Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : हात लाग्यो शून्य !

~कृष्ण सेन ‘इच्छुक’ ~ बूढी आमाको गन्गन् झन् बढेर गएको छ बूढा बाबुको रोगी देह अझ जीर्णकाय भएको छ घरका डाँडाभाटाहरु मक्केर गलेका छन् खरको चुहुने छानो झन् तारामण्डल भएको छ साँझ–बिहानले सधैँ आपत बोकेर आउँछन् निरुपाय भाइ सधैँ मेरै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ गजल : इमोला

~विमला केयरलेस~ आङा आछु हिङेनाओ छाप्दिइ इमोला झारा खुइन्यो खुइसेको साप्दिइ इमोला मोछामामो उम्भुसी थुतुरी ङासैना काँ मेन्सा सुम्निमाओ पारुहाङ हाप्दिइ इमोला

Posted in चाम्लिङ गजल | Tagged | Leave a comment

गजल : एक्लै बोल्ने बानी हो की

~राकेश कार्की~ एक्लै बोल्ने बानी हो की कोही एक्लै बोली दिन्छन् फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन् पोखुँ सामु खै के पोखुँ आफ्नो व्यथा अरुलाई के र त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन्

Posted in गजल | Tagged | Leave a comment

बाल गजल : छुनुमुनु गर्दै

~नन्दलाल आचार्य~ छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू बुबुमाम खाइवरी फेरि जाऊ बाबू । मिलीजुली खेल्ने गर साथीभाइसँग उनीहरूसँगै मिली गीत गाऊ बाबू।

Posted in बाल गजल | Tagged | Leave a comment

कथा : लास नम्बर ४६

~नवराज राउत~ ‘हजुरबुवा बिरामी भएर सि.सि.युमा कुर्न बसेको आज ४४ दिन भयो दाइ। अस्ति भिनाजु आउनु भएको थियो, एक दिन बसेर जानुभयो। भाइलाई के भन्नु, सानै छ। बुबाआमा त्यसै त दिर्घ  रोगी। के गर्ने एक्लै छु, हस्पिटलमा।’ हल्का जुँघा आएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छैन आमा

~पवन बराल ‘आवारा अनुरागी’~ झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन आमा मेरो इतिहासकै उहि पूरानै त्यो हालमा छैन आमा पत्तै नपाई म पनि समयसगै परिवर्तन भइसकेछु घर पिछाडी हिड्ने त्यो कछुवाको तालमा छैन आमा झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हे आमा!

~सन्तोष पौड्याल~ हे आमा! कती रुन्छ्यौ ब्युँझेर मध्यरातमा छोड आसुँ काड्नलाई, नदेख्देउ छानोमा राँको बाली जिउ सेक्नेलाई भाड्न देउ घर भाड्नेलाई! खोल्न देउ बारुद गोली र धारका मिल बग्न देउ रगतका खोलाहरु, निमोठ्न देउ आफ्नै शिशुका तोतेबोली च्यात्न देउ तिम्रा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सिकें मैले

~कृष्ण प्र. पाण्डे~ गुरु अर्ति वर्षौं अथक सिकें मैले बदमाशी एकै पटक सिकें मैले बल्ल बल्ल लाग्या’ बादल फाट्यो फेरि त्यो हरायो कतै चटक सिकें मैले

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : किन्न पनि गाह्रो छ, एउटैलाई पाँच रुपैयाँ पर्छ

~सङ्गीतस्रोता~ जीवन सधैं सोझो-सोझो बाटो नहिँड्दो रहेछ । कहिले यताको खाल्डो, कहिले उताको पहरो । त्यसै-त्यसै क्षणिक भएर जाँदारहेछन् सुखद् अनुभूतिहरू ! मन दुखाउने चोटहरू भने घरीघरी बल्झन्छन् । ठाडा-घुमाउरा उकालामा पनि कठिन-कठिन गौंडाहरू जोडिन आउँछन् । कहिलेकाहीँ यस्तो हुन्छ, … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : शोकेस

~अभिमन्यु निरवी~ फोन राखेपछि घुँगुरिएको मसिनो कपाल सुम्सुम्याउँदै उसले भन्यो, “मेरी साथी लुबी यही आम्स्टर्डममा काम गर्छे, आएको मौकामा भेट्न फोन गरेको …।” “कैले भेट्छौ त ?” “नट फिक्स्ड”, काला ढ्याब्रे ओंठभरि मुस्कान छर्दै उसले फेरि थप्यो, “लुबीको नम्बर उसैको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सोनेलालको सैलुन

~श्याम साह~ तपाईंले कुनै सैलुनमा दाह्री कटाउनुअघि कहिल्यै हजामको अनुहारको भाव पढ्ने गर्नुभएको छ ? ख्याल गर्नुभएको छ त्यसबेला उसको मनस्थिति कस्तो छ जतिबेला उसको एउटा हातमा छुरा र अर्को हात तपाईंको घाँटीमा हुन्छ ? जतिबेला उसले तपाईंको दाह्री भिजाउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कविता लेख्न गाह्रो हुँदैन

