Category Archives: छन्द कविता

छन्द कविता : सुन्दर प्रकृति : भव्य संस्कृति

~देवी नेपाल~ टोपी उच्च हिमालको छ शिरमा छाती पहाडी शिखा मोती फल्छ तराइमा दिनदिनै म्ुस्कान छर्छन् गरा योगीझैँ छ उपत्यका हृदयमा बोकेर सद्भावना यो नेपाल विचित्र चित्रसरिको शोभा छ संसारमा । चौँरी हाँस्छ हिमालमा चरणको हेर्दै खुला केचना गैँडा छर्छ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अनुत्तरित प्रश्नहरू

~देवी नेपाल~ छन्द : अनुष्टुप् छन्द हे समाज ! म अज्ञानी जान्ने इच्छा मभित्र छ मलाई सबले भन्छन् तँ अबुझ र लट्ठक म अबुझ भएँ मेरो अँध्यारो दृष्टि खोलिदे म केही प्रश्न राख्दै छु मलाई तँ जवाफ दे । बोक्सी हुन् … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नेपाल मेरो उठोस

~निर्मल निरास~ शार्दुल बिक्रिडित छन्द मेरो माथ झुकेर शुद्ध मनले यो पाउ तिम्रै चुमोस् होस् दु:खै अझ धेर किन्तु मनमा श्रद्धा तिमीमै रहोस् ईर्ष्या, लोभ नहोस कत्ति मनमा कुण्ठा कदाचित् नहोस् मेरो यो तनका नशा, रगतमा नेपाल सग्लो बगोस् । … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : दशैं

~रञ्जना पौडेल~ सबै राम्रा राम्रा सरस खुशियाली पन सगै। झुलेका देखिन्छन् स्वजनहरुको साथ छ सगै।। मलाई यो बेला किन विरसिलो लाग्छ दुनियाँ। म झूत्रे झाम्रे छू रसविन विरक्ति छ हुलियाँ।।   ठुला अग्ला राम्रा भवनहरुका मानिसहरू।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : यसपालिको दशैं

~देवी नेपाल~ आयो चाड दशैं अपार मनमा आनन्द छायो पुनः बर्सायो दिलभीत्र शीतल झ्ारी पर्दैन कोही रुन। पीडा ती मनका भुली विगतका हाँस्दै छ गोदावरी सुन्दैनौं अब ती कथा रगतका भन्दै छ डाँफेचरी।। यौटै यो घरमा फुटेर जमरा–टीका नलाऔं अब … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : माया पिताको कति ?

~बिक्रम श्रेष्ठ “सागर”~ शार्दूलविक्रीडित छन्द निर्मानै लि पिता प्रभात प्रहरै, रातै चिरी झुल्कियो। सामुन्द्री तट उस्ण वाफ तपले, धर्ती यसै मौलियो। सन्तानै सब हुन् पिता म भनि लौ , गाँठो कसी कम्मर। अय्या आथु सहेर सौम्य शिलले , कर्मै बुझी … Continue reading →

Posted in छन्द कविता | Tagged | 3 Comments

छन्द कविता : गरौ नयाँ थालनी

~बिक्रम श्रेष्ठ “सागर”~ लोक छन्द : बालोरी / बालौरी आऊ आऊ भाई हो। आऊ आऊ बहिनी।। साथी भाई मिलेर । गरौ नयाँ थालनी।। जात पात भनेर। छुवा छुट गरेर।। हित हुन्न देशको । आमा लाई रुवाई ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : भूकम्प गाथा

~चूडा निर्भीक~ हा ! भूकम्प गयो यहाँ दिनमहाँ, उड्यो धुलो वेसरी , हल्लायो जमिनै , पहाड समतल् , मानौँ भुसुन्ना सरी । मान्छे जो घरमै थिए मरिगए , ढल्दा ति आफ्नै धन , दौडे बाहिर वा ढलेन घर ती , … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

बाल छन्द कविता : पढ्ने आतुरता

~डा. लेख निरौला~ (अनुष्टुप्) पढ्न जान्छौँ सबै हामी बस्दैनौँ अब पढ्दछौँ खुला मैदानमा राखी पढाए पनि पढ्दछौँ । पाल त्रिपाल पाए झन् पढेरै सब छोड्दछौँ जसरी सजिलो हुन्छ पढ्न पाऔँ पुकार्दछौँ ।। घर बेघरको चिन्ता बिर्सिई अब पढ्दछौँ पढेरै देशमा … Continue reading →

Posted in छन्द कविता | Leave a comment

छन्द कविता : विश्वास

~डा. लेख निरौला~ पैह्राले घर भत्कियो र पुरिए सारा कुरा तत्क्षणै हेर्दै ध्वस्त बने अनेक टहरा भाँडाकुँडा घर्घरै बाटो बन्द भयो दगुर्न नसकी हेर्दै लडे झन् कति साँच्चै प्राकृत आपदाबिच परी लाखौँ भयो दुर्गति ।। सारा सोत्तर छन् यहाँ मनुजका … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आशाको शक्ति

~डा. लेख निरौला~ (मन्दाक्रान्ता) आशा नै हो मनुज सुखको चेतना सत्य बीज आशा नै हो सुख सयलको भावनाजन्य बीज आशा नै हो सकल मनको कर्म माधुर्य भक्ति आशाले नै हृदय तलमा राख्छ आरोग्य शक्ति ।। हुन्छन् पीडा जति पनि यहाँ … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : पुनः नयाँ बन्छ-बन्छ

~डा. लेख निरौला~ (वसन्ततिलका) भूकम्पको अवधिले अवसान पायो सन्त्रासजन्य क्षणमा मृदु हास आयो बेचैन त्रास अब शून्य सबै बिलायो जागेर बन्छ अब देश सबेर आयो ।। भूकम्पका छ दिन ती अलि त्रासपूर्ण विध्वंश वा क्षतिहरू करुणार्द्रपूर्ण जेजे भए कुदिन चक्र … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : ल है आमा !

~डा. लेख निरौला~ (उपजाति) आमा ! सबेरै घरमा उठाऊ चिया र नास्ता पनि साथ ल्याऊ पानी तताऊ अलि खान्छु होला ल है त आमा यति गर्नु होला ।। थिएन तातो दुध त्यो हिजोको चिनी बढी थ्यो अनि त्यो चियाको चाडै … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नववर्षमा

~डा. लेख निरौला~ (उपजाति) म गीत गाऊँ मुरली बजाऊँ चराहरूको मन जित्न पाऊँ भाका सुनौलो सबमा सुनाऊँ संगीतको स्वाद सबै चखाऊँ ।। बाजा बजाऊँ वन घन्किएझैँ आशा जगाऊँ मन फक्रिएझैँ नाचूँ जुरेलीसित उड्न खोज्दै हाँसो खुसीको नव रंग छर्दै ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : हुरीले सतायो

~डा. लेख निरौला~ (भुजंगप्रयात) कतै यो हुरीले घरै लान्छ जस्तो उडायो कि छानो मनै हान्छ कस्तो डराएर आफू कुनामा छु काँप्दै सबै झ्यालढोका थुनेरै सराप्दै ।। धुलो मित्र पैले घरैभित्र आए कुना कन्दरासम्म आफैँ रमाए जहाँ दृष्टि नै पर्न सक्दैन … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : लक्ष्मीमा समर्पित कलमको क्रन्दन

~सुबेश घिमिरे~ छन्द : शिखरिणि  नलेखौं लेखौं के भन न तिमी नै आज मइले उनौं कस्ता शब्द कसरी कविता लेंखु अहिले जयन्तीमा तिम्रो कुन सुमन लौ अर्पण गरुरु सुके सारा पुष्पै किशलय सुके माजरीहरु ॥ ॥१॥ हिजो लक्ष्मी हुरुदा जति … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : अपरिहार्य वार्ता

~डा. लेख निरौला~ तपाईँ लौ आजै मसँग अहिले भेट दिनुहोस् कुरा केही आफ्ना सहजसितले भन्न दिनुहोस् गरौँला भेटैमा कतिपय कुरा गोप्य मनका बसौँ आजै चाँडै मन युगल साट्दै सुमनका ।। भए जेजे बिर्सौँ सब कठिन यात्रा विगतका भुलौ सारा हाम्रा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मृत्युमार्ग !

~डा. लेख निरौला~ म जान्नँ राजमार्गमा त्यहाँ छ मृत्यु निर्मम दिनैजसो उही कुरा सुनेर हुन्छु दिग्भ्रम न राजमार्ग स्वस्थ होस्; जहाँ छ मृत्युको डर म भन्छु मृत्युमार्गझैँ रहन्छ त्यो भयंकर ।। अनन्त मृत्युझैँ सधैँ खुला छ राजमार्ग नै सुनिन्छ नित्य … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : बालिकाको प्रश्न

~डा. लेख निरौला~ छ वर्ष मात्रै अब लाग्छु भन्थेँ कक्षा दुईमा अब जान्छु भन्थेँ खुसी थिएँ जीवन खेल्न खान म दंग पर्दै पनि घुम्न जान ।। आमा बुबा संगत साथ खोज्थेँ साथीहरूको मन पास रोज्थेँ आकाश धर्ती मनमा सजिन्थ्यो म … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : नारीप्रति

~डा. लेख निरौला~ नारी मानव जीव हुन् प्रकृतिकी झन् सृष्टिकी बीज हुन् आद्याशक्ति अथाह सृष्टि महिमा आफैँ लिई बस्दछिन् इच्छाले उनकै विशाल धरती झन् व्याप्त वा पूर्ण छ नारी कोमल भावना सुख दिने यो मन्त्र सम्पूर्ण छ ।। नारीका कति … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : छोरी

~डा. लेख निरौला~ छोरी मेरी अमर वयकी ज्योति हुन् सिर्जनाकी प्यारी यस्ती हृदय तलकी प्राणझैँ कल्पनाकी चिन्ता मेरो झटपट सबै जादुझैँ दूर गर्छिन् नौलो आशा किरण मनकी मूल भै बग्न थाल्छिन् ।। हेर्दा हेर्दै सुजन सुखकी मूल भै उम्रिइन्छिन् नौरंगीका … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : विश्वास छैन

~डा. लेख निरौला~ छाया तिम्रो अब त किन हो हेर्न नै छैन चासो माया तिम्रो कति सतहको बुझ्न नै छैन चासो बोली सुन्दा कति दिन बिते काम कैलै भएन तिम्रो शैली अलि फरकको रै’छ विश्वास छैन ।। मिथ्या आशा मनभरि … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द बाल कविता : गाउँले जीवन – ७

~डा. लेख निरौला~ मुखमा पानी रसायो आहा ! देखेर ऐँसेलु ती झाडीभित्र पाकेका हेरूँ झपक्कै ऐँसेलु । झन् भित्रभित्र टलक्क राम्रा पोटिला झुप्पा छन् कसरी खाऊँ काँडाले घोच्ला नखाऊँ कहाँ झन् ।।

Posted in छन्द कविता, बाल कविता | Tagged | Leave a comment

छन्द कविता : मजै हुन्थ्यो होला !

~डा. लेख निरौला~ खैनी म खाऊँ मदिरा म खाऊँ चुरोट दामी पनि झोस्न पाऊँ बेला कुबेला घर तास खेलूँ यो मोज मस्ती कहिलै नटेरूँ ।। नौला कतै प्रेम मुहार हाँसूँ खल्ती तताई अरूसामु मासूँ जागूँ निशारात्रि दिवा सुतूँ म सम्पत्ति … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : यस्तो छ नेपाल यो

~इन्द्रमणि नेपाल~ हेर्छु उच्च हिमाल दङ्ग परदै हो शिर मेरो भनी ति पाखा र पहाड छन् सुनसरी संसारम मै धनी खोला वग्छ सुसेली हालि दिनहुँ बाँड्दै मिठो संगीत हावा चल्दछ सर्सरी गगनमा बोकेर मिठो प्रीत ।। १ ।। मेचिलाई विपद् … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : किन यो नाममा गर्व

~तीर्थराज अधिकारी~ छिटै अमर मर्नाले, अशोक शोकमा पर्र्यो । आरोग्य रोगले गल्दा, अभय भयले ढल्यो ।। कुमारी गर्भकी भारी, पति कुमार छन् घरै । मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।।

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : झझल्को

~सुबेश घिमिरे~ छन्द : शार्दूल बिक्रिडीत सीमा भारतको नया मुलुक यो नेपालको काखमा मेरो बाल्य थलो मधेश खजुरा* पश्‍चिम नेपालमा माँ बागेश्‍वरीको* क्रिडास्थल अहो! ग्वालाहरुको बलो चुरे पर्वतको सिरान बढिया यो उष्णताको थलो ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : श्रद्धा-सुमन

~सुबेश घिमिरे~ कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए । सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥ ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : प्रकृति नियम

~सुबेश घिमिरे~ अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत पदार्थका कणा – कणा अनन्य शक्ति द्योतक पदार्थ – शक्ति, सृष्‍टिका अगण्य द्वैत संगम अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्‌फन ॥१॥

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : लौ नयाँ बर्षमा

~कमल पौडेल “कल्पित शखा”~ आज धन्यै भएँ प्रेम सद्भावमा प्रेममै मस्त भै मुक्तिको भावमा सुन्न जो पाइयो काव्यधारा सही वक्ष यो उफ्रियो भावगङ्गा बही

Posted in छन्द कविता | Tagged | Leave a comment