिड्नु भएको निकै भैसकेछ । हिजो मात्र शशी जी सँग भेट भएको थियो । उहाँ मार्फत नै थाहा पाएँ कि तपाई सकुसल हुनुहुन्छ । … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

कथा : कमरेड निशाना

~प्रकाश खतिवडा~ ‛जुन जोगी आए पनि कानै चिरेको, को नेता सांसद भए पो हामीलाई के ? को प्रधानमन्त्री भए पो हामीलाई के ?’ निशाना दिदीले आक्रोस पोखिन । टेलिभिजनमा प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रमको प्रत्यक्ष प्रशारण आइरहेको थियो । नेपाली काग्रसका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड दुखीराम

~दीपक घिमिरे~ भर्खरै खाएको जाँडको झोल र किमा जस्तै मसिनो बनेका गाजरका पहेंला टुक्रा ह्वालह्वाल्ती आगनमै वाकेपछि रामु रिसले जुर्मुरायो । दुःखीरामका नाकका प्वालबाट समेत गाजरका टुक्रा निस्किए । दुःखीरामकी श्रीमती मनकलीले एक अम्खोरा पानी रामुलाई दिदै भनिन् ‘जा तेरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पलायन कमरेड

~कृष्ण बजगाईं~ ‘हिथ्रो टर्मिनल फोर अगाडि हुन्छु म पीर मान्नुपर्दैन ।’ कमरेड विश्वासले फोनमा विश्वस्त पारिसकेका थिए । तर पनि एयरपोर्टबाट बाहिर निस्कने यात्रुहरुको भीड देखेर कमरेड अटल एकछिन आत्तिए । उसो त जुलुसको हजारौं मानिसको नेतृत्व गरेर हिँडेका कमरेड … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमाको  मजेत्रो

~मनोहर काफ्ले~ आमा ले मलाई कहिलै ठुलो भएको देख्नु भएन । म ठुलो भैसकेको थिएँ । आमाको नजरमा जहिले पनि म सानो नै थिए । सायद आमाले मलाई कहिलै ठुलो भयेको देख्न चाहनु भएन । ठुलो यस मानेमा कि उचाई, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दोषी को ?

~अशोक झा~ रुपा भर्खर १५ पुगेर १६ लागेकी थिइन । घरमा उनका आमा-वाबुबाहेक कोही पनि थिएन । घरको कामकाजमा तल्लिन भएर पनि रुपाको संगितसँग ज्यादै लगाव थियो । उनका मृगजस्ता आँखा र अनारदाने दाँतका कारण ठिटाहरुको मन जित्न सक्ने रुप … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कुठाराघात

~सजना गुरुङ~ हरेक रात कालो आकाश , कालो मुशालधारे पानी अनि अचानक डरलाग्दो बाढी पहिरो आएर मेरो घर बगाएर लान्छ ! मेरो जुम्ल्याहा दुइ छोरीलाई दुइ हातले समाउदै म त्यो कालो तालमा “ बचाउ ! बचाउ !! भन्दै चिच्याई रहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद कथा : अन्तिम परीक्षा

~प्रकाश गिरी~ मेरो प्रेमकहानी अनौठो छ। उसलाई थाह छ म उसलाई नै चाहँन्छु। मलाई थाह छ ऊ अरु कसैलाई चाहन्छे। ऊ थाह नपाएजस्तो गर्छे, म थाह नपाएजस्तो गर्न खोज्छु।  प्रेमले जिवन दिन्छ। एकतर्फी प्रेमले जिवनमै मृत्यु थपिदिन्छ। हाँहाँ… ‘उसको प्रेमकहानी, … Continue reading →

Posted in नेपाली कथा, मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : सी यू टीकाको दिन

~राजव~ चाल्र्सटाउन हेल्थ केयर सेन्टरको डेस्कमा लगभग चालीस पार देखिने खैरेनी काम गर्दै थिई । निकै मोटी ऊ कुर्सीमा पूरै कोच्चिएकी थिई । म डेस्कमा उभिन आएको देखेपछि उसले आफ्ना नीला आँखा मतिर उचाल्दै सोधेकी थिई, “मे आई हेल्प यू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म्याकलेको भूत

~लक्ष्मण श्रेष्ठ~ “अब यो विश्वविद्यालय पनि चिहान हुन्छ। अनि गिद्ध रिंग्छन्। सब खत्तम पार्ने भए सालाहरू !” आक्रोश पोख्यो सुदिपले। “भए पो रिंग्छन् गिद्ध” जोनले जोक्स हान्यो। हाँसे सबै। “कुराको मर्म बुझ्न मुला” सुदिप झोक्कियो। “साँच्चैको गिद्ध रिंगे त ठिक्कै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाहुबल उर्फ ‘काडर टिचर’

~केशव शर्मा~ आदर्श माध्यमिक विद्यालयका अनेक विशेषता छन् । प्रथम, यो गाउँमा अवस्थित छ, सदरमुकामदेखि करीव पन्ध्र बीस किमिको दूरीमा । दोस्रो, यहाँ दरबन्दी जम्मै प्राथमिक तहको मात्र छ । तेस्रो, प्रावि शिक्षकहरुले नै माध्यमिक कक्षाहरु पढाउँछन् र चौथो, एसएलसी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अधुरो प्रेम र उनको नशा

~नवीन उदासी~ बिगतका त्यी रमणीय पलहरुलाई सम्झिएर आज प्रवासको यो बिरानो ठाउँमा चौध घण्टा ड्युटी सिध्याएर होस्टेलमा फर्कन्छु । ..उनको एकोहोरो सम्झनाले गर्दा यो मेरो मुटु सारा छिया-छिया भएको छ, पल प्रति पल यो मेरो मुटु उनकै सम्झनाले पानिबिना माछा जस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृद्ध

~ध्रुवचन्द्र गौतम~ उसको घर म यसअघि गएको थिइनँ । परिचय धेरै पुरानो हो । म यसलाई रेस्टुरेन्ट मित्र भन्छु । रेस्टुरेन्टबाहेक कतै भेटेको सम्झेर भन्नुपर्छ । मानिस ठीक थियो । हलुको हास्यको । हलुको हास्यको अर्थ हो, केही व्यक्तित्वको हलुकोपन, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो म

~बिकास आचार्य~ ‘मामु….मामु’ अस्मु समीलाई बोलाउँदै दगुर्दै छेउमा आई । अस्मु समीकी एक्ली छोरी । भर्खर एसएलसी सकेर घरमै बसेकी छ । यौवनले ढकमक्क ढाकेको छ अस्मुलाई । चञ्चले छे, सुन्दर छे, स्वच्छन्द छे अनि निष्कपट छे । टोलभरका नवयुवकहरूको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवन ब्रित्तमा घुम्दैछ

~रजित ओझा~ “मोटाईछौ ।” कुराको शुरुवात यसरि नै गरे मैलेँ । हुन त मैले उसमा खोट देखेको होइन ,सबै ऋतु हरुमा मलाई उ उस्तै लाग्थी भन्ने कुरा पनि शास्वत छ ।मलाई थाहा थिएन त्यतिखेर यी शब्द हरुले उसको मनमाँ कस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभिनय

~सुषमा मानन्धर~ “एक्सक्युज मी, के म यहाँ बस्न सक्छु ?” एउटी अपरिचित युवतीले उसले खाँदै गरेको टेबुल छेऊ आएर सोधेकी थिई। “हुन्छ बस्नुस् न।” उसले दोहोर्‍याएर हेर्‍यो। कुनै पनि कुनाबाट उसलाई त्यो युवती परिचित लागेन। “तपाईलाई यहाँ सँधै यति बेला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरला आन्टी

~सन्तोष चिमरिया~ के भो? निन्द्रा लागेन। किन? आज कति दिन भइसक्यो थाहा छ तिमीलाई? कसले नौ नबजी सुत्नु भनेको छ त? भान्साको काम सकेर आउन्जेल पनि पर्खन नसक्ने अनि मध्यरातमा निन्द्रा लागेन भन्ने?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : महाकवि देवकोटाको स्मृतिमा

 ~निशा खनाल अर्याल~ पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवी देवकोटाका लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । उनको जन्म १९६६ साल कात्तिक २७ गते शक्रबार काठमाडांै, डिल्लीबजारमा भएको थियो । उनको न्वारनको नाउँ तीर्थमाधव देवकोटा जुराइएको भए तापनि लक्ष्मीपूजाको दिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अप्रत्यासित

~प्रदीप नेपाल~ चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ठयाक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु । कफी खाने सोख मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पुरेले के गर्यो?

~सुरेस खनाल~ पुरे बिउँझियो। बाहिर चराहरु कराईरहेका थिए र पर कुनै मन्दीरमा घन्टबजिरहेको थियो। मान्छेहरुको कल्याङमल्याङ अश्पष्ट स्वरहरु पनि वातावरणमा फैलिएका थिए। एक पटक हाई गर्दै जिऊ तन्कायो र फेरि सिरकमा गुटुमुटु भएर घुँडा खुम्च्याउँदै कोल्टे फर्कियो र भित्तामा टुलुटुलु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपहरण

~अभय श्रेष्ठ~ चार्ल्स डार्विनको विकासवादलाई उसले राम्ररी पछ्याएको थियो। पहिले क्रान्तिकारी थियो। पछि ‘नेता’ भयो र त्यसपछि ‘मन्त्री’। भोक, यातना, जेल र कठिन यात्रा क्रान्तिकारी जीवनका अभिन्न अंग थिए। पानीमा चोबल्दै गालामा करेन्ट लगाइएका र पाइतालामा किला ठोकिएका असह्य पीडा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रम

~राप्रउ पोखरेल~ ऊ चार-पाँच वर्षपछि जनकपुर जाँदै थियो। बसको यात्राभरि अनेक राम्रा-नराम्रा कुराहरू उसको मनमा खेलिरहे। सँगै रहेकी उसकी स्वास्नी पनि अशान्त र चिन्तित थिई। मधेस आन्दोलनपछि तराईको जनजीवन आतंकित छ, कसैको जीउधनको सुरक्षा छैन। यस्तै कुरा ऊ बेलाबेलामा सम्झिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइबरमा कमरेड

~भूमि भण्डारी~ “मलाई कमरेड नभन्नुहोस् ।”- म उनीसँग झनक्क रिसाएको थिएं । “कमरेड भन्दा डर लाग्छ ?”- उनको सहज प्रश्न थियो । बास्तवमा मलाई ‘कमरेड’ शब्द देख्ाि नै डर लाग्थ्यो । संकटकाल थियो । गाउामा माओवादीको जगजगी । शहरमा सरकारी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड

~स्वप्नील बादल~ शत्रुको निशाना र हाम्रो छातीको दुरी निकै कम हुदै थियो  | तिम्रो युद्ध कुशलता र मेरो कायेरता बीचको   दूरी भने   निकै फराकिलो थियो | तेसैले त तिमी पछाडि नफर्की शत्रु सामु लगातार धावा बोलिरहेका थियौ, आगो उकाली रहेको थियौ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दीवारानी (१)

~त्रिभुवनचन्द्र वाग्ले~ धेरै लामो बसाइ भएन जुम्लामा । यस क्रममा सिंजा, महत गाउँ, विष्टबाडा र नाग्मामा केही दिन बिते । एक्लै बिष्टबाडा जाँदै गर्दा निकै थकाइ लाग्यो । तिर्खा लाग्यो । एउटा सम्पन्न जस्तो लाग्ने घरमा पानी खान पसेँ र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : …..अर्थात् स्वत्व

~सुवास खनाल~ यो साँझ फेरि उस्तै भइरहेन । आजभन्दा पहिलेका साँझहरू सामान्य बितेका हुन् । र यो पनि हैन कि यो साँझ असामान्य थियो । सामान्य र असामान्यबीचको भेद मलाई खास थाहा छैन र त्यत्रो मतलब पनि छैन । यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा जुवाडेको कथा

~कृष्णराज खनाल~ ‘होइन, यस्तो पनि हुन्छ ? सधैँ हारेको हार्‍यै ? म त भन्दिया छु है-अब त म पैसासैसा दिन सक्दिन । जहिले पनि हार्‍या छ, हार्‍या छ । ल अब मसँग लास्ट यही दुइटा हात्ती बचेको छ छोराको फि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिद्रोह

~नवराज शमिर~ आमा, म तिम्रो छोरी रमली । एउटा राक्षसबाट निरन्तर बलात्‍कृत भए पछी सहन नसकेर धेरै टाढा जादैछु । तिमी जस्तो यौनको प्यास मेट्न म पोईल गएकी छुइन । तिमी पोईल गएको आज ठ्याक्कै नौ महिना भएको छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : २३ माइला

~रुपेश राई~ २३ माइलाको मताइले घरलाई पिरलो भइरहेको थियो…। ऊ जान्दथ्यो तरै पनि त्यो लतबाट छुट्न भने सकेको थिएन! गलत निर्णयको गलत मार्गले गलत दिशातिर उसलाई खिचिरहेको थियो। केवल उसले उचित उपाय र संसर्ग भने पाइरहेको थिएन। एक दिन बिहानै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पच्चीस सयका बा

~गणेश ओली~ वनका चरा । खोलाको कलकल । हावाको निष्फिक्रीपन । जूनको चहक । सूर्यको आफ्नै गति । ताराहरुको टिलपिल । यस्तै जीवन जिउन चाहन्छ मान्छे । खुला आकाश । खुला धर्ति । यसैमा छन् अनेक प्राणी । मानिस पनि यस्तै एक प्राणी हो । तर समाजले देशको सीमारेखा कोरेको छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निष्ठुरी निरु

~निर्मल रायमाझी~ बिद्यालय स्तर को अन्तिम परिक्षा एस .एल.सी. को तयारी गर्नु थियो । कुरा २०५७ साल को हो म आफ्नो पढाई को सिलसिला मा कक्षा १० को सेन्ट अप पास भए पछी एस.एल.सी. को तयारी गर्न को लागि एस.एल.सी. … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment