Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

नैतिक कथा : चङ्गाको उडान

दशैंको मौसमलाई चङ्गाको मौसम भनेर चिनिन्छ । दशैं बिदा सुरुहुनु भन्दा एक दिन अगाडी एउटा स्कुलमा दशैंको बारेमा ज्ञान दिइदै थियो । जसमा चङ्गा उडान पनि समावेश थियो । बच्चाहरुले चङ्गा उडाउँदै थिए । शिरिष नाम गरेको एक जना बच्चाको … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : फौजी

~विपुल सिजापति~ बसको झ्याल बाहिर कसैको लामो हाँसो सुनेर पढिरहेको किताब बन्द गरी त्यतैतिर हेरेँ । छलकपट बिनाको त्यस शुद्ध र उन्मुक्त हाँसोमा एक किसिमको मोहनी थियो । सम्भवतः त्यो हाँसो मैले पहिलो पटक सुनेको आकर्षक हाँसो थियो । त्यसैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सलिम

~नयनराज पाण्डे~ मलाई एउटा कथा लेख्नु थियो । मैले कथाको शीर्षक पनि सोचिसकेको थिएँ–सलिम । सलिम मेरो बाल्यकालेको साथी–मुसलमान । उसको बाबु एकलैनी बजार जाने गल्लीको मुखैनेर बसेर जुत्ता सिउँथ्यो । पालिस गथ्र्यो । मोची भन्थे सबै उसलाई । असलम नाम … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समयका साथी

~पूर्ण ओली~ “तँ माथि कोठामा जाँदै गर्, म यो ठाँडोलाई थन्क्याएर एक सेकेनमै आइहाल्छु है त ।” उनी गाडी ग्यारेजमा थन्क्याउन पट्टि लागे । अकस्मातको ‘तँ’ सम्बोधनले म झसङ्गै झस्किए पनि केही नभएजस्तो गरी म हल्का ढप्काइएको ढोका उघारेर मूलद्वारबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माइजुकी भदैनी

~पोस्तक श्रेष्ठ~ दशैँको टिकाको दिन। आफ्नो घरमा टिका लगाएपछि प्रशन्न मामाको घर नवलपरासी पुग्यो। उ पुग्दा मामाको घरको ढोका खुलै थियो। ‘माईजु!’ बाहिरदेखि नै कराउँदै उ भित्र पस्यो। भित्र माईजु त हुनुहुन्थेन तर भान्सामा काम गरिरहेकी एउटी नवयौवना थिइन्। अपरिचित। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : #मीटुहेवन

~रजित ओझा~ छेवैमा भएको स्टिल गिलासको चिया सुरुप्प पार्दै उसले सुनाएको थियो मेरो काम नहुने जानकारी । चिया नै हुनुपर्छ गिलासमा । भित्रको तरल पदार्थ नदेखिए पनि कार्यालय समय नै भएकाले मैले चिया नै होला भन्ने अनुमान लगाएँ । टिलिक्क … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : आफ्नै गन्थन

~ज्ञान बहादुर राई~ ‘के गर्ने बाबा? यसपालीको दशैं त जसो तसो बित्यो। अलीकति बाँकीरहेको पैसा पनि सिद्धीयो। घरको आर्थीक अबस्था तपाईलाई थाहा छँदैछ। अब तिहार पनि आउँदैछ । बर्ष दिनको चाँडमा चेलीबेटीहरु बोलाउनै पर्र्यो। कोशेली पात बोकेरै आउलान्, खर्च पर्दैन … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

सूत्रकथा : समय

~प्रद्युम्न श्रेष्ठ~ ‘सरको जुङ्गा पनि पुल्नु थाल्यो। एक दुईवटा सेता केशहरू पनि देखिन थाल्यो।’

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : चक्र

~कालूसिंह रनपहेंली~ शिशिरको कठ्याङ्ग्रिएको एउटा चिसो मन भएको कसै कसैको तातो बन्दै गएको रगत रोकियो, रोपेर चुप्पी छातीमा। हत्या कसले गऱ्यो? चुनौती भयो पुलिस विभागलाई। हत्याराको पत्तो लागेन। हत्याको रहस्य गाँठो फुस्केन। घाम-पानी भयो, हिउँद-बर्खा आयो। दिन र रातको पल्लामा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सेतो चिठी

~श्रीओम श्रेष्ठ ‘रोदन’~ लेखुँ कि नलेखुँ, जाबो सपनाको कुरा ! यसलाई न कसैले आधिकारिक मान्यता दिन्छ, न कतै प्रमाणित नै गर्न सकिन्छ । एक्काइसौँ शताब्दीमा सपनाको कुरा गर्नु पनि एक प्रकारको हास्यास्पद हो । रमाइलो पनि त हो नि । देख्न त देखेकै हो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आस्थाको मृत्यु

~मुक्तिनाथ घिमिरे ‘पथिक’~ उसले आस्थाको मन्दिर बनायो । स्वच्छ मनको पवित्र केन्द्रमा भावना र विवेकपर्ूण्ा अपेक्षित समभावले मन्दिर सिँगार्यो । प्राप्य सम्भावनाका समवेत फूलहरूबाट सम्झनालाई टपक्क टिप्यो र अजैविक आदर्शमय प्रतिरूप प्रतिमाको प्रतिष्ठापन त्यहीँ गर्‍यो जहाँ ऊ वाञ्छित थिई । उसले ठानेन सर्वोत्कृष्ट … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कविता

~प्रमिला उपाध्याय~ म प्रश्न गर्छु तिनी उत्तर नदिएर केवल हेर्र्छिन् मात्र । तिनको निर्दोष हेराइले मेरो मुटु चिसो हुन्छ । नचाहँदा नचाहँदै पनि अनेकौँ तर्क-वितर्कहरू मेरो मनमा आइरहन्छन् । यिनी किन यति गम्भीर छिन्, सोधेका कुरा सामान्य किसिमले किन उत्तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रयोगशाला

~प्रदीप बगाले~ त्यतिबेला म दस/एघार वर्षो हुँदो हुँ, सम्झन खोज्छु । ‘निरङ्कुशता मुर्दावाद ।’ राता झण्डाहरू फर्फाउँदै सडकमा बग्दै गरेको विशाल जनसमुद्रमा गुञ्जायमान नारा थिए ती, गगनभेदी । ‘दाइ, यो केको भीड हो -‘ सडकछेउको एक रमितेलाई सोधेथेँ मैले । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कैलशिया

~विश्वराज अधिकारी~ भदौ महिनामा गाउँका सबै बाटाहरू हिलोले गर्दा हिंड्न नसकिने हुनु गाउँका मानिसका लागि अप्रत्यासित भने थिएन । अप्रत्यासित थियो भने गाउँका चौकीदारले साँझ सुनाएको खबर । चौकीदारले सारा गाउँ घुमेर भनेको थियो– आज राति मुखिया साहेबको दुरामा जम्मा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लुटिएको जिन्दगी

~मालिकराम ‘वियोगी’~ त्यो कठ्याग्रिने जाडो र हुस्सुको पर्बाह नगरी पात्तली सदाझैं चोक आइपुगी । चोक प्रायः शून्य र चकमन्न थियो । पानी, दुध र चिया हालेर कित्ली ओदान -स्टोभ)मा बर्साई । पात्तली साहूजीको अनुरोधमा त्यो नयाँ वर्कशपको ठीक अगाडि सडकको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : समुन्द्र पारीबाट ‘गुराँसलाई चिठ्ठी’

~दिक्षा बस्नेत~ प्यारी गुराँस, बर्षौ बित्यो, तिमीलाई थाहा नै छ! म तिम्रै बाल सखी, तिमिसंग दुख सुख बाड्दै जीवनका ३ दशक् तिम्रै सेरोफेरोमा बिताएकि तिम्री मित्र, अझ भनौ भने काँचो उमेरमा नै मेरा खुट्टालाई चाहिने जमिन छोडी म आफ्नो गृह … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

नैतिक कथा : सल्लाह

~अज्ञात~ एकादेशमा एक राजा थिए । उनलाई रोग लाग्यो । धेरै वैद्य-चिकित्सकलाई देखाए । तर, कसैले उनको रोग निको पार्न सकेनन् । यस्तैमा एक वैद्यले सल्लाह दिए, ‘राजालाई त्यस्तै वातावरणमा निको हुन्छ, जहाँ हरियो नै हरियो होस् । राजाले देख्ने … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

लघुकथा : पुरानो किल्ला

~योगेश घिमिरे~ कहिलेकाही यसै बरालिनु बहुत आनन्ददायी हुन्छन् । गन्तव्य बिनाको यात्रा , न कहि बाटो बिराउने चिन्ता , न कुनै समय सिमा । तपाईं हिड्नुभएको छ यसरी ? सुन्नुस म एउटा कथा सुनाउछु । यो कथामा एकादेश छैन, राजा, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लोक कथा : चण्डीनाचको प्रारम्भ

~सङ्कलन : रामविक्रम थापा~ खोटाङ, भोजपुर, उदयपुर लगायतका पूर्वाञ्चलका जिल्लाहरूमा हरेक सालको नववर्षसितै बुद्धपूर्णिमाछेक ढोल-झ्याम्टा बजाएर राईहरू चण्डीनाच नाच्छन् । फागु वा चण्डी नाचेर साकेला पूजा गर्दै धुमधामले पितृपूजा गर्दै उँभौली पर्व मनाउँछन् । प्रागैतिहासिक ढुङ्गेयुग, शिकारयुग र कृषियुगका पुर्खाहरूका … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : समोसा

~मोइन उद्दिन~ साँझको ५ बजेको थियो । विज्ञापनका लागि फोटो सुट सकेर घर फर्किंदा अनुष्काले आफ्नो पोस्टर विद्युतीय पोलमा देखी र डराई । उसले ठुल्ठूला आ“खाले हेरिरही । बटुवाहरू पनि एकैछिन रोकिएर उसको पोस्टर हेर्छन् । उनीहरुले पोस्टरकी मोडलप्रति सकारात्मक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक रात

~विश्वेश्वरप्रसाद कोइराला~ त्यो रात्रि पनि सधैंको जस्तो साधारण रात्रि थियो। अन्धकारमा मानिसको लोक थाकेर मरेको– चिसो, जाडोले कठाङ्ग्रिएको। काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्केका हेरिदिने कोही छैन। घरघरमा बत्ती निभेका छन्, ढोकाझ्याल टम्म छन्। सून्य सडकका खामामा बत्ती घोरिएर भुइँतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साझा मन : सहजीवन

~मनु ब्राजाकी~ आँखा जतातिर थिए, दृष्टि त्यता थिएन । आँखाले देखेको दृष्टिद्वारा, भनूँ अन्तर्दृष्टिद्वारा नै आफ्नो समग्रता प्रस्टिन्छ । कल्पनाशक्ति र अन्तर्दृष्टिद्वारा नै अदृश्यलाई व्यक्तिले देख्ने गर्छ । अन्यथा आँखासामु जे छ, त्यो यथार्थ हुन सक्छ, सत्य हुँदैन । अहिले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लोक कथा : एक जोडी परेवाको दुःखद अन्त्य

~सङ्कलन : जय बहादुर घिमिरे~ धेरै-धेरै वर्षे पहिले शहरको एक विशाल मन्दिरमा एक हुल परेवाहरू आनन्दसँगले जीवन बिताइरहेका थिए । ती हुल मध्ये एक जोडी परेवाहरूलाई आफूले दुनियालाई केही सघाउन नसकेकोमा आफ्नो जीवन निरर्थक लागेछ किन भने उक्त मन्दिरमा अर्काले … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : सेतो कोट

~रमेश भट्टराई ‘सहृदयी’~ मेरी छोरी सेतो कोट देख्दा डराउँछिन् । मलाई पनि तर्साउने जस्तो लाग्छ । हो, उही रूपमा बगेको छ खोलो । ढ्याङ्ग्रो बजाएर जोखाना राख्ने सोच अन्धविश्वास हो कि टाउको दुख्दा पेट दुखेको औषधी टक््रयाएर फेरि निको नभइ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : मास्टरको मासिक बजेट भाषण

~र्सूयबहादुर पिवा~ पूजनीय मातापिता, श्रीमती तथा मेरा प्यारा छोराछोरीहरू ! यी वर्षा यसमा यसमा, यतियति खर्च गर्ने भनेर सरकारले वर्षर्षा बजेटको विवरण दिएझैं मैले पनि यो महिनामा यसमा यति खर्च होला र यसमा यति खर्च होलाझैं लाग्दछ भनेर हर महिनामा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : के म नायक हँु

~विश्वराज अधिकारी~ गोकुलले मतिर हेर्दै भने,“जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनुपर्ने। नयाँ कुनै कुरा देख्यो, किन्नै पर्ने। कसैले कुनै कुरा गर्‍यो, मैले पनि त्यो गर्नुपर्ने। कसैले कार किन्यो मैले पनि किन्नुपर्ने। नकिने, मैले जिन्दगीमा केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : हाम्रो प्यारो बाल भरिया

~लक्ष्मण गाम्नागे~ धेरैले भन्छन् यो मैजस्तो छ । त्यो भन्नेहरूले उसको नाक र मेरो नाकको तुलना गर्छन्, उसको निधार र मेरो निधार दाँज्छन् । कान हेरेर उस्तै भन्छन् । ओठ त झन् ठ्याक्कै ठान्छन् । त्यो त तिनीहरूको भ्रम मात्र … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : गौरव

~हरिकृष्ण डंगोल~ ‘आई पुग्यौ ?’ ठूलो बाको स्वरले म झसङ्ग हुन्छु । कसैलाई खोजिरहेको मेरो आँखाले सामुन्ने उभिरहेको ठूलो बालाई यादै गरेनछ । सायद यसैले पनि ठूलो बाको अप्रत्याशित स्वरले म झसङ्ग भएको हुन सक्छु । मैले ठूलो बालाई हेरें … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुन्कीको अन्तिम दशैँ

~लक्ष्मण वियोगी~ विनय एक्कासि झस्क्यो। एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो। तिर्मिराएका आँखा तन्कायो। उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई। चुन्कीका बदामी ओँठ खुले– दशैँ माने आइलो मलिक्वा? चुन्कीले मालिक भनेर बोलाइ। ऊ अँधेरो भयो। खासमा विनय चुन्कीको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सम्झौता

~हरिप्रसाद भण्डारी~ गाउँमा दुईजना पुरेत थिए— गङ्गाधर र दुर्गादत्त । दुवैजना एकअर्कोको रिस गर्थे र सधैं झगडा गरिरहन्थे । यदाकदा बाटामा भेट हुँदा पनि आँखा तरेर हिँड्थे । गाउँमा एउटा जजमानले सप्ताह गर्ने भए । गङ्गाधर मुल पुरोहित बने । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : सबैभन्दा ठूलो आश्चर्य

~प्रकाशमणि दहाल~ युधिष्ठिरले उत्तर दिएका प्रसिद्ध यक्ष प्रश्नमध्ये एउटा थियो, संसारको सबैभन्दा ठूलो आश्चर्य के हो र उनको उत्तर थियो, दिनहुँ हुने मृत्यु देखेर पनि आफूलाई चाहिँ चिरञ्जीवीजत्तिकै ठान्ने मानव स्वभाव । टाल्स्टायको एउटा कथामा पनि यो प्रसंग आउँछ, अलिक … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : फेसन

~रमेश भट्टराई ‘सहृदयी’~ हेर्नास्, सोझो औँलाले घिउ आउँदैन । बाङ्गो पार्दा पनि जाडो मौसममा त जमेको जम्यै गर्छ । विषय घुमाउरो र सज्जनको विरोधाभास हो । खै, केमा हो भन्दा पश्चिमा प्रवृत्ति नै भनौँ । मिसाइल परीक्षण कुनै हाम्रा पुर्खाका … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment