Category Archives: छन्द कविता

छन्द कविता : के संविधान आउला ?

~पूर्ण ओली~ खेलेनौ अगुवा निस्वार्थ भुमिका, नेपालको खातिर संविधान नआउने लक्षण यो, देखिन्छ चारैतिर जानेभो अब फुत्किई पकडको सम्भावना सुन्दर !… तिम्रो मात्र दलीय आग्रह छ रे ! हाम्रो यहाँ के छ र ? हाम्रो देश इतिहासकै कठिनतम् यो मोडमा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : शार्दूल-सञ्चारिणी

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित मर्स्याङ्दी तटमा हिमालमनिको सानो छहारीमनि गौरी,माधव,शान्ति,कान्ति कलिला हाँस्थे र बाँच्थे पनि। आयो काल लग्यो लग्यो परपरै अल्पेर गौरी गईन्। गौरीको शवदेखि दिव्य रचना जन्मेर ‘गौरी’ भईन्।।01।। गौरी माधवकी, कथा विरहकी, साहित्यकी सुन्दरी। ‘गौरी’ प्रेम … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आदर्शको ढाल हो

~वामदेव पण्डित~ सत्सठ्ठी अब छैन त्यो विगत भो ख्वाएर तीता कुरा । अठ्सठ्ठी अब आउँदै छ बलियो देखाउँदै पाखुरा ।। पक्कै आउँछ संविधान रसिलो मिल्ने छ मीठो रस । सारा वर्ग खुसी हुने छ सबको प्यारो मणि पारस ।।१।। हाम्रो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मेरो बास कहाँ थियो र पहिले

~प्रविण अर्याल~ छन्द : शार्दूलविक्रीडित ऽ ऽ ऽ । । ऽ । ऽ । । । ऽ ऽ ऽ । ऽ ऽ । ऽ मेरो वास कहाँ थियो र पहिले ऐले यहाँको भएँ । जाँला लौ कुन लोकमा र पछि … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नयाँ बर्ष

~डा. हेमनाथ घिमिरे~ रातै लेक फुलुन् गुराँसहरुले बेशी फुलुन् काँशले । पाखा-पर्वतमा बुकी पनि फुलुन् वास्ना छरुन् घाँसले ॥ हाँगा मग्मग भै सुनाखरि फुलुन् नाना थरी रङ्गमा । नौलो याम फुलुन् सबै ह्दयमा उत्साहका सङ्गमा ॥ १ ॥ हाम्रा यी … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अखण्ड सधैं नेपाल हाम्रो

~के आर शर्मा~ छन्द : झ्याउरे हेरेर तिमी बस्दी हौ आमा आउने बाटोमा चाडमा पनि सकिन टेक्न नेपाली माटोमा पुजेर दियो हालेर तेल बालेर बस्दी हौ निराश हुँदै बनेर दुखी संघार पस्दी हौ अबिर हरु छरेर हेर जोरबत्ती बालेको फुलका … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : युग र वितृष्णा

~गोविन्ददेव आचार्य~ छन्द :- द्रुतविलम्बित चटक या “टक”को टक जिन्दगी ? किचक या-चक, रोचक जिन्दगी उदक, मादक या कि त ‘वादक” ? कि “धक” साधक वा चिर बन्धक ? प्रगतिका गति दुर्गतिमा पुगे विमतिले मति दुर्मतिमा पुगे सुजन- “दुर्जन, भाजन”ले … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : दौडन्छन् कवि

~प्रविण अर्याल~ छन्द : हरिणी र शार्दूलविक्रीडित । । । । । ऽ ऽ ऽ ऽ ऽ । ऽ । । ऽ । ऽ सललल, सधै, त्यो, खोलाको प्रवाह छ जो नयाँ । कललल, सधै यो, आत्माको नयाँ अनि चाहना … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : गइन् आमा……..

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्दः शिखरिणी गइन् आमा मेरी सबतिर अँध्यारो पनि भयो जगत् यो चर्के झैँ धरमर भई जीवन गयो लडे झैँ धर्ती भो दहन गहिरो खाडल परी रुकेनन् यी आँसू नयन भल बग्दा घरि–घरी ।।१।। बसेंथें गर्भैमा कति कति … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : समवेदना !

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ लाग्दैथ्यो जब यो बहत्तर नयाँ वैशाख मैह्ना सुरु धर्ती नै नरमाइलो बनिदियो भूकम्प पर्दा अरू जाँदा बाह्र गते त्यति जब बज्यो सारा जिमी हल्लियो भत्के गाउँहरू भकाभक सबै आश्चर्यजस्तो भयो ? ।।१।। हल्लायो कति जोड–तोडसितले धाँजा जिमीमा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : साहित्य

~मुक्तिनाथ शर्मा~ पाकेका स्याउका दानाभित्रको रसमाधुरी काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी जस्तो पाइन्छ सुस्वाद खाँदा आनन्द आउँछ साहित्य रस हो त्यस्तै स्वादिलोपन ल्याउँछ ।। के गर्न हुन्छ के गर्न हुँदैन जो बताउँछ क्रोधको बेग जो रोक्छ सभ्य शान्त … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नेपाल सानो भयो

~इलामेली टीकाराम दुलाल~ छन्द : शार्दूलविक्रीडित मान्छे दैव छिमेक आखिर सधै हाम्रै पछाडी भए हाम्रो सुन्दर देशको प्रकृतिले आरीस गर्दै गए ठूलो देश हिजो थियो अब यहाँ मेची र काली रयो टिस्टा दूर छ कांगडा लुटि गए नेपाल सानो भयो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : भन्नेगरेकी छु म

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित मर्स्याङ्दीतटदेखि माथितिरको स्वर्लोकको साँधमा सांग्रीला र हिमालका नजिकको देवालयोद्यानमा फुल्थे फूलहरू विभिन्न थरिका हेरेर चौतर्फमा। डुल्दैथे भ्रमरा पराग रसमा जिभ्रो लगाईकन।।01।। पाखा सुन्दर,स्वच्छ शैल बनिए,जामेन पानी कतै। बारीमा हरिया भएर लहरा उर्लेर आए अझै। … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : हर्षको पल

~इलामेली टीकाराम दुलाल~ छन्द : भुजङ्गप्रयात तिमी भद्रतारा मता जून हुन्छु उतै बास मारे मता रून्छु रून्छु सधा साथ साथै बसौला भनेर कहाँ हुन्छ राजा तिमी दूर् बनेर ।१। भनेको थिए यादले यादले त्यो अरू खास केही कुरा हैन भाको … Continue reading →

Posted in छन्द कविता | Leave a comment

छन्द कविता : बाध्यता

~वासुदेव पाण्डेय~ छन्द : शार्दूलविक्रीडित हर्के हङकङ राम रोम छ भने माने छ मुग्लानमा बिर्खे बेरुत कालु काबुल पुग्यो जेठो छ जापानमा । कान्छो खट्छ कुवेतमा विवश भै घैॅटे छ घानातिर आधा देश विदेशमा मुलुकको फेरिन्छ के तक्दिर ? पढ्दैमा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : दुःखी चेली

~डा. हेमनाथ घिमिरे~ लहरै फुले जाही र जुही बेली र चमेली । फुलीनौ तिमी किन हो कैल्यै भन न ए चेली ॥ आएन बैंश लागेन मात जवानी सकियो । मनका ईच्छा सपना सारा मनमै रोकियो ॥ १ ॥ दाउरा घाँस … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : उषाकालीन स्वप्न

~डा. लेख निरौला~ (भुजङ्गप्रयात) चरा चिर्बिराए कतै कुञ्जनेर उठूँ भन्छु आफू मिठा स्वप्न धेर लुकाऊँ कहाँ खै उषा लालिमा छ मिठा स्वप्न मानौँ सँगै कालिमा छ ।। चरा गीत सङ्गीतका ताल उस्तै सुतू वा उठूँ स्वप्नका चाल उस्तै बिहानी छ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : पृयतमा

~सुबेश घिमिरे~ मुहार शौम्य चन्द्र झैं । प्रत्यंग हाय ! कोमल गुलाफ फुल्छ ओठमा । सुरम्य आह ! कुन्तल । सुश्राब्य मृदु – बोलीकी धनी पृया निरञ्जना नशालु नैन गर्दछन्– अथाह गोप्य मन्त्रणा ॥१॥ कपोल लाल हाय ! ती सफेद … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : बाँचिन्न नेपालमा

~जयदेव गोविन्द~ छन्द : शार्दूलविक्रीडित आफ्नै वस्त्र फुकाल्नु-पर्छ जगमा नाङ्गाहरूले जिते कुप्रो नै हुनुपर्छ राष्ट्रभर नै बाङ्गाहरूले जिते बोले सत्य छिनाल्नुपर्छ रसना पापिष्ठ सञ्जालम सुँघ्दै गोबर “फूल” भन्न नसके बाँचिन्न नेपालमा ।। बाली नष्ट गराउँछन् सलहले दुर्गन्ध पारी घर कुर्दै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मधू–मिलन

~डा. हेमनाथ घिमिरे~ मीठो यौवनमा गुराँसहरुले लाली चढाईदिए । लाली जोवनमा बुकी पनि फुले वास्ना बढाईदिए ।। बैंशालू मनमा सुनाखरि फुले हाँगा सबै रङ्गिए । मेरो अन्तरमा उनी पनि फुलिन् आहा ! म नै रङ्गिएँ ।। १ ।। वास्ना अन्तरको … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मनको त्यो स्वतन्त्रता

~प्रविण अर्याल~ छन्द : पञ्चचामर हैन हैन हुदै हुन्न, भन्छ मन स्वतन्त्र झै । अविच्छिन्न महाकाश, मित्रबद्ध भर्इ उसै ।। तर हुन्छ कुनै अर्को, भनेको त्यो हुदैन झन् । हुन्छ हुन्न भनी केही, लछार्दैन स्वतन्त्र मन ।। सकेको जति कोशिस्ले … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : बडा दशैं

~प्रविण अर्याल~ छन्द : शार्दूलविक्रीडित आयो हेर बडा दशैं, दश दिशा उल्लास बन्दै गयो । हिन्दू मात्र महाँ अपार खुशिको उत्सव् तयारी भयो ।। राजारंक समान हर्ष विधिले श्री देव माता महाँ । सन्तोष् मंगलका निमित्त झगडा छोडेर पुजा महाँ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : फालौँ बिष त्यो

~डा. हेमनाथ घिमिरे~ कालो मेघ मडारियो गगनमा धर्ती मलीनी भईन् । सारा अन्ध भयो यहाँ जगतकी ज्योती कहाँ ती गईन् ।। चारैतर्फ बगे नदी रगतका, बस्ती जले दन्दनी । आयो के कलि यो अहो यति छिटै दाह्रा किटी फन्फनी ।। … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सम्झना

~डा. हेमनाथ घिमिरे~ स्वदेश छाडी बिदेश आएँ लाग्दैछ अँधेरो । सम्झन्छु सधैँ गाउँ र घर, पाखा र पँधेरो ।। ती बाबा-आमा, पियारी मेरी हेर्दा हुन् बाटोमा । आँशुका थोपा झरेर गए बिलाए माटोमा ।। १ ।। बिहान उठी पियारी मेरी … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नेपाल बाँचिरहोस्

~डा. कृष्ण पन्थी~ छन्द कविता जाउँ दैलेख वा महोत्तरी तथा तप्लेजुङ्गै खोँचहोस् । खाउँ भात मकै मिठो र मसिनो फापर् ढिडो जे मिलोस् ।। लाउँ एक् जोर जे जसोगरी हवस् नाङ्गो सबै छेकियोस् । नेपाली मन यो पुकार भगवान् नेपाल … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : चिन्ता

~इलामेली टीकाराम दुलाल~            तोटक छन्द अभिभाज्य कुरा छ बिभाजनमा सुख छैन अरे जनको मनमा किन भाग र अंश लगाउनु खै इतिहास सधैँ छ नि हो जिउदै ।१। किन मास्नु सबै बिरुवा फलको लिन स्वार्थ र … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नैरस्यता

~इलामेली टीकाराम दुलाल~ शार्दुलबिक्रिडित छन्द के लेखौँ अब खै सुरम्य कविता को काब्य बुझ्दो छर ? ब्यर्थै यो किन खै उठाउनु पिडा मान्दैन यो दिल तर ! एक्लै हुन्छु बिताउदा सफरमा यो जिन्दगीको पला थर्काएर तितो मिठो र लयमा ब्यर्थै दुखाए … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मुमा

~इलामेली टीकाराम दुलाल~ पञ्चचामर छन्द जदौ जदौ महामहिम् जदौ गरेँ गरेँ यसै झुकेर शष्ठअंगले प्रणाम गर्छु है यसै बिचार उच्च राखने महा महा म ठान्दछु तपाइनै महा गुरू म एक ब्रम्ह मान्दछु ।१। मलाइ सृष्टि गर्नु भो र हेर्न पाइयो धरा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : धेरै सुतेछौँ अब जाग जाग

~इलामेली टीकाराम दुलाल~ छन्द : ईन्द्रबज्रा आफै हटाऊ ननिका बिचार आफै जगाऊ दिल भित्र प्यार देखाइ बाटो अघि लाग लाग धेरै सुतेछौँ अब जाग जाग ।१। ज्ञानी बनेको छ नि कर्मलेनै बाढेर बाचौँ प्रित मर्मलेनै माया छ ठूलो रिस राग … Continue reading →

Posted in छन्द कविता | Tagged | 2 Comments

छन्द कविता : आखिरीपल

~बिक्रम श्रेष्ठ “सागर”~ आखिरीपल घात माझ बिचमा निम्ता भयो दैवको। छाडी जान सकूँ म प्राण सहजै सारा सबै वैभव। आँसू पात्र बनेर साथ सबले पर्खी बसे काल त्यो। चिन्ता पीर रहेन साथ अब लौ मूठ्ठी भरि स्वासको।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : म त फूल थिए

~ईलामेली टीकाराम दुलाल~ तोटक छन्द जुन ठाँउ थिएँ फुलदै म थिएँ रसरङ्ग सुवाश दिदै म थिएँ म फुलेँ भनि है कुन स्वार्थ लिएँ तर एक यहाँ म त फूल थिएँ ।।१।। कति मन्दिरको म प्रसाद भएँ भमरा कतिको म त … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मेरो देश

~मुक्ता सापकोटा~ तोटक छन्द कलकल्कल बग्छिन रे सरिता सब नूतन लाग्दछ रे रमिता मन मोहक द्रिश्य छ हेर उता अब लेख्दछु रे रसिला कविता सरसर्सर बग्छ हवा नभमा जसले तटिनी प्रिय छे सबमा जब सागर भेट्न हिडिन् तटिनी

Posted in छन्द कविता | Tagged | Leave a comment