Category Archives: कविता

Nepali Poems

व्यङ्ग्य कविता : कत्रो साइज

~अर्जुन पराजुली~ सकारात्मक संकेतले “…” कहिले गर्ने हो ? बिन्तिपत्र चढाउने साइत कहिले पर्ने हो ? प्रतिगमन सच्चिन सुरु फेरि कहिले गर्ने हो ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अनुभव अछुत हुदाको ……

~ध्रुव गजुरेल~ मुक्तिनाथ दर्शन गर्न जाने सल्लाह अनुसार कलंकीबाट पेजरमा सम्पर्कको लागी खवर आयो यहि महिनाको पहिलो शुक्रवार गाडी छुट्दैछ जाने भए पैसा र सामान लिएर तु आओ . एक जना वृद्धले पैसा वुझेर हामीलाइ जिम्मा लगाए

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच केबल अर्काका लागि

~कुबेर काका~ १ हाम्रा दुर्गन्धित शहर गाऊँ र बस्तीहरूका हरेक गोरेटा,गल्ली र सडकहरूमा दुर्योधनको अहमता र अहङ्कार मुछिएर पाइला राख्ने ओभानो ठाउँ भेटिँदैन । विचार बोक्नेहरूका वादका पाप्रा उक्किएर कसैको आकृति ठम्याउन सकिँदैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जून

~अनमोल मणि~ त्यो जून तिमीले हेर्दा तिमीजस्तो हुन्छ एक्लो एकान्ते बादल जस्तै उड्छ सम्झना र पानी जस्तै दर्किछ पीडा तिमी भित्र पनि म भित्र पनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी कहाँ छौँ ?

~गोविन्दप्रसाद आचार्य ~ खुर्सानीको धुलो पनि विदेशको खाने झरना र नदीनाला विदेशले लाने बसन्तको ऋतु लाग्यो हरियाली पनि हामीसँग पानी लाने हेर कति धनि ? हाम्रो पानी गाग्रोभरि घामलाई पठाएको हामी पानी खानु पर्ने उसले अड्कलेको

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत सपनाको अँगालोमा सहयात्रीहरु

~सुनील बाबु श्रेष्ठ~ हिजै मात्रै त हो साथी ! हत्केलामा जिन्दगी राखेर हामी कठिनभन्दा कठिन एउटै बाटाहरु हिडेको । नाकै छुने बेतालका उकालो चढेर माथि पहाडका हरिया नागीहरुमा पुग्दा क्षितिजपारीको डाँडाका कापबाट चिहाइरहेका

Posted in कविता | Tagged | Leave a comment

कविता : पेरिसको प्यास

~रेखा पन्त~ त्यहाँ थिएनन् कुनै पधेर्नीहरु कम्मरमा पटुकी अनि गुन्यु र बुट्टे चोली लगाइ सङ्गीनीहरु सङ्ग खितितिती खित्का छोड्दै जिस्कदै पानी भर्न आएका । न त थिए मुखिया बा का बुहारीहरु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जे आउँछ मज्जाले पचाउँछ

~भरत खत्री~ पहिले धेरै दियो खुसि बनायो पछी सबै लुट्यो दुखी बनायो समयको खेल हो भन्दै इतिहासले सदै अन्धो बनायो पुर्खाहरु लडेकै हुन् देशको निम्ती

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : लाहुरेको स्तूती

~दिल थापा~ सन्देश लिएर आउंछ हरेकबिहान कलिलो घामले लाहुरे छोराको स्वाभिमान लिलामी भएको देशमा मातृभुमि विस्तारवादको घेराबन्दीमा परेको छ भनेर । जब निलो आकाशको सीमारेखाहरुलाई कालो बादलले घेराबन्दीमा पार्छनी । अनि घामले किरणको बुलेटहरु प्रहार गर्छ l कालो बादलमाथि l … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिगन रामको मादल

~राजेन्द्र तारकिणी~ रातभरि पेटीमा जाडोसँग ‘लभ’ गरेर बिगन राम बिहानै पुलमाथि सरेको छ कठ्यांग्रिएका औंला ठोक्किएर मादलको खरी रुन्चे भएको छ ! (मानौं, मादलभित्र छ भोकैभोकको ताल खस्रा हातको चड्कनसँगै घिन्ताङ-ताङ… रोइरहन्छ) जान्दैन ऊ- साम्प्रदायिकताको राग/राष्ट्रवादको कोरस

Posted in कविता | Tagged | Leave a comment

कविता : सक्तिन म बुद्ध बन्न

~डा. संगीता स्वेच्छा~ म बुद्ध जन्मेको देशमा जन्मेको मान्छे बुद्ध हुर्केको देशमा हुर्केको मान्छे सबैले यही पढाए सबैले यही सिकाए शान्तिको पथमा हिंड्नुपर्छ भनेर कि म बुद्ध झैं ज्ञानी बन्नुपर्छ भनेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मध्याह्न

~नरदेन रुम्बा~ यो भन्ज्याङबाट माथि उठेर आकाशको बीचमा त्यो घाम एकक्षण रोकिन्छ त्यसले हिमालहरूलाई छातीले छोएर एकक्षण स्तब्ध हुन्छ आफूबीचमा बसेर जब त्यसले मलाई जीवनको किनारतिर डोर्याउँदै लान्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हिंसाको बुद्ध

~हाङयुग अज्ञात~ बन्चरोले ठूगूँ लागिरहेको घुच्चुक कत्ति पनि बुझ्न नसकिरहेको राष्ट्रियता दिज्यू ! पहेँलो जमराले किन मेरो मन तानिरहेको ? घुस्न किन नसकेको म ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्त्यको पर्खाई

~बिपिन शर्मा~ मेरा स्वर्णीम सपनाहरु, मेरा रंगिन कल्पनाहरु, भत्किएर, टुटेर, फुटेर मेरो बाटो भरि छरिएका छन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुर

~चोमु शेर्पा “खुशी”~ हरेक बिहान फ्याक्ट्रीको अत्याधुनिक मेसिनहरूसँगै मेरो पनि मेसिन सञ्चालन हुनथाल्छ फरक यति छ कि मेसिनहरू विद्युतीय तरंगबाट सञ्चालन हुन्छन् म मेरो दुई छाक टार्नुपर्ने बाध्यता बाट संचालित हुन्छु । बेला बखत मेसिन बिग्रन्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : खोज्दैछु एउटा कवि

~कविराज भट्ट ‘बिलौना’~ सारा भूतलको अलौकिक कलाका वाग बस्नेहरु उच्चा श्वेत हिमाल शंकर शतीका काख बस्नेहरु । मिठा कोकिल भाकले हृदयको ढोका उघारी यहाँ नेपाली पन झल्किने किसिमका सौगात रच्नेहरु ।। हाम्रो शक्ति र एकता किन एकादेश्को कथा झैँ भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँसको फूल

~शरद पोख्रेल~ रहरै रहरमा लहडै लहडमा मलिलो बारीको छेउँमा एउटा बिरूवा रोपियो। उसको उचाई आँकलन गरेर गाई बस्तुबाट जोगाई जोगाई मलजल गरी हुर्काइयो।

Posted in कविता | Tagged | Leave a comment

कविता : मन सकिंदैन रहेछ

~बित्रा आचार्य~ धन र शान दुइ दिनको मात्र सकिन्छ छिट्टै नचाहेर पनि । अहंकार-घमण्ड केही दिनको मात्रै टुट्छन त्यो नजानेर पनि।। धन कमाउने शान बढाउने कुण्ठा बोकेर मान्छे उर्लेको देख्दा हैरान पर्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन र मृत्यु

~कालूसिंह रनपहेंली~ जीवनको किताबमा अन्तिम अध्याय मृत्यु। जिन्दगी वाक्यको एउटा पूर्ण विराम मृत्यु। जिन्दगीको दैलोमा अलिकति सास खानुलाई ढुकिबस्छ मृत्युको भिखारी।। जीवनको हात जहिल्यै माथिबाट छ। भिखारी मृत्यु दयाको सिनो खाएर अघाउँछ। मच्यो भन्छ मान्छेले जीवन लीला समाप्तिलाई।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ती अवर्णनीय नेता

~श्रीधर खनाल~ लिने मात्र सधै सोच्छ दिने गर्दैन चिन्तन भने त्यो पशुको कोही गर्न सक्दैन वर्णन सेवाको भाव त्यागेर मेवाको मात्र चाहना गर्दै जो शक्तिको मात्र प्रदर्शन गर्न खोज्दछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अजिंगर र सपना

~अविर खालिङ~ सपना तुहिएर सकिएपछि बाँचेजस्तो गरेर जिन्दगीलाई कुन घड़ी र मुहूर्त्तसम्म थेग्नु ? जिन्दगी भनेर समयले थमाइदिएको यो शोषण झेल्ने श्वास-यंत्रलाई कुन औजारले मरमति गरेर राख्नु ? भग्नांशमा बाँचेको रहल जिन्दगीलाई कुन जिजीविषाको पूलबाट पारि पुरयाउनु?

Posted in कविता | Tagged | Leave a comment

कविता : मूर्ति

~दीपक सिञ्जाली~ एकदिन उसले मूर्ति बनायो सग्लो मूर्तिले उसैलाई औंला ठड्याइरहेको थियो त्यो खबरदारी उसलाई चित्त परेन छिनो लिएर मूर्ति सच्याउन थाल्यो । अग्लो कद काटेर केही होँचो बनायो

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरीएको स्वाद

~सगाेत्री आचार्य~ दाँत छइन्जेल कागती टोक्दा पनि नरसाउने जिब्राहरू आजकाल पानी चपाएर स्वाद लिन्छन् खै के बदलियो कुन्नि ? तिनका राल ग्रन्थिहरूमा ! आँत छइन्जेल,

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाका आँशु

~देबेन्द्र बस्याल~ म प्रदेशबाट घर फर्कि आउँदा मेरी आमा उता कुनामा रोइरहेको देखें म अरुहरुलाई वेवास्ता गर्दै आमा बसेको स्थानमा पुगें आमाले ओडेको घुम्टो उघारेर आमाको मुहारमा आँशु देखें आमाको मुहार रक्ताम्मै थियो टाउकामा चोटैचोट थयो

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा जिन्दगीकाे

~अक्कल बहादुर शाह~ जिन्दगीका पानाहरु समेट्दै छु मैले, एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले । कति पाना खालि रहेछन्, कति च्यातिएका, कति पाना बुझ्नै गाह्रो मसि पोतिएका । विगतका जीवन गाथा समेट्दैछु अहिले,

Posted in कविता | Tagged | Leave a comment

कविता : दिदी र जिन्दगी

~देवराज पौडेल~ ए दिदी, बन्द आँखा, तिम्रै मुहार हराएँ, भरी मुटु, खुलाएँ, माग्दै गुहार वरिपरि, दिन् रात्, के छ र बाँकी झैँ थप् माथी थप् सोच्छु अपुग अझै नै!! न थियो, न हुन्छ अब, पाएको कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : आज लाहुरेबासँग भेट भयो

~त्रिभुवनचन्द्र वाग्ले~ धेरै टाढाको यात्रा होइन मलायाको रबडघारीमा दैडिएका दिन खिया लागेको बन्दुकमा घुर्मैलो अनुहार देखिन्छ (अँ छोराले घिऊमा पितृको अनुहार हेर्छ ! ) दिनहरू छायाँ र अनुहारहरू प्रतिविम्ब भएका छन् जूनकिरीहरू राँको सम्झाउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : निस्कन्छन् सडकमा

~दीपक कुमार ज्ञवाली~ नेपाली हामी बहादुर भनि गर्दछौ हूँकार । पुर्खाको विरता गाएर मात्र समय फाल्दछौ । अस्मीता देशको लुटीदैछ कहाँ छौं नेपाली । सामाजिक सञ्जाल रङ्गाउँदै देखाउँछौं देशभक्ति । सुशेली हाम्लाई बिरानो बन्दै त्यो कालीनदीको ।

Posted in कविता | Tagged | Leave a comment

कविता : टेरोरिज्म

~राजेन्द्र तारकिणी~ ओडारजस्ता भास्सिएका पेटबाट सिउँडी फुल्ने भीरजस्ता ओठबाट स्वप्नले आत्महत्या गरेको रित्ता आँखाका दहबाट या, कंकाल कलाकृतिजस्तो निग्रो बालकको हत्केलाबाट जन्मिन्छ भन्ठानेका छौ टेरोरिज्म ? महाशय, यो शताब्दीको टेरोरिज्म ह्वाइट हाउसको गोरो शुक्राणु

Posted in कविता | Tagged | Leave a comment

कविता : मायालु…!

~सीमा आभास~ मेरो आँगनमा उसले घाम पठायो शीत पठायो खामभित्र चराको सुसेलीसँगै उसले गुनगुनाउने धून पठायो । म मौन बसेपछि छोडेर गयो मलाई उडाउन नसक्ने आँधी भनेर ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुग्छु भनेर गएको ठाउँ

~वासु शशी~ पुग्छु भनेर गएको ठाउँ पाइलैपिच्छे पर सर्छ ! यताउति घुम्तीहरुमा आकल झुकल कहिलेकाही पुगे जस्तो पनि लाग्छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा यस्तो हत्या

~प्रमोद धिताल~ आक्रमण हुनेछ अदृष्य अदृष्य हुनेछन् हतियार भूमिगत हुनेछन् षडयन्त्रहरु शूक्ष्म किटाणुझैं आक्रमण गर्नेछन् दुश्मनहरुले अदृष्य मोर्चाबाटै देखिनेछैन निशाना लगाएको हुनेछैन कुनै भिडन्त

Posted in कविता | Tagged | Leave a comment