Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : सानो प्रेम कथा

~बिक्रम ज्ञवाली~ कुनै कामले मगौशाला गएको थिए । फर्किने बेला बिहानै देखिको कालो बादल फुट्यो । सडक पनि भिज्यो । बाटोमा हिंडेकाहरु राम्रो ओतखोजेको पनि देखिन्थियो । मलाई भने कपन पुग्ने हतार । बस कुर्दै थिए एउटा रुखको तलओत लागेर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : पापी मन

~गंगा सुवेदी~ घुमन्ते चियापसलेबाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता ल परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हे¥यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँच वर्षमात्र टेकेको फुच्चे सानुको काँध हल्लाउँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : डिएनए रिपोर्ट

~वासुदेव गुरागाईं~ रविमान बसको कन्डक्टर बनेको धेरै साल भइसकेको थियो । तथापि उसले आजसम्म यस्तो घटना व्यहोरेको थिएन । ऊ एकनाससँग दायाँबायाँ नहेरी इन्स्पेक्टरले सोधेका प्रश्नको जवाफ दिँदै थियो,— ‘हो, इन्स्पेक्टर सा’प ! यी सबै बसभित्र मरेका मान्छेका लाश हुन् … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : एउटी बेश्याको प्रतिकार

~सन्जीव बंकिम~ भलै सरकार , एन. जि. ओ. , अाई. एन. जि. ओ. हरुको सहकार्य मा उसको बेश्यालय माथि प्रतिबन्ध लगाईएको थियो । बेश्याब्रित्ती एक गम्भिर अपराध हो भन्ने आशय का त्यहा थुप्रै होर्डिङ बोर्डहरु टासिएका थिए । तापनी अघोषित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुन्दर परियारको नयाँ थर

~अभय श्रेष्ठ~ १ सुन्दर परियार नेपाल आएको १० महिना बित्यो । तर, फर्कने नाम लिइरहेको थिएन । अमेरिकाको इडाहो राज्यस्थित पोकाटेलोमा उसको नेपाली सामान पाइने ग्रोसरी राम्ररी चलेको थियो । श्रीमतीलाई त्यो समाल्न भ्याइनभ्याइ थियो । यता, बहिनीको बिहेको केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठूलोबाको कन्तुर

~तुलसीहरि कोइराला~ भोलि दिउँसो मधेश जानु छ, ठूलोबाको घरमा कसैको फोन लाग्दैन । ल्याण्डलाइन मरिगए उठ्दैन, सबैका मोबाइल अफ छन् । एकाबिहानै उठेर ठूलोबाको गेट ढकढक्याउन मण्डिखाटार पुगें । निकैबेर घन्टी दबाएपछि कौसीबाट एउटा टाउकोले मलाई चियायो । टाउको जसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : तरंग

~कात्यायन~ – “म तरंगको खोजी गर्दैछु |” – ऊ चिच्याउँदै हिंडिरहेको थियो | निर्जीव मानिसहरू अट्टहास गरिरहेका थिए | – निर्झरलाई गएर छुन्छ | तरंग विद्यमान नै थियो | – शान्त तलाउमा जान्छ र सानो पतिंगर बिस्तारै खसाल्छ | ज्वारभाटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

किरात लोक कथा : हेङमावा (रक्सि)

~निराजन राजालिम ‘बतास’~ उहिले किराती गाउँको कुरा हो l त्यो समय एउटा गाउँमा एकजना किराती बुढी बस्थिन् l बूढीको परिवार थिएन l ति बूढी दिनहुँ हेङमावा बनाउने गर्थिन् l उनको बाँच्ने मेलो र काम भनेकोनै हेङमावा बनाउने र बाँच्ने थियो … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : यथार्थ भ्रम

~रामलाल जोशी~ सल्लाघारीको बीचबाट गाडी हुइँकिएर गएको उसले हेरिरह्यो। सेतीको नागबेली नियालिरहेको यो डाँडाको छातीमा कुनै दिन गाडी हुइँकिएर जाला भन्ने उसले सोचेकै थिएन। पहाडमा मोटर गाडी पुगे। बिजुली बत्ती पुग्यो। मोबाइल फोन पुग्यो। अब त पहाडका गाउँ पनि अर्कै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लालसेना  

~घनेन्द्र ओझा~ यही बाटो हुँदै गएको थियो, चाँडै आउँछु भनेर। ‘नजाऊ न मलाई एक्लै छाडेर’, रुँदै भनेकी थिई उसले, ‘आखिर यहीँ बसौँला, दुःखजिलो गरेर बाँचौँला।’ ‘दुई वर्ष त हो नि, अलिकति कमाएर ल्याउँछु अनि कुनै पेसा गरौँला’, सम्झाउँदै भनेको थियो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनिन्द्राका पात्रहरू

~सन्तोष चिमरिया~ पुषका दिनहरू नझुल्किदै अस्ताउन सुरसार गरिहाल्छ्न । खाना खाएर सुत्ने तरखर गर्दा रेडियो नेपालले अग्रेजीमा समाचार भन्ने बेलै भएको हुदैन । भाते निद्राले मध्यरातमै छोडेपछि भने निकैबेर निन्द्रा पर्दै पर्दैन । धेरै छट्पटी गर्यो भने पनि श्रीमतीजीले कुईनो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोनोटोनस दैनिकी

~मधुवन पौडेल~ एकछिन आरोप र प्रत्यारोप अनि भलाकुसारीपछि मात्र थाहा भयो, उनीहरूको प्रमेविवाह नै भएको रहेछ । गाडीबाट ढोकासम्म छिर्दा पनि गर्मीले जीउ धपक्कै बलेको अनुभव भइरहेको थियो । कोठा पस्नुअघि बाहिर वेटिङ लाउन्जमा दुईतिर फर्केर बसेको एउटी बच्चीसहितको जोडी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : कल्पनाको अर्को बिहे

~बसन्त नेपाल~ रातको निस्तब्धतासँगै मस्त निन्द्रामा सुतेको छ दुरो देशको एक शहर पनि । यो बिरानो शहरको सुनसान अनि काल रात्रीलाई साथ दिदै छ प्रितम । खै किन्न हो कुन्नि निन्द्रा उ देखी टाढा भागीरहेछ । हासोँ खुशी उल्लास हैन … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

निबन्ध : स्वाँठ बन्ने कि मानिस ?

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ महामानव गौतम बुद्धकहाँ पहिले ईश्वर छ र छैनको विवाद गर्न आउनेको निकै ठूलो भीड लाग्थ्यो । कुनै बेला तीन ग्रुप वा चार ग्रुप पनि हुन्थे । बुद्धको सबभन्दा ठूलो विशेषता भनेकै अरूको कुरा सुनिरहने र आपूmले कुनै … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : गिदी कीरा

~मोहनराज शर्मा~ बाहिर रातको कालो पानसमा झलल्ल जून बलेको छ तर म अँध्यारो कोठामा आफ्नो थाप्लो ठटाएर बसेको छु । केही समयदेखि मेरा मगजमा कुनै अनौठो कीराले गुँड लगाएको हुँदा म सारै रनभुल्लमा परेको छु । बेलाबेला कीरो सगबगाएर सक्रिय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : भाग्यदाता

~रन्जु ‘मार्ग’~ साँझ पर्न लागि सकेको थियो |दिनभरी हिडेर खुट्टाहरु दु:खीसकेपनि मन भने थाकेको थिएन उसको |झनै , तल पानी बगीरहेको पुल माथिबाट हिड्न पाउँदा ऊ निकै उत्साहित भै ‘रहेकी थिई |ऊ कहिले पुलको बारबाट तल हेर्थी त कहिले बाबु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नेवारी लोक कथा : नेवारी गुभाजुको जादुको कथा

~अज्ञात~ नेवारी गुभाजुको जादु करामत नेवार समुदायमा सबैलाई थाहा भएकोे पाटनको गुभाजुको निकै रमाइलो आश्चर्यजनक प्रसिद्ध कथा यस्तो छ । एक समयमा भारतको एक जादू चटक गरी मानिसहरुलाई ठग्दै र मूर्ख बनाउँदै गरेको चटकेले पाटनमा आई आफ्नो एक जादगरलाई सघाउने … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : अनायक नागरिक

~प्रदीप नेपाल~ कथा कसैका लागि ? साता दिनदेखि म भौँतारएिको छु कथाको विषयवस्तु नभेट्टाएर । कथा खोज्न म एकदिन बूढानीलकण्ठमाथि जंगलमा पुगेँ । केको देओस् जंगलले कथाको विषय । एकदिन चन्द्रागिरकिो ढिस्कोमा गएर आकाशका बादलहरू पनि नियालेँ दिउँसोभर । अहँ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तन्नेरी प्रेम

~केदारनाथ नेपाल ‘निश्चल’~ गाउघर तिर सरकारी विद्यालयमा पढेर ‘सेकेण्ड डिभीजन’मा पास हुनुलाई राम्रै मानिन्छ । एस. एल. सी. परीक्षामा म ‘सेकेण्ड डिभीजन’मा पास भएँ । यो कुरा घरपरिवार र साथीभाईले थाहा पाईसकेका रहेछन् । फोनबाट लगातार बधाईका आवाजहरु आउन थाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : धन अभियान

~कृष्ण शाह यात्री~ ‘गैंडा बचाऊ अभियान’का संयोजक धनबहादुरले गैंडाको महत्व दर्शाउँदै गैंडाको संरक्षण गर्ने काममा दिनरात खटियो । गैंडा मारिने क्रम त रोकिएन । तर ‘गैंडा बचाऊ अभियान’को बैंक खातामा करोडौं रकम

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बेलमति र सुम्निीमाको दसैँ कथा

~पवन न्यौपाने~ घुमीफेरी फेरि दशैं आएको छ नयाँ गाऊँमा….आज दशैंको सप्तमी….बेलमतिलाई भने सास फेर्ने फुर्षद पनि छैन् । झिसमिसेदेखी नै कामको चटारो छ….घरआँगन लिपपोत गर..पुजापाठको सामग्री तैयार पार….पानी ओसार्न एक घंटा लगाएर पधेँरामा जाऊ…. दशैं भन्यो दशा नै हुन्छ वेलमतीलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गौरीप्रेम

~लेख कार्की~ हेल्लो नमस्ते ! अर्को दिन मात्र रिप्लाई आयो नमस्ते । – आराम हुनुहुन्छ ? – बिरामी भए त हस्पिटल गैन्थ्यो नि ! लोल – अचेल त सामाजिक संजालमा पनि डाक्टर थुप्रै भेटिन्छन् नि ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिवार

~अभिमन्यु निरवी~ डाँडाको टुप्पोमा पहेँलो घाम देखिन्छ। त्यो डुब्ने तरखर गर्दै छ। दिनभर उसले तताएको भित्री मधेस अझै हायलकायल छ। बारीमा भर्खर जन्मिएका हरिया मकैका बोटहरू दुई चुल्ठी बाटेर ठिंग उभिएका छन्। यस्तो लाग्छ कि तिनीहरू मलाई मेरो घरमै स्वागत … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : सिलर क्याफेका चोटपटक

~थानेश्वर सापकोटा~ सिलर क्याफेको बाहिरी ओतमा मैले आफ्नो शरीरको हिउँ झार्दै गर्दा ऊ अचानक प्रकट भो । “म तिम्रो पिछा गर्दै थिएँ । तिमी त अचानक गायब भयौ ?” मैले भनेँ । उसले आफ्नो नाक जोडसँग सफा गर्‍यो र मन्द … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : हाकिम

~सविन सिंह ‘एकतारे’~ बिहानको १०.३० को समय । हातमा निवेदन बोकेर निर्देशकको कार्यकक्ष अगाडि पुगेको अनिल टक्क अडियो । समान्यतया ऊ हाकिमको कोठामा पस्नुअघि ढोका ढक्ढकाउने गर्दैनथ्यो ।निर्देशक भनेको कार्यालयको अभिभावक हो र अभिभावकको अगाडि पर्न डराउनु हुन्न र अनावश्यक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नयाँ जीबन

~सजना गुरुङ~ चारैतिर क्रिश्मसको रमझम ! सलोम मण्डलीको गेटबाट भित्र प्रवेश गर्नासाथ मेरा नयन चारैतिर घुम्न सुरु हुन्छ ! सबै आ आफ्नो जीवनसाथी सँग कति हाँसीखुशी देख्दै थिएँ तर म लोग्ने भएरै पनि लोग्नेको मायाबाट सधै वञ्चित ! निसन्देह ; … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेरो पहिलो प्रेम

~डा. गोबिन्दसिंह रावत~ पहिलोपटक उनीसँग मेरो परिचय मेरो मित्रका माध्यमबाट भएको थियो । स्कूले विद्यार्थी भएता पनि साथीले परिचय गराई दिएपछि हाम्रो भेटले निरन्तरता पाउँदै गयो । छोटो उमेरमा हामीबीच नजिकता बढेपछि मलाई अरु कुरा भन्दा मेरो नयाँ प्रिय मित्रको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माईला दाईको ‘भूमिगत चिठी’

~दिया चन्द~ त्यो दिन मलाई पनि यो शहर देखेर मुटु दुखेको थियो । मनले एकान्त खोज्दै थियो आफु बस्ने आवास पनि कोलाहलमय लागेर म निस्किएं एकान्त खोज्न । भृकटीमण्डपको एक कुनामा पुगे, एक्लै बस्न उपयुक्त लाग्यो मनको छटपटी थोरै  भएपनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बहुला पण्डित

~विश्वम्भर चन्चल~ गाउँमा एउटा हल्ला फिँजियो । हल्ला हुनु सामान्य कुरा हो तर यो सत्य पनि हुन सक्छ र असत्य पनि । यस्तै सत्य र असत्यको बीचमा मैले पनि यो हल्ला नसुनेको होइन । सुनिहाल्दैमा पत्यउनै पछृ केही छैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : डिल्ली थामी

~रामचन्द्र खतिवडा~ डिल्ली थामीले मलाई विगत सुनाउँदै भने– “हामी सिन्धुपाल्चोकको विकट गाउँमा बस्छौँ । हाम्रा पुर्खाको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पिस्करमा रगतको खोलो बग्यो । हामीले छयालीसमा होस्, या बैसठ्ठी–त्रिसठ्ठी सालको आन्दोलनमा निरङ्कुश शासनसत्ताको विरुद्धमा आन्दोलन ग¥यौँ । खै आजसम्म … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : रसहरूको राजा निन्दारस

~मुकुन्द आचार्य~ साहित्य जगतमा श्रृंगार रसलाई रसहरूको राजा मानिन्छ । तर अब उहिलेका कुरा खुइले । हामी नेपालीहरू आफ्नो स्वाद फेर्नका लागि देशका मन्त्रिमण्डल पनि फेरिरहन्छौं । जिब्रोले सधैं एउटै तरकारी खान निको मान्दैन नि ! त्यसैगरी श्रृंगार रसलाई नै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सूत्रकथा : खाल्डोहरू

~कात्यायन~ – मैले मेरा सुन्दर बगैँचा मासेँ र खाल्डो खनें | – छिमेकीहरू आएर हेरे र भने – आहा ! कति सुन्दर खाल्डो ! – फर्किए पछि सबै छिमेकीहरूले पनि आ-आफ्ना बगैंचाहरू मासे र खाल्डोहरू बनाए |

Posted in सूत्रकथा | Tagged | Leave a comment