~आर. आर. चौलागाईं~ कलम झिक्यो कागज निकाल्यो देब्रेपट्टि कुनामा कविता भनेर लेख्यो अलिकति दायाँपट्टि तल कविताको शीर्षक लेख्यो त्यसको पनि अलिकति तल कविको नाम लेख्यो एकछिन यसो दिमाग खेलायो जेजे आउँछ सरसरती लेख्यो बरू कपाल कन्याउन गाह्रो हुन्छ कविता लेख्न … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : उक्लेर दु:खको पहाड ओर्लेर

~साम्ब ढकाल~ दु:खको पहाडमाथि पहाड ढसमस्स उभिईरहेको छ अतिसय जब्बर भएर कताकता झन दुरुह भएर । गुन्द्रीमा गोमाहरु बिस्कुन सुकाउँछन् उस्तै गरी दु:खको र उठाउँछन् मानापाथीमा झुसी र निम्ठोमा नापेर दु:खलाई भर्छन् मनका मान्द्रे भकारीमा टनाटन दु:खका दु:ख ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पाँस्सा

~वरुण पोख्रेल~ पैसाको मुख बिरलै देखिन्त्यो । नोठका त के कुरा गर्नु र ! एक सुका गोजामा भए कसैलाई भाउ दीइन्थेन । घरा’ट त सुको दिन्थेनन । कैले काहीँ यस्सो मावल गैयो भने चाँही पैसा जाबो त छेलोखेलो हुन्त्यो । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

निबन्ध : बेराग पात्रहरु

~रमेश सायन~ यी हरेक पात्रहरुसँग आ—आफ्नो कथा छ । जसको बजारमा माग छैन । पाठक छैनन् र अब दोस्रो संस्करण निस्कनेछैन । बाँच्ने शैली बेरागात्मक छ । विगत सम्झने उत्ति साह्रो फुर्सद छैन । मानांै, ती पात्रहरु हावाले उडाउँदै गरेको … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : संझनामा टोलाइरहे

~भूमिराज इच्छुक~ बिर्सिएर गयौ तिमी, संझनामा टोलाइरहे क्षितिज पारी भयौ तिमी, तरपनि बोलाइरहे अलपबनी गयौ तिमी, क्षितिजको डाँडाबाट छट्पटी भो मनमा यस्तो, रोइदिए टाढाबाट तड्पिएर तिम्रो यादमा, आफुलाई जलाइरहे

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : खबरहरूको एकदिन

~रमेश श्रेष्ठ~ खबरहरुको एक दिन खबरै खबर थियो धेरै अघिदेखि सिएर राखिएको घडीको ओठ पग्लिरहेको थियो बाटाहरू टेकिएका फूलहरु सपना र आँसुमा खुट्टाका दु:खहरु गाउँदै थिए असङ्ख्य आँसुहरुका चमकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : दुःस्वप्नहरुको निर्मम आत्महत्या

~रुपिन्द्र प्रभावी ‘कटु’~ धमिलिएको आँखाले ऊ जलतरङ्ग चल्मलाउँदा ज्वारभाटा छचल्किँदा पानी धमिलिएको दृष्य आँखाभरि सजाउँदै माछा मार्ने दुःस्वप्न टोलाइरहन्छ । सङ्लो पानी त देख्नै सक्दैन ऊ कञ्चन दह त कल्पना गर्नै सक्दैन ऊ कुदृष्टिको भ्यागुता हाम्फालेर स्वयम् धमिल्याउँछ निर्मल जलाशय … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : युरोपदेखि बाटैबाटो नेपाल

~अर्पण शर्मा~ युरोप आएको साढे दुई महिनापछि म फर्किने तर्खरमा छु। हेलसिन्की (फिनल्यान्ड) को यो स्टेसनबाट छुट्ने रेलले मलाई भोलि दिउँसो मस्को पुर्‍याउनेछ। म यसकारण उत्साहित छैन कि मैले बितेको साढे दुई महिना युरोपका कुनाकुना घुमेर बिताएँ। बरु, अबको मेरो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : प्रिया, नजाउ छोडि

~रेवती राज खड्का~ कोही त भनिदेउ यो सपना हो भनेर कुनै डरलाग्दो फिल्म चलिरहेछ हलमा बरु यो ठीक छ । बरु भन, म ठट्टा गरिरहेछु । के भयो ? भन मलाई त्यो शुर्य भोली पश्चिमबाट उदाउँछ बरु त्यो जुन भोली … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आइरहे पो दुःख-सुख

~सर्गमञ्जरी~ आइरहे पो दुःख-सुख जिन्दगीको पार हुन्छ छाइरहे पो आँसु-हाँसो जिन्दगीको सार हुन्छ कति शान्त, उज्ज्वल छन् सधै धर्ती हेर्ने तारा गाइरहे पो शान्ति धुनी कलहको हार हुन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : मलामीहरु

~विशद~ मलामीहरु उकालो चढ्छन् ओरालो झर्छन् तर कहिल्यै थाक्दैनन् । गोडाहरु थाक्थे पहिला जीवनभरका बोझहरु थाम्दा तर कठिन गोरेटोमा पनि आज थाकेनन् गल्थे शरीरका त्यान्द्राहरु अरुको लागी पसिना झार्दा

Posted in कविता | Tagged | Leave a comment

Poem : Don’t Know the Meaning of the Word

~Raksha Gautam~ You said you would pray with me but when the struggles appeared, you strayed away from me Care? Don’t Know the Meaning of the Word Harsh maybe, but your tears are undefined Especially to entertain another one’s goodness … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

मैथिली गजल : एखन बाँकी अछि

~रामभरोस कापडि ‘भ्रमर’~ करिछौंह मेघके फाटब, एखन बाँकी अछि चम्कैत बिजलैँकाके सैंतब, एखन बाँकी अछि उठैत अछि बुलबुल्ला फूटि जाइछ व्यथा बनि पानिके अड़ाबे से सागर, एखन बाँकी अछि

Posted in मैथिली गजल | Tagged | Leave a comment

गजल : दशैंमा छुट्टी पाए

~राकेश कार्की~ दशैंमा छुट्टी पाए पक्कै जान्थें होला सवभन्दा सस्तो टिकट छान्थें होला घरां एक्लै बा आमा बाटो हेर्दा हुन् एकचोटी भेट्न पाए धन्य ठान्थें होला

Posted in गजल | Tagged | Leave a comment

कविता : म कुन वर्गको मान्छे?

~भुपेन्द्र वीर विक्रम लामा~ बुबाको िक्रया गर्न गरेको ऋण तिर्न नसक्दा भक्कुमार गोदाई खाएको छोराको भोक मेटाउन गरेको ऋण तिर्न नसक्दा छोरालाई नै साहुको गोठालो बनाएको चार पुस्ता अघि मुद्धा खेल्दा धरौटी तिर्न नसक्दा सुकुम्बासी भएको जमिन्दारको कमारो बनेको अहिले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हेरेर तिमीलाई

~दिप्स शाह~ हेरेर तिमीलाई नथाक्ने म, नदेखिएरै थकाउँछौ घुर्क्याउँदै तिमीलाई सताउने म,बहानागरी फकाउँछौ जसरी छोपिन्छ चाँदनी, बादलको घुम्टो लपेटी उसरी छिनछिन हराएर, यो प्यासीलाई छकाउँछौ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : हुतिहारा

~डा रवीन्द्र समीर~ विर्खबहादुर दुर्गमबाट राजधानी झर्यो , बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छोराको कल्याणको लागि उनी मन्त्री निवास पुगे । ‘के छ बिर्खे दाई ! के कति कामले पाल्नु भयो ? … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : माइक्रोबसमा् सोनाम

~शान्ति वाइवा~ ‘लौ लगनखेल …. लगनखेल …. लगनखेल १’ खलासी सोनामले माइक्रोबसको ढोकैमा ढ्याप–ढ्याम हाने। वरिपरिकाहरूले उसैलाई हेरिरहेका थिए। ओठ निचोर्दा दूध आउलाजस्तो सोनामको अबोध अनुहार देखेर यात्रुहरू पनि छक्कै परे। सोनामका मसिना र नरम औंलाहरू पनि रातै बनेका थिए। … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

संस्मरण : दुई ‘ओल्ड म्यान’

~पिटर जे कार्थक~ सन् १९६० तिर दार्जीलिङमा अम्बर सर (गुरुङ) को एकाडेमी अफ आर्ट नामक संस्था थियो । हो, म त्यही एकाडेमीको तेस्रो पुस्ताको शिष्यमा पर्छु । यसभन्दा ठीक अघिल्लो पुस्ताका हुन् जितेन्द्र बर्देवा, इन्द्र थपलिया, गोपाल योन्जन, शरण प्रधान, … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मन को ब्यथा

~कुमार फुँयाल~ जंगली फुलका काँडा मुटुभित्र धसिदिंदा अनावस्यक संकाको बिउ मन भित्र पसिदिंदा। गाह्रो भो तिनलाइ बाँच्न मनको खुसी खोसिए पछि साह्रो भो तिनलाइ हाँस्न बलेसीमा रेटिए पछि॥ स्वपहिचान बनाउने संघर्समा होमिए पछि बिध्नबाधा आइपर्छन् मनमा छुरा रोपिए पछि।

Posted in कविता | Tagged | Leave a comment

सफल घिमिरेका ३ मुक्तकहरु

~सफल घिमिरे~ (१) रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ, जाजरकोटमा स्पेस स्टेसन, अनी जुम्लामा ओसन पार्क खुलाइन्छ नसोच्नुस् यी सबकुरा सपनामा मात्र पाइन्छ, यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ ।

Posted in मुक्तक | Tagged | Leave a comment