Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : भुमरी

~चंकी श्रेष्ठ ‘अभय’~ केवल धागोमा बाँधिएको एउटा सिन्का जसले तिनीहरूको जीवनमा शान्ति ल्याएको थियो । ऊ दिउँसो सुत्थ्यो, रातभरि उठ्थ्यो । कुनै दैनिक अखबारमा मुखपृष्ठको पाण्डुलिपि सम्पादक थियो । यसकारण रातभरि समाचारका तथ्य, भाषा, अक्षर र क्यारेक्टर केलाउनु उसको बाध्यता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नेताहरूको शरीरमा मृतात्माहरू

~विश्वराज अधिकारी~ अमेरिकामा नोभेम्बर महिना शुरू हुनुको अर्थ चाडपर्वहरू आउन शुरू हुनु हो । नोभेम्बर महिनाको अन्तिम बिहीवार थैंक्स गिभिङ पर्दछ । जोड, बिजोड जस्तो वर्ष होस् हरेक वर्षको नोभेम्बर महिनाको अन्तिम बिहीवार थैंक्स गिभिङ पर्छ नै । बिहीवार हुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समय सोध्ने केटी

~पदम भण्डारी~ यात्राको क्रममा एकदिन म छुुट्टीमा घर जाँदै थिएँ । झण्डै दश वर्षपछि मेरो गोबिन्दसँग भेट भयो । ऊ पनि बसमै यात्रा गर्दै थियो, तर अर्को बसमा । उसलाई देख्नेबित्तिकै ऊछेउ गएँ र भनें– नमस्कार ! चिने चिनेजस्तो लाग्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शिलाले माइत त्यागिन्

~चन्त वनेम~ ‘ए शिला ! बस्तु खोल्ने बेला भएन ?’ गल्लीबाट गीताले कराइन् । ‘म तल पित्तोलुङमा चराउँदै गर्छु, बस्तु त्यतै लिएर आइज है’ भन्दै बस्तु लिएर ओरालो झरिन् । शिला सुन्तलाको रुखबाट कराई, ‘म आई हाल्छु हिँड्दै गर, सुन्तला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निमिसा र मनिष

~भावना परिष्कृत सुनुवार~ निमिसा र कुन्दनको प्रेमकथा पर्दाफास भएपछि नरनारायणको परिवारमा बज्रपात प-यो । दुई वर्ष त यी प्रेमिले जोडीहरूको सम्बन्ध विषयमा कसैलाई भनक थिएन । गुजुरगुइँठे नाम गरेको व्यक्ति जसको काम टोल छिमेक, पुरै गाउँभरिका विषयमा चियो चर्चा गर्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोकको संगीत

~भूपिन व्याकुल~ छाताको अङ्कुसी इस्टकोटको पिठ्युँतिरको भागमा घुसाएर मेरो हात समात्दै बाले गाउँको सरकारी स्कुलमा भर्ना गर्न लगेको श्यामश्वेत सम्झना अझै बाँकी छ। रातको चकमन्नतामा उहाँको चर्को घुराइले तर्सिएर अर्धनिद्रामा रात छिचोलेका स्मरण पनि छन्। घुर्दाघुर्दै सास रोकेर निकै लामो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बैशले मातिएपछि

~प्रकाश स्याङ्बो~ बयस्क उमेरमा प्रवेश गरेकी शिक्षित परिवारमा हुर्केको सपना एकदिन बिदेश बाट आएकी फुपुको घरमा पुग्छिन फुपु उनको लागि चिया बनाउन किचनमा जादा सपनाले यौन कथाहरुको म्याकजिन भेट्छ,उनले म्याकजिन भित्रको उत्तेजक तस्बिर र यौन कथा पढ्दै गर्दा उनको फूपू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्णय

~बिना थिङ तामाङ~ ……अन्त्यमा मैले छोडिदिंए उस्लाई । लेख्न के नै बाँकी रह्यो र अब ।अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि । तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म त्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपना संगै निदाएको रात

~अनुप्रिया गौतम~ प्रेममा समर्पण होस् त यस्तो…… उनि भन्दै थिइन त्यसपछि जीवनमा मैले अर्कोलाई रोजिन ….. सुन्दर जीवनको परिकल्पना कसले गरेको हुन्न ! राम्रो लाउने, घुम्ने, पाए कारै चड्न पाए हुन्थियो । शान सँग हिड्न पाए हुन्थियो । टल्केको जुत्ता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो लोभी मन

~सरला अर्याल~ जिन्दगीका बाटा कती बदलिए, समयले कती काचुली फेर्यो तर सानै देखी आमाको हात समाउदैइ साझ पख एक-डेढ घन्टा हिड्न लागेकोबानी अहिले सम्म पनि चलिरहेको थियो । देश छोडी बिदेश, बिदेश पछी स्वदेश र जती नै बेफुर्सद हुँदा पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुपरम्यान र हारजित

~भरत मरहठ्ठा~ छोरीलाई बोर्डिंङ् पुर्याउन सुनिता तयार भैसक्दा बाउले घरबारी बैंकमा धरौटी राखेर किनिदिएको मोटरसाइकल हुइक्याउदै ऊ आइपुग्छ l “ल ल नानु बस l” आफ्नै छोरीलाई भने झैँ भन्छ l “अंकललाई राम्रोसंग समाउ है l” सुनिता बाइकको पछाडी छोरीलाई हालीदिन्छे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ना.२.ख. ४३१७

~रजित ओझा~ उ रातका अन्तिम प्रहरमा खुइय सुस्केरा काड्दै भन्छ। ” मलाई थाहा छ म तँलाई माया गर्दिन। तर एउटा प्रश्नले मलाई पिरोल्छ सँधै, तँ मलाई माया गर्छेस् कि गर्दिनस् !” म उत्तर खोज्छु। भेट्दिन, अनि जवाफ फर्काउँछु । “मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँसुरीको धुन

~शर्मिला खड्का दाहाल~ तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भाउजू विधवा भइन् (?)

~सञ्जय बिष्ट~ आजसम्ममा भिन्ना-भिन्नै दुईवटा कारणले, भिन्ना-भिन्नै दुईवटा शैलीमा, दुईपल्ट देखेँ मैले भाउजू रोएकी। नयॉं सुन्ने, नयॉं बुझ्ने र नयॉं हेर्ने इच्छाको तर म सानै थिएँ त्यो समय। ठुलो सॉंझ परिसकेको थियो, आमाहरूले थाहा पाएर कुरा गरेको सुन्दा। भात पस्की … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथाकारहरूको कथा

~धनराज गिरी~ “ए भाइ एउटा रोयल स्टेग ल्याऊ ।” एउटा ठिटो कथाकार, सोमरस ऊमाथि हावी भइसकेको छ । चारघण्टा अघिदेखि कथाकारहरूको टोली यो भट्टीमा सुरापान गरिरहेका छन् । “त्यो साले मण्डले पनि कथाकार अरे । आफ्नै साथीलाई समीक्षा गराएर आफूलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~वासुदेव गुरागाईं~ छेत्रीको कुलमा जन्म लिएर पनि धर्मकर्मका विषयमा कुलबहादुर आधुनिक ‘जात’ का ब्राह्मणका त के कुरा ! राम्रै नाम चलेका मै हूँ भत्रे पुराना ‘कर्म’ का पण्डितहरुलाई पनि आच्छुआच्छु पार्थे । परम्परादेखि चलिआएको रीतिरिवाजमा उनी अडिग थिए । धर्मकर्ममा … Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

मनोविश्लेषणात्मक कथा : अनौँठो, अन्जान, अदृश्य !!

~बिकिरण~ साँझको समय थियो, भींड चाही केको थियो याद भएन तर म त्यो भींडसित रमाईराखेको थिएँ । म जत्तिकै सबैजना खुसीनै देखिन्थेँ । के को खुसियाली हो थाहा नहुँदै म पनि आफ्नै तालमा बिना संगीतको त्यो उत्सवमा नाचिरहेथे हांसिरहेथे। एक्कासी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ए छोरी पो

~क्रान्ति पराजुली~ ‘रीमा दिदी सबै जना किन यस्तो निराश ? ….रीमा दिदीका आँखामा आँशु भरिए तर मुखबाट आवाज निस्किएन । हिजो साँझ हतार हतार गरी पाटन हस्पिटल पुगेँ । रीमा दिदी दोस्रो पटक आमा भएको समाचार सुनेर म खुशी हुँदै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घूस

~उज्ज्वल जी.सी.~ देवेन्द्र साहू आफ्नो व्यापारिक कामकाजको सिलसिलामा अफिस पुगेर गमक्क फुल्दै भन्न थाल्यो– “खर्दार साप ! मेरो टिप्पणी आज हाकिम साहेबकहाँ पेश गर्दिनुस् त ! पर्सि त म जर्मन पुग्नुपर्छ । ” उच्च व्यक्तित्वमा आकर्षित हुँदै खर्दारले भन्यो– “हुन्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमा ! तिमी महान छौ

~सुमलकुमार गुरुङ~ कुनै आमाले आफ्नो कोखिलोमा राखेर एउटा हातले सानो शरीरलाई न्यानो वात्सल्य ममतामयी अमृतधारा चुसाउँदै गरेकी दृष्य देख्दा कता कता आफ्नै आमाको वात्सल्य प्रेमको अनुभूति मलाई हुन्छ । मलाई हिजो जस्तै लाग्छ । मेरो भाइ भोक लागेर रोएको बेलामा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यासिनो

~बाबुराम पन्थी ‘गुल्मेली’~ नितिशले एक दिन फोनमा बढो भावुक हुँदै भने “जहाँ चिदी त्यही कूलो लाग्दो रैछ टारीमा त कुलो पनी काँहा लाग्दो रहेछ र ? ” मैले जवाफमा भनेको थिँए जे प्राप्ति छ त्यसैमा सन्तुष्ट हुन सिक्नु पर्छ यदी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जय होस स्वास्नीमान्छेको

~ढक बहादुर बस्नेत ‘आकाश’~ ******************************************* “मानब जिबनको बिकासका लागि यौन शिक्षा अपरीहार्य छ त्यसैले लुकेर होइन खुलेर कुरा गरौ” ******************************************* यदी तपाईहरु सँग कुनै समस्या छ भने लेखेर पठाउन नभुल्नु होला तपाईहरुको समस्याको सामाधानका लागी उचित जवाफ खोज्ने प्रयास गर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नी र बाउ

~डेभिन बाबु~ बुढो बाउ खै, गनगनाएर हैरान , भाको छोरि सात समुन्द्र पारी छ । घरको शोभा छोरि मान्छे छैन, चुल्हा चौका लिप्-पोत गर्ने मै बुढाले कति ? यस पटक चाहिँ खुरुक्कै बिहे गर है केटा नत्र म घर छोड्छु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोठार – ११

~इद्रिस सायल~ मालिकराम यादव सोमबार हिँडयो, मनिकापुरतिर ! मालिकरामले हिँडनुप् र्व आफ्नी श्रीमती रैनावतीलाई भन्न चुकेन, भन्यो– ‘रैनावती, म त जाँदै छु तर यस बारेमा कसैलाई पनि नभनेस, है । नत्र यहाँका फटाहाहरुले चाल चल्न थाल्छन् । कसैले सोध्यो भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जोइटिंग्रे अमेरिका

~गीता थापा~ लोग्नेको दश पाँचको नोकरीले जीविका नचल्ने देखेपछि स्वास्नीले अमेरिका जाने चाँजोपाँजो मिलाई । लोग्नेले पनि कुनै नाइँनास्ती गरेन । स्वास्नीको इच्छामा ल्याप्चे ठोक्यो । काम शुरु गरेको खबर आयो ऊ अमेरिका पुगेर । विस्तारै डलर घरमा भित्रियो । घरको रंगरोगन फेरियो । ग्याँस, रंगीन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठुल्दाइको सपना

~सूर्य बीसी~ घरबाट स्कुल पुग्न धेरै हिड्नुपथ्र्याे । लामो बाटो आवतजावत गर्दा समय बर्बाद हुन्छ भनी ठुल्दाइले मेरो घोराही बजारमै डेरा गरिदिनुभएको थियो । परिवारको आर्थिक हैसियत राम्रो थिएन । तैपनि जसरी भए पनि काठमाडौं पढ्न पठाउने विचार गर्नुभएछ ठुल्दाइले । ‘एसएलसीमा राम्रो अङ्क … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हाम्रो माया जिन्दावाद !

~गणेशमान सिंह~ मलाई थाहा थियो । धेरै दिनदेखि यो नामले मलाई पिछा गरिरहेको छ । मेरा प्रत्येक स्टाटसहरुमा लाइक मात्र होइन अलि अस्वभाविक लाग्ने कमेन्ट पनि आउँथे– भारी प्रशंसाका । भारी उत्तेजनाका । मानौं, म कुनै नामी लेखक हुँ या भनौं न म कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चेलीको कर्म

~रामजी बलामी~ त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ, आँखाभरी आँसु छचल्किन्छ, मुटु भक्कानिएर रुन्छ, पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै ल¥यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनी त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कान्छी त पोइला पो गइछ

~राजेश नतांश~ रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको खाल्टो

~दीपक घिमिरे~ सायद दुःखी मान्छेको जीवनमा सुख भन्ने कहिल्यै लेखेको हुँदैन होला । त्यही भएर होला आजको दिनसम्म पनि म खुशी भएर बाँच्न सकेको छैन । हो, बाबु आमाले खुशी राख्न खोजे तर त्यो बेलाको समयले मलाई खुशी रहन दिएन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : श्रीमान श्रीमती र सपना

~हरि थापा ‘दोलखे’~ जिवनको लक्ष्य पुरा गर्ने क्रममा नयाँ ठाउ, नयाँ परिवेश, रहनसहन घुलमिल हुन साह्रै कठिन जागिरको शिलसिलामा कहिले पुर्व कहिले पश्चिम खुब दोैडधुप गरियो असफलमा हरेश पट्टकै खाईन,मेहनत को कुरा छाडोैँ शब्दमा बयान गर्ने सकिदैन सम्झिदा पनि मुटु … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : सञ्चयकोष

~उमालाल आचार्य~ छिमेकी, नातागोता र आफन्तसँग ऋण सर–सापट गरी जम्मा पारेको पैसाले बाको उपचार गर्न अझैं पुगेन । अप्रेसन गर्न थप रकम चाहिने भएपछि सञ्चयकोषमा संकलित रकम निकाल्न म काठमाडौं जानुपर्ने भयो, बिरामी बालाई भिनाजु र फुपाजुको जिम्मामा छोडेर । बालाई त्यसरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment