Category Archives: छन्द कविता

छन्द कविता : थोपा

~डा.मेघराज ढकाल~ छन्द : अनुष्टुप् न गन्न सकिने यस्तो न मोल तोल नै छ यो बर्तुलाकारको बिन्दु थोपा भन्ने जनाइयो आकारमा छ यो सानो मोल मूल्य ठुलै भयो कसरी बन्छ यो भन्दा ? मिहिनेत भयो अहो ! १ साहित्यकारको सीप … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आगो

~डा.मेघराज ढकाल~ आगाको घर हो कतातिर भनौँ हो माइती हो कता ? बाबा सूर्य थिए र ताप उनको रन्किन्छ ज्वाला यता पग्ल्यो झोल बन्यो छुट्यो नियतिले जो सौर्यपिण्डै भने लप्का चट्ट खसी पदार्पित हुँदा पाखा र डाँडा बने । १ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : बैँश

~बिक्रमादित्य~ छन्द : वसन्ततिलका क्या त्यो मुहारभरी वैँशहरु उठेका हेर्दीछ यूवक अली रसीरा परेका कालो कपाल अनि ओठ नशालु हेरुँ त्यो वैश सुन्दर अहा उनको म हेरुँ॥१॥ … झुल्के अनेक मनमा रसिला विचार मात्येछ यो मन यसै कसरी उ तीर … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : स्वदेशमा

~रिजाल किरण~ छन्द : अनुष्टुप कैले हावा हुरी कैले ,चलेकै छ स्वदेशमा साना ठूला कुराले नै,गाजेकै छ स्वदेशमा । कुर्लेकाछन् सधै ठालु ,ताउ दिदै विकासको पिएकैछौ अझै पीडा , ठाउँ दिदै निकासको।। कुरो मात्र सधैं ठूला ,प्रगतिमा छ शून्यता कुर्सी … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : स्मृती प्रेमीकाको

~बिक्रमादित्य~ छन्द : शिखरीणी बनेकी यो मेरो मन र दिलकी सुन्दर परी परीको झै हाँसो मुसुमुसु भए घायल सरी परीजस्ती गोरी बसिछ मनमा नै जुनिभरी उसैको मायामा लुटुपुटु भयो यो दिलजली॥१॥ सुरीलो बोली त्यो सरलशरमी लाज उ भरी

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : ब्याख्या अर्चना

~बिक्रमादित्य~ छन्द : पंञ्चचामर कपाल कल्पना गरे म पातलो घना घना निधार अल्प आकृती र नासिका सुहाउना कपोल पुष्ट रक्त नम्र सुन्दरा मुहार त्यो … सलक्क कण्ठमा हिरा मुखार ओष्ठ अल्प त्यो शरीर चट्ट कस्तुरी सुगन्ध रूपमा परी

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अन्तिम श्वास

~बिक्रमादित्य~ छन्द : पंञ्चचामर म सोच्छु सम्झदै पिडा र कष्टरुपि सम्झना झझल्किरैछ सम्झना मधूर मिष्ठ प्रीतका चलेछ प्यारको बतास मन्द मन्द मन्मा … नवीन प्यार एक भो पलाइ प्रीत प्यारमा रसीक प्रेममा म भै जलेछ छाति प्यारले जुधेर भावनाहरु बसेछ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : रहश्य अपार

~निशा खनाल अर्याल~ छन्द : असारे झ्याउरे परेलीहरु बिछ्याई हेरे मुटुले तानेर चोइटियो मन त्यसैलाई बालेँ आत्मा मै हालेर तपस्वी जस्तै योगले पुग्छु चैतन्य गंगामा फ़र्कन्छु एक्लै खोजेर प्राण कठोर ढुंगामा जीन्दगि होइन खेलौना कुनै खेलेर मिल्कायो

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आमा

~बिक्रमादित्य~ छन्द : मन्दाक्रान्ता गर्छौ माया हरपल अनी चूमि ती ओठ प्यारा भुल्छौ पीडा चलपल गरे बालकैले ति तिम्रा हास्छौ हासो मधुर जहिले फुल्छ उ भर्भराई हिड्छौ उस्को पछिपछि तिमी हिड्छ उ लर्खराई … बोल्छौ बोली त त ति तु … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : म राज तन्त्र देशको

~रिजाल किरण~ छन्द : प्रमाणिका छ अन्धकार ब्यापक मडारिदै छ आफत । निखार लौन ईश्वर बनेर केहि तागत ।। झरी बनेर बग्दछन् ब्यथा सहेर चल्दछन् ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : डढेको संस्कार

~रमेश भट्टराई ‘सहृदयी’~ छन्द : शार्दुलविक्रीडित झिल्काले घर नै डढेर यसरी आगो र हावाहुरी ईष्र्याले रिसमा जलेर त्यसरी चल्दैन माया लुटी अर्काको घर भाँड भन्छ जसले के नीति धर्मै रहे के ठान्छौ कति बाँच्छु लाग्छ मनमा यो श्वास निस्की गए … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : वसन्त काव्यको आमुख

~राजेश्वर देवकोटा ~ म धाएँ धेरै नै तर शरण सत् पाइन कतै अबेला जागेछौ नभन ममता पाउँ कविते। तपस्या गर्दैमा कवि कति बिते लागिन पछि उही कन्था बोकी म पनि अहिले कुप्रिन पुगेँ।। न पढ्ने मान्छे छन् न त पसलमा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नेपाल यो स्वर्ग हो

~अर्जुन दुलाल~ छन्द : शार्दुलविक्रीडित नेपाली जगका सु संस्कृति अझै चम्किरहेछन् यहाँ जन्मे बुद्ध यहीँ बढीकन अहो सत्मार्गको खोजमा के बोल्छौ अब हे महान जन हो होच्याउँदै देश यो पल्टाऊ इतिहास बुझ्न सहजै नेपाल यो स्वर्ग हो !!१!! आमाकै मनमा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : प्रगतिपथ

~रिजाल किरण~ छन्द : द्रुतविलम्वित प्रगतिका पथमा रथ चल्नु छ सुख र शान्ति यहीँ अब रम्नु छ । मयल यो मनको जब माझ्दछौ श्रम र सीप गरी तब हाँस्दछौ ।। लगन चित्त बनी जब लाग्दछौ

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अन्तिम यो भेट हो ?

~भेषराज रिजाल~ छन्द : शार्दूलविक्रीडित गायो कोयलले मधूर स्वरले तानी दियो यो मन हाँस्यो त्यो वन कुञ्जका अधरमा सौन्दर्य फैलाउन फैलेथ्यो रविको सफा किरण त्यो छायो नयाँ जीवन देख्दैछौँ भन ! आज लाल नयनै आँसू लिएको किन ? नौलो त्यो … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मेरा माटाका विम्बहरू

~तिर्थराज अधिकारी~ छन्द : मन्दाक्रान्ता अग्ला अग्ला गिरिवर जहाँ व्योममा माथ चढ्छन् छाँगा सेता झरझर जहाँ बैँसका चाल चल्छन् काखी च्याप्छन् हरपल जहाँ लेक लालीगुराँस चल्ने हावा मलय छ जहाँ बोक्छ मीठो सुवास ।१। इन्द्रेणीका कुसुम धनुमा रंगका छन् मिलाप … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : प्यारो छ नेपाल यो

~तिर्थराज अधिकारी~ छन्द : शार्दूलविक्रीडित छानो भव्य हिमालको छ सुकिलो छन् टल्किने चाँदनी पोत्छन् हर्दम स्वच्छ धार जलले छाँगा परी मोहिनी आभा दिव्य कहाँ छ तुल्य भवमा स्रष्टा कला शिल्पको यात्री अन्तरचेतका चरणमा प्यारो छ नेपाल यो ।१। नानी तुल्य … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : साहित्य सुधा

~धरणीधर कोइराला~ छन्द : तोटक अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्नु कसो गरि हो? गरि काव्य सुधा-रस-पान अरे गर मानव जीवन सार्थक रे न त झाँक्री न वैद्य न ज्योतिषीले उपचार गरिकन शान्ति दिने मन रोग निरोग गराईदिने … Continue reading →

Posted in छन्द कविता | Tagged | 1 Comment

छन्द कविता : प्रलय-पथ

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् आँतमा दाँत बोकेका डुल्छन् जल्हाद लस्कर यिनैका चालले गर्दा बनाए डरको घर ! तिखा छन् हातका नंग्रा तीर बोकी रमाउँछन् आगोझैँ मन भै तातो फूललाई समाउँछन् ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अब फस्नु हुन्न

~तिर्थराज अधिकारी~ छन्द : उपजाति पुराण सैँयौँ जति नै लगाऊँ प्रदीप लाखौँ जति नै जलाऊँ यी हात जोरौँ जति प्रार्थनामा बन्ला सुधो वानर यै थलामा ?१।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अर्थ/ अनर्थ

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् छिटै अमर मर्नाले अशोक शोकमा प~यो आरोग्य रोगले गल्दा अभय भयले ढल्यो । कुमारी गर्भकी भारी पति कुमार छन् घरै मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : चाहिन्न विज्ञापन फूललाई

~तिर्थराज अधिकारी~ छन्द : शार्दूलविक्रीडित फुल्छन् बुकी फूल जहाँ छ लेक गुराँस छन् रंग उतै अनेक फैली जरा पर्वत कापभित्र सुनाखरी छन् रसदार पत्र ।१। पारी तलै कण्टक शूललाई गुलाफका छन् शिरका उचाइ

Posted in छन्द कविता | Tagged | 1 Comment

छन्द कविता : समय गतिशीलता !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् पानी ! पानी !! भनी कोही चिच्याईकन मर्दछ पानीभित्रै फसी कोही बाँच्न चीत्कार गर्दछ ! भोकले कोही ढल्दै छन् , कति अजीर्ण भैकन ढल्दै छन् दुनियाँ देख्छु नाना रंगीन जीवन ! म रुँदा शोकले अर्को … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : जुनेली रूप

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि सहस्रौँ तालमा फेरि देखिन्छ्यौ रूपकी धनी । विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब अहो कति ! इन्द्रेणीभित्रका रंग तिम्रा यी कति सन्तति !!

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : बोटको अठोट

~तिर्थराज अधिकारी~ छन्द : उपजाति जरा धरा जे जति टेक्न पाएँ आधार मानी तन यो सजाएँ अठोट अग्लो शिरमा उठाई जित्नै छ बाधासितको लडाइँ ।१। हुरी चली पल्लव वस्त्र तानोस् आकाश गर्जी जति वज्र हानोस् कडा- कडा शीत र ताप … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : फुटेको ऐना

~कमल बाबुरो~ छन्द : अनुष्टुप फुटेको ऐनामा हेर ,दृश्य झिलमिलाउछ मारेका मान्छेमा हेर, देह मात्रै देखाउछ कुकृत्य गर्नु पापै हो ,शास्त्रैले गरे तैपनि मान्छेका मुखमा हेर , बात धेरै अटाउछ

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मुस्कान छर्नेहरु

~पूर्ण ओली~ आफ्नो घाउ जचाउँ, जाउँ म कहाँ ? सोच्दै थिएँ के गरुँ ? देख्नासाथ पसेँ सफेद् महलमा सोच्दै निवेदन् गरुँ देखेँ नाथ त्रिदेव ईशहरुको पूकार गर्नेहरु मागेकै वरदान पाइ क्षणमा आकार फेर्नेहरु । कोठा चिन्न कठीन भयो कुन थिए … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : वियोग

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी छ आत्मा नेपाली ! रगत छ विदेशी बगरमा प्रिया खोज्छिन् तातो प्रियतम छ “बाँच्ने रहरमा” अँगालोको न्यानो प्रहर नफुली जर्जर भयो चखेबी छे एक्ली फिटफिट चखेबा पर गयो ।। किनाराले थापे सलिलसित बग्थेँ सललल ममा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सार्थकता

~कमल बाबुरो~ सृष्टिको शुभकार्यमा रत भई ब्रह्माजीले देह यो सर्जेको मुख माईकै गजबको मष्तिष्कने टेप हो टेलिफोन सरी छ कान जनका आँखा भए क्यामरा कम्प्यूटर मनका मशीन कर हुन खुट्टा भए कारका सारा बिश्व घुमेर प्राणिहरुमा दृष्टि लगाए पनि

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द व्यङ्ग्य कविता : अाेली उवाच

~चिरञ्जीवी ढकाल~ अादरणीय रसिक प्रधानमन्त्री खड्गप्रसाद अाेलीद्वारा देशवासीका नाममा सम्बाेधन छन्द : उपजाति अाेली उवाच – कार्की र सार्कीहरु देशवासी ! बाेटे र भाेटे ! मछुवा र घाँसी ! कामी र धामी ! अनि लिम्बु राई च्यामे र पाेडे ! … Continue reading →

Posted in कविता, छन्द कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छन्द कविता : शरद्का सिर्जनाहरू

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् आयो बेला शरदऋतु यो मेघ नि:शेष छायो घुम्टो उघ्रेपछि रविशशी सिर्जना कल्कलायो तारा चम्के पलक नझुकी रोशनी काख च्यापी लम्के झर्ना कलकल कला शेष मैलो नराखी ।१। चाँदी झल्के हिमगिरि छटा झल्मलायो जुहार डाँडापाखा हरित … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मित्रता

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी सयौँ छन्दे रानी कमलनयनाले मन हरे तिनैका आभामा मगमग सुधासागर तरेँ डिका कोर्दै भर्दै मृदुल लयमा गाउन हुने तिनैका छातीमा व्यथित मन टाँसी रुन हुने ।। “परी” मन्दाक्रान्ता अति सरसिली यौवनवती तिखा आँखा गाडी कर-कलम … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment