Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : अन्तिम प्रश्न

~हरिप्रसाद भण्डारी~ साहिँला साहू जीवनको अन्तिम सास गन्दै थिए । आज हो कि भोलि कुनै ठेगान थिएन । त्यसैले घरका सबै परिवार र आफन्तहरू आफ्ना सबै काम छाडेर मलिन अनुहार बनाउँदै बिरामीका वरिपरि बसेका थिए । पालैपालो बिरामीलाई सुनपानी खुवाउने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : छोरीको बिहा

~जैकी मोजाहु~ हो, मलाई लाग्दै थियो कि शायद म मर्दैछु । त्यस सुनसान भूतबंगलामा म ए.क.लो । उज्यालोमै अन्ध्यारोका बिम्बहरू मेरो मिथंगलमा प्रतिबिम्बित भइरहेको थियो । यसो सोचें, मैले त आजसम्म कुनै सुकर्म पनि गरेको छैनः धर्म कर्म दानदक्षिणा, भलो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बानी

~होमर श्रेष्ठ~ भोलिपल्ट पनि उनीहरू गधालाई घोडा भन्दै हिंडिरहेका थिए…! त्यो सुनेपछि एक जना बटुवाले भन्यो

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : स्व इच्छामा छैन बाँच्न जीवन

~दीपक कुमार ज्ञवाली~ न रह्यो चेतना न त मृत्यु ले लग्यो । कसैलाई नपरोस् यस्तो जीवन जीऊन । लुटीयो स्मृती हर्‍यो सुखद् जीवन । बिर्सीयो मुहार बिर्सीयो नाता ईष्टमीत्र । आमा आमा य आमा के भट्भट्याई रहनुभएको छ । केहि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दधिराम दम्पतिको दर्द

~कालूसिंह रनपहेंली~ यस गाउँका मण्डलको कुतिया बसेको छ दधिराम। अस्तिदेखि नै मालिकलाई ‘एउटा गाई अधिया पाल्नु पाए हुनेथियो!’ भनेर बिन्ती गरिराखेको थियो त्यसले। आज मण्डलले बोलाएर भने, “क्यानाम! दधिराम एउटा गाई अधिया पाल्छु भन्थिस् बन्दवस्त मिलाइदिएको छु। पाल्छस् होइन?” दधिरामले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अपराध र राजनीति

~मधुवन पौडेल~ नयाँ प्रहरी अधिकारी पहिलो अपरेसन सकेर आफ्नो सिटमा बस्न पनि भ्याएका थिएनन् फोनको घण्टी बज्न थाल्यो,  ‘हजुर’ ‘ए ! तपाईँले त हाम्रो पार्टीको कार्यकर्तालाई विनासित्ति थुन्नुभएछ! छाडिदिनोस् नत्र तपाईँ नयाँ मान्छे, भोलि नै हिँड्नुपर्ला फेरी !’ ‘हिँड्ने बस्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लरेनका ड्याडीहरू

~डा. संगीता स्वेच्छा~ ‘कविता, ए कविता ! कति झ्यालमा बसेर टोलाइरहेकी ? शनिबारको दिन भयो भने झ्यालमै बसिरहन्छे ।’ उषा आफ्नी ७ वर्षकी छोरीको शनिबार झ्यालमा बसेर टोलाउने प्रक्रिया देखेर छक्क पर्छिन् । उनी जान्दिनन् कविताको बालशुलभ मनभित्र के चल्दैछन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : औपचारिकता

~यकिना अगाध~ बाटोमा हिँड्दै गर्दा एउटा मोटरसाइकिलले ठक्कर दिएर उ गम्भीर घाइते भयो । यो समाचार एकैछिनमा हावासरी सनसनिएर फैलियो । उपचारत अस्पतालमा उसको शीघ्र स्वास्थ्यलाभाको कामना गर्न आफन्तजन र शुभचिन्तकहरुको भीड लाग्यो । नर्स तथा त्यहाका कर्मचारीहरुले भीडभाड नगरिदिन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरु

~इन्द्रकुमार श्रेष्ठ “सरित”~ सम्झना गर्दिन भन्दा पनि अतीत पटकपटक उसको अाँखाअगाडि उभिन आइपुग्छ । फुल्न खोज्ने सपनाहरु, पखेटा फिंजाएर उड्न खोज्ने मनका रहरहरु र बादलको माथिमाथि उड्ने एउटा सङ्लो मनको धमिलो आकृति अगाडि आइपुग्छ र समयले गतिकासाथ हिंड्नेक्रममा उडाएको धूलोले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : क्यान्सर, कमिशन र बा

~बैकुण्ठ ढकाल~ नेपाल हो, यहाँ अहिले पनि गोली खान नपाएर र गोली खाएर मानिस मरिरहेका छन । गोली खाने आर्थिक हैसियत भएकाहरु गोली खान नजानेर मरिरहेका छन । गोली खाने हैसियत नभएकाहरु यसै मर्ने भैहाले । गोली खाएर मर्नेहरु नियोजित … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : वनवास पसेकी सीता

~रीता खत्री~ म सीता वनवास पसेको पनि तीन-चार महिना भएछ । जसोतसो दिनहरू बितिरहेछन् । रातहरू बितिरहेछन् । कल्पिन्छु अहिले, म तिम्रो नजरबाट टाढा छु, धेरै टाढा । तिमीले कल्पिनै गर्न नसक्ने अनकन्टार ठाउँमा छु । अग्निपरीक्षामा छु र रामका लागि वनवासमा छु । यहाँ जन्म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गहुँका गेडा

~महेन्द्र पौडेल~ “बाबु, सत्र नम्बर कता हो ?” ब्रसेल्स विमानस्थलमा एक बूढी आमाको स्वरले म झस्किएँ । “म नेपाली हुँ भनेर कसरी चिन्नु भो तपाईंले ?” मेरो असहज प्रश्नले उनी मुसुक्क हाँसिन् र भनिन्, “अघि तिम्ले फोनाँ कुरा गरेथ्यौ केरे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नेपाली लोककथा : धानको बाला

~अज्ञात~ धेरै वर्ष पहिले खेतमा धान फल्दा, धान फल्दैनथ्यो, चामल नै फल्थ्यो। एक दिन एक जना बाहुन खेत हुँदै फर्किएका थिए। कतै श्राद्ध गराएर खाना खाएर फर्किएका उनी आली-आली हिंड्दै थिए। आलीमा हिंड्दै गर्दा उनले झुलिरहेको धान (चामल)

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : भगवानको रूप

~नारायण तिवारी~ अनुज, नमुना, मुकेश र मनीषा स्कुलबाट बाहिरिंदै गर्दा एउटी जिङ्ग्रिङ्ङ कपाल भएकी फोहोरी बूढी आइमाईलाई हात पसारिरहेको देखे। स्कुलको गेटमा पाले दाइ हुनुहुन्थ्यो। उनी पाले दाइसित हात पसारिराखेकी थिइन्। पाले दाइले भने छिःछिः दुरदुर गर्दै ती आइमाईलाई हकार्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमसभा

~दीपक कुमार ज्ञवाली~ “गनाउँदैन देशको माटो सधै मग्मगाऊँछ । आमाको काखमा सधै वात्सल्य जग्मगाऊँछ ।” इन्क्लाब जीन्दावाद बिरशहिद अमर रहुन् हाम्रा नेता जीन्दावाद । हजारौं हातहरु इन्कलाव र जीन्दावादको नाराकासाथ माथी माथी उठीरहेकाछन् । मञ्च तयार गरिएको छ । भब्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : एउटा कथा

~हरिप्रसाद भण्डारी~ जनआन्दोलनको सिलसिलामा चोकमा थुप्रै प्रदर्शनकारीहरू जम्मा भएर नारा जुलुस गर्दै थिए । एक हुल सुरक्षाकर्मी आए र निर्घात् कुटेर धेरैलाई भगाए । नजिकै नालीमा एउटी सुत्केरी कुकुर्नी बच्चालाई दूध चुसाउँदै सुतिरहेकी थिई । थुप्रै मानिसहरूको आवतजावत देखेर ऊ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सुधीन

~दिलिप पौड्याल~ ” तपाइको बिषयमा जम्मा दुइ जना मात्र पास छन्। अरु चालिसजना फेल। तपाइले के पढाउनु भयो बिद्यार्थीहरुलाई ?” प्रिन्सिपल झक्कु सुबेदी ठुलो ठुलो स्वरले प्रश्न सोधिरहेका थिए। सुधीन ट्वाल्ल परेर प्रिन्सिपलको अनुहार हेरिरहेको थियो। “मलाई अरु हैन रिजल्ट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छोक्रा

~डा. टीकाराम पोखरेल~ डान्सबार अर्थात् नाच्ने ठाउँ। झालकझिलिक र मालाकमिलिक रङ्गीबिरङ्गी लाइटहरू। कृत्रिम इन्द्रेणी रङ्गहरू। उसका लागि जीवनका तरङ्गहरू। आज पनि यतै फुल्छन् सधैं झैं उसका अर्धजवानीहरू। मुडमा छ आज पनि ऊ। यसरी प्रवेश गर्दैछ मानौं कि ऊ कुनै युद्ध … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना

~क्रान्ति पराजुली~ “मैले लगातार १ हप्ता भयो तिमीलाई सपनामा देखेको, साँच्चै तिमी हर रात मेरो सपनामा आउछ्यौ । सपना म तिमीलाई अति नै माया गर्छु” । उसले मेरा दुबै हात च्याप्प समातेको छ । कसिलो समाईले साँच्चै कसिलो सम्बन्ध म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

काल्पनिक कथा : आम्रपाली

~जीवनकुमार शाक्य~ मेरो कोठाको उत्तरपट्टीको झ्यालको पर्दा खोल्दा स्वयम्भूको दर्शन गर्न पाईन्छ ।यहि मेरो जिन्दगिको सबै भन्दा महत्वपूर्ण दृष्य हो । काठमाण्डौ आएर यो फ्ल्याट किनेर कोठामा पसे देखि तल झरेकोपनि छैन र झर्नु पनि परेको छैन । मेरो स्यानो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

जातक कथा : दुष्ट बाँदरको फटाहा व्यवहार

बनारसको एउटा गाउँमा एक जना सज्जन बस्थे । उनले घर नजिकको मूल बाटोमा एउटा इनार बनाइदिएका थिए । इनारको छेउमा जनावरहरुका लागि पानी खान सजिलो होस् भनी एउटा लाम्चो काठको भाँडो पनि राखिएको थियो । त्यो बाटो भएर हिँड्ने बटुवाहरु … Continue reading →

Posted in जातक कथा | Tagged , | Leave a comment

कथा : सिन्दुर

~जीवन खड्का~ जताततै खेतबारी हरिया थिए । धान खेतमा कतै पसाउँदै थिए त कतै पसाउने सुरमा थियो । वन र चउर पनि हरिया देखिन्थे । मकै पनि पोलेर खाने भैसकेका थिए भने कतै सुक्न लागेका थिए । एक दिन म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बहुमुखी प्रतिभा

~हरिप्रसाद भण्डारी~ लौहद्वारका रूपमा रहेको एसएलसी परीक्षा उत्तीर्ण गरेर क्याम्पस भर्ना भएका विद्यार्थीहरूमा नयाँ उत्साह र उमङ्ग एकातिर पलाएको थियो भने अर्कोतिर केही विद्यार्थीहरूमा अहङ्कारका कारण केही उच्छृङ्खलपनको विकास भइरहेको थियो । विद्यालयमा जस्तो अनुशासनको चौघेरामा बस्नु नपर्ने हुँदा पनि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : व्यापार केन्द्र

~अमृता बुढाथोकी~ मलाई त्यो दिन आज पनि याद छ । खुसीले उन्मत्त मेरो मन हावासरी घरीयता घरीउत्ता नाचिरहेको थियो । मेरा लागि त्यो दिन सायद बिहानीले साझलाई र साझले बिहानीको प्रतिक्षा गर्नै हम्मे थियो । दिन र रात लुकामारी खेल्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तारा गन्न के सक्थेँ र?

~प्रा. जगतबहादुर के.सी.~ आकाशभरि छरिएका तारा गन्न के सक्थेँ र? मनभरि मेरा मायाका व्यथा भन्न कहाँ सक्थेँ र? सम्झन्छु सधैँ देउरालीमाथि पूर्णेको जूनझैँ क्या सुन्दर मुहार। रात र बिहान सम्झना हुन्छ, देखूँझैँ लाग्छ, भेटूँझैँ लाग्छ,

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : थ्री एमको क्रेज

~कृष्ण उफान~ समय गतिशील छ निरन्तर चलिरहन्छ । यसलाई न कसैले रोक्न सक्छ । न कसैले छेक्न सक्छ । यसलाई रोक्न वा छेक्ने दुस्प्रयास गरेमा ऊ सधैं समयले लात मारेको अवस्थामा रहन्छ । समयभन्दा धेरै पछाडि धकेलिन्छ । समयको घोडा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बलात्कृत

~अर्जुन थापा~ ‘अब चाँडै अपरेसन गर्न सकिएन भने तपाईंको श्रीमान्लाई जे पनि हुन सक्छ । गोलीका छर्राहरू धेरै भागमा छरिएर बसेका छन् । चाँडोभन्दा चाँडो निकाल्नुपर्छ । अपरेसन गर्ने नै हो भने अहिलेलाई एडभान्सको रूपमा पाँच लाख काउन्टरमा डिपोजिट गर्नुहोला’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चरित्रहीनभित्रको एउटा चरित्र

~दिल थापा~ ऊ मेरो घरमा तीन दिन अगाडी आएको थिए। मसँग एक रात बिताएर गयो। आजभोलि मेरो दुख बुझ्ने पनि सुख बुझ्ने पनि ऊ नै हो। अर्थात् सुदिन । सुदिनले मलाई आफ्नै श्रीमतीलाई जस्तै गरी माया गर्छ। हेरचाह पनि गर्छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विश्वविद्यालय

~होमर श्रेष्ठ~ एमएको परीक्षामा ऊ फेल भएको खबरले विश्वविद्यालय नै आश्चर्यचकित भयो ! फेल हुनुको कारण खोतल्दा नयाँ प्रोफेसरले नम्बर दिन बिर्सिएर फेल भएको रहेछ ! भोलिपल्ट विश्वविद्यालयको प्राङ्गणमा त्यो बिद्यार्थी र प्रोफेसरको जम्काभेट भयो । बिद्यार्थीले प्रोफेसरको कठालोमा झ्याप्पै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अनि म विरही भएँ ।

~बिक्रम भक्त जोशी यो ऊ बेलाको कुरा जब मलाई भर्खर भर्खर पदयात्रामा रस बस्न थाल्या थियो। समूहमा पदयात्रा गर्ने मेसो चल्या थिएन। एक्लै धुम्धुम्ती हिँड्थेँ। ठाउँको नाउँ कतैबाट याद गर्‍यो। गुगल म्यापबाट बाटो अन्दाज गर्‍यो। अनि हिँड्यो। दसैँको बेला थियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु उत्सव

~रमेश भट्टराई ‘सहृदयी’~ “छोरा तँ किन सधैँ निन्याउरो देखिन्छस् ?” रघुकी आमाले दिक्क मान्दै रघुलाई मनको वह पोख्नुभयो । रघुको चेहरामा शङ्का, आक्रोश र एकोहो¥याइँदो भावको दुखद् मिश्रण छ । घरको सिकुवामा गुन्द्रीमा बसेर अगाडिका बाख्राको पाठो नाचेको देखेर ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पोखिएको चिनी

~रजित ओझा~ कथा तर नितान्त व्यक्तिगत । उसको गुनासोको बारेमा । सधैं भन्ने गर्छे, “तिमी कथा लेख्छौ तर मलाई सुनाउन्नौ !” म अनुरोध गरी हेर्छु, “पढ न, म देखाउँछु नि तिमीलाई मैले लेखेका कथाहरू !” “पढ्न त मलाई मेरै कोर्सका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment