Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : थाँक्रो

~अल्पविराम~ ओम् भूर्भूव स्व: तत्स………………………………धियो योन प्रचोदयात……… मेरो मोबाइलको घण्टी बज्यो / मेरो मोबाइलको कलिंग टोनमा स्त्री जाति र अछुतहरुले सुन्दा र सस्वर  मन्त्रोचारण गर्दा  अपराध हुने गायत्री मन्त्र अन्ध परम्पराको गला च्वाट्टै छिनालेर श्रुति मधुर स्वरकी धनी अनुराधा पौडवालले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिस्क्याउने केटी

~आचार्य निश्चल~ अफिसबाट कोठामा भर्खर पुगेर आराम गर्दै थिएँ, मोबाइलको रिङटोनले एकाग्रता भगं गरिदियो । आमाको फोन रहेछ, एक हप्ताको बिदा मिलाएर जसरी पनि घर आउन भन्नु भयो । दशैं पछि घर जाने मौका मिलेको थिएन, यसो हिसाब गरेको पुरै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दशैं

~मोहनहरि पौडेल~ अरू वर्षहरूमा झै यस वर्ष पनि दशैं आयो । किन हो कुन्नि यस वर्ष भने अलि अवेर गरेर ढिलो आयो ।शायद उसलाई आउकी नआउ दुई मन भएको पनि हुनसक्छ ? नयाँ नाना लगाउने ,चिचि, पापा खाने रमाउने वच्चाहरूले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तान्या, इन्द्रकमल र अन्धकार

~अविनाश श्रेष्ठ~ अन्धकार केही कोमल भएर तान्याको आङभरि टाँसिन आइपुगेको थियो जाडो रातको चिसो सिरेटोझैँ । रात तान्याका आँखामा विलाप बनी तन्किँदो थियो । बाहिर दलिनमा झुन्डिएका सुनाखरीका पातहरुको छाया तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो । निकै रहस्यमय थियो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी आमा र दशैं

~नविन काफ्ले अभि~ मेरो पाठशालाका भित्ताहरू सेतो कमेरो र रातो माटोले चम्की रहेको थियो मानौँ त्यो मेरो पाठशाला नभई पौष,माघमा हिउँका निर्मल पछ्यौरी ओढेर चम्की रहेको कैलाश पर्वत हो । पाठशाला पोतेर चम्काए पछि हाम्रो पठन पाठन लगभग दशैका रंगहरुसँग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टाइटनिक रुमाल

~बिनोद दाहाल~ कथा आफैमा नटुङ्गिने कथा हो। झन जीवन त कथाको यस्तो भुमरी हो। जहाँ धेरै कथाहरु सुरु हुन नपाउदै हराइसक्छन। लेखिन नपाउदै मेटिसक्छन। आफ्नै जिवनकथा लेख्ने क्रममा म कति इमानदार हुनसक्छु थाहा छैन । जिन्दगीको तेज रफ्तार मा म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समय

~खेमलाल पहारी~ शिरमा टकटकाउँदो सेतो हलुंगो पछ्यौरीको फेता गुथेकी, त्यस्तै सफा साडी चोलो लगाएकी अन्दाजी असी-असीवटा शिशिर वसन्त भोगेकी तिनी आमा सरासर मेरो घरको प्रवेशद्वार नजिक घण्टीफूलको बोटमुनि आएर टक्क अडिनुभयो। मैले सोचें सँधैंझै वहाँ पुजाकोलागि फूल टिप्न आउनुभएको होला। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

डोटेली लोककथा: सात भाइकी एक बहिनी

~सङ्कलन : खेम बतास~ एउटा गाउँमा सात भाइकी एउटी बहिनी बस्थी। सबै भाइका नौगडीका गेडाझैं लामबद्ध भएर रहेका सात घर थिए। बीचमा एक मूल घर थियो, जुन घरमा इजाबाको शेषपछि बहिनी एक्लै थिई। एकदिन सातै भाइ सिकार खेल्न जङ्गलतिर जान … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : न दोहोरिने रात

~बसन्त श्रेष्ठ ‘क्षितिज’~ चकमन्न छ ठमेल । ढल्कन लागेको रातको अन्तिम निमेष मात्र बाँकी छ । घडीको छोटो सुइले बाह्र बजाउन पाँच मिनेट बाँकी रहेको संकेत गर्छ । घरबाट म नौ बजे नै निस्किएको हुँ । निस्कदा पनि मेरा गन्तव्यको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नभेटिएको माया

~ए. अमात्य~ चालिस दिन मात्र बाकि थियो , ऊनीसंगको पहिलो अनलाइन डेटिङ भा’को एक वर्ष हुन । हामि कसरि साथी भयौ ? न उनलाई थाहा छ रे , न मलाई नै । राम्रो फोटो देख्यो कि रिक्वेस्ट पठाईहाल्ने बानि सायद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नैतिक कथा : छोटो बाटो

~अज्ञात~ एकपटक राजा अकबर र उनका सल्लाहकार बीरबल अरु सेना तथा मन्त्रीगणसंग कुनै गाउँमा जान निस्केका थिए । बाटो लामो थियो । केही समय हिंडेपछि राजा अकबरले भने, ” यो बाटोलाई छोटो बनाउन सकिदैन ? “। बीरबलले उत्तर दिए , … Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

कथा : बेड नं. ६९

~रुमन न्यौपाने ‘अमन्त’~ पलेटी कसेर खाट माथी बसेको छु । एउटा ठुलो कोठा । वरीपरी प्रशस्त बिरामी सुत्ने खाटहरु । यो एउटा ठुलो बन्द कारखाना जस्तो थियो । जहाँ मानीसहरु अनुसाशीत नभई एक अर्का लाई सुन्थे बुझ्थे र मनन गर्थे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

थारु लोक दन्त्यकथा : मचान

~अज्ञात~ सत्ययुगको कुरो हो एउटा किसान राति आफ्नो मच तिर सुत्न गएछ. सधैँ झैँ मचलाई जगाउनलाई गेदाही (मचको खम्भाहरु बिच राखेको काठको लौरो )लाई आफ्नो लट्ठीले हल्का ठक ठक पारेछ. त्यसपछि मच माथि चढेर निदाएछ.

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

कथा : समयका पाइला

~राममणि पोखरेल~ तीन–चार दिनदेखि लखन बिरामी परेर सुतेको थियो । सरिरको देब्रेपाटो सोला हान्ने, झमझमाउँने, कुनकुन गर्ने व्यथाले भेटेर पीडित थियो । जेठो छोरो वीरन एक्लो काम गर्न सक्ने भएकाले, कुल्ली काम गर्न नजिकैको सहर र राजमार्गका बजारतर्फ बिहान उठेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : न्याय

~यकिना अगाध~ न्यायधिसको पदभार ग्रहण गरेपछि उनलाई श्रीमतिले चिन्तित भएर सोधिन्,– ‘श्रीमान् सम्माननीय न्यायधिसज्यू, हजुरले अब कसरी दुधका दुध पानीका पानी छुट्याइ निसाफ गर्नु होला र ? यसको ठ्याक्कै विधि पनि त छैन होला ? कतै हजुरको फैसलाले न्याय पाउनु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : असमकी मोहनी

~हरीश मोक्तान ‘अल्लरे’~ (आमुख: उहिले बज्यैले भन्थिन् – असमिया केटीको पछि नलाग्नू, तिनीहरूको मोहनीमा फस्यौं भने कुकुर – बिरालो, खसी – बाख्रा भई बिताउन पर्ला नी! हाम्रा यताकाहरू धेरै नै घर फर्किआएनन्… तै – उतै बिलाए भन्छन्। असमकी केटीको मोहनी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : हजुरआमाको अनुभूति

~सीपी अर्याल~ (हजुरआमाको सिंगो जीवन-स्केच देखाउने भिडियो रिलमा उहाँको अनुहारमा झैँ मुजा परेको छ । त्यो बज्छ कि बज्दैन, किरिङ-मिरिङ नै भए पनि दृश्य देखिन्छ वा देखिँदैन, थाहा छैन । पुरानो स्मृतिको त्यो टेप चालू गर्ने तरखरमा हजुरआमा आफैँ हुनुहुन्छ … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कथा : एकालाप

~राजेन्द्र पराजुली~ ठिक एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको। र, तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ। तिमी स्वतन्त्र रहेको समयमा म कडा अनुशासनमा बाँधिएको थिएँ। त्यसो त त्योभन्दा अघिल्लो दशकमै मैले कसैसँग प्रेम गर्न नहुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यातना

~दलबहादुर विश्वकर्मा~ रातको ९ बज्न थालेको थियो । दुई जना इन्स्पेक्टर सहित ७÷८ जना पुलिसहरू सहित केही सिभिल लुगा लगाउँका मान्छेहरूसँग राखेर एक जना चन्द्रबहादुर भन्ने इन्स्पेक्टरले एक जना पुलिसलाई आदेश दियो– ‘ए साले, यिनीहरूलाई चौरमा लगेर राउण्ड किक र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाउ

~आन्विका गिरी~ आइकम पास भा’को भए, घुक्र्याउन पाउँथें । फेल भएँ, बाले आदेश दिन भ्याउनुभो । जति नै नमाने पनि बाले मलाई कतार पठाउने नै हुनुभो । गाउँमा एउटा पोल्ट्री फार्म खोल्छु, कुखुरा बेचेर भए’नि तपाईंहरूलाई पाल्छु तर म जान्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा सम्बन्ध जसको नाम छैन

~गोविन्द श्रृङ्खला~ मैले देखेको त्यो दृश्य अँ हँ म कहिल्यै बिर्सन सक्दिन । मेरो मन मस्तिष्कमा त्यस घटनाले बारम्बार झकझकाइ रहन्छ । मैले चाहेर पनि त्यो घटना मेरो मानसपटलबाट मेटाउन सकेको छैन । मैले कैयौं पटक त्यस घटनालाई सपना ठानेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : दन्तिल र गोरम्भ

~उमाशङ्कर द्विवेदी~ वर्धमान नामक नगरमा दन्तिल नाम गरेका एकजना आभूषण व्यापारी निवास गर्दथे । नगरका प्रजा र राजा दुवैलाई आफ्नो राम्रो व्यवहारका कारण उनले प्रसन्न राखेका थिए । विशेष गरेर उनी राजाका प्रिय र नजिकका मानिस थिए । समय खुशीपूर्वक … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

लोक कथा : माछा मार्ने बाहुन

~प्रदीप गुरुङ~ माछा मार्ने बाहुन थिए – एउटा गाउँमा। गाउँ थियो खोला पारी। ठूलो थियो खोला। हिउँदोमा पनि नसुक्ने। त्यही खोलामा माछा मार्थे ती बाहुन। गाउँमा सधैँ जजमानी नचल्ने। सातजनाको परिवार थियो। हात-मुख जोड्न पनि धौ धौ पर्लाजस्तो हुन्थ्यो कुनै … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : जन्मदिन

~प्रद्युम्न श्रेष्ठ~ जिन्दगीको पचासौं वर्षगाँठमा उ केक काटिरहेको थियो। अब भोलिदेखि उ एकाउन्नौं वर्ष टेक्नेछ। उ केकले टेकेको सुन्दर सीसा हेर्छ, अनि आफूले टेकेको भुईं।

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : नमस्कारका उत्तरअाधुनिक अर्थहरू

~काेमलप्रसाद पाेखरेल~ नमस्कार यो धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । यसका पर्यायका रूपमा नमस्ते, दर्शन, जयनेपाल, अभिवादन, लाल सलाम आदि शब्दहरु प्रयोग, प्रचलनमा रहेका छन् । उपर्युक्त शब्दहरुका आआफ्नै विशेषता छन् । प्रस्तुत लेखमा नमस्कार शब्दको मात्र … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : हमरा देश नहि होता साहब

~अन्वेश राई थुलुङ्ग~ नाकाबन्दीको प्रभाव महशुस हुन थालिसकेको थियो । सबैतिर राष्ट्रियतालाई लिएर धेरै कुराको संवाद भइरहेको थियो । एक तराई मुलको पात्र नेपालको पहाडी इलाकामा भित्रिएको छ । सडकमा हिँडिरहेको व्यक्तिको अनुहारमा विपन्नता प्रष्ट झल्कन्छ । दुब्लो पातलो शरिरमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मनोवाद : लूरेपना

~बिबेक पाण्डे~ (रातको १ बज्न करिब ३ घण्टा बाँकी छ । म मेरो ओछ्यान भन्दा अलि पर को कुर्सी मा बसेर फेसबूक च्याट गर्न खोज्दै छु । प्रगती हुने छाँटकाँट आएन । ल्याप्टप ढ्याप्प पारेर भित्तो तिर फर्किन्छु ।) (मुख … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

पत्र साहित्य : सम्झनामा मेरी प्यारी

~सन्तोष शर्मा~ मेरी प्यारी, जति जति हेर्छु तिम्रो तस्बिर उति उति राम्री देखिन्छौ, हरेक क्षण हरेक पल, हरेक दिन । हरेक ढुकढुकीमा अनि मन मस्तिकमा तिमी नै, तिमी छौ । म आफैलाई थाहा छैन प्यारी, किन मलाई तिमी यति धेरै … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

लघुकथा : नातिले ठीक भन्यौ

~काशीनाथ मिश्रित~ एक वर्षभन्दा पनि बढी भैसक्यो मेरो जिभ्राको टुप्पोबाट ¥याल चुहिन थालेको । म र मेरा सबै बन्धु–बान्धवलाई एउटा कथा भन्नुभएको थियो बाजेले पोहोरसाल । “हेर ! नाति, नातिना हो ! आउँदो जेठसम्म हाम्रो देशमा आजसम्म नफलेको फल फल्नेछ, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मखमलीका राजाहरू

~माधव ‘सयपत्री’~ मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- ‘गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।’ नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो । मखमलीको निरक्षर मस्तिष्कले सोचेथ्यो- ‘कृष्ण धनी छन् र सुदामा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : मधुमिलन

~रुपा राई~ आज बिहान देखि एकनासको पानी परिरहेछ । सिरकलाई पन्छाउँदै ओछ्यानबाट उठेँ । आँखाको धमिल्याई संगै झ्यालबाट बाहिरका दृश्य थियो । आकाशको नीलो रंगमा बादलले एकछत राज गरिरहेको त्यो पल,चिसो मौसम,झमझम् पानी परिरहेको पानीको थोपाले जमिनलाई आपm्नो गन्तब्य बनाईरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पश्चताप

~यकिना अगाध~ उसंग भनेजस्तो धन थियो तर आफ्ना केही आफन्तजन र छरछिमेकले बाहेक उसलाई कसैले पनि चिन्दैनथ्यो । जीवनको उत्तराद्र्धमा आएर उसलाई नाम कमाउने हुटीहुटी जाग्यो । आफन्तजन र छरछिमेकले उसलाई सल्लाह दियो कि देवालयहरु निर्माण गरेमा यो जुनीमा नाम … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment