Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : एक मनोवाद, एक कथा !!

~उमेश सामिप्य कान्छा~ फेसबुक सायद सबैको दैनिकीमा पर्छ होला… एकसाँझ यसैमा चल्दै बस्दा एउटा Add Request आयो… नाम थियो – सफल पौडेल … प्रोफाइल हेर्ने रहरले उसको नाममा क्लिक गरें… सबै लुकाईएका रहेछन्… मैले करिब २०० friend Request Pending मा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गैरी खेत

~नविन काफ्ले अभि~ ए हरी त्यो बिउ फाल्त यता मेरो मेलो पछाडी परि सक्यो । ठुल दिदी माथिल्ला गडाबाट कराईन । जेठको २५ लागि सकेको थियो । बर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो । गाँउ भरिको मुल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बन्ध्याकरण

~राजु अधिकारी~ गा.वि.स. परिसरमा लागेको तीन दिने स्थायी बध्याकरण शिविरमा बन्ध्याकरण गर्न भनेर जुठीले पनि धेरै पहिले नाम लेखाएकी थिई । कसैलाई सोधेर या कुनै आमा समुहले कर गरेर लगेर होइन ऊ आफै गएर स्वतस्फूर्त नाम लेखाएकी थिई । शिविर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उन्यु पुनः टुसायो

~अमृता बुढाथोकी~ चैत्रको महिना, दिउसोको त्यस्तै तीन बजेको हुँदो हो, टन्टलापुर घामले टाउँको खप्नै नसक्ने गरी पोलिरहेको थियो । ललितपुर ज्वागलकको युएन पार्कमा लगाइएका काइयो, मसाला, बकाइनो प्रजातिका वनस्पति एकले अर्कालाई गिज्याउँदै आआफ्ना नयाँ पालुवा फेर्नमै व्यस्त थिए । उनीहरुलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अविरल यात्रा

~हरिप्रसाद भण्डारी~ “कठिन यात्रा !” धेरैले यसै भन्थे । एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू । थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर । कहिले भीरको बाटो, कहिले जङ्गलको बास । यात्रा कहाँ हुन्छ र सुगम ! … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

पत्र कथा : धान भनेको के हो भनेर सोध्छन् तरुनीहरु

~आनन्द पोखरेल~ बा ढोग गरेँ है ! आमालाई पनि ढोग छ, अनि बाइ बहिनीलाई लामो सम्झनाका साथ शुभाशिर्वाद । गाउँलेहरुलाई साइनो अनुसार नमस्कार सुनाइदिनु है । म यहाँ आराम नै छु, आशा छ घरमा पनि सबै जना आराम नै होला … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

सूत्रकथा : मौनता

~प्रद्युम्न श्रेष्ठ~ प्रेम गर्दा चन्द्रमुखी प्रेमी, भरखरै विवाह गर्दा परिवारकै उ सूर्यमुखी थिई। समय बित्दै

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : विस्मातको मतो

~खडगराज गिरी~ आगो, पानी, पृथिवी, वायु र आकाश – मानिसभित्रको धुक्धुकीका ओकेक तत्व, यिनीहरू छन् र नै मानिस छ। आगो, पानी, पृथिवी, वायु र आकाश स्थिर छन् अर्थात् स्वभावगत। तीहरूभित्र मानिसलाई जीवन्त राख्नुपर्छ भन्ने भावना छ – एकार्काले समयानुसारको आशीर्वादका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नलेखिएका कथाहरु

~बसन्त श्रेष्ठ ‘क्षितिज’~ तप्प ! मेरो दाहिने हत्केलाको छेउमा खसेका थियो । ‘दुई थोपा आसुँ’ रङ्गबिहिन आसुँ,आकारबिहिन आसुँ र लक्ष्यबिहिन आसुँ । लाग्यो,एक किस्सा बोकेर आएको छ आसुँसँगै । सुस्तरी देब्रे हातको औंलाहरुले आसुँ सम्हालेर मेटिदिए । लुकाइ दिए ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित जापानी बाल लोककथा : बाँदर र भगेँराको नाच

~प्रा. डा. सुषमा आचार्य~ एकादेशमा जापानको एउटा गाउँमा एउटा बूढो मान्छेको परिवार बस्थ्यो । एकदिन त्यो बूढो मान्छे रुख काट्ने जंगलतिर छि¥यो । एउटा पहाडको फेदीमा पुग्दा बूढोले टाढाबाट आएको गीतको मीठो आवाज सुन्यो र त्यतैतिर अगाडि बढ्यो । बूढो … Continue reading →

Posted in अनूदित कथा, बाल कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : शान्त शान्ता

~रीता खत्री~ शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्ता पनि छोराछोरी भएनन् । बरू उनलाई एकाएक ब्लडक्यान्सर भयो । समयले आफूमाथि जति नै ठूलो घात गरे पनि विवेककी खानी शान्ता हाँसेर जीवन बिताउँन चाहान्थिन् । व्यथाले खपिनसक्नु गरेर च्यापेपछि मात्र उनको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : ‘पहिचान’को शब्दार्थ: एक जिकिर

~विक्रम सुब्बा~ १। (हिन्दु भनिने) सनातनी सभ्यतावालाहरूले आफ्नो पहिचान (जरा वा Root) खोज्दा‘गोत्र’लाई आधारका रुपमा लिन्छन् । सँस्कृतमा ‘गोत्र’ शब्दको अर्थ ‘गाईको बगाल वा झून्ड’ हुन्छ । जसलाई ‘कुनै एक पूर्खाका शाखा-सन्तानहरूको बगाल या झूण्ड वा गण’ भन्ने अर्थमा ‘गोत्र’ शब्दको प्रयोग गरिएको छ । अर्थात, कुन पूर्खा (ऋषि) को सन्तान … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : यो कस्तो माया

~दीपक दाहाल~ “तिमिलाई थाहा छ ,झरि परेको दिन मेरा लागि लक्षिण हो “ “कसरि ? “ “जुन दिन मेरो मेट्रिक को रिजल्ट आएको थियो त्यस दिन झरि परेको थियो ,अनि म फर्स्ट डिविजन पास भाकी थिए l” मैले निधार खुम्च्याएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : मेरो पहिलो प्रेमपत्र

~सुगिता खनाल~ मेरो सपनालाई आफ्नो सम्झी पूरा गरिदिने, चाहे जे बितोस मनमा, सधैँ हाँसेर मिठो कुरा गरिदिने, हरेक पिर आफैँ सही संसारका सारा खुसीले हामीलाई भरिदिने, मन्दिर गै कहाँ खोज्नु भगवान, हजुरकै शरणमा सारा ईश्वर भेटिने। मेरो प्यारो बाबा, हजुरप्रतिको … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

लघुकथा : वृद्ध शिक्षक

~होमर श्रेष्ठ~ आफूलाई एक्लै कोठाभित्र थुनेर उनी मनोवाद गर्दैथिए: “कुनै समय कोपर्निकस र कोलम्बसका खोजकार्यलाई वाहियात र मूर्खतापूर्ण ठानिएको थिएन र ? अनि कतिपय टपर्टुइँयाका श्वाँठ र सतही बिचारलाई शाश्वत मानिएको थिएन र ? तर आज कता हराए इतिहासका ती … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बोसनको सेरोफेरो: यथार्थको अनुभूति

~बिक्रम भक्त जोशी चकमन्न मध्यान्ह, टन्टलापुर घाम । उसै भर्खरै मनसुनको बिदाई संगै पानी पर्न रोकिएकोले हो कि दशैं नजिकिंदा नजिकिंदै पनि उखरमाउलो घामले छाला डढाउन छोडेको थिएन । त्यसै पनि काठमाडौं पहिला जस्तो रहेन । बाहिरबाट आउनेलाई त चिसै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शुक्रराज शास्त्रीको चस्मा

~राजेन्द्र पराजुली~ अचानक खस्यो सहिद शुक्रराज शास्त्रीको चस्मा उनको सालिकबाट । चस्माहीन उनको आँखा अनौठो देखिन थाल्यो । नाकको डाँडीमा अडिएको चस्मा अकस्मात गायब हुँदा उनको नाक पनि असामान्य देखिएको थियो । उनको आँखा कहिले चिम्सा देखिन्थे त कहिले विस्फारित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँशुका थोपा……

~प्रकाश लामिछाने~ ‘कोई त भने जहाजमा हरर कोई त भने पशिना तरर, हाम्रो नेपालमा ऽऽऽऽ कोईको घरमा डाक्टरको चाकरी कोई त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा ऽऽऽऽ कोईको भने धनमाथी धनको रास कोईको भने घरजग्गा उठीबास्, हाम्रो नेपालमा ऽऽऽऽ’ बाहिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हत्या

~अभय श्रेष्ठ~ ध्वजाले सुशोभित स्वर्णरथमा बसेर टाढाटाढासम्म फैलिएको पर्वत शृंखलाको सुन्दरता नियाल्दै राम अघि बढिरहेका थिए । अचम्मको आन्तरिक आनन्दले उनको अनुहार फुलेको गुलाबजस्तै उज्यालो थियो । शीतल हावाको झोकाले उनको आत्मालाई बारम्बार स्पर्श गरेर जान्थ्यो । क्या आनन्ददायक हावा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपनाको गाँस

~दीपक सापकोटा~ “सपनाले सिध्यायो सर।” यति भनेर ऊ थ्याच्च सोफामा बस्यो। नाम कृष्णकुमार केसी, घर कालीकोट, वर्ण कालो। हिजो यसले मोबाइलबाट कल ब्याक गर्न लगाएर पाँच मिनेट मेरो टाउको खायो। आज निवेदनको चाङमा अर्को एक थान हस्तलिखित पाना थपिदियो। कालोमैलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : प्रजातन्त्रका लहरहरू

~विक्रम सुब्बा~ हार्डभार्ड विश्वविद्यालयका राजनीतिक शास्त्री सामुएल पी. हन्टिङटनले The Third Wave: Democratization in the Late Twentieth Century शिर्षकमा एउटा लेख लेखे जुन उनको १९९१ को पुस्तकमा पनि राखियो । हन्टिङटनले १९ औँ सताब्दीदेखि आइरहेका प्रजातन्त्रका लहरहरूलाई हेर्ने र निकट भविश्यमा त्यो लहर … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : सुनको मृग

~महेन्द्र महक~ सीता अनिन्द्य सुन्दरी थिइन् । राम सुशील र भद्र थिए । दुवैले एक अर्कालाई मन पराएका थिए । यद्यपि जनक आफ्नी एकमात्र छोरी सीता दशरथको छोरालाई दिन हिच्किचाएका थिए तर पनि रामको असल स्वभाव र दशरथको सामाजिक प्रतिष्ठाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : धुलिखेलको प्रेम

~विक्रम सुब्बा~ म आफ्नै किसिमले घुम्छु भन्ने थाहा पाएर कहिले काहीँ सोध्छन् – ‘नेपालमा तपाइँको फेवरेट ठाउँ?’ म जवाफ दिन्छु – ‘पोखरा, गोदावरी र धुलिखेल ।‘ सोध्ने – ‘किन, कारण के हो?’ म – ‘यी ठाउँ सफा छन् । मेरो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : महिला सशक्तीकरण

~अमृता बुढाथोकी~ महिलालाई अर्को शब्दमा नारी, स्त्री, जननी आदि नामले सम्बोधन गरिन्छ भने सशक्तीकरण भनेको सशक्त बनाउने, सबल पार्ने, सुदृढीकरण वा स्रोत, साधन, अधिकार आदिले सशक्त, सुदृढ वा सबल पार्ने कार्यलाई नारी सशक्तीकरण भनिन्छ । सम्पूर्ण विश्वमा रहेका मान्छेको मानवीय … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : ऐना : अ रिफ्लेक्सन अफ लव

~महेन्द्र महक~ झ्याल हरेक बिहान झ्यालको चेप–चेपबाट उज्यालो तपाइँको ओछ्यान वरिपरि फुत्रुक फुत्रुक खस्छ । र, तपाइँ जिउँ तन्काउँदै ब्यूँझनुहुन्छ, आफूलाई आश्वस्त गर्नुहुन्छ कि तपाइँ जिउँदै हुनुहुन्छ– कि दुनियाँ हिजो जस्तै आज पनि चलिरहेकै छ । हो, त्यही घामको किरण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टुरिष्ट लोग्ने

~सविना सिन्धु~ भर्‍याङ्ग ओर्लँदै गर्दा ऊ चिप्लिई र डङ्गग्रङ्ग पछारिई । भर्‍याङ्गको अन्तिम खुड्किलोमा ठोकिएर पाखुरामा चोट लाग्यो । घुँडामा निल डाम बस्यो । नराम्ररी दुख्यो जीउ । यो घाउ भन्दा कडा थियो मनको घाउ । आखिर बुझ्नै गाह्रो जिन्दगीका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यात्राको त्यो क्षण

~आनन्द पोखरेल~ मोतीका दानाजस्ता टल्कने हेर्दैमा मन लोभ्याउने सेता दन्त लहरहरु फिँजाई अटल रुपमा रहेका अग्ला अग्ला चुचुराको काखमा हरियो वनजङ्गलले घेरिएका ठूल्ठूला पहाडबाट वहकिएको भेषमा सुईसुई सुसेली हाल्दै नदी बगिरहेकी थिइन् । कलकल झरनाले साथ दिई रहेको, ति हरिया … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हामी दुई

~घनश्याम ढकाल~ कमल म सहपाठी थियौँ । त्यसो त हाम्रो गाउँ पनि एउटै थियो । उसको र हाम्रो घर आधा घन्टाको दुरीमा पर्दथे । विद्यालयमा मात्र होइन बाहिर पनि राम्रै दौंतरी थियो । राति पनि धेरैजसो हामी सँगसँगै पढ्ने गथ्यौँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निदाइरहिछन् माई

~प्रगति राई~ आदिकथा सृष्टि तथा मानव सृष्टिको बिन्दु कुन हो, हामी कसैले पनि भन्न सक्दैनौं । विज्ञानले पनि अनुमान र केही सम्भावित तथ्यलाई आधार मानेर यस्तो थियो भनी बताइदिन्छ । प्रश्नको जवाफ नभेट्टाएपछि ईश्वर निर्माण गर्छौं र त्यसैमा आफ्नो सारा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नर्स

~रमेश दियाली~ रहर एउटा सम्झनामा परिणत भयो । मान्छेले सबैभन्दा धेरै बोक्ने भनेकै सम्झना रहेछ, जुन कहिल्यै भारी र बढी हुँदैन अनि मुस्कुराउने आधार पनि त्यही बन्दो रहेछ । दु:ख त त्यतिबेला लाग्दो रहेछ, जब आफ्नै कोखमा नौ महिना राखेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भित्र्याएकी छोरी

~पुरुषोत्तम खनाल~ कुन्ता बिरामी भएर ओछ्यानमा परेको पनि धेरै दिन भइसक्यो । औषधीले पनि कहिले छोएजस्तो गर्छ, कहिले कामै गर्दैन । डाक्टरहरुले चिन्ता नलिनुस् आमा, आत्मबल बढाउनुहोस्, दुःख सबैलाई पर्छ, बाँच्नेले त्यस्ता कुरामा अल्झिरहनु हुन्न, हरेक मान्छेले जन्मसँगै मृत्यु लिएर आएको हुन्छ, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कौब्रु

~महेश पौड्याल~ बोलसाङ् लेक्, निकै रमाइलो । पाखामा कताकति एक–दुइवटा घर देखिन्थे । भर्खरै फूलेको तोरीले ढप्प ढाकिएको भिरालो बगान, पहाडको देहमा पहेँलो पछ्यौरा लगाई बिहेको निमित्त सिँगारे जस्तो । माथि, कौब्रु पहाडको टुप्पोमा ढप्प हिउँ परेको, मणिको किरिट लगाएजस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment