Author Archives: Sahitya - sangrahalaya

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

कविता : प्रधानमंत्री ज्यू

~राकेश कार्की~ सबैले छानेर छोडेको साडी जस्तै गतिभूलि ठोक्किएको गाडी जस्तै दुनियाँको आँखामा छारो हालेर प्रेमी प्रेमीका लुक्ने झाडी जस्तै

Posted in कविता | Tagged | Leave a comment

Poem : The Path of Truth and Peace

~Chandra Rai ‘Akash’~ I recognize your sovereignty, pleasant matter you respect deeply my values, no superiority, no inferiority, no ego and no fears between each of us; a harmonious friendship of two sovereigns.

Posted in Poem | Tagged | Leave a comment

लघुकथा : सर्वोच्च प्रतियोगी

~धीरकुमार श्रेष्ठ~ अन्तर्राष्टि्रय प्रतिस्पर्धाहरूमा प्रतियोगीहरू पठाउँदा जहिले पनि खेलकुद परिषद्लाई नातावाद, फरियावाद, कृपावाद, भनसुनवाद्, आर्थिक लेनदेनवाद आदिजस्ता आरोप लाग्ने गरेका थिए। त्यस कारण यस पटक यस्ता आरोप नलागून् र योग्य खेलाडी छानिऊन भनी परिषद्ले एउटा स्वतन्त्र छनौट समितिको गठन गर्योृ। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित लघुकथा : भारी

~लियो टल्स्टय~ सैनिकहरूले दुस्मनको इलाकामा हमला गरे । एक जना किसान दौडिँदै घोडा छेउ गयो र त्यसलाई समात्ने प्रयास गर्न थाल्यो ।तर घोडालाई काबुमा ल्याउन सकेन । किसानले त्यसलाई भन्यो “मूर्ख घोडा । त मसँग गइनस् भने दुस्मनको हातमा पर्नेछस् … Continue reading

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

लघुकथा : इन्साफ

~जगदीश घिमिरे~ म मरेछु । बाँचेको कैले पो थिएँ र ? सबै साहित्यिकहरूलाई जस्तै मेरो लागि पनि नर्कको सीट सुरक्षित रहेछ । लेखकको रूपमा केही परिचित भएकोले अर्थात् अपयश कमाएकोले (यश साहित्यिकहरूले कमाउँदा रहेनछन् । तिनको उच्चता तिनले गरेको कुकर्महरूले … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विवशता

~डा. रवीन्द्र समीर~ ‘सबै वर्वाद भयो ठूले !’ गाडी चालकले सोध्यो के भयो मालिक ? ‘के भएन भन्न !’ लामो सुस्केरा निकाल्दै उसले भन्यो पे्रसर बढेछ, सुगर बढेछ, कोलेस्ट्रोल बढेछ, युरिक एसिड बढेछ, पत्थरी पनि छ रे, प्रोस्टेट पनि बढेको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मान्छेप्रवृत्ति – १

~कृष्ण बजगाईं~ ‘लोकतन्त्रमा हाम्रा कुरा पनि सुनिनु पर्दछ !’ दुइचार कुकुरको अगाडि एउटा कुकुरले के भुक्याथ्यो टोलका सारा कुकुर जम्मा भएर हो मा हो लगाउँदै भुक्न थाले । एकैछिनमा त्यहीँ उनीहरुको मिटिगं बस्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लैङ्गिक समानता

~डा. कपिलदेव लामिछाने~ चौतारीमा वर र पिपलका विरुवा एकैदिन एकै साइतमा रोपिए । समय बित्दै जाँदा वर हलक्क बढ्यो । झ्याम्म छाया दिने भयो । पिपल लिखुरो भयो । त्यसले अरूलाई छाया के देओस् ? ऊ आफैँ वरको छहारीमा थियो … Continue reading

Posted in लघुकथा | Tagged , | Leave a comment

लघुकथा : मोवाइल आतङ्क

~छविरमण सिलवाल~ निकै फस्टाएको व्यापारले प्रमोद मास्के निकै दङ्ग थिए । सधै एकनास नहुँदो रहेछ केहि समय यता खस्किदै आएको आफ्नो व्यापारलाई परिपूर्ति गर्न कुनै कसर बाँकी राखेका छैनन् उनले । प्रत्येक हप्ता स्टाफहरुसंग अन्र्तक्रिया गर्नू, उनीहरुको कार्यविवरण लिनु दैनिकी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुरक्षा

~श्रीओम श्रेष्ठ रोदन~ “होइन हामी चिडियाखानाका जनावर हांैं कि जङ्गली जनावर ? ”भालुको सानो बच्चाले आफ्नो आमासंग सोध्यो । “ हामी जङ्गलकै जनावर हौं त्यसैले त हामीलाई जङ्गली जनावर भन्छन् मान्छेहरु ।” भालुको बाउले जवाफ दियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्दैबन्द

~छविरमण सिलवाल~ आज निमेषको जरुरी काम थियो । आजै नेपाल बन्द रे, तैपनि केही उपाए लाग्छ कि भनेर मोटरसाइकल लिएर काममा लाग्यो । चोकमा एक झुण्ड मान्छेहरू बन्दमा मोटरसाइकल चलाउने ऊ मोटर साइकल आयो, समात समात, हान ढुङ्गा जलाई दे … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सालिकको मृत्यु

~कृष्ण शाह यात्री~ माघको चिसो सिरेटो अनि कुहिरोले ढाकिएको एउटा शहर दार्जिलिङ। प्रकृतिकी रूपसी चिसिएकी थिईन् त्यस बखत। रेलबाट ओर्लिएपछि ऊ सरासर घुम वस्तीतिर लाग्यो। फाट्टफुट्ट रूपमा हिउँको वर्षा भइरहेकोले उसको कालो ओभरकोट पनि सेतो रङमा परिवर्तन भएको थियो। ढाका … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाडीको दुरुपयोग

~अरुणबहादुर खत्री ‘नदी’~ आयोगको काममा गाडी लिएर बाहिर जान लाग्दा सबै सवारी चालकहरुले “म जान सक्दिन उसलाई लिएर जानु न” भने। काममा बाहिर जाने सहायक स्तरको कर्मचारीले “मेरो व्यक्तिगत कामको लागि गाडी मागेको होइन हिडेर म जान सक्दिन भनेर कार्यालयको

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रोडम्याप

~कृष्ण वजगाईं~ यस पटक पनि नेताहरुले भनेको रोडम्याप अनुसार जनता लोकपथमा हिँडे । नेता अघिअघि जनता पछिपछि । लोकपथ सिधै गएर सिंहदरवारमा टुंगियो । त्यहाँ त आम जनतालाई प्रवेश निषेध रहेछ । तर नेताहरुलाई ससम्मान स्वागत रहेछ । आखिरमा नेता … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पीडा

~कृष्ण वजगाईं~ हाकिम साहेबलाई केही दिन यता ढाड दुख्ने बिरामले च्याप्न थालेको चर्चा कार्यालयमा चल्दै थियो । साह्रै महङ्गो अति राम्रो यताउता अगाडि-पछाडि जता घुमाउँदा पनि घुम्ने लचकदार आरामदायी कुर्सीमा आफूलाई असजिलो भएको कुरा हाकिम साहेबले मुख फोरेरै भने ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कार्यालय सरेको सूचना

~गोरखवहादुर सिंह~ कोठा पर्याप्त ठूलो र खचाखच फर्निचरले भरिएको थियो। पी.ए.को टेबुलबाहेक सबै कुर्सी। कुर्सी मात्र पर्याप्त सङ्ख्यामा थिएनन् ‘कतै कुर्सी खाली भए बस्नहुन्थ्यो’ को सङ्ख्या पनि पर्याप्त थियो। कहिले भीडसँग वार्ता, अन्तर्वार्ता, कहिले फाइलसँग मन्त्रीकक्षको भित्र बाहिर, कहिले फोन … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : कलर म्याचिङ

~कृष्ण बजगाईं~ शभा, सेमिनार, पार्टी, भोजमा सर्वत्र देखिने युगल जोडी देखेर धेरै जना रिशले डाहा गर्दथे । त्यो भन्दा बढी इष्र्या र डाहा त उनीहरुले लगाएको महँगा कपडा र गहनामा हुन्थ्यो । अरुलाई झन् औडाहा हुने कुरा चाहीं दुवैको ड्रेसको … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : खोटो नोट

~डीग बहादुर तामाङ्ग~ छोराहरु सबै विवाह गरेर काठमाडौंतिर बसाई सरेको थिए । गाउँका मानिसहरुले समाचार ल्याउथे, त्यहाँबाट पनि अरब भन्ने देशतिर लागे भनेर । बुहारीहरु त हुँदा हुन तर बुढीलाई कस्ले गर्ने वास्ता । गोटा तीस जति बाख्रा कुुखरा पालेर, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रधान पञ्च जी नङगो हुनु हुन्छ

~शंकर श्रेष्ठ~ करिव १० १५ वर्ष अघिको कुरा हो गाउमा विशेष समारोह थियो । गाउका विकास समितीका लागि सवै जस्तो जनता थिए । आज प्रधान पन्च ज्यूले त्यस समारोहमा विशेष सम्वोधन गर्ने वाला थिए । तोकिएको निश्चित समय भन्दा करिव … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विरुपित

~किशोर पहाडी~ झोल पदार्थ कडा थियो । साइँलीको भट्टीको रक्सी कडा नै हुन्छ । ‘साइँलीको रक्सीले फ्ल्याट् पार्‍यो’, अन्तिम घुट्को घुट्क्याउँदै राना करायो । उसको स्वर लरबर थियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बेग्लाबेग्लै आँखा

~हरिप्रसाद भण्डारी~ दुईजना पत्रकार सडकको किनारमा रहेको चियापसलमा बसेर चिया पिइरहेका थिए। एक्कासि सडकतिरबाट आएको हल्लाले उनीहरूको ध्यान पनि उतै मोडियो। वरपरका मानिसहरू छिटो छिटो आवाज आएतिरै गइरहेका थिए। ती पत्रकारहरू पनि बसेको ठाउँबाट उठे र सडकतिरै लागे। उनीहरूले देखे― … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समावेशी उद्योग

~कृष्ण वजगाईं~ लोकतन्त्र आएपछि सबै चिज खुल्ला भए । प्रतिबन्ध लागिरहेकाले पनि अघोषित स्वतन्त्रता पाए । लोकतन्त्रको नाममा छुट र नारी स्वतन्त्रताको बहानामा जथाभावी नारी संलग्न विभिन्न बजार र उद्योग खुले । सहरमा लोकप्रिय मसाज सेन्टर यति धेरै खुल्यो कि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मियो र माछा

~यादव खरेल~ गाउँको माझमा अबस्थित सार्बजनिक जमिनलाई ठूलो स139र्ष पछि गाउँलेहरुले जमिन्दारको कब्जाबाट मुक्त गरे। सबैको सल्लाहबाट त्यस जमिनमा एउटा ठूलो पोखरी खनियो। बर्षाको पानीले पोखरी भरियो। पोखरीको वरिपरि बसोबास गर्ने सबै गाउँलेहरुको जीवन निर्वाहको मूल आधारनै त्यही साझा पोखरी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : दोष

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ उल्झन थियो मोडहरुमा । काँडेतारको बन्दी गृहमा आस्थाको बन्दी म । प्रतिवाद गर्न सक्ने सामर्थ रत्तिभर थिएन । अभिव्यक्त भावनाहरु ती अन्धकारमा शुन्यमा बिलाउथे । मेरो क्रन्दन,चिच्चाहट,आग्रह र अनुरोध त्यो पापी आत्माले पटक्कै सुनेन वा सुनेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बुख्याँचा र अर्जुन दृष्टि

~यादव खरेल~ पाक्नलागेको बाली खाएर चराहरुले हैरान पारेपछि किसानले एउटा बुख्याँचा आफ्नो बारीको माझमा उभ्यायो। बुख्याँचालाई देखेर चराहरुको भागाभाग भयो। चराहरुबाट बाली सुरक्षित भएकेामा किसान पनि दङ्ग थियो। बुख्याचा मनमनै भन्ने गर्थो,“ किसान भनेकेा जनता हो र जनताको सेवानै मेरो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : विक्रय वस्तु

~कपिल लामिछाने~ बिर्खे सडक छेउ आगो पुत्ताएर मकै पोल्दै थियो। मकै धेरै पोलिसक्यो। बिक्दा होइनन्। मकै खाऊ न भाइ, ताजा–ताजा छन्। मिठा छन्। खाऊ कति सस्तो छ। फलाउन कति गारो छ। खाऊ न बैनी। … बिर्खे हैरान भयो। बिक्दो होइन। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पिउन साप

~डा. खगेन्द्रप्रसाद लुइटेल~ हिजो बार बजे पनि अफिस खुलेको थिएन । अफिसका सबै कर्मचारी ‘घुस खान पाउनु पर्छ, यो हाम्रो नैसर्गिक लोकतान्त्रिक मानवाधिकार हो, लोकतन्त्र ल्याउन हाम्रो पनि महत्वपूर्ण भूमिका भएकाले कहीँकतैबाट प्राप्त हुने सुविधाबाट हामी वञ्चित हुनु हुँदैन’ भन्दै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शत्रु

~कृष्ण बजगाईं~ छरिता र सुन्दर जिउडाल भएका नारीहरुका नाप नक्सा नारी पुरुष दुबैको चासोको विषय भयो । टेलिभिजनमा आउने विज्ञापनले उचाई बढाउ भन्यो । युवतीहरु पेन्सिल हिल लगाएर उचाई मात्र बढाएनन् सुन्दरताको उचाई पनि बढाए । कम्मर, पेटको बोसो घटाउ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हिउँको मन

~डा. रविन्द्र समीर~ उनी अर्थात् दिदीकी साथी र म अर्थात् उनको साथीको बहिनी, हाम्रो धेरै दिनपछि भेट भयो। हँसिलो अनुहारको उनी निकै रिसाएको मनस्थितिमा थिइन्। दिदी तपाईलाई के पीर पर्‍यो? आफ्नो पीर अरूलाई सुनाए मन हलुङ्गो हुन्छ, भन्छन्। म पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाजको ऐना

~डा. रविन्द्र समीर~ “राजनीति समाजको ऐना हो” – मालिकको खेत खनिरहेको रामअवतारले पसिना पुछ्दै हो हो मा टाउको हल्लायो। “साहित्य समाजको ऐना हो” – खेतमा बाउसे लगाइरहेको रामअवतारलाई अर्को हूलले पनि टाउको हल्लाउन विवश तुल्यायो। “धर्म र संस्कृति समाजको ऐना … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बन्दकोठा र आकाशको विवाद

~भागीरथी श्रेष्ठ~ बन्द कोठाले भित्रैबाट आकाशलाई सम्बोधन गर्दै उसको कमजोरी फुकाइदियो– ‘ए आकाश ! तिमी कति छ्यालब्याल गर्दै फैलदै गएको ? कतै न कतै अडिने र थिर हुने प्रयास गर न । कति फुक्छौ ? कति पोखिन्छौ ? कति फैलिन्छौ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कालो

~पिँडालु पण्डित~ कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ कालै बोको झट्ट जुटाई देवी द्यौता धाउँछौ ।। कालै जुँगा कालै केश कृत्रिमता तिमी खोज्छौ कालै पाइन्ट कोट मिलाई कालै जुत्ता रोज्छौ ।।१।।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment