Category Archives: लेख – समीक्षा

लेख – समीक्षा / Critical writeups

पुस्तक समीक्षा : नारीहरूले पढ्नै पर्ने पुस्तक

~अशोक थापा~ नेपाली पुस्तक बजारमा रङ्‌रङ्‌का किताबहरू प्रकाशन हुने होड नै चलेको छ अचेल । ती विविध रङ्भित्र विषयवस्तु र विधाक्षेत्रको आआफ्नै बान्की हुने गर्छन् । कहिले साहित्य त कहिले गैरसाहित, अनि कहिले आख्यान त कहिले गैर आख्यान । यस्तै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कार्यपत्र : साहित्यिक पत्रकारिता : अतीत र वर्तमान

~डा. तुलसी भट्टराई~ पृष्ठभूमि नेपालमा पत्रकारिताको प्रारम्भ साप्ताहिक पत्रिकाबाट भएको कुरा गोर्खापत्रको प्रकाशनबाट थाहा हुन्छ । वि.सं. १९५८ मा तत्कालीन प्रधानमन्त्री देव समशेरको सदासयताबाट प्रारम्भ भएको गोर्खापत्र २००७ सम्म करिव ४० वर्ष सम्म साप्ताहिक रुपमा प्रकाशित भएको थियो । २०१७ … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

लेख : पठन संस्कृति र नेपाली साहित्यको विकासका लागि राज्यको दायित्व

~लता शर्मा~ साहित्य भन्ने शब्द सुन्ने बित्तिकै हामीहरूले गीत, कविता, नाटक, लेख रचनाहरू हुन् भन्ने बुझ्दछौंं भने साहित्यकार भन्ने शब्द सुन्दा हामीहरूले गीत, कविता, नाटक तथा लेखहरू रचना गर्ने व्यक्तिहरू हुन् अर्थात् स्रष्टा भनेर बुझ्ने गर्दछौँ । कुनै व्यक्तिले साहित्यमा … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : प्रकाश काेविदकाे ढिकी कथा विवेचना

~अज्ञात~ कथाकार प्रकाश कौविदद्वारा लिखित ढिकी सामाजिक कथा हो । यस कथामा एउटा ग्रामीण उद्यमी परिवारमा रमाइलो चित्रण गर्दै व्यक्तिको मानसिक्ता प्रति पनि इङ्गित गरेका छन् । यो कथामा बिशेष तीनजना पात्र-पात्रा छन् । उनीहरुमा सुमति उनको विमारी पति वा … Continue reading →

Posted in समीक्षा | Tagged | 1 Comment

पुस्तक समीक्षा : आञ्चलिक विम्बहरूले सजिएको कवितासङ्ग्रह

~चूडामणि काफ्ले~ दामोदर पुडासैनी ‘किशोर’ नेपाली वाङ्मयसेवीका रूपमा चर्चित व्यक्तित्व हुन् । १८जेठ २०१९मा काठमाडौंको जीतपुर फेदीमा जन्मेका पुडासैनीका हालसम्म दर्जनभन्दा बढी कृतिहरू सार्वजनिक भइसकेका छन् । विशेषतः नियात्रा र कविता विधामा उनको लेखनी क्रियाशील बनेको देखिन्छ । आफूले देशविदेशमा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

थारू भाषी लेख : थारु भाषा एक परिचय

~तेजनारायण पञ्जीयार~ थारु भूण्डलके देश मधे जगजाहिर हिमाल पहाडके दखैनबैरिया काखमे आपन नेपाल देश सतयुगहैसे अवस्थित छै । नेपाल दुईटा वडका बडका ढोङ्गाके बीचमे पुनघलहा खमअरुवा लखा उत्तरमे चीन आ औरो तीन दिसरसे मोगलान देश घैरने छै । नेपालके क्षेत्रफल … Continue reading →

Posted in थारू भाषी रचना, लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘लू’ उपन्यासको सङ्क्षिप्त समीक्षा

~दिनेश प्रधान~ भनिन्छ, मान्छेको सबैभन्दा असल मित्र पुस्तक हो। तर पुस्तक साथीमात्र होइन, कहिलेकाहीं पथ प्रदर्शक भएर आउँछ त कहिले हतियार भएर आउँछ। त्यही भएर होला कहिलेकाहीं स–साना पुस्तकलाई पनि प्रतिबन्ध लाग्ने गरेको हुन्छ। स्वैर परिकल्पनाका तिलस्मी कथाका किताबहरु तथा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : धचको धोको

~ईश्वरी ज्ञवाली~ थोरै लेखेर धेरै योगदान बटुल्ने नेपाली साहित्यकारहरूको पङ्क्तिमा धनुषचन्द्र गौतम अग्रस्थानमा पर्छन् । नेपाली साहित्यमा धच गोतामेका नामले प्रख्यात् उनको कथ्य, चित्रण र शिल्पशैलीका दृष्टिले पृथक् महत्त्व छ । जहिले पनि साहित्यलाई कल्पनाको जहाज होइन, सामाजिक जगमा उभिएर … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : चरी विम्बः गोलसिमलदेखि कर्‍याङकुरुङसम्म

~यमबहादुर दुरा~ विम्ब विधानमा नेपाली लोकजीवन समृद्ध छ । हाम्रो लोकवाङ्मय विम्बमय छ । लोकवाङ्मयमा असंख्य विम्ब प्रयोग हुन्छन् । लोकअभिव्यक्तिमा जून, घाम, हिमाल, नदी, रङ आदिजस्ता प्राकृतिक विम्बहरू अनन्त रूपमा प्रयोग हुँदै आएका छन् । विम्बको अथाह भीडमा ‘चरी’ … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

पुस्तक समीक्षा : गाउँको ढुकढुकी छाम्ने जमर्को “मधुर मिलन”

~चन्द्र किशोर~ “मधुर मिलन” एउटा यस्तो कथा सङ्ग्रह हो, जसले गाउँको कथाको माध्यमबाट मध्य तराईको जीवनलाई अनावृत गर्ने चेष्टा गरेको छ । यो एउटा यस्तो कथा सँगालो हो, जसले गाउँको परिवेशलाई सहज तरिकाले पस्किदिएको छ । यसका कथाहरूमा डुबुल्की लगाउँदा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “सिमानाको दीप” खण्डकाव्यको विश्लेषण

~गोविन्द प्रसाद आचार्य~ १. परिचय कवि गोकुल प्रसाद जोशीलाई प्रगतिवादी कविताबाट हटाउने हो भने सिङ्गो कविता यात्रा नुन बिनाको तरकारी हुन्छ । उनको खण्डकाव्य “सिमानाको दीप” (२०१५) यो झ्याउरे लयमा रचना गरिएको छ । यो खण्डकाव्य आख्यानमा आधारित छैन, कविको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपालमा मातृभाषामा प्रगतिशील साहित्य

~रामबहादुर बुढा~ भाषाशास्त्रीहरूका अनुसार नेपालमा चार प्रकारका भाषा परिवारहरू छन्– १. भोट–बर्मेली (चिनियाँ–तिब्बती)– मगर, तामाङ, नेवार, गुरुङ, राई, लिम्बु, शेर्पा, चेपाङ, छन्त्याल, थामी, धिमाल, जिरेल, थकाली, सुनुुवार, ब्यासी, लेप्चा, राजी, पहरी, मेचे, हायु लगायत । २. भारोपेली– नेपाली, मैथिली, भोजपुरी, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : पेशल सरको ‘किस्ताको कम्प्युटर’ पठनीय बालकथा

~माधव ‘सयपत्री’~ सुनसरी जन्मथलो भई रामेछापलाई कर्मथलो बनाएर बसेका साहित्यकार पेशल आचार्य बालसाहित्यमा एउटा परिचित नाम हो । एउटा साधु तपस्यामा लीन भएझैँ पेशल पनि दुई दशकदेखि साहित्यमा तपस्यारत छन् । नेपाली साहित्य अध्ययनमा राम्रो दख्खल भएका उनी मोफसलीय साहित्यलाई … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समालोचना : लेखनाथ पौडेलको ऋतुविचार खण्डकाव्य

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ सन् १८८४ (वि. सं. १९४१) पौष शुक्ल पक्षएकादशीका दिन पं. दुर्गादत्त र बसुन्धरा देवीकाकोखबाट पश्चिम ३ नम्बर कास्की, पोखरामालेखनाथ पौड्यालको जन्म भएको हो। नेपालीसाहित्यमा ६ दशकसम्म आफ्नो योगदान दिएरसन् १९६५ (वि. सं. २०२२) बयास्सी वर्षको बृद्धउमेरमा आफ्नो इहलीला समाप्त गरे। पुरानैसंस्कारअनुसार प्रारम्भिक शिक्षा घरैमा लिएकालेखनाथले पन्ध्र वर्षको उमेरमा काठमाडौंरानीपोखरी तीनधारा संस्कृत छात्रावासमा भर्नाभई संस्कृतको अध्ययन गर्न थाले। 

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : ऐतिहासिक महत्त्वका युद्ध कथा

~मनप्रसाद सुब्बा~ यस क्षण म संवत् १९९२ (ई. १९३५)-को शारदा वर्ष २, सङ्ख्या २,३ र ४ हातमा लिएर बसेको छु। मूल प्रति होइन, फोटो कपी। नेपाली साहित्यको आधुनिक युगलाई उत्थित गर्ने काममा ऐतिहासिक महत्वको भूमिका खेल्ने साहित्यिक मासिक शारदा बल्ल … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यमा रमेश विकलको योगदान

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. परिचय चन्द्रशेखर शर्मा चालिसे र उनका तीनमध्ये माहिली श्रीमती छायादेवी चालिसेका जेठा सन्तानका रूपमा १९८५ साल कार्तिक भाइटीकाका दिन काठमाडौं जिल्लाको गोकर्ण आरुबारीमा जन्मिएका रामेश्वर शर्मा चालिसे नेपाली साहित्यमा रमेश विकलका नामले सुप्रसिद्ध छन् । डेढदुई … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

लेख : गजलको परिचय र संरचना, छोटो जानकारी

~ईश्वर दाहाल कविजी~ साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा ग को अर्थ वाणी, ज को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : किराँत राई मिथक लेम्लेम्मा

~चन्द्रकुमार हतुवाली~ ‘लेम्लेम्मा’ बान्तावा भाषाको शब्द हो । लेमलेम भनेको गुलियो, मिठास र माको अर्थ हुन्छ महिला । अर्थात् मीठो बोलेर आकर्षण गर्ने र प्रभावमा पार्ने मानव रूप महिला नै हो । लेम्लेम्मा मानवका थरीथरी रूप धारण गर्न सक्ने दैविक … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : थारु लोकरामायणको मौलिक स्वरूप ‘रौँनक पैयाँ’

~डा. गोविन्द आचार्य~ थारू लोकजीवन आफ्नै भाषा र संस्कृतिले सम्पन्न छ । नेपालको तराई तथा भित्री मधेस र भारतको विशेषगरी उत्तरप्रदेशतिर बसोबास रहेको यस जातिको संस्कृतिमा स्थानअनुसार सामान्य पृथकता पनि पाइन्छ । थारू जातिको संस्कृतिमा छिमेकी भाषा-संस्कृतिको प्रभाव पनि भेटिन्छ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : बेखबर धरोहर

~प्रकट पगेनी ‘शिव’~ पोखराको मोहरिया टोल। छ्याछ्याप्ती सुनचाँदी पसल। एक–दुई कपडा पसल। त्यसमध्येको एक बजिमय वस्त्रालय। अक्सर त्यस घरमा दुईथरीका मानिसको भिड लाग्ने गर्थ्यो। कोही समरबहादुर बजिमयको पसलमा कपडा किन्न आउँथे, कोही साहित्यकार विजय बजिमयलाई भेट्न। समरबहादुर अर्थात् विजय बजिमयका … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : प्रयोगधर्मी कथामा इन्द्रबहादुर राई

~महेश पौड्याल~ इन्द्रबहादुरले कतिवटा कथा लेखे त्यो अध्ययनको एउटा पाटो हो । तर उनले दिएका तीन सङ्ग्रहमा उनी तीनरूपमा प्रस्तुत भए, जसको प्रभाव नेपाली कथासाहित्यमा ठूलो पर्न गयो । विपना कतिपयले राईलाई एउटा सशक्त यथार्थवादी कथाकारका रूपमा प्रस्तुत गर्याे र दार्जिलिङका … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : परिष्कृत र यथार्थपरक ‘भ्रममार्ग’

~डा.लक्ष्मणप्रसाद गौतम~ लघुकथा आख्यानको एउटा प्रभेद हो, र कथाको उपभेद पनि हो । यो स्वयम्मा पूर्ण, खँडिलो, सूत्रात्मक, प्रभावकारी, चोटिलो, सटीक र प्रभावोत्पादक हुन्छ । घटना र अनुभूतिको एउटा झोँक्का उत्पन्न गराउनु र पाठकमा त्यसको तीव्र तथा तीक्ष्ण प्रभाव छाड्नु … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : सिद्धिचरण श्रेष्ठको ‘आँसु खण्डकाव्य’ले उब्जाएका लहरहरू

~डा.नेत्र एटम~ हरेक क्षण हाम्रा आँखाहरू आफ्नै आँसुले पखालिन चाहन्छन्, जसले गर्दा हामी जीवनलाई अझैँ स्पष्टसँग देख्न र पहिचान गर्न सक्छौँ ।                                      … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कार्यपत्र : नेपाली भाषाको मौलिक स्वरूप

~प्रा. डा. जीवेन्द्र देव गिरी~ १. थालनी नेपाली भाषा संसारका नैसर्गिक वा प्राकृतिक भाषाहरूमध्ये एक हो । यो कुनै कृत्रिम भाषा होइन । यसको आफ्नो मौलिक स्वरूप छ । यसको आफ्नो इतिहास र सुदीर्घ परम्परा छ । यसका आफ्ना संरचनागत … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

समीक्षा : सर्वश्रेष्ठ कविका प्रतिनिधि कृति

~डा. कुमारबहादुर जोशी~ प्रत्येक वर्ष लक्ष्मीपूजा नजिक आउँदा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन पुग्छौं । यो दिन उनको जन्म दिन हो । विसं १९६६ कात्तिक २७ गतेको यही दिन अर्थात् लक्ष्मीपूजाको दिन उनको जन्म भएको थियो, काठमाडौंको डिल्लीबजारमा । त्यसैले … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समालोचना : स्रष्टा मनु र लुङमारी मिथक

~अतित मुखिया~ बिज्ञानको तेश्रो आँखा साइवर मार्फत फेसबुकको भित्तोमा सकृय स्रष्टाका रुपमा मेरो मस्तिस्कमा दर्ता भएका धेरै नारी स्रष्टाहरु मध्यका मनु लोहोरुङ एक प्रतिभायुक्त स्रष्टाका किस्तामा पर्ने स्रष्टा हुन । लुङ्मारी मिथक कविता कृतिका रुपमा प्रकाशनपूर्व छोटो भुमिकाको लागि आग्रह … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

पुस्तक समीक्षा : “संकल्प” महाकाव्य : संक्षिप्त विवेचना

~प्रकाश थापामगर~ प्रारम्भ प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको तेस्रो महाकाव्य “सङ्कल्प” हालै प्रकाशित भएको छ । उहाँका यसभन्दा अगाडि पुस्तकाकार रूपमा तीन वटा उपन्यास, दुई वटा महाकाव्य र एउटा खन्डकाव्य प्रकाशित भैसकेका छन् । पत्रपत्रिकामा प्रकाशित भएका साहित्यिक सामाग्रीहरू अलग्गै छन् … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

ईतिहास : भोट, मधेश र नेपाल

~बाबुराम आचार्य~ भोट, मधेस र नेपालको बारेमा वर्णन गर्नु यस निबन्धको उद्देश्य होइन, यी तीन शब्दका अर्थ र आशयहरू अभिव्यक्त गर्ने उद्देश्य मात्रै यस निबन्धमा राखिएको छ । सर्वप्रथम भोट शब्दको विषयमा नै विचार गरौँ । हिमालय पर्वतमालादेखि उत्तरतर्फ क्यूनलून … Continue reading →

Posted in ईतिहास | Tagged | Leave a comment

समीक्षा : द्रौपदीको दुःख

~अभय श्रेष्ठ~ पूर्वीय साहित्यमा रुचि राख्नेमध्ये धेरैलाई ‘महाभारत’ सर्वाधिक प्रिय किताब हो । यसकी पात्र द्रौपदी सर्वाधिक महत्वपूर्ण पात्र । उनी नारी उत्पीडन, दलन, सहनशीलता र बौद्धिकताका प्रतिमूर्ति हुन् । प्रतिवाद क्षमता पर्याप्त हुँदाहुँदै पनि उनी पुरुषसत्ताको पाँग्राले नराम्ररी किचिएकी … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘तन्नेरी हजुरबा’ उपन्यास : सामाजिक कुरीतिउपर गतिलो प्रहार

~भेषराज रिजाल~ वि.सं २००३ साल साउन १ गते पर्वत जिल्लाको साबिक शंकरपोखरी गा.वि.स., वडा नं. १, हाल फलेवास नगरपालिका, वडा नं. ३, नुवार, ठूलाघरमा माता नन्दकली रिजाल र पिता कलाधर रिजालको जेष्ठ सुपुत्रको रूपमा जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : बालसाहित्यकार विजय चालिसे लेखक

~धनराज भट्टराई~ चिनारीः विक्रम सम्वत् २००८ साल असार २२ गते आषाढ शुक्ल तृतीयका दिन काठमाडौँ जिल्लाको उत्तरपूर्वी गाउँ आरुबारी भन्ने ठाउँमा जन्मेका विजय चालिसेको पिताको नाम रामेश्वर शर्मा चालिसे (साहित्यिक नाम रमेश विकल) र माताको नाम सुशिला चालिसे हो (विजय … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अब यस्तो कहिल्यै नहोस् : बाबुराम आचार्य

~रमण पनेरु~ ‘अब यस्तो कहिल्यै नोस्’ इतिहास सिरोमणी बाबुराम आचार्यका ऐतिहाँसिक लेखहरुको सँगालो हो । २०१५ सालको आसपासमा लेखिएका यी लेखहरुमा बहादुर शाह देखि देब शम्सेरका पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरुको बारेमा जानकारी पाइन्छ । विशेषगरी बहादुर शाहको हत्या, भिमसेन थापाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment